• Jun 21 2021 | २०७८, आषाढ ७गते

२०७८, आषाढ ७गते

मदन भण्डारीको हत्यारा खोज्न किन चाँसो देखाएनन् राष्ट्रपति र प्रधानमन्त्रीले ?

मोनीका सिंह जेठ ३ २०७८
  • 2.8K
    SHARES
  • मदन भण्डारीको हत्यारा खोज्न किन चाँसो देखाएनन् राष्ट्रपति र प्रधानमन्त्रीले ?

    काठमाडौं । आज जेष्ठ ३ गते मदन-आश्रित स्मृति दिवस मनाइदैछ । विसं २०५० जेठ ३ गते सडक दुर्घटनामा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको  निधन भएको थियो ।

    हरेक वर्ष जेष्ठ ३ गते सामाजिक संजालमा तेर्सिने एउटा गम्भीर प्रश्न हो, "राष्ट्रपति र प्रधानमन्त्री एउटै पार्टीको तर किन मदन भण्डारीको हत्याराको खोजीमा चाँसो देखाउदैनन् ?"

    मदन भण्डारी र जीवराज आश्रितद्धढेको जीप चितवनको दासढुङ्गा भन्‍ने स्थानबाट त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेका जीप चालक अमर लामा भने जीवित थिए । तर पछि उनको पनि हत्या भएपछि घटना थप रहस्यमय बनेको थियो । 

    मदन भण्डारीको मृत्यु दुर्घटनाबाट भएको भनिए पनि जनतादेखि एमाले कै नेताहरुले अझै सम्म विश्वास गर्न सकेका छैनन् । विश्वासिलो आधार नभएको साथै चालकको समेत हत्या भएको कारण मदन भण्डारीको मृत्युलाई रहस्यमय नै मानिएको छ । एमालेको सरकार शक्तिशाली सरकार छ तर पनि मदन भण्डारीको विषयमा कुनै चाँसो नदेखाएकोले गर्दा प्रश्न माथी प्रश्न तेर्सिन थालेको छ ।

    मदन भण्डारीको हत्याको छानवीन गर्न आयोग बनेको थियो जसको अध्यक्ष थिए अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली । त्यस बेला प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै भनेका थिए, "म सरकारमा गए भने मदन भण्डारीको हत्यारा पत्ता लगाउँछु ।" मदन भण्डारीका राजनीतिक सहकर्मी रहेका केपी शर्मा ओलीले दिएको उक्त अभिव्यक्तिले एमाले कार्यकर्ता माथि थप उर्जा थपिएको थियो तर प्रधानमन्त्री ओली सरकारमा रहेको ३ वर्ष बितीसक्यो तर मदन भण्डारीको हत्यारा पत्ता लाउन कुनै चाँसो नदेखाएको देखिन्छ । प्रधानमन्त्री ओलीलाई साथ दिन मदन भण्डारी कै जीवनसंगीनी र राजनीतिक सहयात्री  विद्यादेवी भण्डारी राष्ट्रपति छिन् तर पनि यस विषयमा खासै चाँसो नदेखाएको देखिन्छ ।

    प्रधानमन्त्री र राष्ट्रपतिले यस विषयमा आफ्नो ठाउँबाट चाँसो देखाएको हुनसक्छ तर व्यवहारमा कुनै त्यस्तो विश्वासिलो तरिकाको चाँसो देखाएको नपाएपछि जनतामा प्रश्न माथी प्रश्न उब्जिन थालेको छ ।

    केपी शर्मा ओली र विद्यादेवी भण्डारी मात्र होईन अरु ३ एमालेका नेताहरुले समेत चाँसो नदेखाएका हुन् । स्व. मनमोहन अधिकारी, माधव कुमार नेपाल र झलनाथ खनाल समेत प्रधानमन्त्री बनिसकेका छन् तर यी ३ प्रधानमन्त्री हुँदा यस विषयमा कुनै किसिमको चाँसो नदेखाएको पाईएको छ ।

