• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

महन्थ र उपेन्द्रको संयुक्त विज्ञप्ति : जसपा ओली सरकारमा जाँदैन, आफ्नै नेतृत्वमा सरकार बनाउने 

  • 1.8K
    SHARES
  • images
    images
    महन्थ र उपेन्द्रको संयुक्त विज्ञप्ति : जसपा ओली सरकारमा जाँदैन, आफ्नै नेतृत्वमा सरकार बनाउने 

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अरु नेतृत्वको सरकारमा सहभागी नहुने बताएको छ ।

    images

    आन्तरिक विवादमा फसेको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर तत्काल सरकारमा सहभागी नहुने र जसपा प्रतिपक्षमै बस्ने स्पष्ट पारेका हुन् । 

    अध्यक्षद्वय ठाकुर र यादवबीच मनमुटाव रहेको र दुवै समूह आफू खुसी निर्णय गर्न थालेको भन्ने आरोपका बीच मंगलबार उनीहरुले संयुक्त रुपमा पार्टी एकतालाई सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । 

    गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने विषयमा स्वयं सांसदहरुलाई नै विवेक प्रयोग गर्न पार्टीले निर्णय गरेर अधिकार दिएको भन्दै उनले अहिले नै जसपामा सरकारमा नजाने बताएका हुन् ।

    तर, आफ्नै पार्टीकै नेतृत्वमा सरकार बनाउने अवसर आएमा त्यसका लागि भने पहल गरेर अघि बढ्ने अध्यक्षद्वय ठाकुर र यादवको भनाइ छ । 

    press note jasapa 1.jpg

    press note jasapa 2.jpg


    जेठ ४, २०७८ मंगलवार १४:०१:३८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # महन्थ ठाकुर
  • # उपेन्द्र

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ, कमल थापा अनुपस्थित

  • 152
    SHARES
  • राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ,  कमल थापा  अनुपस्थित

    काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार अध्यक्ष लिङ्देनसहित निर्वाचित पदाधिकारीले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    images

    नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    rpp-6-.jpg-2.jpg

    उनले लिएपछि बाँकी पदाधिकारीले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् । यस्तै नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् । सो शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए । कमल थापा भने अनुपस्थित थिए । 


    मंसिर १९, २०७८ आइतवार १८:१५:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • क्यानाडा नेपाल

    सदनबाट नभए सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु - राजेन्द्र लिङ्देन  

  • 182
    SHARES
  • सदनबाट नभए सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु - राजेन्द्र लिङ्देन  

    काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको बताएका छन् । 

    images

    आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम अध्यक्ष लिङ्देनले सो कुरा गरेका हुन् । 

    उनले सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता जनाए ।  लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताए ।

    उनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताए । उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानुनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको कारण रहेको दाबी गरे । 

    नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टी पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उनको भनाइ छ । यसैको अन्त्यका लागि आफूले राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको  उनले बताए । 


    मंसिर १९, २०७८ आइतवार १८:३८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन

  • क्यानाडा नेपाल

    लोहनीले गरे लिङ्देनको तारिफ - पाको र क्षमताशील नेतृत्व पायौं

  • 176
    SHARES
  • लोहनीले गरे लिङ्देनको तारिफ - पाको र क्षमताशील नेतृत्व पायौं

    काठमाडौं - राप्रपा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको तारिफ गरेका छन् । 

    images

    आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा लोहनीले लिङ्देन पाको नेता भएको बताए । 

    उनले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताए । लिङ्देन निरन्तर पार्टीमा क्रियाशील नेता रहेको भन्दै उनले भने -  ‘उहाँ लगातार ३० वर्ष पार्टीमा काम गर्नु भएको छ । पार्टीले पाको र क्षमताशील नेता पाएको छ ।’ 

    उनले सधै नयाँ नेतृत्वको साथमा रहने बताउदै भने, ‘म नयाँ नेतृत्वको साथमा रहनेछु । पार्टी र जनताको हितमा काम गर्नेछु । यदी पार्टी र जनताविरुद्ध अहित भएमा त्यसको विरुद्धमा पनि उत्रिनेछु ।’ 

     


    मंसिर १९, २०७८ आइतवार १९:४८:१४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने उपेन्द्र यादवको भनाई

  • 122
    SHARES
  • विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने उपेन्द्र यादवको भनाई

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् । 

    images

    आइतबार महोत्तरीको बर्दिवासमा : आयोजित दलित समुदायको वर्तमान अवस्था  समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटनमा यादवले सो कुरा गरेका हुन् । विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव, असमानताको अन्त्य हुनुपर्ने उनको भनाई छ । 

    उनले दलित समुदाय भूमिहीन, आर्थिकरुपमा कमजोर रहेकाले यस्तै अवस्था कायम रहे मुलुक समृद्ध बन्न नसक्ने बताए । 

    वैदेशिक सँस्कृति अपनाइरहेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउदै यादवले यहाँका कला र सँस्कृति जोगाउनु सबैको दायित्व  रहेको बताए । 


    मंसिर १९, २०७८ आइतवार २१:४३:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव

  • क्यानाडा नेपाल

    बागमतीमा बानियाँ जीत नजिक

  • 100
    SHARES
  • बागमतीमा बानियाँ जीत नजिक

    काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश महाधिवेशनअन्तर्गत संस्थापन पक्षीय उम्मेदवार इन्द्र बानियाँ जित नजिक पुगेका छन् ।

    images

    २०२६ मत खसेकोमा १७१० मत गणना सम्पन्न भएको छ । १७१० मत गणना हुँदा बानियाँले ९१९ ​मत ल्याएका छन् । जगदीश्वर नरसिंह केसी भने ७७९ मतका साथ बानियाँलाई पछ्याइरहेका छन् । अब ३१६ मत गणना हुन मात्रै बाँकी छ ।


    मंसिर १९, २०७८ आइतवार २२:०६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश

  • क्यानाडा नेपाल

    कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित  

  • 130
    SHARES
  • कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित  

    काठमाडौं - नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका छन् ।

    images

    २०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको थियो । 

    शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो ।


    मंसिर १९, २०७८ आइतवार २२:१३:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस वाग्मती अधिवेशन

  • क्यानाडा नेपाल