• Jun 21 2021 | २०७८, आषाढ ७गते

२०७८, आषाढ ७गते

फिफा विश्वकप छनौट : नेपाल र जोर्डनबीचको खेल सुरु

जेठ २४ २०७८
  • 426
    SHARES
  • फिफा विश्वकप छनौट : नेपाल र जोर्डनबीचको खेल सुरु

    काठमाडौँ - फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको खेल शुरु भएको छ । 

    कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अहिले नेपाल र जोर्डनबीच खेल भइरहेको छ । उक्त खेलमा जोर्डनलाई पराजित गर्ने दाउमा नेपाल छ ।  

    यसअघि नेपालले चाईनिज ताईपेलाई २-० गोलले पराजित गरेको थियो । नेपाल अहिले ६ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ । भने आज नेपालसँग खेलेको टिम जोर्डन ५ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ । 

    b.jpg
     
     


    जेठ २४, २०७८ सोमवार २२:०७:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप छनौट
  • अर्कोसमाचार

    युरोपेली च्याम्पियनसिप : स्कटल्यान्ड र इङ्ल्यान्ड बराबरीमा

    आषाढ ५

  • 334
    SHARES
  • युरोपेली च्याम्पियनसिप : स्कटल्यान्ड र इङ्ल्यान्ड बराबरीमा

    काठमाडौं - शुक्रबार युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा स्कटल्याण्ड र इङ्ल्यान्ड बराबरी खेलेका छन् । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेल दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो । 

    engl skat.jpg

    खेलको ११ औं मिनेटदेखि नै शुरु भएको गोल गर्ने मौका दुवै टिमले गुमाउँदै गए । बराबरीसँगै समूह ‘डी’ को इङ्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ भने स्कटल्यान्डले २ खेलमा १ अंक जोडेको छ । 
     


    आषाढ ५, २०७८ शनिवार ०९:१९:५३ बजे : प्रकाशित

    धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट निधन, नरेन्द्र मोदी र बलिउडकर्मीद्वारा दु:ख व्यक्त

    आषाढ ५

  • 316
    SHARES
  • धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट निधन, नरेन्द्र मोदी र बलिउडकर्मीद्वारा दु:ख व्यक्त

    काठमाडौं - भारतका चर्चित धावक मिल्खा सिंहको निधन भएको छ । उनको शुक्रबार राति ९१ वर्षको उमेरमा निधन भएको हो । 

    फ्लाइङ सिखको नामले चिनिएका सिंहको कोरोना भएपछि चण्डीगढको एक अस्पतालमा निधन भएको भारतिय मिडियामा बताइएको छ । उनको निधनको खबरले बलिउडकर्मी दु:खी भएका छन् । 

    milk.jpg

    बलिउड अभिनेता अमिताभ बच्चन, प्रियंका चोपडा, अनिलकपुर, अक्षयकुमार लगायतका कलाकारले सामाजिक सञ्जालमार्फत उनको निधनमा दु:ख व्यक्त गरेका छन् । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले पनि दु:ख व्यक्त गरेका छन् । 

    anil milk.jpg

    उनको निधन हुनु ५ दिन अघि पत्नी निर्मल मिल्खा सिंहको पनि निधन भएको थियो । मिल्खा भारतका मात्र नभई एशियाकै चर्चित खेलाडी  हुन् । 

    उनले एशियाली खेलकुद र कमनवेल्थ खेलकुदमा स्वर्ण जितेका थिए । उनले सन् १९५८ मा जापानमा भएको एशियाली खेलकुदमा २ सय मिटर र ४ सय मिटरको दौडमा स्वर्ण जितेका थिए ।  


    आषाढ ५, २०७८ शनिवार १५:०३:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • # मिल्खा सिंह
  • युरोपेली च्याम्पियनसिप : जर्मनीसँग पोर्चुगल पराजित

    आषाढ ६

  • 274
    SHARES
  • युरोपेली च्याम्पियनसिप : जर्मनीसँग पोर्चुगल पराजित

    काठमाडौं - गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा जर्मनीले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोलले पराजित गरेको हो । 

    po.jpg

    उक्त खेलको १४ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २२ औं मिनेटमा पोर्चुगलले अग्रता दोब्बर पार्ने अवसर पाए पनि गर्न सकेन । 

    त्यसपछि खेलको ३५ औं मिनेटमा जर्मनीका पोर्चुगलका डियासले  आत्मघाती गोल गोल गरे ।  त्यसको ३९ औं मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनीले अग्रता लियो । ५१ औं मिनेटमा जर्मनीका हाभर्टेजले गोल गरे । 

    por.jpg

    त्यसपछि खेलको ६० औं मिनेटमा जर्मनीका गोसेन्सले गोल गरे । त्यसपछि खेलको ६७ औं मिनेटमा पोर्चुगलका जोटाले गोल गरे । जितसँगै जर्मनी समूहको दोस्रो स्थानमा उक्लिएको छ भने पोर्चुगल तेस्रो स्थानमा रहेको छ । 


    आषाढ ६, २०७८ आइतवार ०७:५८:४५ बजे : प्रकाशित

    युरोपेली च्याम्पियनसिप : पोल्यान्ड र स्पेन बराबरीमा

    आषाढ ६

  • 184
    SHARES
  • युरोपेली च्याम्पियनसिप : पोल्यान्ड र स्पेन बराबरीमा

    काठमाडौं - युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा स्पेन पोल्यान्डसँग बराबरीमा रोकिएको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा बराबरी स्पेन र पोल्यान्ड १-१ गोलको बराबरी खेलेका हुन् । उक्त खेलको २५ औं मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गरि टिमलाई अग्रता दिलाए । 

    त्यसपछि पहिलो हाफभरी दुवै टिमबाट कुनै गोल हुन सकेन । दोस्रो हाफमा खेलको ५४ औं मिनेटमा पोल्यान्डका लेवान्डोस्कीले हेडरमार्फत गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    त्यसपछि स्पेन र पोल्यान्डले गोल गर्ने मौका पाउँदा पनि गर्न सकेनन् । खेल बराबरीमा रोकयो । बराबरीसँगै स्पेनले २ खेलमा २ अंक र पोल्यान्डले पहिलो अंक जोड्दै समूहको पुछारमा रहेको छ ।  


    आषाढ ६, २०७८ आइतवार ०८:२७:३४ बजे : प्रकाशित

    युरोपेली च्याम्पियनसिप : फ्रान्स र हंगेरी बराबरी  

    आषाढ ६

  • 152
    SHARES
  • युरोपेली च्याम्पियनसिप : फ्रान्स र हंगेरी बराबरी  

    काठमाडौं - युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा फ्रान्स हंगेरीसँग बराबरीमा रोकिएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा फ्रान्स र हंगेरी १–१ गोलको बराबरीमा रोकिएका हुन् । 

    france  hungary.jpg

    उक्त खेलको पहिलो हाफको अन्तिम समयमा हंगेरीका एटिला फिओलाले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ६६औं मिनेटमा फ्रान्सका एन्टोइन ग्रिजमनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

    बराबरीसँगै फ्रान्सले आफ्नो अपराजित यात्रालाई नवौं खेलसम्म लम्ब्याएको छ । यससँगै समूह ‘एफ’ मा फ्रान्सले दुई खेलबाट ४ अंक र हंगेरीले दुई खेलबाट १ अंक जोडेको छ । 


    आषाढ ६, २०७८ आइतवार ०९:०२:१८ बजे : प्रकाशित

    युरोपेली च्याम्पियनसिप : आज दुई खेल हुँदै  

    आषाढ ६

  • 266
    SHARES
  • युरोपेली च्याम्पियनसिप : आज दुई खेल हुँदै  

    काठमाडौं - युरोपेली च्याम्पियनसिप अन्तर्गत आइतबार दुई वटा खेल हुने भएका छन् । इटली र वेल्स खनज राति पौने १० बजे भीड्दैछन् । इटलीले यसअघि स्विजरल्यान्ड र टर्कीलाई पराजित गरिसकेको छ । 

    युरोपेली च्याम्पियनसिप : फ्रान्स र हंगेरी बराबरी   युरोपेली च्याम्पियनसिप : फ्रान्स र हंगेरी बराबरी  

    आज वेल्सलाई जितेमा इटली समूह विजेता हुनेछ । इटलीको अहिले अन्तिम १६ मा पुगिसकेको छ । यदि वेल्सले जितेमा नकआउट चरणमा प्रवेश गर्नेछ । 

    युरोपेली च्याम्पियनसिप : जर्मनीसँग पोर्चुगल पराजित युरोपेली च्याम्पियनसिप : जर्मनीसँग पोर्चुगल पराजित

    यस्तै आज अर्को खेल स्विजरल्यान्ड र टर्कीबीच हुनेछ । यी दुई टिम पौने १० बजे भीड्नेछन् ।

    युरोपेली च्याम्पियनसिप : पोल्यान्ड र स्पेन बराबरीमा युरोपेली च्याम्पियनसिप : पोल्यान्ड र स्पेन बराबरीमा  


    आषाढ ६, २०७८ आइतवार १२:००:४२ बजे : प्रकाशित