• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार जित, टोरेसको ह्याट्रिक 

जेठ १ २०७८
  • 474
    SHARES
  • इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार जित, टोरेसको ह्याट्रिक 

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ४–३ गोलले पराजित गरेको हो । 

    उक्त खेलको २५औं मिनेटमा  न्युक्यासलका इमिल क्राफ्तले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३९औं मिनेटमा सिटीका जोओ क्यान्सिलोले गोल गरी टिमलाई बराबरस्मा पुर्याए । 

    त्यसपछि खेलको ४२औं मिनेटमा सिटीका फेरान टोरेसले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अन्तिम थप समयमा न्युक्यासलका जोइलिन्टनले गोल गरी बराबरीमा पुर्याए । 

    त्यसपछि विललकले गोल गरे । त्यसपछि ६४औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल गरे । त्यसपछि ६६औं मिनेटमा टोरेसले गोल गरी ह्याट्रिक पुरा गरे । जितसँगै सिटीले ३६ खेलमा ८३ अंक पुगेको छ । 


    जेठ १, २०७८ शनिवार ०७:५६:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग
  • अर्कोसमाचार

    फ्रान्ससँग जर्मनी पराजित 

    आषाढ २

  • 238
    SHARES
  • फ्रान्ससँग जर्मनी पराजित 

    काठमाडौं - गए राति युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत भएको खेलमा फ्रान्सले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा जित निकाल्न फ्रान्सले गोल गर्न नै परेन । 

    जर्मन डिफेन्डर म्याट्स हमल्सले आफ्नै पोष्टमा गोल गरे । उनले खेलको २० औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट कुनै गानेल हुन सकेन । 

    ३८ औं मिनेटमा इल्काए गुन्डोगनले पेनाल्टी क्षेत्रबाट हान्दा पनि गोल हुन सकेन । ५२ औं मिनेटमा पनि गोल अवसर चुक्दा फ्रान्स बराबरी हुनबाट रोकियो । 

    जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । अंकविहिन जर्मनी पुछारको दुई स्थानमा रहेको छ।


    आषाढ २, २०७८ बुधवार ०९:०९:१३ बजे : प्रकाशित

    अष्ट्रेलियाको सानदार जित

    आषाढ २

  • 384
    SHARES
  • अष्ट्रेलियाको सानदार जित

    काठमाडौं - फिफा विश्वकप तथा एसियन कप  छनोट अन्तर्गत भएको खेलमा अष्ट्रेलियाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा अष्ट्रेलियाले जोर्डनलाई १-० गोलले पराजित गरेको हो ।

    उक्त खेलमा अष्ट्रेलियाको लागि डिफेन्डर ह्यारी सुटरले निर्णायक गोल गरे । उनले खेलको ७७ औं मिनेटमा हेडरमार्फत गोल गरेका हुन् ।  उनको यस गोलसँगै अन्तर्राष्ट्रिय करिअरमा ६ गोल पुगेको छ ।  

    यससँगै अष्ट्रेलियाले ८ खेलमा २४ अंक जोडेको छ । समूहमा शत प्रतिशत जितको नतिजासहित अष्ट्रेलियाले एसियन कपमा छनोट भएको छ ।  


    आषाढ २, २०७८ बुधवार ०९:२०:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अष्ट्रेलिया
  • रोनाल्डोको २ गोलमा पोर्चुगलको जित

    आषाढ २

  • 192
    SHARES
  • रोनाल्डोको २ गोलमा पोर्चुगलको जित

    काठमाडांै - युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा पोर्चुगलले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गरेको हो । उक्त खेलको ४३ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाए । 

    त्यसपछि खेलको पहिलो हाफभरी कुनै गोल हुन सकेन । दोस्रो हाफमा खेलको ८४ औं मिनेटमा राफाएल गुरेरोले पेनाल्टी क्षेत्र भित्रबाट हानेको  प्रहार डिफेन्डरको खुट्टामा लागेर गोल भयो । 

    त्यसपछि खेलको अन्तिम समयम रोनाल्डोले अर्को गोल गरी टिमलाई जित दिलाए । जितसँगै समूह एफमा पोर्चुगलले ३ अंक जोडेको छ । 


    आषाढ २, २०७८ बुधवार ०९:५१:५६ बजे : प्रकाशित

    युरोकपमा रुसको पहिलो जित दर्ता

    आषाढ २

  • 188
    SHARES
  • युरोकपमा रुसको पहिलो जित दर्ता

    काठमाडौं - बुधबार भएको युरोकप फुटबलमा रुसले पहिलो जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा रुसले फिनल्याण्डलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा रुसका लागि एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । 

    उनले पहिलो हाफको अन्तिम समयमा गोल गरी टिमलाई अग्रता दिलाए । तर दोस्रो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । मिरानचुकको गोल नै निर्णायक बन्यो ।  

    उक्त खेलमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर गोलले मान्यता पाए । जितसँगै समूह बी मा रहेको रुस २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।


    आषाढ २, २०७८ बुधवार २१:४८:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोकप
  • # रुस
  • टर्कीलाई पराजित गर्दै वेल्स नकआउट चरणमा

    आषाढ ३

  • 186
    SHARES
  • टर्कीलाई पराजित गर्दै वेल्स नकआउट चरणमा

    काठमाडौं - युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा वेल्सले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा वेल्सले टर्कीलाई २-० गोलले पराजित गरेको हो । उक्त खेलको ४२ औं मिनेटमा वेल्सका राम्सीले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ६० औं मिनेटमा वेल्सले गोल गर्ने अवसर पाएको थियो । तर बेलको प्रहार पोस्टभन्दा माथि गयो । उनले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्ने मौका पनि गुमाए । 

    त्यसपछि खेलको अन्तिम समयमा कनर रोबर्ट्सले गोल गर्दै वेल्सलाई जित दिलाए । जितसँगै वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ ।  

    यससँगै वेल्सले नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएकाृ छ भने टर्कीको सम्भावना न्युन छ ।  


    आषाढ ३, २०७८ बिहिवार ०८:३८:४० बजे : प्रकाशित

    रामोसले १६ बर्षपछि छाड्दै रियल मड्रिड, अब कता जालान् ?

    आषाढ ३

  • 186
    SHARES
  • रामोसले १६ बर्षपछि छाड्दै रियल मड्रिड, अब कता जालान् ?

    काठमाडौं। पछिल्लो समय रियल मड्रिडका कप्तान सर्जियो रामोसको निकै चर्चा छ । ३५ वर्षीय रामोसले अब रियल मड्रिड छाड्दैछन् । उनको रियलसँगको सम्झौता जुलाई १ मा सकिदैछ । उनले १६ बर्षसम्म रियललाई धेरै जित दिलाए ।  

    ramos.jpeg

    उनको क्लबसँगको सम्झौता सकिने भएकाले अहिलेसम्म उनले नयाँ सम्झौताको चासो पनि देखाएका छैनन् । उनले रियल मड्रिडसँग नयाँ सम्झौता नगर्दा क्लब छाड्ने बताइएको  छ । क्लबसँग खुशी नभएकाले उनले नयाँ सम्झौता नगरेको बताइएको छ । 

    ramos.jpeg

    क्लबसँग उनको बार्षिक तलब र सम्झौता अवधिमा कुरा नमिलेको बताइएको छ ।  यसै कारण उनले क्लब छाड्ने निधोमा पुगेको बताइएको छ । बिहिबार उनको विदाई कार्यक्रम पनि रहेको छ । उनी अब कुन क्लबमा जान्छन् भन्ने निधो भएको छैन । 

    ramos.jpeg

    उनी धेरै बर्ष पहिले सन् २००५ मा स्पेनिश क्लब सेभियाबाट रियलमा गएका थिए । उनले रियलसँग ४ ‘च्याम्पियन्स लिग’ उपाधि ५ ‘ला९लिगा’ उपाधि सहित जम्मा २२ उपाधि जितिसकेका छन्।  उनले रियलका लागि १०१ गोलसहित क्लब फुटबलमा जममा १०६ गोल गरिसकेका छन् । 

    ramos.jpeg


    आषाढ ३, २०७८ बिहिवार १३:३३:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्जियो रामोस
  • images
    images
    ताजा खबर