• Jun 21 2021 | २०७८, आषाढ ७गते

२०७८, आषाढ ७गते

गुल्मीमा निषेधाज्ञा थपियो  

जेठ ३ २०७८
  • 518
    SHARES
  • गुल्मीमा निषेधाज्ञा थपियो  

    तम्घास - गुल्मीमा निषेधाज्ञाको समय थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि जेठ १५ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि गरिएको निषेधाज्ञाको समय जेठ ४ गते सकिदैछ । 

    जिल्ला प्रशासन कार्यालय गुल्मीले अब गरिने निषेधाज्ञामा थप कडाई गरिने जनाएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरिएका छ ।

    गुल्मीमा हालसम्म कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भइसकेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ३८ रहेको छ ।


    जेठ ३, २०७८ सोमवार १४:४९:४६ बजे : प्रकाशित

    अर्कोसमाचार

    काठमाडौं उपत्यकामा एकैदिन थपिए ३ सय ३७ जना कोराना संक्रमित, कहाँका कति ?

    आषाढ ५

  • 510
    SHARES
  • काठमाडौं उपत्यकामा एकैदिन थपिए ३ सय ३७ जना कोराना संक्रमित, कहाँका कति ?

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ । शनिबार काठमाडौं उपत्यकामा थप ३ सय ३७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
     
    काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका २०१ जना, ललितपुरका ९२ जना र भक्तपुरका ४४ जना रहेका छन् ।  

    यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कूल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) २५ हजार ५ सय ७४ पुगेको छ।  यस्तै निको हुने ८९.३ प्रतिशत रहेका छन् । 

    यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ५ लाख ५३ हजार ३४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ३४ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    आषाढ ५, २०७८ शनिवार १७:२४:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • पूर्वसञ्चार राज्यमन्त्री विष्टको कोरोना संक्रमणबाट निधन

    आषाढ ६

  • 230
    SHARES
  • पूर्वसञ्चार राज्यमन्त्री विष्टको कोरोना संक्रमणबाट निधन

    काठमाडौँ - पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । 

    उनको आइतबार बिहान ६० वर्षको उमेरमा मेडिसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । उनलाई एक महिनाअघि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । 

    स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं उपचारको लागि ल्याइएको थियो । विष्टले २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति भएर काम गरेका थिए । उनी पूर्व सञ्चार राज्यमन्त्री समेत भएका थिए ।

     


    आषाढ ६, २०७८ आइतवार ०८:४६:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • कोरोना संक्रमणको ‘हटस्पट’ बनेको बाँकेमा संक्रमित घट्दै, ८० प्रतिशत शय्या खाली

    आषाढ ६

  • 208
    SHARES
  • कोरोना संक्रमणको ‘हटस्पट’ बनेको बाँकेमा संक्रमित घट्दै, ८० प्रतिशत शय्या खाली

    राँझा - कोरोना महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् ।

    कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बाँकेमा कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् ।

    बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ ।

    भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकामा ११६ खाली छन् । उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताउनुभयो । वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ ।

    युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छ । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृ त्यु भएको छ ।रासस 


    आषाढ ६, २०७८ आइतवार १०:३६:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • थप २४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

  • 168
    SHARES
  • थप २४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १० हजार ९२९ परीक्षण गर्दा २ हजार ४४२ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

    ६ हजार ६७७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४२१ र ४ हजार २४९ एन्टिजेन परीक्षण गर्दा १ हजार २१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । 

    उनकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमणमुक्त हुँदा सोही अवधिमा ५१ जनाको मृत्यु भएको छ ।


    आषाढ ६, २०७८ आइतवार १७:३३:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    काठमाडौं उपत्यकामा एकैदिन थपिए ५ सय २८ जना कोराना संक्रमित, कहाँका कति ?

    आषाढ ६

  • 456
    SHARES
  • काठमाडौं उपत्यकामा एकैदिन थपिए ५ सय २८ जना कोराना संक्रमित, कहाँका कति ?

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ । आइतबार काठमाडौं उपत्यकामा थप ५ सय २८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
     
    काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका ४५० जना, ललितपुरका ५३ जना र भक्तपुरका २५ जना रहेका छन् ।  

    यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कूल संक्रमितको संख्या ६ लाख २१ हजार ५६ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) २६ हजार ५ सय ९५ पुगेको छ।  यस्तै निको हुने ८९.६ प्रतिशत रहेका छन् । 

    यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ५ लाख ५६ हजार ७९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ५१ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय २६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    आषाढ ६, २०७८ आइतवार १८:०७:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • उपत्यकामा थप एक साता निषेधाज्ञा : सवारीसाधनमा जोरबिजोर, पसल बारको आधारमा खोल्न पाइने (तालिकासहित)

    आषाढ ६

  • 318
    SHARES
  • उपत्यकामा थप एक साता निषेधाज्ञा :  सवारीसाधनमा जोरबिजोर, पसल बारको आधारमा खोल्न पाइने (तालिकासहित)

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा एक साता थप गरिएको छ । 

    आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा असार १४ गते मध्यरातसम्म गर्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ । प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ । 

    सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न सोमबार, बुधबार र शुक्रबार पाइने भएको छ । यस्तै सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान आइतबार, मंगलबार र बिहीबार खोल्न पाइने भएको छ । 

    यस्तै तरकारी, खाद्यान्न र फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । उपत्यकामा गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा भोलि सोमबारबाट सकिँदैछ । यस्तै सवारीसाधनमा जोरबिजोर प्रणालीको आधारमा सञ्चालन गर्न पाइने भएको छ । 


     


    आषाढ ६, २०७८ आइतवार १८:२२:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका