• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

ओलम्पिक हुन अब ५० दिन बाँकी, जापानमा चहलपहल सुरू

  • 1.1K
    SHARES
  • images
    images
    ओलम्पिक हुन अब ५० दिन बाँकी, जापानमा चहलपहल सुरू

    काठमाडौँ।  टोकियो ओलम्पिक खेलको उद्घाटनको ५० दिन बाँकी रहँदा आयोजकहरूले बिहीबार प्रतिस्पर्धामा समाबेश गरिने खेलको सूची सार्वजनिक गरेको छ । आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले भलिबल प्रतियोगिताको आयोजना गर्ने यारिआके एरिनामा आयोजित अनावरण समारोहमा भने, “कोभिड–१९ का कारण जापानको राजधानी टोकियोलगायतका कतिपय सहरमा स्वास्थ्य सङ्कटकाल जारी रहेपनि ओलम्पिक खेलहरू यथावत सञ्चालन गरिनेछन् ।”

    images

    “मलाई विश्वास छ (समारोह) ले यस समयमा खेलकुदको महत्व बुझ्न हामीलाई मौका दिनेछ,” हाशिमोतोले भने । “हामीसँग अब ५० दिन मात्र बाँकी छ,” उनले भने । “यतिबेला समुद्र पार गरेर टोकियोमा भेला हुने खेलाडीका चाललाई मैले सुन्न वा देख्न थालेको छु ।”

    होशिमोतोले स्थानीय एक खेलकूद् पत्रिका निक्कानसँग भने, “यदि विश्वका विभिन्न देशहरूले धेरै गम्भीर अवस्थाको अनुभव गरेका र धेरै जसो देशहरूबाट खेलका लागि प्रतिनिधिमण्डलहरू आउन नसकेका भए हामी ओलम्पिक गर्न असमर्थ हुने थियो । सहयोग र समर्थनका लागि विश्वका सबै खेलसँग सम्बन्धित खेलाडी र त्यहाँका सरकार तथा खेलकूद् संस्थाहरूप्रति टोकियो खेल आयोजक समिति आधार व्यक्त गर्न चाहन्छ ।”

    अहिलेकोभन्दा निकै प्रतिकुल समय नआएमा खेलहरू रद्द नहुन उनले बताए। जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा मे को अन्तिमदेखि कमी आउन थालेको छ । बिहीबार टोकियो नगर क्षेत्रका ५०६ सङ्क्रमितसहित दुई हजार ८०० व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।


    जेठ २१, २०७८ शुक्रवार १५:११:३२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # ओलम्पिक
  • # जापान

  • नेपाल टेलिभिजन अनलाइन

    अर्कोसमाचार

    इंग्लिस प्रिमियर लिगमा टोटनहमको सातौँ जित

  • 204
    SHARES
  • इंग्लिस प्रिमियर लिगमा टोटनहमको सातौँ जित

    काठमाडौं - इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

    images

    टोटनहमको जितमा ह्युङ मिन सनले १ गोल गर्दा अर्काे गोल भने उपहार पायो ।  भ्रमणकारी टोली ब्रेन्टफोर्डंका सर्जी कानोसले १२औँ मिनेटमा आफ्नौ पोष्टमा गोल गर्दा टोटनहमले १–० को अग्रता पायो । ६५औँ मिनेटमा दक्षिण कोरियाली खेलाडी सनले अग्रता दोब्बर बनाउँदै सहज जित दिलाए । 

    योसँगै प्रशिक्षक एन्टोनियो कोन्टेले लण्डनमा लगातार जित पाएका छन् । जितसँगै टोटनहम १३ खेलबाट २२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड भने १४ खेलबाट १६ अंकसहित १२औँ स्थानमा छ ।


    मंसिर १७, २०७८ शुक्रवार ०७:५२:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडा नेपाल

    सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक

  • 208
    SHARES
  • सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक

    काठमाडौं - विदेशी खेलाडी अजयी मार्टिन्सको  ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लब स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा नवप्रवेसी सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफ माथि ४-१ अन्तरको सानदार जित निकालेको हो । 

    सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक गोल गरे । एपीएफका लागि बिक्की तामाङले सान्त्वना गोल गरे । 

    सातदोवाटोका लागि ४२औं मिनेटमा मार्टिन्जले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मार्टिन्जले सातदोबाटोको अग्रता दोब्बर बनाए । 

    प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा २–० को नतिजामा पछाडि परेको एपीएफका लागि ४९औं मिनेटमा विक्की तामाङले पहिलो गोल गरे । त्यसको एक मिनेट नबित्दै सुशील राईले सातदोबाटोका लागि  तेस्रो गोल गरे । 

    खेलको ५८ मिनेटमा मार्टिनले ह्याट्रिक पूरा गरे । जारी शीर्ष डिभिजन लिगमा यो पहिलो ह्याट्रिक हो । उनी नै खेलको म्यान अफ दि म्याच भए ।

    जितसँगै सातदोबाटो ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा छ । यता लगातार तेस्रो हारसँगै एपीएफ पुछार अर्थात् रेलिगेसन जोनमा छ । शनिबार लिगमा दुई खेल हुनेछन् ।


    मंसिर १७, २०७८ शुक्रवार १९:०३:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ‘ए’ डिभिजन लिग

  • क्यानाडा नेपाल

    फ्रेन्च लिग वान : पीएसजी हारबाट जोगियो, लगातार दोस्रो बराबरी 

  • 170
    SHARES
  • फ्रेन्च लिग वान : पीएसजी हारबाट जोगियो, लगातार दोस्रो बराबरी 

    काठमाडौं - फ्रेन्च लिग वानको शीर्षस्थान टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) आरसी लेन्सविरुद्ध हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा जर्जिन्हो वाइनाल्डमले इन्जुरी समयमा गोल गरेपछि पीएसजीले घरेलु टोली लेन्ससँग १–१ अन्तरको बराबरी खेल्दै हारबाट जोगिएको हो । 

    images

    पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफको ६२ मिनेटमा सेको फोफानाले गोल गर्दै घरेलु टोली लेन्सलाई १–० को अग्रता दिलाए । वाइनाल्डमलले इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाए । 

    बराबरीसँगै पीएसजी १७ खेलबाट १३ जित, ३ बराबरी र १ हारसँगै ४२ अंक जोडेर शीर्षस्थानमा छ । पराजित लेन्स समान खेलबाट २७ अंक जोडेर पाँचौं स्थानमा छ । यता, दोस्रो स्थानको मार्सेली २९ अंकसहित दोस्रो स्थानमा छ । 

     


    मंसिर १९, २०७८ आइतवार ०८:३२:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फ्रेन्च लिग वान

  • क्यानाडा नेपाल

    इंग्लिस प्रिमियर लिग : चेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थानमा

  • 166
    SHARES
  • इंग्लिस प्रिमियर लिग : चेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थानमा

    काठमाडौं - अघिल्लो खेलमा चेल्सी पराजित भएपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली वाट्फोर्डलाई ३–१ अन्तरले पराजित गर्दै अंक तालिकामा चेल्सीलाई पछि पार्दे शीर्षस्थानमा उक्लिएको हो । 

    images

    सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोली वाट्फोर्डका जुआन हर्नान्डेजले एक गोल फर्काए । 

    यता, अर्काे खेलमा लिभरपुलले उल्भ्सलाई १–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । चेल्सी पराजित भएको फाइदा लिभरपुलले समेत उठाउँदै दोस्रो स्थान पायो । लिभरपुलको एक मात्रै गोलमा डिभोक ओरिजी नायक रहे । 

    यसअघि चेल्सी घरेलु टोली वेष्ट हाम युनाईटेडसँग ३–२ अन्तरले पराजित हुँदै शीर्षस्थान गुमाएको थियो । जितसँगै सिटी १५ खेलबाट ३५ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अंक छ । यता, शीर्षस्थान गुमाएको चेल्सी ३३ अंकसहित तेस्रो स्थानमा छ भने वेष्ट हाम २७ अंकसहित चौथो स्थानमा छ । 


    मंसिर १९, २०७८ आइतवार ०८:४१:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडा नेपाल

    बुन्डेसलिगा : बायर्नद्वारा डर्टमण्ड पराजित

  • 166
    SHARES
  • बुन्डेसलिगा : बायर्नद्वारा डर्टमण्ड पराजित

    काठमाडौं - बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । डर्टमुन्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा भएको खेलमा बायर्नले ३–२ को जित सहित शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको हो । 

    images

    बायर्नको जितमा पोलिस फरवार्ड रोबार्ट लेवाण्डोस्कीले २ तथा किङ्स्ले कोमानले १ गोल गरे । यता, पराजित डर्टमन्डका लागि जुलिय ब्रान्डट र एर्लिङ ब्राउट हाल्याण्डले समान १ गोल गरे । 

    यो जितसँगै बायर्नले १४ खेलमा ११ जितसहित ३४ अंक बनाउँदै शीर्षस्थानमा कब्जा जमाएको छ । यता, पराजित डर्टमन्ड भने समान खेलबाट १० जितसहित ३० अंक बनाएर दोस्रो स्थानमा छ । 


    मंसिर १९, २०७८ आइतवार ०८:५०:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जर्मन बुन्डेसलिगा

  • क्यानाडा नेपाल

    नेपाली रेस्लर जुरेलीले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

  • 158
    SHARES
  • नेपाली रेस्लर जुरेलीले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

    काठमाडौं - नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् ।

    images

    भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमलाई पराजित गरेकी हुन् ।  नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाए । 

    jur.jpg

    पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे । जोर्डनले भारतीय रेस्लरसंग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसंग भिडेका थिए ।

    नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भइन् । सपनाले जमुना तामाङलाई पाखा लगाइन् । पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे ।

    विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरे । एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए ।


    मंसिर १९, २०७८ आइतवार १४:०८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अस्मिता जुरेली

  • क्यानाडा नेपाल