• Jun 21 2021 | २०७८, आषाढ ७गते

२०७८, आषाढ ७गते

अक्षय तृतीया पर्व आज : सातु, सर्वत दान एवं सेवन गरी मनाइँदै  

बैशाख ३१ २०७८
  • 562
    SHARES
  • अक्षय तृतीया पर्व आज : सातु, सर्वत दान एवं सेवन गरी मनाइँदै  

    काठमाडौं - प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

    यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्यकर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

    गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिएका बेला सातु र सर्वतले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

    “वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ”, उहाँले भन्नुभयो ।

    आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ । सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।

    परशुराम जयन्ती
    अक्षय तृतीयाकै दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मनुभएको हो ।

    ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि मातालाई जीवित गरी मारेको कुरा अरुले थाहा नपाऊन् भनी मागेको उल्लेख गरिएको छ ।

    अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गर्नुभएको थियो । क्षेत्रीयमा अहङ्कार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उहाँले जन्म लिनुभएको वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । राजा कार्तवीर्यका सबै छोराको हत्या परशुरामले नै गर्नुभएको थियो । रासस


    बैशाख ३१, २०७८ शुक्रवार ०७:१०:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षय तृतीया पर्व
  • अर्कोसमाचार

    असारमा चार ग्रहको योग : उच्च वर्षादेखि अचानक राजनीति परिवर्तनसम्म 

    असारमा चार ग्रहको योग : उच्च वर्षादेखि अचानक राजनीति परिवर्तनसम्म 

    काठमाडौं । असार १ गते मंगलबार दिउँसो १ बजेर ३२ मिनेटबाट सूर्य ग्रह एक महिनाका लागि मिथुन राशिमा राशि परिवर्तन हुन लागेको हो । असार महिनाभरि सूर्यको मिथुन राशिमा गोचर हुँदा यसको प्रभाव समग्र क्षेत्रमा फरक फरक तरिकाबाट पर्ने छ । 

    मंगलबार सङ्क्रान्ति, शनिबार पूर्णिमा तथा आइतबार औंसी तिथिको संयोग जुरेकाले असार महिनालाई अर्थपूर्ण रूपमा हेरिरहेको छ । यस्तो समयमा सकारात्मक भन्दापनि नकारात्मक प्रभाव धेरै पर्ने अनुमान गरिएको छ । २० असारबाट बुधग्रह आफ्नै राशि मिथुनमा गोचर गरेपछि मात्रै शुभ फलदायी बुधादित्य योगको शुभफल प्राप्त हुने छ । 

    असार ७ गते बिहीवार देखि देबगुरु बृहस्पति करिब चार महिनाका लागि बकृ अवस्थामा रहनाले देशैभरि नै सामान्यदेखि भारी वर्षाको सम्भावना रहने हुँदा विशेष सावधानी अपनाउनु पर्नेछ । 

    बृहस्पतिको प्रभाव विशेषगरी बोट विरुवामा पर्ने भएकाले चार महिना सम्म प्राकृतिक विपत्ति ठूलाठूला पहिरोबाट धेरै बोटबिरुवा नष्ट हुनुका साथै मानवीय वस्तिहरुमा समेत यसको उच्च प्रभाव रहनेछ अनुमान लगाइएको छ । 

    असार ७ गते देखि पुनः शुक्रग्रह जलतत्व राशि कर्कटमा प्रवेश गरे पछि शुक्रको युक्तिसंगतले भारी बर्षाको सम्भावना रहने देखिन्छ । समयमै सावधानी अपनाउन नसके ठूलै धनजनको नोक्सान पूर्वी तथा दक्षिणी भागमा पर्ने छ । 

    सेनाधिपति मंगल ग्रह र देवगुरु बृहस्पति  त्यस्तै शनि सूर्यको षडाष्टक योग परेकाले अचानक राजनीति परिवर्तन हुनुका साथै उच्च पदस्थ व्यक्तिलाई निक्कै कष्ट पर्ने योग देखिएको छ । 

    न्याय कारक ग्रह शनि र राज्य कारक ग्रह सूर्य अत्यन्तै खराब मानिने षडाष्टक योगमा रहेकाले सत्ता पक्ष र न्याय पक्षको आपसी नकारात्मक द्वन्द्व उच्च विन्दुमा पुग्नुका साथै सत्ता पक्ष निकै कमजोर सावित हुने देखिएको छ । असार २६ सम्म क्षत्र भङ्ग योग रहिरहेकाले सहमतिमा कुनै पनि सहकार्य नहुने देखिएको छ । 

    बहुमुल्य सामान सुन, चाँदी, तामा लगाएतका सामानको मूल्य वृद्धि भइरहने छ । खाद्यान्न तथा तेलको पनि निरन्तर मुल्यवृद्धिको मारमा जनता परि नै रहने छन् ।

    पूर्वी क्षेत्रमा बाढीको प्रभाव उच्च रहने छ भने पश्चिमी भूभागमा पहिरोको उच्च जोखिम रहने देखिएको छ । विद्यार्थीहरुकालागि महिना भरी नै पठनपाठनमा अवरुद्ध हुने देखिएको छ ।


    जेठ ३१, २०७८ सोमवार १७:५६:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # असार
  • # ग्रहको योग
  • # राजनीति परिवर्तन

  • ज्यो. सुरेशचन्द्र रिजाल

    गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् असार १ गते मंगलबारको राशिफल

    आषाढ १

  • 332
    SHARES
  • गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् असार १ गते मंगलबारको राशिफल

    मेष राशि - पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ ।

    बृष राशि - यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुने योग रहेको छ ।

    मीथुन राशि - आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्छन । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ ।

    कर्कट राशि - भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।

    सिंह राशि - बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ ।

    कन्या राशि - आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला । स्वास्थमा गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

    तुला राशि - सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।

    बृश्चिक राशि - सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ ।

    धनु राशि - सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

    मकर राशि - दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

    कुम्भ राशि - सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

    मिन राशि - यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनिहुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । गरीरहेको कार्य क्षेत्रबाटँ आक्समिक धनलाभ हुने योग रहेको छ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ ।ज्यो.प.सरोज घिमिरे 


    आषाढ १, २०७८ मंगलवार ०७:२०:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असार २ गते बुधबारको राशिफल

    आषाढ २

  • 374
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असार २ गते बुधबारको राशिफल

    मेष राशि - बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । शारिरीक आलस्यताको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।

    बृष राशि - निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । आय मुलक कार्यको थालनि हुनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ ।

    मिथुन राशि - भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

    कर्कट राशि - सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

    सिंह राशि - निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

    कन्या राशि - एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

    तुला राशि - पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

    बृश्चिक राशि - नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

    धनु राशि - साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

    मकर राशि - मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

    कुम्भ राशि - प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

    मीन राशि - बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    आषाढ २, २०७८ बुधवार ०७:२४:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज असार ३ गते बिहीबारको राशिफल

    आषाढ ३

  • 470
    SHARES
  • भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज असार ३ गते बिहीबारको राशिफल

    मेष राशि - बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

    बृष राशि - अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

    मीथुन राशि - सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

    कर्कट राशि - मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

    सिंह राशि - मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

    कन्या राशि - भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

    तुला राशि - प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

    बृश्चिक राशि - मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

    धनु राशि - पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

    मकर राशि - आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

    कुम्भ राशि - बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

    मिन राशि - ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।ज्यो.प.सरोज घिमिरे


    आषाढ ३, २०७८ बिहिवार ०७:२४:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • कालिञ्चोक भगवतीले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् असार ५ गते शनिबारको राशिफल

    आषाढ ५

  • 372
    SHARES
  • कालिञ्चोक भगवतीले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् असार ५ गते शनिबारको राशिफल

    मेष राशि - परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष साबाधानी अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गोप्यता आवश्यक रहनेछ ।

    बृष राशि - सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

    मीथुन राशि - प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

    कर्कट राशि - यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

    सिंह राशि - बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

    कन्या राशि - पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

    तुला राशि - खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

    बृश्चिक राशि - बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

    धनु राशि - कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

    मकर राशि - मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

    कुम्भ राशि - स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

    मिन राशि - मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।ज्यो.प.सरोज घिमिरे


    आषाढ ५, २०७८ शनिवार ०७:१२:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असार ६ गते देखी असार १२ गते सम्मको साप्ताहिक राशिफल

    आषाढ ६

  • 274
    SHARES
  • पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असार ६ गते देखी असार १२ गते सम्मको साप्ताहिक राशिफल

    मेष राशि - साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

    बृष राशि - अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।

    मिथुन राशि - साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।

    कर्कट राशि - साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।

    सिंह राशि - साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    कन्या राशि - साताको पारम्भमा पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । मगंलबार पश्चात अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्रामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । साताको अन्त्यमा मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।

    तुला राशि - साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

    बृश्चिक राशि - नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

    धनु राशि - साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

    मकर राशि - साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

    कुम्भ राशि - साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

    मीन राशि - यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । साताको अन्त्यमा अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको सम्भाबना रहेता पनि यात्रामा सामान्य झन्झट आउन सक्छ ।ज्यो.प.सरोज घिमिरे


    आषाढ ६, २०७८ आइतवार ०७:२०:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल