• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

नागार्जुनमा ३०० श्ययाको आइसोलेशन केन्द्र

  • 962
    SHARES
  • images
    images
    नागार्जुनमा ३०० श्ययाको आइसोलेशन केन्द्र

    काठमाडौँ। काठमाडौँको नागार्जुनमा ३०० श्ययाको आइसोलेशन केन्द्र निर्माण गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको विशेष पहलमा नागार्जुन नगरपालिका र नेपाल चार्टर एकाउन्टेन एसोसिएशनको सहकार्यमा ३०० श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।

    images

    नागार्जुन नगरपालिका–१ रानीवनस्थित शहरी विकास मन्त्रालयले सुकुम्बासीको पुनर्वासका लागि बनाएका भवनमा निर्माण गरिएको उक्त आइसोलेशनमा चिकित्सकसहित सेवा उपलब्ध गराइएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले  जानकारी दिए ।

    “वर्षौंदेखि प्रयोगविहीन भएका भवनलाई सदुपयोग गरेर कोरोना सङ्क्रमित व्यक्तिको उपचारका लागि नगरपालिकाले अन्य व्यक्ति र संस्थाको सहकार्यमा आइसोलेशन केन्द्र स्थापना गरेको हो”, नगरप्रमुख बस्नेतले भने ।

    सो आइसोेलेशनमा ललितपुरको सर्वाङ्ग अस्पतालका चिकित्सकले सेवा प्रदान गर्नेछन् । उक्त आइसोलेशनमा १०० वटा अक्सिजन सिलिण्डरसहित सेवा उपलब्ध गराइएको कांग्रेस केन्द्रीय सदस्य पौडेलले बताए ।

    आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको छ । नेता पौडेलले कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बस्न गाह्रो भएका बिरामीले उक्त आइसोलेशन सेन्टरबाट सेवा लिन सक्ने बताए ।

    नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका नेता पौडेलले देशभर यस्तै प्रयोगविहीन रहेका सरकारी भवनलाई तुरुन्तै आइसोलेशन र अस्पतालका रूपमा दिनसके सङ्क्रमितले उपचार नै नपाएर मर्नुपर्ने अवस्था नआउने बताए ।

    “देशभर यस्ता भवन धेरै ठाउँमा छन्, त्यस्ता भवनको उपभोग गर्ने हो भने धेरै सङ्क्रमितको ज्यान बचाउन सकिन्छ, त्यसका लागि स्रोतसाधन भएको सरकारले इच्छाशक्ति देखाउनुपर्छ”, उनले भने।  


    जेठ १४, २०७८ शुक्रवार १४:२९:३० बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # नागार्जुन
  • # आइसोलेशन केन्द्र

  • नेपाल टेलिभिजन अनलाइन

    अर्कोसमाचार

    भारतमा पनि कोरोनाको ओमिक्रोनको संक्रमण भेटियो, भाइरसको असर पाँच गुणा बढी हुने 

  • 286
    SHARES
  • भारतमा पनि कोरोनाको ओमिक्रोनको संक्रमण भेटियो, भाइरसको असर पाँच गुणा बढी हुने 

    नयाँ दिल्ली - कोरोनाभाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको सङ्क्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बिहिबार जानकारी दिएका छन् । “एक जना ४६ बर्षीय र अर्का एक जना ६६ बर्षीय पुरुषमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

    images

    पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिनुभयो । उनीहरू सवैलाई आइसोलेसनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहचिव अग्रवालको भनाइ छ ।हाँले अन्य कोरोनाभाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनु परेको स्पष्ट पार्नुभयो ।

    अहिले विश्वभरीका २९ देशमा ओमिक्रोनका सङ्क्रमितहरु भेटिएको र उनीहरुको सङ्ख्या अहिलेसम्म ३७३ पुगेको पनि उहाँले जानकारी दिनुभयो ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ओमिक्रोनको सङ्क्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको छ । सुरुमा वि.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ओमिक्रोन नामाकरण गरेको हो । 

    यसलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए ।अहिले विश्वभरका दर्जनौ देशहरूले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन् ।एएनआई


    मंसिर १६, २०७८ बिहिवार २२:०३:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन २ सय ४६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

  • 230
    SHARES
  • नेपालमा एकैदिन २ सय ४६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप २ सय ४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
     
    बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार ८ सय ३६ वटा परीक्षण गर्दा २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख २२ हजार १ सय ७२ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९५ हजार ५ सय ६९ पुगेको छ।  

    images

    साथै पछिल्लो २४ घण्टामा ३ सय ४७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख ३ हजार ७ सय ६९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ६ हजार ९ सय २१ जना रहेका छन्।

    यसैगरी पछिल्लो २४ घण्टामा एक जनाले पनि कोरोनाबाट ज्यान गुमाएका छैनन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ३५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


    मंसिर १७, २०७८ शुक्रवार १७:५९:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक

  • 364
    SHARES
  • ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो ।

    images

    उहाँले नयाँ भेरिएन्ट ओमिक्रोनबाट नागरिकको जीवन रक्षा गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नेबारे जनचेतनाका कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । “विस्तारै सामान्य अवस्थातिर फर्किन लागेको हाम्रो जनजीवन फेरि कोरोनाभाइरसको त्रासमा रहनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता यसबाट बढेको छ”, उहाँले भन्नुभयो, “जनताको जीवन रक्षा हाम्रो एकमात्र प्राथमिकता भएकाले नयाँ भेरिएन्टबाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको छ ।”

    राष्ट्रपति भण्डारीले पछिल्लो समय विश्वका विभिन्न मुलुकमा फेरि कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखापरेको र अघिल्ला भेरिएन्टको तुलनामा यसको सङ्क्रमण दर पनि धेरै हुने भनिएको उल्लेख गर्दै नयाँ भेरिएन्टबाट बच्न दक्षिण अफ्रिका, नेदरल्याण्डसलगायत कतिपय मुलुकमा नयाँ सुरक्षा मापदण्ड घोषणा गरिएको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले कोरोना भाइरसको अर्को सम्भावित प्रकोपबाट बच्न जनतालाई खोप उपलब्ध गराउँदै पूर्वतयारीमा जोड दिन आग्रह गर्नुभयो ।

    सवै नागरिकलाई खोप-राष्ट्रपति भण्डारीले सकेसम्म छिटो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’समेत उपलब्ध गराउन आग्रह गर्नुभयो । “खोप लगाउने कार्यलाई निरन्तरता दिँदै हामीले फेरि एक पटक नयाँ तयारीमा जोड दिनुपर्ने समय आएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसको पाछिल्लो अवस्थाका बारेमा अध्ययन गरी तीनै तहका सरकार, जनप्रतिनिधि र सामाजिक संस्थाको सक्रिय भूमिकाबाट मात्रै भाइरस विरुद्धको लडाइमा सफलता प्राप्त गर्न सकिन्छ ।”

    राष्ट्रपति भण्डारीले कोभिड–१९ को प्रभावबाट उत्पन्न हुनसक्ने विषम परिस्थितिबाट मुलुक र जनतालाई सुरक्षित गर्न प्रदेश र स्थानीय तहअन्तर्गतका संरचनात्मक व्यवस्थालाई एकीकृत र जवाफदेहीरूपमा परिचालन गर्न आग्रह गर्नुभयो ।

    “अक्सिजन र अत्यावश्यकीय औषधिमा हुन सक्ने अभाव र कालाबजारी नियन्त्रण गर्न औषधि व्यवस्था विभाग र सुरक्षा टोली परिचालन गर्नुहोस्”, उहाँले भन्नुभयो, “अक्सिजन उत्पादन प्लान्ट स्थापना गर्न छोटै समय लाग्ने र लगानी पनि त्यति ठूलो नपर्ने भएकाले देशभरी विगत एक वर्षमा धेरै अक्सिजन प्लान्ट थपिएका छन् । तीनको अवस्था निरन्तर अवलोकन गरी मर्मत्सम्भार गरेर अक्सिजनको व्यवस्था गर्नुपर्दछ ।”

    पीसीआर परीक्षणलाई हरेक जिल्लासम्म पु¥याउन र अस्पतालमा बिरामीको हेरचारका लागि थप स्वास्थ्य जनशक्तिको अभावलाई पूर्ति गर्न सेवा निवृत्त स्वास्थ्यकर्मीका साथै प्यारामेडिक्स परिचालन गर्न पनि राष्ट्रपति भण्डारीले आग्रह गर्नुभयो । उहाँले कोरोना भाइरसको अघिल्लो दुई चरणको प्रहार झेल्ने क्रममा नागरिकको स्वास्थ्य, जीवन एवम् मुलुकको समग्र आर्थिक प्रणालीमा ठूलो क्षति पुगेको भन्दै यसक्रममा कोभिड–१९को महामारीसँग लड्न अग्रपङ्क्तिमा रहने डाक्टर, नर्स, सुरक्षाकर्मी तथा सपÞmाइकर्मीप्रति आभार व्यक्त गर्नुभयो । मन्त्री खतिवडाले एक हजार ६०० खोप केन्द्रमा प्रतिदिन दुई लाख दरले खोप लगाउन थालेको बताउनुभयो । उहाँले दुई करोड ६८ लाख मात्रा खोप लगाइसकेसमेतको राष्ट्रपति भण्डारीलाई जानकारी दिनुभयो । यो भनेको खोप लगाउन योग्यको २८ प्रतिशत हो ।रासस


    मंसिर १७, २०७८ शुक्रवार २०:३४:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    कोरोनाको नयाँ भेरियन्ट : पूर्वी नाकामा भिडभाड उस्तै, सतर्कता न्युन

  • 200
    SHARES
  • कोरोनाको नयाँ भेरियन्ट : पूर्वी नाकामा भिडभाड उस्तै, सतर्कता न्युन

    झापा - कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट भारत देखिसक्दा पनि भारतसँग सीमा जोडिएको झापामा भने खासै सतर्कतासमेत देखिँदैन । 

    images

    भारतसँग एक सय ४४ किलोमिटर सीमा जोडिएको झापामा पूर्वी नाका र भद्रपुर नाकामा सामान्य चेकजाँच भए पनि अन्य स्थानमा खासै सतर्कता छैन् । अन्य नाकामा विगतमा संक्रमण फैलदा जस्तो सुरक्षाकर्मीले कडाई नगर्दा संक्रमितहरूसमेत सहजै आवतजावत गर्ने अवस्था छ ।विगतमा बन्द रहेका नाकाहरू सरकारले खोल्ने निर्णय गरेसँगै जाेखिम पनि बढेकाे छ ।

    भारतसँगै, भुटान, बंगलादेशसहितबाट आवतजावत हुने पूर्वीनाका काँकडभिट्टामा पनि खासै कडाइ छैन । नाकामा प्रहरीले खोप कार्ड हेरेर आवतजावत दिइरहेको छ । जसका कारण पनि नयाँ भेरियन्ट नेपाल भित्रने जोखिम बढेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालका अनुसार भारतबाट आएका नेपाली नागरिकका लागि भने खोप कार्ड हेरेर मात्र पनि प्रवेश दिइरहेको छ । ‘भारतबाट आउने नेपालीको हकमा खोप कार्ड हेरेर मात्रै आवतजावत भइरहेको छ,’ उनले भने, ‘भारतसँगै अन्य देशका नागरिकको हकमा भने अनिवार्य पीसीआर वा एन्टिजेन्ट रिर्पोट र खोप कार्ड चाहिन्छ । यो नभएकालाई हामीले फर्काइरहेका छौँ ।’ 

    नाकाबाट दैनिक तीन हजार जनाकाे आवतजावत
    पूर्वीनाकामा अहिले दैनिक तीन हजारभन्दा बढीको आवतजावत छ । जसमा नजिकैको भारतीय बजार पानीट्यांकीबाट घरायसी प्रयोगको सामान ल्याउने पनि छन् । नाकामा भिडभाड भने बढीरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी दाहालले जानकारी दिए । उनका अनुसार अहिले पनि नाकामा शंकास्पदहरूलाई एन्टिजेन्ट परीक्षण गरिएको छ । जसमा हप्तामा दुई-चार जनामा कोरोना संक्रमण देखिइरहेको उनले बताए । 

    अहिलेसम्म नाकामा कडाइ गर्न कहीँबाट पनि लिखित निर्देशन नआएको डिएसपी दाहालले बताए । ‘लिखित रूपमा नाकामा कडाइ गर्न कहीँबाट पनि निर्देशन आएको छैन । तर, सिडिओ साबले मौखिक रूपमा कडाइ गर्न भन्नुभएको छ । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउनु भन्नु भएको छ,’ उनले भने, ‘हामीले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराएका छौँ ।’ 

    जिल्ला प्रशासन कार्यालय झापाले भने नाकामा सतर्कता बढाइरहेको दाबी गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानले नाकाबाट आउने सबैको एन्टिजेन्ट परीक्षण भइरहेको दाबी गरे । यद्यपि, नाकामा शंकास्पद र पीसीआर रिर्पोट नभएकाको मात्र परीक्षण गरिँदै आएको छ । ‘नाकामा ५-७ दिनदेखि नै सतर्कता अपनाएका छौँ । नाकामा आएका सबैकाे एन्टिजेन्ट परीक्षण गर्छौँ,’ उनले भने ।

     


    मंसिर १८, २०७८ शनिवार १७:४३:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' बारे जान्नैपर्ने यी कुराहरु

    कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' बारे जान्नैपर्ने यी कुराहरु

    काठमाडौं - कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमीक्रोन हालसम्म विश्वका ३८ देशमा देखिएको छ । छिमेकी देश भारतमा पनि हालसम्म ५ वटा केश देखिइसकेको छ ।

    images

    भारतको दिल्लीमा १, कर्नाटकमा २, गुजरातमा १ र महाराष्ट्रमा १ जनामा देखिइसकेको छ । यो हेर्दा भारतको समुदायमा सयौंको संख्यामा यो भाइरस रहेको आंकलन गर्न सकिन्छ । 

    यो भाइरसको त्रास बढ्न थालेपछि अहिले सर्वसाधारणले कोरोना खोपप्रति पनि चासो बढाएका छन् ।  यो भाइरसले संक्रमण गरेपछि मानिसको शरीर दुख्ने, थकाइ लाग्ने तथा स्वर भासिने हुने गर्छ । यस्तै ज्वरो आउने, स्वाद र गन्ध हराउने लक्षण पनि देखिने गर्छ । 

    दक्षिण अफ्रिकामा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन भाइरस देखिएको पुष्टि भएको समाचारमा जनाइएको छ । खासमा  दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षण भएका धेरै वयस्क व्यक्तिहरू अस्पतालमा भर्ना भएका छन् ।

    यस्तो भाइरसको संक्रमण भएकामा  खोपको एक मात्रा मात्र लगाएका मानिसहरु पनि छन् ।यो कोरोनाभाइरस खतरा पनि हुनसक्ने भएकाले यसबाट जोगिनु धेरै राम्रो हुन्छ ।

    यो प्रजाति भएको तथा यसबाट बच्ने उपाय खोप र जनस्वास्थ्यका मापदण्ड पालना भएकोले हामीले उच्च साबधानी तथा सतर्कता अपनाउनु जरुरी छ ।

    खोप तथा मास्क लगाउने तथा  भीडभाडबाट बच्नु नै यसबाट बच्चे उत्तम उपाय हो । अहिलेसम्मका ओमिक्रोन डेल्टा वा अन्य प्रजातिजस्तो घातक भने देखिएको छैन । 
     


    मंसिर १९, २०७८ आइतवार १४:३६:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वामदेव गौतम

  • नेत्र प्रसाद भुसाल

    नेपालमा आइतबार थप २०५ जनामा कोरोना संक्रमण 

  • 134
    SHARES
  • नेपालमा आइतबार थप २०५ जनामा कोरोना संक्रमण 

    नेपालमा आइतबार थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ९ सय ९५ पिसिआर परिक्षणका क्रममा २ सय र २ हजार ७ सय ९५ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    images

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार १ सय ८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४१ जनाले ज्यान गुमाएका छन् । 

    त्यस्तै थप ४ सय ३६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार ५ सय ४४ जना निको भएका छन् । हाल नेपालमा ६ हजार ५ सय ७ जना सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


    मंसिर १९, २०७८ आइतवार १५:५८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # कोरोना संक्रमण

  • क्यानाडा नेपाल