• Jun 21 2021 | २०७८, आषाढ ७गते

२०७८, आषाढ ७गते

बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

जेठ ३ २०७८
  • 468
    SHARES
  • बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

    सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । 

    उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । 

    अफगानिस्तानमा तालिबानी लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् । तर आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्नेमध्येका तीन जनाको ज्यान गएको बताइएको छ ।सिन्ह्वा 
     
     


    जेठ ३, २०७८ सोमवार १३:०१:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • अर्कोसमाचार

    चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्ध खुला

    आषाढ ६

  • 218
    SHARES
  • चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्ध खुला

    मस्को - महामारीका कारण करिब १६ महिना पहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ । 

    रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोभाले रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीनलाई पनि राख्न लागिएको शनिबार जानकारी दिनुभयो ।रुसले गत सन् २०२० को फेब्रअरीदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेको थियो ।

    विभिन्न देशका नागरिकलाई रुस प्रवेश गर्न दिने निर्णय केही दिनमै गरेर सरकारले सार्वजनिक गर्ने समेत उपप्रधानमन्त्री गोलिकोभाले जानकारी दिनुभयो ।

    कतिपय देशहरुमा कोरोनाभाइरसको महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्युन हुँदै गएकोले विभिन्न देशहरुका नागरिकलाई आवत जावत गर्न दिने तयारी भएको हो । सुरुमा केही देशहरुका नागरिकलाई प्रवेश खुल्ला गर्ने र त्यस्ता देशहरुको संख्या बढाउदै लगिने पनि उहाँले बताउनुभयो ।सिन्ह्वा


    आषाढ ६, २०७८ आइतवार ०८:१३:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिनियाँ नागरिक
  • विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख ७५ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    आषाढ ६

  • 168
    SHARES
  • विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख ७५ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय देखिएको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण विस्तारै घट्न थालेको छ ।  

    कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र संक्रमितको संख्या बढेको देखिन्छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड ८९ लाख ५२ हजार १ सय ६३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ७५ हजार २ सय ३५ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा १६ करोड ३४ लाख ७९ हजार ६ सय १८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख १७ हजार ८३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ४४ लाख १ हजार ७ सय १२ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ८६ लाख ९४ हजार ८ सय ४३ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख ८ सय ६८ पुगेको छ भने संक्रमितको संख्या १ करोड ७८ लाख ८३ हजार ७ सय ५० पुगेको छ । 

    ss.PNG


    आषाढ ६, २०७८ आइतवार ०९:४४:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • ह्वाइट हाउसमा सँगै बस्ने कुकुर च्याम्पको मृत्यु भएपछि दु:खी हुँदै यसो भने जो बाइडेनले

    आषाढ ६

  • 650
    SHARES
  • ह्वाइट हाउसमा सँगै बस्ने कुकुर च्याम्पको मृत्यु भएपछि दु:खी हुँदै यसो भने जो बाइडेनले

    काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुरको मृत्यु भएको छ । बाइडेनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रिय कुकुर च्याम्पको निधन भएको बताएका छन् । 

    कुकुरको तस्बिर शेयर गर्दै बाइडेनले आफ्नो परिवारले प्रिय कुकुरलाई गुमाएको बताएका छन् । उनले लेखेका छन् - 'हाम्रो परिवारले आज हाम्रो प्रिय च्याम्पियन च्याम्प गुमाएको छ । म उसलाई सम्झिरहने छु ।'

    baiden dog.jpg

    मृत्यु भएको कुकुर च्याम्प बाइडेनसँग ह्वाइट हाउसमा बस्ने गर्थ्यो । ह्वाइट हाउसमा अर्को कुकुर मेजर पनि बस्ने गर्छ । ह्वाइट हाउसमा बस्ने दुई कुकुर मध्ये एकको मृत्यु भएको हो । 

    s.PNG

    बाइडेन र प्रथम महिला डा। जिल बाइडेनसँग च्याम्प १३ वर्षदेखि बस्दै आएको थियो । बाइडेन एक वक्तव्य जारी गर्दै खुशी र गम्भीर शोकमा पनि आफुहरुसँगै भएको र उसलाई जहिले सम्झिरहने बताउका छन् । 

    b.jpg

     


     


    आषाढ ६, २०७८ आइतवार १२:४८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जो बाइडेन
  • इजरेलले भन्यो - इरानका नयाँ राष्ट्रपति 'विश्वलाई खतरा'

    आषाढ ६

  • 242
    SHARES
  • इजरेलले भन्यो - इरानका नयाँ राष्ट्रपति 'विश्वलाई खतरा'

    इजरेलले इरानमा इब्राहिम रइसीलाई नयाँ राष्ट्रपतिमा निर्वाचित भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको छ।

    इजरेलको विदेश मन्त्रालयका एक प्रवक्ता लिओर हैअतले रइसीलाई इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपति बताएका छन्। ती प्रवक्ताले नयाँ राष्ट्रपतिले इरानको आणविक गतिविधिहरू बढाउने भन्दै सजग गराएका छन्। 

    आइतवार रइसीलाई इरानको नयाँ राष्ट्रपतिय चुनावको विजेता घोषणा गरिएको थियो।इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा हुन्छन्। 

    निर्वाचन
    इरानको चुनावको ढाँचा रइसीले जित्ने गरी बनाइएको आरोप लगाइएको छ। रइसीले अगस्ट महिनाबाट पदभार सम्हाल्नेछन्। राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ।

    तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ।अहिले इरानका प्रधानन्यायाधीश रहेका रइसी अतिरूढिवादी विचार राख्छन्।

    अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ। उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए। चुनाव जितेपछि उनले सरकारप्रतिको जनविश्वासलाई बलियो पार्ने र पूरा देशको नेता बन्ने वाचा गरेका छन्। 

    "म मिहिनेती, क्रान्तिकारी र भ्रष्टाचारविरोधी सरकार बनाउनेछु," सरकारी सञ्चारमाध्यमले उनलाई उद्धृत गर्दै लेखेको छ। 

    इजरेली प्रतिक्रिया
    एउटा आलोचनात्मक ट्विटको लहरोमा इजरेली विदेश प्रवक्ताले उनी 'इरानको परमाणु कार्यक्रमलाई तीव्र गतिमा बढाउन प्रतिबद्ध एक अतिवादी व्यक्तित्व' भएको उल्लेख गरेका छन्।

    लामो समयदेखि इरान र इजरेल एउटा 'छाया युद्ध'मा छन् जसको असर दुई देशहरूका बदलाको भाव झल्कने गतिविधिमा देखिन्छ। तर अहिलेसम्म दुई देश चौतर्फी द्वन्द्वको अवस्थालाई छल्दै आएका छन्।

    पछिल्लो समयमा यी दुईबीच तनाव पुनः चर्किएको थियो। तनावको मुख्य स्रोत इरानको परमाणु गतिविधिहरू हुन्।इरानले इजरेलमाथि गतवर्ष आफ्ना शीर्ष परमाणु वैज्ञानिकको हत्या गरेको र एप्रिलमा आफ्नो एउटा युरेनियम प्रशोधन केन्द्रमा हमला गरेको आरोप लगाएको छ।

    इजरेलले भने इरानको आणविक कार्यक्रम पूर्ण रूपले शान्तिपूर्ण हुनेमा विश्वास गर्दैन र तेहरान परमाणु हतियार विकासमा लागि परेको ठान्छ।

    आफ्नो ट्वीटमा प्रवक्ता हैअतले रइसीलाई सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरूलाई मारिएको सन्दर्भ जोडेर उनलाई 'तेहरानको निर्दयी हत्यारा' भनेका छन्।

    रइसी 'मृत्युदण्डसम्बन्धी समिति'का चारमध्ये एक न्यायाधीश थिए जसले पाँच हजार पुरुष तथा महिलालाई मृत्युदण्ड दिएको एमनेस्टी इन्टर्न्याश्नलको भनाइ छ।

    इजरेली विदेश प्रवक्ताले ३०,००० भन्दा धेरै मानिसहरू मारिएको दाबी गरेका छन् जुन इरानी मानवअधिकारवादी समूहहरूले समेत बताइरहने सङ्ख्या हो।

    इरानले कहिल्यै पनि सामूहिक मृत्युदण्ड दिइएको स्वीकारेको छैन र रइसीले पनि उनीमाथि लागेको आरोपबारे सफाइ दिएका छैनन्।

    अन्य अन्तर्राष्ट्रिय प्रतिक्रिया
    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रइसीलाई बधाई दिँदै आफूहरूबीचको 'परम्परागत रूपमा रहेको मैत्री र राम्रो छिमेकीको सम्बन्ध'लाई स्मरण गरेका छन्।सिरिया, इराक, टर्की र यूएईका नेताहरूले रइसीलाई बधाई दिएका छन्।

    गाजापट्टिमा नियन्त्रण राख्ने प्यालेस्टेनी लडाकु समूह हमासका एक जना प्रवक्ताले इरानको 'प्रगति र समृद्धि'को कामना गरेका छन्। यद्यपि मानव अधिकारवादी समूहहरूले रइसीमाथि अमानवीय अत्याचारको कसीमा अनुसन्धान हुनुपर्ने बताएका छन्। 

    ह्युमन राइट्स वाचका माइकल पेजले भनेका छन्, "इरानको दमनकारी न्यायपालिकाको प्रमुखका रूपमा रइसीले इरानको पछिल्लो समयका निकै जघन्य अपराधको नेतृत्व गरेका छन् जसको अनुसन्धान र उत्तरदायित्व बहन गर्नु आवश्यक छ।" 