    आखिर किन एमाले पार्टीले मदन भण्डारीको हत्यारा खोज्न चाँसो नदेखाएको ? प्रधानमन्त्री र राष्ट्रपति नै आफ्नो पार्टीको नेता हुँदा समेत किन पार्टीबाट दबाब नआएको ? मदन भण्डारी कै 'जबज' बोकेर हिंडेको एमाले पार्टीले आखिर किन मदन भण्डारीको हत्यालाई रहस्यमय नै बनाएर राख्न चाहेको छ ?


    जेठ ३, २०७८ सोमवार ११:५१:०८ बजे : प्रकाशित

    अर्कोसमाचार

    दोहोरो चेपुवामा परेका देउवाको लिगलिगे दौड 

  • 194
    SHARES
  • दोहोरो चेपुवामा परेका देउवाको लिगलिगे दौड 

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एकैपटक दुुईवटा महत्वपूर्ण जिम्मेवारी आइपरेको छ । भदौमा महाअधिवेशन गरेर कांग्रेसलाई अवैधानिक हुनबाट जोगाउनुपर्ने महत्वपूर्ण कार्यभार बोकेका देउवालाई मुलुकको बागडोर आफ्नो हातमा ल्याउने अर्काे अवसर सदुपयोग गर्न चाहन्छन् । 

    आगामी भदौभित्र पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर कांग्रेसलाई ताजगी दिने प्रमुख जिम्मेवारी बोकेका देउवा पनि पार्टी नेतृत्वमा रहने इच्छाले दौडधुप थालेका छन् । 

    कांग्रेसको आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा  १४ औं महाधिवेशन हुने भएको छ । जसको कार्यतालिका सार्वजनिक भइसकेको छ । जसका कारण देउवा फेरि सभापतिमा दोहोरिन चाहेका छन् । र सोहीअनुसार आन्तरिक रणनीति बनाइरहेका छन् । सभापतिमा पुनः उम्मेदवारी दिने भएपछि देउवाले आफूनिकट नेताहरुलाई जानकारी गराइसकेका छन् । उनीहरुले तयारी गर्न पनि भनेका छन् । 

    प्रदेशगत नेताहरुसँग छलफल थालेका देउवाले आफू सभापतिमा उठ्ने र सहयोग गर्नुपर्ने बताएका एक नेताले जानकारी दिए । कांग्रेस सभापतिमा कुन कुन नेताको उम्मेदवारी पर्ने अहिले नै तय भइनसके पनि देउवा मैदानमा उत्रिएका छन् ।

    देउवाइतरबाट सभापतिको आकांक्षीमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायतको नाम चर्चामा रहेको छ । 

    आन्तरिक नेतृत्व हत्याउने प्रयत्न थालेका देउवालाई प्रधानमन्त्रीको लालसाले पनि छोडेको छैन । प्रधानमन्त्री पदका लागि उनलाई कम्युनिष्टका नेताहरुले हस्ताक्षर दिएका छन् ।

    कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको उपेन्द्र महतो समूह र राष्ट्रिय जनमोर्चाले केपी शर्मा ओली सरकारको विकल्पमा देउवालाई अघि सारेका छन् । संविधानको धारा ७६(५)अनुसार देउवालाई प्रधानमन्त्री बनाउन उनीहरुले राष्ट्रपतिसमक्ष र सर्वाेच्च अदालतमा हस्ताक्षर बुुझाएका छन् । 

    प्रधानमन्त्रीको अफरलाई स्वीकारेर राष्ट्रपति कार्यालय र अदालतसमेत हस्ताक्षर बुुझाउन गएका देउवालाई अहिले पार्टीको महाधिवेशन गराएर सभापतिमा दोहोरिन आकांक्षाले एकैपटक छोपेको छ । प्रधानमन्त्री बन्लान् नबन्लान्, तर पार्टी सभापतिमा दोहोरिने सम्भावनालाई अस्वीकार गर्न नसकिने कांग्रेसका नेताहरु नै बताउँछन् । 

    कुनै बेला गोरखामा राजा बन्न लिगलिगे दौड गराइन्थ्यो भनेजस्तै अहिले देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धन न्यायालयको यात्रामा छ । सँगै फेरि सभापति बन्ने चाहनाले देउवा महाधिवेशनको नेतृत्व दौडमा पनि छन् । 


    आषाढ ६, २०७८ आइतवार १३:२०:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेर बहादुर देउवा
  • # लिगलिगे दौड

  • क्यानाडा नेपाल

    ‘आत्मघाती कदम’ले मुख्यमन्त्री पोखरेल सकसमा 

  • 678
    SHARES
  • ‘आत्मघाती कदम’ले मुख्यमन्त्री पोखरेल सकसमा 

    काठमाडौं । देश र जनताका नाममा पटक पटक व्यवस्था फेरे पनि नेतृत्वहरुमा भएको सत्ता मोहले सधैं मुलुकलाई आक्रान्त पारिरहेको छ । जनमतको म्यान्डेटविपरीत सत्तारुढ एमाले (साविकको नेकपासमेत)भित्र नेताहरुको सत्ता मोहले अहिले मुलुकको राजनीतिक अस्थिरतामा धकेलिएको छ ।

    कोरोनाभाइरस संक्रमणबाट गुज्रिएको मुलुक र जनताको पीर व्यथा समाधन गर्न भन्दा पनि नेताहरु सत्ताको कुर्सीमा कसरी जाने र रहिरहने भन्नेतर्फ ध्यान दिँदा प्राप्त राजनीतिक उपलब्धी धरापमा परेको टिप्पणी हुन थालेको छ । 

    आन्तरिक किचलोका कारण एमालेले गण्डकी प्रदेशको सत्ता कांग्रेसलाई बुुझाएको छ । भाग्योदयको रुपमा पाएको सत्ता जोगाउन कांग्रेसले पनि आफ्नै अडानविपरीत सम्झौता गरेको खबर सार्वजनिक हुन थालेको छ । गत जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले यही असार ४ गते विश्वासको मत लिनेक्रममा केही आत्मघाती सरह हुने गरी सहमति गरेको खुलेको छ । 

    सपथ ग्रहणकै दिन मुख्यमन्त्री पोखरेलले कांग्रेसबाट कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेलाई विनाविभागीय मन्त्री बनाएर मन्त्रिपरिषद् गठन गरेका थिए । तर, सत्ताको बागडोर सम्हालेको एक हप्ता नाघिसक्दा पनि उनले मन्त्रिपरिषद् विस्तार तथा विनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी तोक्न सकेका छैनन् । 

    तोक्न नसक्नुमा विश्वासको मतका लागि जसपासँग गरेको लिखित सम्झौता बाधक बनेको स्रोतको भनाइ छ । यही असार ४ गते विश्वासको मत लिनुअघि पोखरेलले जसपाका हरिशरण आचार्यसँग अर्थ मन्त्रालयसहित २ मन्त्रालय समाजवादीलाई दिने, दलीय मान्यता पाउन १० प्रतिशतको व्यवस्था हटाउने र उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने ३ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । 

    प्रदेशसभाबाट विश्वासको मत लिएर आफ्नो सत्ता रक्षार्थ गरेको तीन बुँदे सहमति अहिले मुख्यमन्त्री पोखरेलका लागि ‘निल्नु न ओकल्नु’ भएको छ । अझ बुझ्नेशैलीमा भन्ने हो भने आफैंले गरेको सो सहमति पोखरेलका लागि आत्मघाती सावित भएको छ ।

    सरकारको नेतृत्व गरेको कांग्रेस स्वयंको अर्थ मन्त्रालयमाथि दाबी छ । कांग्रेसबाट मन्त्री बनेका कुमार खड्काले आफूलाई अर्थमन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताएका छन् । यता जसपाका हरिशरण आचार्यको पनि दाबी छ । अर्थ र भौतिक पूर्वाधार मध्ये एउटा मन्त्रालय नपाए माओवादी सरकारमै नजाने अडानमा देखिन्छ । 

    यता यसअघि विरोध गरेको र पास हुनबाट रोकेको १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था हटाउने अर्काे विवादास्पद सहमति गरेको मुख्यमन्त्री पोखरेलमाथि आरोप छ । 

    जसपासँगको सहमतिअनुसार अब १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था हटाउन प्रदेशको ऐन नै संशोधन गर्नुपर्ने दबाबमा मुख्यमन्त्री पोखरेल परेका छन् । तर, यसअघि सो विषयमा संदनमा सभामा छलफल हुुँदा कांग्रेस र तत्कालीन नेकपा (हालको एमाले र माओवादी केन्द्र)ले १० प्रतिशतको थ्रेस होल्ड हटाउन नहुने अडान राखेको थियो । जसअनुसार उक्त व्यवस्था कायम छ । तर, अहिले मुख्यमन्त्री पोखरेलले थ्रेसहोल्ड हटाउनेसमेत सहमति गरेका हुन् । 


    आषाढ ६, २०७८ आइतवार १६:४४:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री

  • रामेश्वर शाह

    प्रचण्ड र दीपक मनाङेबीच भेटवार्ता  

    आषाढ ६

  • 178
    SHARES
  • प्रचण्ड र दीपक मनाङेबीच भेटवार्ता  

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ दिपक मनाङ्गेबीच भेटवार्ता भएको छ । आइतबार प्रचण्डलाई भेट गर्न मन्त्री मनाङ्गे  खुमलटार पुगेका थिए । 

    प्रचण्डसँग आफ्नो भेट भएको बारे मन्त्री मनाङ्गेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले भेटको तस्बिर शेयर गरदै ​प्रच​ण्डसँग प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल भएको बताएका छन् । 

    prachnda deepak.jpg

    तस्बिर सहित उनले लेखेका छन् - 'नेकपा माओवादी   केन्द्र​ का अध्यक्ष कम​रेड प्र​च​ण्ड ज्यु संग​ प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे  बृहत छलफल प​श्चात लीएको त​स्बिर।'

    मनाङबाट स्वतन्त्र सांसदका रुपमा जितेका मनाङ्गे केही समयअघि गण्डकी प्रदेशमा मन्त्री बन्ने मौका पाएका थिए । 

    dd.PNG

     

     


    आषाढ ६, २०७८ आइतवार १९:३८:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # दीपक मनाङे
  • विधि र प्रक्रियाअनुसार चल्न नसक्दा काँग्रेस निकै कमजोर बन्यो - प्रकाशमान सिंह

    आषाढ ६

  • 124
    SHARES
  • विधि र प्रक्रियाअनुसार चल्न नसक्दा काँग्रेस निकै कमजोर बन्यो - प्रकाशमान सिंह

    काठमाडौं - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विधि र प्रक्रियाअनुसार चल्न नसक्दा पार्टी निकै कमजोर बनेको बताएका छन् । 

    आइतबार आयोजित बागमती प्रदेशस्तरीय ‘नेपाली काग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् । उनले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताए । 

    उनले भने - “पार्टीको महाधिवेशन भएको तीन महिनाभित्र पार्टीका सबै विभाग गठन गर्ने विधानमा उल्लेख भएपनि लामो समयसम्म विभाग गठन नहुनु दुःखद् कुरा हो” 

    चारजना कम्युनिष्ट प्रधानमन्त्रीले निर्माण गर्न नसकेको संविधान काँग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै  सिंहले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए । 

    यस्तै उक्त कार्यक्रममा न्ेता गगनकुमार थापाले महाधिवेशनको बारेमा छलफल गर्ने क्रम सकिएको भन्दै भदौमा हुने महाधिवेशनमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई  आग्रह गरे । 


    आषाढ ६, २०७८ आइतवार २०:२४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह
  • सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार

    आषाढ ६

  • 178
    SHARES
  • सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार

    काठमाडौं - सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले सुदूरपश्चिम  सरकारको मन्त्रिपरिषद्को वैधानिकतामा प्रश्न उठाउँदै दायर भएको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

    “नेपालको संविधान धारा १६८ (९) को व्याख्याको विषय सन्निहित रहेकाले अहिले नै सो सम्बन्धमा विस्तृत व्याख्या गरी अन्तरिम आदेश जारी गर्न मिलेन ।” नेपालको  संविधानको धारा १६८ को उपधारा ९ मा भनिएको छ, “मुख्यमन्त्रीसहित प्रदेश सभाको कूल २० प्रतिशतभन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गर्ने” भन्ने व्यवस्थाको रहेको छ ।
          
    आदेशमा विषयवस्तुको गम्भीर्य हेर्दा शीघ्र निरुपण गर्नुपर्ने भएकाले विपक्षीको लिखित जवाफ परेको मितिले सातदिनभित्र पूर्ण सुनुवाइका लागि नियमानुसार पेश गर्न भनिएको छ । यसअघि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अन्तरिम आदेशको छलफलका लागि लिखित जवाफ माग गर्ने आदेश जारी गरेको थियो ।
          
    अधिवक्ता कमलसिंह राना र अपेक्षा निरौलाले सुदूरपश्चिमको मन्त्रिमण्डल संविधानको धारा १६८ ले तोकेको मापदण्डभन्दा धेरै भएको उल्लेख गर्र्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । हाल सुदूरपश्चिममा छ  मन्त्रालयमा ११ मन्त्री बनाएकाको हुँदा सो निर्णय बदर गर्न माग गरी रिट निवेदन दिइएको थियो ।
         
    सो प्रदेशमा गत जेठ १४ गते चार मन्त्री र चार राज्यमन्त्री थपेर कूल ११ जनाको मन्त्रिमण्डल बनाइएको थियो । एक मुख्यमन्त्री, छ मन्त्री र चार राज्यमन्त्री गरी कुल ११ जनाको मन्त्रिमण्डल बनाउने कार्य संवैधानिक व्यवस्थाविपरीत भएको निवेदनमा छ ।रासस


    आषाढ ६, २०७८ आइतवार २१:१२:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम प्रदेश
  • देउवानिवासमा बसेको विपक्षी गठबन्धनको छलफलमा के के भए कुराकानी ?

    आषाढ ६

  • 210
    SHARES
  • देउवानिवासमा बसेको विपक्षी गठबन्धनको छलफलमा के के भए कुराकानी ?

    काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेता माधब नेपाल समूह र जनता समाजबादीका उपेन्द्र यादव समूहबीच छलफल भएको छ । आइतबार साझँ देउवा निवास बूढानीलकण्ठमा उनीहरुबीच छलफल भएको हो । 

    उनीहरुबीच वर्तमान राजनीतिक अवस्था र दैवी प्रकोपका कारण आएको विपत्तिबारे छलफल भएको बताइएको छ ।

    यस्तै बिपक्षी गठबन्धनका शिर्ष नेताहरुबीचको उक्त छलफलमा एमालेको मुख्यमन्त्री रहेका रहेका प्रदेशमा बिपक्षी गठबन्धनबाट मुख्यमन्त्री बनाउन पहल गर्ने बारे पनि छलफल भएको बताइएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध एकजुट बनेका विपक्षी गठबन्धन पछिल्लो समय निरन्तर छलफलमा छन् ।  


    आषाढ ६, २०७८ आइतवार २२:०५:५१ बजे : प्रकाशित