• Jun 21 2021 | २०७८, आषाढ ७गते

२०७८, आषाढ ७गते

वरिष्ठ चलचित्रकर्मी कार्कीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

जेठ २ २०७८
  • 1.1K
    SHARES
  • वरिष्ठ चलचित्रकर्मी कार्कीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्कीकोप्रति दुःख व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले उनको निधनमा दुख व्यक्त गरेका हुन् । 

    कार्कीको निधनको खबरले मलाई दुःखित तुल्याएको भन्दै उनले कार्कीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

    उनले भनेका छन् - "वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनको खबरले मलाई दुःखित तुल्याएको छ । गीतकार कार्कीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।"

    ८४ बर्षिय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान निधन भएको हो । गएको १६ गते देहरादुनबाट आएपछि उनलाई ज्वरो आएको थियो । परिक्षण गर्दा उनमा कोरोना संक्रमण पनि देखिएको थियो । 

    एक हप्तादेखि सैनिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार बिहान निधन भएका हो । उनी चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय थिए । 
     


    जेठ २, २०७८ आइतवार १९:०८:०५ बजे : प्रकाशित

    अर्कोसमाचार

    काठमाडौं उपत्यका सवारी साधन सञ्चालन गर्न दिने तयारी

  • 914
    SHARES
  • काठमाडौं उपत्यका सवारी साधन सञ्चालन गर्न दिने तयारी

    काठमाडौं । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा खुकुलो बनाइँदै लैजान भएको छ ।

    काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा भोलि सोमबारबाट सकिँदैछ । तर, खुकुलो बनाउँदै निषेधाज्ञा लम्ब्याउने विषयमा निर्णय लिन आइतबार उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । 

    काठमाडौं, ललितपुुर  र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे निर्णय लिँदैछन् । सोही क्रममा अब थपिने निषेधाज्ञामा सवारी साधन सञ्चालन खुला गर्ने तयारी गरिएको छ ।

    तर, निजी सवारी साधनलाई मात्रै सञ्चालन गर्न अनुमति दिने तयारी गरिएको छ । यद्यपि यसबारे अन्तिम सहमति भइसकेको छैन  । जोरविजोर वा अन्य कुनै नियम लगाएर सवारी चलाउने दिने विषयमा प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले टुंगो लगाउने छ । 

    उपत्यकाका जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले दिएको निजी सवारी साधनलाई सञ्चालन गर्न अनुमति दिनुपर्ने सुुझावलाई ध्यानमा राखेर प्रजिअहरुको बैठकले निर्णय लिनेछ । 

    गृह मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँगको परामर्शपछि मात्रै सिडिओहरुले आवश्यक निर्णय लिने छन् ।


    आषाढ ६, २०७८ आइतवार १५:३५:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # सवारी साधन

  • क्यानाडा नेपाल

    पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार 

  • 302
    SHARES
  • पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार 

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ । स्वास्थ्यमा समस्या आएपछि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उनको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् । 

    केही दिन थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराउँदा पनि उच्च ज्वरो आइरहेको र हेमोग्लोबिन कम भएपछि गत बुधबार भारतको एपोलो अस्पतालमा उपचार भर्ना भएर खनालले थप उपचार गराइरहेका छन् । 

    आइतबार अपरान्ह पूर्वप्रधानमन्त्री खनालसँगको प्रत्यक्ष भिडिओको कुराकानीमा आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जानकारी पाएको स्वकीय सचिव भट्टराईले बताएका छन् । 

    खनालको ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको र अक्सिजनको सहायता लिन पनि नपरेको उनले बताएका छन् । तर, केही दिन थप उपचार गर्नुपर्ने स्वकीय सचिव भट्टराईले जानकारी दिए । 


    आषाढ ६, २०७८ आइतवार १७:०९:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल

  • क्यानाडा नेपाल

    सहायक वन अधिकृत पौडेल ४० हजार घुससहित पक्राउ

    आषाढ ६

  • 150
    SHARES
  • सहायक वन अधिकृत पौडेल ४० हजार घुससहित पक्राउ

    काठमाडौं - धादिङका सहायक वन अधिकृत पक्राउ परेका छन् । नीलकण्ठ सब डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल घुस रकमसहित पक्राउ परेका छन् । 