    विश्वका लागि रइसीको विजयको अर्थ के?
    बीबीसी पर्सियनका कास्रा नाजीका अनुसार रइसीको नेतृत्वमा इरानमा कट्टरपन्थी एउटा शुद्धतावादी इस्लामिक सरकार गठन गर्ने कोसिस हुनेछ।त्यसको अर्थ भनेको सामाजिक गतिविधिमा थप नियन्त्रण, महिलाका लागि कम स्वतन्त्रता र रोजगार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कडा नियन्त्रण हो।

    कट्टरपन्थीहरू पश्चिमा विश्वलाई शङ्काको दृष्टिले हेर्छन्। तर रइसी र सर्वोच्च नेता खामेनेई दुवै इरान अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई बिउँताउनुपर्ने पक्षमा रहेको ठानिन्छ।सन् २०१५ मा हस्ताक्षर भएको उक्त सम्झौताले इरानलाई उसका परमाणु गतिविधिलाई सीमित गर्ने सर्तमा पश्चिमा प्रतिबन्धहरूबाट राहत दिएको थियो।

    तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मा उक्त सम्झौताबाट अमेरिका पछि हट्ने निर्णय गरे। उनले इरानमाथि पुन: व्यापार प्रतिबन्धहरू लगाए।पश्चिमी प्रतिबन्धले सामान्य इरानीहरूले आर्थिक कठिनाइको सामना गर्नुपरेको छ।

    उक्त सम्झौताअनुसार प्रतिबन्धित गरिएको आणविक कार्यलाई इरानले पुन: सुरु गरेको छ। भियानामा जारी वार्ता उक्त सम्झौतालाई पुनर्जीवित पार्ने कोसिसमा रहेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडन पनि यसलाई पुन: सुरु गर्ने पक्षमा छन्।

    तर दुवै पक्षले अर्को पक्षले पहिलो कदम चाल्नुपर्ने बताइरहेका छन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    आषाढ ६, २०७८ आइतवार १३:४१:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इजरेल
  • # इरान
  • काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाइ सेवा

    आषाढ ६

  • 140
    SHARES
  • काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाइ सेवा

    नयाँ दिल्ली -  भारतको काश्मिर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको छ ।

    राजधानी श्रीनगरमा रहेको स्टेशनसहित काश्मिर क्षेत्रका छ हजार २१ स्टेशनमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार इन्टरनेट सेवाप्रदायक विभिन्न संस्थाहरुका इन्टरनेट सेवा ती स्टेशनहरुमा उपलब्ध गराइएको हो । 

    रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले रेल यात्रुहरुलाई रेल सेवा सुविधाजनक बनाउन पनि सहयोग पुग्ने उल्लेख गरे ।एएनआई  


    आषाढ ६, २०७८ आइतवार २०:५१:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काश्मिर
  • उत्तरी तखार प्रान्तमा भिडन्त हुँदा जिल्ला प्रहरी प्रमुखसहित ४ प्रहरीको ज्यान गयो

    आषाढ ६

  • 180
    SHARES
  • उत्तरी तखार प्रान्तमा भिडन्त हुँदा जिल्ला प्रहरी प्रमुखसहित ४ प्रहरीको ज्यान गयो

    तालुक्वान, अफगानिस्तान – अफगानिस्तानको उत्तरी तखार प्रान्तमा शनिबार राति भएको भिडन्तमा चार जना प्रहरी र सात जना तालिबान लडाकूको ज्यान गएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

    तखार प्रान्तको नमक अब जिल्लाको ग्रामीण क्षेत्रमा तालिबान समूहका लडाकूहरुले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो ।

    प्रान्ती सरकारका प्रवक्ता हमिद मुबारेजले जिल्ला प्रहरी प्रमुख र तीन अरु प्रहरीले शहादत प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले अरु दुई जना प्रहरी र तीन जना लडाकू पनि घाइते भएको बताउनुभयो ।

    नमक अब जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएसँगै त्यहाँ रहेका सुरक्षाफौजका बाँकी सदस्यहरु नजिकको जिल्लामा गएको पनि प्रवक्ता मुबारेजले बताउनुभयो ।

    यसैबीच, कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा तालिबान समूहले प्रहार गरेको क्षेप्यास्त्र लागेर एक बच्चा सहित तीन जना सर्वसाधारणको ज्यान गएको छ । शनिबार राति सरकारी फौज र तालिबान समूहबीच शनिबार राति भिडन्त भएको थियो । 

    अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो फौज फिर्ता हुनेक्रम जारी रहेसँगै अफगानिस्तानका विभिन्न भागमा हिंसात्मक झडप तिब्र भइरहेका छन् । तालिबान समूहले पछिल्लो एक महिनाको अवधिमा ४० भन्दा बढी जिल्लाहरु आफूले कब्जामा लिएको दाबी गरेका छन् ।सिन्ह्वा


    आषाढ ६, २०७८ आइतवार २१:५१:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान