• Sep 26 2021 | २०७८, आश्विन १०गते

२०७८, आश्विन १०गते

कोरोना संक्रमितहरुका लागि निःशुल्क यातायात अभियान सुरु गरे गगन थापाले

जेठ ५ २०७८
  • 1.4K
    SHARES
  • कोरोना संक्रमितहरुका लागि निःशुल्क यातायात अभियान सुरु गरे गगन थापाले

    काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले कोरोना संक्रमितहरुका लागि निःशुल्क यातायात अभियान सुरु गरेका छन् । 

    images

    बुधबार नेता थापाले सामाजिक सञ्जालमार्फत आफुले कोरोना संक्रमितहरुका लागि निःशुल्क यातायात अभियान सुरु गरेको बताएका हुन् । 

    उनले घरमा बसेका कोरोना संक्रमितलाई अस्पताल जानको लागि निःशुल्क यातायात सेवा सुरु गरेको बताउका छन् । उनले नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा निस्शुल्क यातायात सेवा सुरु गरेको बताउका छन् । 

    उनले निस्शुल्क यातायात सेवाको लागि सम्पर्क नम्बर पनि दिएका छन् । उनले काठमाडौँ महानगरपालिकाका तर्फबाट ९८५१०९६३०३ र बुढानिलकण्ठ नगरपालिकाका तर्फबाट ९८५१०६५२५६ मा सम्पर्क गर्न सकिने बताएका छन् ।

    उनको स्टाटस यस्तो छ - घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन,परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा नि:शुल्क यातायात सेवा सुरु गरेका छौँ।

    सम्पर्क:कामनपा तर्फ:9851096303 बुनपा तर्फ:9851065256/9851072129 वा हटलाइन नं. 9860340587 मा SMS गर्नु होला।

     

     


    जेठ ५, २०७८ बुधवार १२:५९:०६ बजे : प्रकाशित

    images
    अर्कोसमाचार

    काठमाडौँबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खस्यो, तीन जना बेपत्ता

  • 574
    SHARES
  • काठमाडौँबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खस्यो, तीन जना बेपत्ता

    चितवन – इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहनुभएको छ । उहाँको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।

    कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइउको छ । कारसहित उहाँहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।रासस 


    आश्विन ८, २०७८ शुक्रवार ०८:११:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चितवन

  • क्यानाडा नेपाल

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्ती

  • 258
    SHARES
  • राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्ती

    काठमाडौँ - राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ ।विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भन्नुभयो, “राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी गरिएका सिर्जनाहरू कालजयी छन् ।”

    images

    उप्रेतीले घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ उहाँका परिवारको अनुमतिप्राप्त भएमा छाप्न तयार भएको जनाउनुभयो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका काव्यशिल्पी कविवर घिमिरे प्रतिष्ठानका संस्थापक सदस्यसमेत रहनुभएका राष्ट्रकवि घिमिरे प्राज्ञ परिषद् सदस्य हुँदै उपकुलपति, कुलपति र आजीवन सदस्यका रूपमा रहनुभएको थियो ।

    उपकुलपति डा जगमान गुरुङले राष्ट्रकविलाई आफूले सदैव राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार स्रष्टाका रूपमा पाएको उल्लेख गर्नुभयो । सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले राष्ट्रकविको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै नेपाली राष्ट्रिय भावनालाई मजबुत बनाउनमा राष्ट्रकवि घिमिरेका सिर्जनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।प्रतिष्ठानका साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले राष्ट्रकविको पहिलो स्मृतिसभा भएको उल्लेख गर्दै अब वर्षेनी उहाँको जन्मतिथिका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

    प्राज्ञसभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा–प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान–सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन आग्रह गर्नुभयो । उहाँले राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गर्नुभयो ।राष्ट्रकवि घिमिरेका कान्छा छोरा इञ्जीनियर राजीव घिमिरेले बुवासँगका केही प्रमुख स्मृति सुनाउँदै अब छिट्टै नै ‘ऋतम्भरा’लाई प्रकाशनमा ल्याइने जनाउनुभयो ।रासस 

     


    आश्विन ८, २०७८ शुक्रवार १०:००:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधवप्रसाद घिमिरे

  • क्यानाडा नेपाल

    नारायहिटी दरबार संग्रहालयभित्र रहेको श्रीपेच घर्तीले निकाल्न खोजेपछि ...

  • 774
    SHARES
  • नारायहिटी दरबार संग्रहालयभित्र रहेको श्रीपेच घर्तीले निकाल्न खोजेपछि ...

    काठमाडौं - नारायहिटी दरबार संग्रहालयभित्र रहेको श्रीपेच निकाल्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्ती रहेका छन् । 

    images

    शुक्रबार बिहान दरबार संग्रहालय अवलोकन गर्न आएका घर्तीले सिसा फुटाएर श्रीपेज निकाल्न खोजेका थिए । श्रीपेज निकाल्न लाग्दा सुरक्षामा खटिएका नेपाली सेनाले घर्तीलाई पक्राउ गरेको हो । 

    अहिले घर्ती नेपाली सेनाकै नियन्त्रणमा रहेका छन् । पक्राउ परेपछि घर्तीले राजा हुन मन लागेर श्रीपेच निकाल्न खोजेँको बताए । श्रीपेज निकाल्न खोज्दा सिसा फुट्दा घर्तीको हात पनि काटेको जनाइएको छ । 


    आश्विन ८, २०७८ शुक्रवार १३:४८:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायहिटी दरबार संग्रहालय

  • क्यानाडा नेपाल

    बडादसैँको साइत सार्वजनिक

  • 1.0K
    SHARES
  • बडादसैँको साइत सार्वजनिक

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

    images

    असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उहाँले जानकारी दिनुभयो । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताउनुभयो ।

    फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ ः ११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

    असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

    विजयादशमीका दिन बिहान ७ ः ०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।


    आश्विन ८, २०७८ शुक्रवार १५:३०:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

  • 218
    SHARES
  • जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन्।

    images

    उपसभापति निधिले प्रधानमन्त्री देउवालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रेल्वे उद्घाटन र सञ्चालनका लागि ध्यानाकर्षण गराएका हुन्। 

    प्रधानमन्त्री देउवासँग उनले नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा रेल्वे उद्घाटनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिन अनुरोध गरेको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

    भेटमा प्रधानमन्त्री देउवाले तत्काल रेल्वे सञ्चालनका लागि सम्बन्धित निकायलाई तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताएको बताएका थिए। रासस


    आश्विन ८, २०७८ शुक्रवार २१:२७:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जनकपुर–जयनगर रेल्वे

  • क्यानाडा नेपाल

    आज दिनभरको मौसम कस्तो रहला ?

  • 222
    SHARES
  • आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । शनिबार देशभर आंशिक देखि सामान्य बदली रहेको छ भने बागमती, गण्डकी, सुदुर पश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानहरुमा हल्का पानी परिरहेको छ । 
     
    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको देखिन्छ । 
     
    आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । 
     

    images


    आश्विन ९, २०७८ शनिवार ०७:१०:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    images
    images
    images
    ताजा खबर