• Jun 21 2021 | २०७८, आषाढ ७गते

२०७८, आषाढ ७गते

आफु सबैभन्दा धेरै कर तिर्ने अभिनेत्री रहेको कंगनाको दावी, सकिनन् तिर्न कर

जेठ २६ २०७८
  • 860
    SHARES
  • आफु सबैभन्दा धेरै कर तिर्ने अभिनेत्री रहेको कंगनाको दावी, सकिनन् तिर्न कर

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रनौत । एकपछि अर्को फिल्ममा व्यस्त भइरहेकी कंगनाले पछिल्लो समय कोरोनाका कारण खासै काम पाएकी छैनिन् । 

    kangana.PNG

    कंगना सबैभन्दा धेरै कर तिर्ने अभिनेत्री पनि पर्छिन् । भारतिय मिडियाका अनुसार पछिल्लो समय उनले आफ्नो कर तिर्न पनि सकिरहेकी छैनिन् । 

    kangana.PNG

    आफुले ६ महिनादेखिको कर तिर्न नसकेको बारे कंगनाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छैनिन् । उनले आफुले आफ्नो कमाईको ४५ प्रतिशत कर तिर्ने गरेको बताएकी छिन् । 

    kangana.PNG

    उनले आफुनै सबैभन्दा धेरै कर तिर्ने अभिनेत्री रहेको दावी गरेकी छिन् । उनले कोरोनाका कारण फिल्मका कामहरु हुन नपाउदा कमाई पनि कम भएको र कर पनि तिर्न नसकेको बताएकी छिन् । उनले कर तिर्न नसक्दा सरकारले करको ब्याज लगाइरहेको बताएकी छिन् । 

    kangana.PNG

    सरकारले करको व्याज लगाउँदा पनि आफु खुशी रहेको उनले बताएकी छिन् । कोरोनाका कारण उनको फिल्म णिकर्णिका रिटन्स : द लिजेन्ड अफ डिडा, धाकड लगायतका फिल्महरु रिलिज हुन सकिरहेका छैनन् ।  

     


    जेठ २६, २०७८ बुधवार १४:११:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कंगना रनावत
  • अर्कोसमाचार

    फिल्मको विरोध गर्दै अभिनेता अक्षय कुमारको जलाइयो पुत्ला 

    आषाढ ५

  • 744
    SHARES
  • फिल्मको विरोध गर्दै अभिनेता अक्षय कुमारको जलाइयो पुत्ला 

    काठमाडौं - भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गए पछि फिल्म हलहरु पनि सञ्चालनमा आउन थालेका छन् । फिल्मका कामहरु पनि हल्का भइरहेकै छन् । यसैबीच बलिउड अभिनेता अक्षयकुमारको आउँदो फिल्म पृथ्वीराज फेरि विवादमा आएको छ । 

    भारतिय मिडियाका अनुसार फिल्मको नामलाई लएर अक्षय विवादमा आएका हुन् । फिल्मको नामको विरोधमा अक्षय कुमारको पुत्ला पनि जलाइएको छ । भारतको चन्डीगढमा अक्षयको पुत्ला जलाइएको हो । 

    ss.PNG

    अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले फिल्मको नाम परिवर्तन गर्नुपर्ने माग गरेका छन् । केही समयदेखि फिल्ममा नाम भएन भन्दै करणी सेनाले आपत्ति जनाउदै आइरहेको छ । 

    फिल्मको नाम परिवर्तन गर्नुपर्ने माग राख्दै आइएको छ । फिल्म मेकर सुरजित सिंह राठौरले राजा पृथ्वीराज चौहानको जीवनमा आधारित यस फिल्ममा पृथ्वीराज मात्र राख्न नहुने भन्दै आपत्ति जनाएका थिए । 

    करणी सेनाका यूवा विंग अध्यक्ष समेत रहेका उनले टाइटलमा पूरा नाम हुनुपर्ने भन्दै पुरा नाम नहुँदा उनको सम्मान नहुने बताएका थिए । 

     


    आषाढ ५, २०७८ शनिवार १३:३१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षय कुमार
  • ज्याकलिनको साउथका एक ब्यापारीसँग चक्कर, गोप्य कुरा यसरी भयो पर्दाफास

    आषाढ ५

  • 1.2K
    SHARES
  • ज्याकलिनको साउथका एक ब्यापारीसँग चक्कर, गोप्य कुरा यसरी भयो पर्दाफास

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री हुन् ज्याकलिन फर्नान्डेज । धेरैजसो नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने ज्याकलिन पछिल्लो समय फरक कारणबाट चर्चामा आएकी छिन् । 

    liping bridge.jpg

    हालै ज्याकलिनको एक लुकेको कुरा खुलेको छ । ज्याकलिन साउथका एक ब्यापारीसँग प्रेममा रहेको भारतिय मिडियामा जनाइएको छ । यसअघि अभिनेता सलमान खानसँग रिलेशनसीपमा रहेको हल्ला चलको थियो । 

    liping bridge.jpg

    उनले लकडाउनको समयमा सलमानको फार्म हाउसमा समय पनि बिताएकी थिइन् । तर अहिले उनी साउथका एक व्यापारीको प्रेममा रहेको बताइएको छ । प्रेममा रहेका उनीहरुले अब छिट्टै नयाँघरमा सर्ने पनि बताइएको छ । 

    liping bridge.jpg

    एकसाथ बस्नको लागि ज्याकलिनले पछिल्लो २ महिनादेखी जुहु वा बान्द्रामा घरको खोजी गरिरहेकी छिन् । ज्याकलिनको पछिल्लो समय ‘पानी पानी’ बोलको गीत चर्चामा छ । 
     


    आषाढ ५, २०७८ शनिवार १४:१७:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्याकलिन फर्नान्डेज
  • 'आरआरआर' मा आलियाले लिइन् यति महँगो पारिश्रमिक   

    आषाढ ५

  • 324
    SHARES
  • 'आरआरआर' मा आलियाले लिइन् यति महँगो पारिश्रमिक   

    काठमाडौं - भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गए पछि फिल्म हलहरु पनि सञ्चालनमा आउन थालेका छन् । फिल्मका कामहरु पनि हल्का भइरहेकै छन् । 

    यसैबीच एसएस राजामौली निर्देशित फिल्म 'आरआरआर' को पनि चर्चा भइरहेको छ । धेरै दर्शकले फिल्म ‘आरआरआर’ को लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । 

    ktm.jpg

    फिल्ममा आलिया भट्टको अभिनय रहने भएपछि दर्शकहरु झन उत्साहित भएका छन् । आलियाले पहिलोपटक साउथ फिल्ममा काम गर्दैछिन् । यस फिल्ममा आलियाले आकर्षक पारिश्रमिक पनि पाएकी छन् । 

    ktm.jpg

    भारतिय मिडियाका अनुसार यस फिल्ममा आलियालाई ६ करोड पारिश्रमिक दिइएको छ । उनले आफ्नो भागको छायांकन पूरा गरेको बतायएको छ । यस फिल्ममा आलियासहित बलिउडका ३ चर्चित कलाकारको अभिनय रहनेछ ।  


    आषाढ ५, २०७८ शनिवार १६:४२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आलिया भट्ट
  • # आरआरआर
  • फिल्मको कमाईबाट अजयले किने करोडौको आलिशान घर 

    आषाढ ५

  • 1.6K
    SHARES
  • फिल्मको कमाईबाट अजयले किने करोडौको आलिशान घर 

    काठमाडौं - बलिउडका धेरै कलाकारहरुको आलिशान घरमा बस्न र गाडी चढ्न शोख हुन्छ । बलिउडका चर्चित अभिनेता अजय देवगन पनि आकर्षक गाडी र घरमा बस्न रुचाउछन् । 

    prithvisubbagurung.jpg

    आफ्नो जीवनशैलीलाई राम्रो बनाउन उनले घरमा धेरै सुविधायुक्त बस्तुहरु किनेर ल्याउने गर्छन्  । उनकी पत्नि काजोल पनि सुविधायुक्त बस्तुहरु किनेर घरमा ल्याउन मन गर्छिन् । 

    maxresdefault.jpg

    एउटै फिल्मको करोडौं लिने गरेका अजयले एक निजि घर किनेका छन् । उनले आफ्नै कमाइबाट घर किनेका हुन् । उनले जुहुस्थित पोस सोसाइटिमा घर किनेका हुन् । भारतिय मिडियाका अनुसार उनले उक्त घर ६० करोडमा किनेका हुन् । 

      


    आषाढ ५, २०७८ शनिवार १९:१६:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अजय देवगण
  • तेलुगू फिल्मका चर्चित अभिनेता महेश बाबुलाई नै आउँदैन तेलुगू भाषा

    आषाढ ६

  • 258
    SHARES
  • तेलुगू फिल्मका चर्चित अभिनेता महेश बाबुलाई नै आउँदैन तेलुगू भाषा

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु । १९७९ मा कमियो नीडा मा बालकलाकारको भुमिका निभाएर अभिनय शुरु गरेका उनी नयाँ फिल्मका कारण मात्र नभई अन्य बारणबाट पनि चर्चामा आउँने गर्छन् । 

    महेश तेलुगू फिल्मका सुपरस्टार भन्ने सबेलाई थाहाँ छ । तर एक रोचक कुरा उनलाई तेलुगू लेख्न र पढ्न आउँदैन । उनले तेलुगू भाषाको फिल्मको डाइलग कण्ठ गरेर बोल्ने गर्छन् । कण्ठ गरेर भएपनि उनी डाइलग सानदार किसिमले बोल्ने गर्छन् । 

    199566688_10223727889997973_505050842580925178_n.jpg

    तमिल र अंग्रेजी भने उनी राम्रोसँग लेख्न र बोल्न सक्छन् । हालसम्म उनका १८ फिल्म हिन्दीमा डब भइसकेका छन् । उनका धेरै दर्शकले हिन्दीमा डब गरेको फिल्म हेर्न रुचाउँछन् । हालसम्म  ४० भन्दा बढी फिल्ममा काम गरिसकेका उनी सामाजिक कार्य गर्न पनि रुचाउँछन् । 


    आषाढ ६, २०७८ आइतवार १४:३८:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बाबु
  • ५ महिनाअघि अश्लिल भिडियो बनाएको आरोपमा पक्राउ परेकी अभिनेत्री गहना रिहा

    आषाढ ६

  • 444
    SHARES
  • ५ महिनाअघि अश्लिल भिडियो बनाएको आरोपमा पक्राउ परेकी अभिनेत्री गहना रिहा

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री तथा मोडल गहना वशिष्ठ रिहा भएकी छिन् । उनी पोर्न भिडियो बनाएको आरोपमा ५ महिनाअघि पक्राउ परेकी थिइन् ।  

    gehana vasisth.jpg

    पोर्न भिडियो बनाएको आरोपमा उनलाई ६ फेब्रुअरीमा प्रहरीले पक्राउ गरेको थियो । भारतिय मिडियाका अनुसार उनलाई मुम्बईको सेशन कोर्टले जमानत दिएको हो । 

    gahana.jpg

    पोर्न भिडियो छायाँकन  गर्दै आइरहेकी उनी बेलाबेलामा यही कारणले विवादमा पनि आइरहने गर्थिन् । उनले स्ट्रगल अभिनेत्रीलाई कामको लोभ देखाएर भिडियो बनाउन लगाउथिन् । उनले हालसम्म ८७ अश्लिल, पोर्न भिडियो बनाएकी छिन् । 


     


    आषाढ ६, २०७८ आइतवार १५:०६:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गहना वशिष्ठ