शुक्रबार
२० मङ्सिर
२०७६

प्रचण्ड चाहिँ रेखा थापासँग कम्मर मर्काउन हुने, पूर्वराजा चाहिँ परिवारसँग डिस्को जान नपाउने ? (भिडियो)

मंगलबार मङ्सिर ३, २०७६/ Tuesday 11-19-19

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित राजधानीको एक क्लबमा गएर डान्स गरेको तस्विर र भिडियो भाईरल भए संगै धेरै प्रकारका प्रतिक्रियाहरु सोसल मिडियामा छरिएका छन् ।

राजपरिवारका सदस्यहरु जनतासंग देश भक्ति गितमा नाचेको देख्दा धेरैले ज्ञानेन्द्र शाहको तारिफ गरेका छन् भने अर्का थरिले राजपरिवारका सदस्य भएर डिस्को जानुले राम्रो संदेश दिदैन भन्ने आलोचना समेत पोखेका छन् । यहि विषयमा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले आफ्नो धारणा फरक तरिकाले प्रस्तुत गरेका छन् । डा केसीका अनुसार प्रचण्ड चाहि रेखा थापासंग सडकमा कम्मर मर्काउन हुने तर राजा चाहि परिवारसंग क्लब जान नहुने हो र भन्दै आफ्नो तर्क प्रस्तुत गरेका छन् ।