• Jun 21 2021 | २०७८, आषाढ ७गते

२०७८, आषाढ ७गते

३ हजार बिन्दुमा पुगेर फर्कियो नेप्से

जेठ २६ २०७८
  • 320
    SHARES
  • ३ हजार बिन्दुमा पुगेर फर्कियो नेप्से

    काठमाडौं - तीन हजार बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अङ्कले घटेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आजको शुरुआती कारोबारमा नेप्सेले तीनहजार बिन्दु छोएको थियो । यो हालसम्मकै उच्च थियो । पुनः बजार सम्हालिएर १३.५६ बिन्दुले नेप्से घटी दुई हजार ९४६.५८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूच्क २.८३ बिन्दुले घटेर ५२५.२८ मा झरेको छ । कूल २२१ कम्पनीको तीन करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर रु १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ मूल्यमा खरिद बिक्री भए ।

    बुधबारको कारोवार पछि बजार पूँजीकरणमा सामान्य गिरावट आएको छ । नेप्सेका अनुसार आजको बजार पूँजीकरण रु ४० खर्ब ९० अर्ब ७४ करोड ३५ लाख १० हजार बराबर रहेको छ ।

    कारोवार भएका कूल १३ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ७८.९३, वित्त ४७.३८, निर्जीवन बीमा ३९, उत्पादन २३७.४६, जीवन बीमा २९.१२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लागेको छ ।

    कारोवारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८७ करोड ९४ लाख ९० हजार १०७ बराबरको कारोवार भयो । यस्तै, पुनरबीमा कम्पनी रु ६१ करोड ८० लाख ३८ हजार ३९३, नेपाल इन्स्योरेन्स कम्पनी रु ५१ करोड छ लाख ७१ हजार १५२, लुम्बिनी विकास बैंक रु ४८ करोड २८ लाख ९८ हजार २१९ र युनाइटेड मोदी रु ४७ करोड १४ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

    यस्तै, नेपाल इन्स्योरेन्स र युनाइटेड मोदीका लगानीकर्ताले समान ९.९५ प्रतिशतले कमाउँदा रिडी हाइड्रोपावर ९.९२, अरुण भ्याली हाइड्रोपावर ९.८६ र सिइडिबि हाइड्रोपावरका शेयरधनीले ९.८६ प्रतिशतले आर्जन गरे ।

    त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.८८, महालक्ष्मी विकास बैंक ६.३७, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ६.१५, मितेरी डेभलपमेन्ट बैंक ५.९७ र गरिमा विकास बैंकका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाएका छन् ।रासस


    जेठ २६, २०७८ बुधवार १८:५१:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से
  • अर्कोसमाचार

    बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर 

    आषाढ ३

  • 466
    SHARES
  • बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर 

    काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही बढेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकिएको छ ।  

    एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ८९ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७० पैसा तोकिएको छ । 

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ । 

    यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ६६ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ३ पैसा तोकिएको छ।

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५२ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ३ पैसा तोकिएको छ।  

    एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ६१ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ । 

     


    आषाढ ३, २०७८ बिहिवार ०९:०२:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

    आषाढ ३

  • 1.2K
    SHARES
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं -  बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा १ हजार १ सय रुपैयाले घटेको हो । 

    बुधबार प्रतितोला ९३ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार ३ सय ४० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 
      


    आषाढ ३, २०७८ बिहिवार ११:४४:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि

    आषाढ ५

  • 224
    SHARES
  • काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन गरिएको छ । प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययनका लागि महानगरपालिकाका उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले दुई दिनको समय माग गरेपछि शुक्रबारदेखि पुनः सञ्चालन हुनुपर्ने बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।

    बिहीबार नवौँ नगरसभाको पहिलो बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । “बिहीबार बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखलगायत धेरैजसो साथीहरु अनुपस्थित हुनुभयो”, प्रमुख शाक्यले भन्नुभयो, “सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित गर्ने विगतको परम्पराअनुसार बैठक आइतबारका लागि सारिएको हो ।”

    प्रमुख शाक्यले यही असार १० गते बजेट ल्याउनै पर्ने कानूनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसतर्फका जनप्रतिनिधिसँग आइतबार छलफल गरिने जानकारी दिनुभयो । नगरसभामा पेश भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्व बनाउन उहाँहरुबाट गहकिलो सुझाव आउने अपेक्षा लिएको पनि प्रमुख शाक्यले बताउनुभयो । “बजेट पेश गर्ने उपप्रमुखले नै हो, मैले त्यो विषयमा पनि उहाँहरुलाई जानकारी गराएको छु, बजेट तर्जुमा समितिको संयोजक नै उपप्रमुख हुने भएकाले त्यो विषयमा उहाँहरु जानकार हुनुहुन्छ भन्ने ठानेको छु”, शाक्यले भन्नुभयो, “हामी १० गते बजेट पेश गर्छौं ।

    नीति तथा कार्यक्रममा सय श्ययाको काठमाडौँ महानगर विशेष अस्पताल स्थापना गर्ने, विद्युतीय सवारी करमा शत्प्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट÷सहुलियत दिने, महानगरवासीलाई नागरिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमूना विद्यालय कार्यक्रम, शहरी स्वास्थ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरिएको छ ।रासस


    आषाढ ५, २०७८ शनिवार १६:०४:४८ बजे : प्रकाशित

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    आषाढ ६

  • 214
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ४८ पैसा तोकिएको छ ।  

    एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ १६ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७० पैसा तोकिएको छ । 

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । 

    यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ३८ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ २९ पैसा तोकिएको छ।

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४९ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ६९ पैसा तोकिएको छ।  

    एक युरोको खरिददर १ सय ४० रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ १७ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ । 


    आषाढ ६, २०७८ आइतवार १०:५८:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    आषाढ ६

  • 682
    SHARES
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारदेखि घट्दै आएको सुनको मूल्य आज पनि तोलामा ८ सय रुपैयाले घटेको हो ।  

    शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ९० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 
     


    आषाढ ६, २०७८ आइतवार ११:३५:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • धितोपत्र बजार : नेप्सेमा उच्च अङ्कले गिरावट 

    आषाढ ६

  • 160
    SHARES
  • धितोपत्र बजार : नेप्सेमा उच्च अङ्कले गिरावट 

    काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ वटा कम्पनीको शेयर कारोवार जोमिखपूर्ण भएको बताएपछि नेप्सेमा आज उच्च अङ्कको गिरावट देखिएको हो ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन ६३.२८ बिन्दुले ओरालो लागेर नेप्से दुई हजार ९०५.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६१ बिन्दुले घटेर ५२८.५१ मा सिमित भएको छ । 

    कूल २१७ कम्पनीको दुई करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ मा खरिद बिक्री भए । आजकाो कारोवारपछि बजार पूँजीकरण रु ४० खर्ब ३६ अर्ब ३९ करोड १५ लाख ५० हजारको हाराहारीमा रहेको छ ।

    आइतबार कारोवार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३५.४२, व्यापार ९८.४८, होटल तथा पर्यटन ८८.५८, विकास बैंक १०१.०९, वित्त ८०.०४, निर्जीवन बीमा २७८.२५ , उत्पादन १४९.५, अन्य ५१.०३, लघुवित्त ११७.६४, जीवन बीमा ३१०.९४, सामूहिक लगानी कोष ०.२ र लगानी २.२८ बिन्दुले घटेका छन् ।

    नेप्सेमा अनुसार कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८० करोड ९९ लाख ९९ हजार ७७९ बराबरको कारोवार भयो । यस्ते, नेपाल इन्स्योरेन्स कम्पनी रु ४३ करोड दुई लाख ५५ हजार ७७०, नेशनल हाइड्रो रु ३३ करोड ७३ लाख ५४ हजार २२७, एनएलजी इन्स्योरेन्स रु २८ करोड दुई लाख ९२ हजार ६१८ र हिमालयन डिस्टिलरी रु २४ करोड ६६ लाख ९३ हजार ६४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

    गोर्खाज फाइनान्स ५.४१, नेशनल हाइड्रो पावर ३.३६, रुरु जलविद्युत् परियोजना ३.१६, तारागँउ रिजेन्सी होटल २ र एनआइसी एशिया ऋणपत्र २०८३ का लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै, यूनियन हाइड्रोपावर ९.८१, श्री इन्भेस्टमेन्ट ८.८४, बरुण हाइड्रोपावर ८.७३, नेपाल हाइड्रो डेभलपमर ८.७० र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.८९ प्रतिशतले गुमाएका छन् ।रासस


    आषाढ ६, २०७८ आइतवार १८:३६:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से