    उनलाई ४० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका हो । 

    आयोगका अनुसार पौडेलले वन कार्यालयले समातेको काठका धनीलाई मुद्दा नचलाउने सर्तमा ४० हजार रुपैयाँ घुस लिएका हुन् । कार्यकक्षबाट नै घुस रकमसहित पक्राउ परेका पौडेलबारे थप अनुसन्धान भइरहेको छ । 
      


    आषाढ ६, २०७८ आइतवार १८:५५:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ

    आषाढ ६

  • 220
    SHARES
  • प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ

    काठमाडौं - सामाजिक अभियन्ता ज्वाला संग्रौला पक्राउ परेकी छिन् । उनलाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो । 

    प्रहरीमाथि दुर्व्यवहार गरेको घटना चर्चामा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उजुरी दिएपछि संग्रौलालाई प्रकाउ गरिएको जनाइएको छ ।

    प्रहरीले संग्रौलासहित शर्मिला वाईबा र हिमाल उपाध्यायलाई पक्राउ गरेको जनाइएको छ । अभद्र व्यवहार कसुरमा पक्राउ भएका उनीहरुलाई प्रहरीले टेकुमा राखेको जनाइएको छ । 
     


    आषाढ ६, २०७८ आइतवार १९:१४:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्वाला संग्रौला
  • महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गर्‍यो 

    आषाढ ६

  • 146
    SHARES
  • महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गर्‍यो 

    डडेलधुरा - लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ ।  डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ । सामान्यतः ६.८० मिटर भएमा खतराको तह मानिन्छ ।

    महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराका साथै कञ्चनपुरका महाकाली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बताइएको छ । विशेषगरी डडेल्धुराको परशुराम नगरपालिका—६ र ७ को तटीय क्षेत्रका साथै कञ्चनपुरको महाकाली छेउछाउका वस्तीमा जोखिम बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको हो । महाकाली नदीमा जलस्तर बढेसँगै महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीलाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना समेत जारी गरेको छ ।

    महाकाली नदीमा जलस्तर बढेपछि  डडेल्धुराको प्रसिद्ध धार्मिक स्थल परशुराम धाम जोखिममा परेको छ । महाकाली नदीमा जलस्तर बढेपछि जिल्लाको परशुराम नगरपालिका—५ को महाकाली नदी किनारस्थित यस मन्दिर डुबानमा पर्न थालेको परिगाउँ प्रहरी चौकीले जानकारी दिएको छ । आइतबार बिहानसम्म महाकालीको जोखिम स्तर बढेको भए पनि दिउँसोदेखि वर्षा रोकिएपछि पानीको तह केही घटेको छ ।रासस


    आषाढ ६, २०७८ आइतवार १९:२७:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महाकाली नदी
  • पत्रकारलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्च अदालतको आदेश

    आषाढ ६

  • 120
    SHARES
  • पत्रकारलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्च अदालतको आदेश

    काठमाडौं - सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
          
    न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज समाचार सङ्कलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएको हुँदा पत्रकारलाई खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो ।
          
    आदेशमा भनिएको छ, “पत्रकारहरूको पेशागत प्रकृति र जनसमुदाय वा समूहमा पुग्नपर्ने वा जनसम्पर्कमा पुग्नुपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकता प्रदान गर्नू ।”
          
    आदेशमा पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिडविरुद्धको  खोप लगाउने  आवश्यक व्यवस्था मिलाउनु  भनिएको छ ।
         
    अर्थसंसार डटकमका प्रधानसम्पादक तथा अधिवक्ता लिलानाथ घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अग्रपंक्तिमा खटिने पत्रकारलाई   प्राथमिकतामा खोप दिने व्यवस्थाका लागि आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही निवेदनमाथिको सुनुवाइबाट सो आदेश जारी भएको हो ।रासस


    आषाढ ६, २०७८ आइतवार २०:०७:१९ बजे : प्रकाशित