• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

क्यानाडा नेपाल जेठ २८ २०७८
  • 410
    SHARES
  • काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

    काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

    कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि भन्दै गत वैशाख १६गतेदेखि जारी गरिएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म रहेको छ । तर, स्थानीय प्रशासनले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । 

    कोरोना संक्रमण दर अझै  उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच थप एक हप्ता निषेधाज्ञा थप्ने अनौपचारिक सहमति भएको हो । 

    तर, अब थपिने निषेधाज्ञा केही खुकुुलो बनाइने भएको छ । खेतीपातीको मौसम भएकाले कृषि कार्य तथा निर्माण व्यवसायको कामलाई खुकुलो बनाउने तयारी गरिएको छ । 


    जेठ २८, २०७८ शुक्रवार १८:२२:४३ बजे : प्रकाशित

    अर्कोसमाचार

    गोरखामा बाढीले ४ घर बगायो, थप सात घर उच्च जोखिममा 

    आषाढ २

  • 214
    SHARES
  • गोरखामा बाढीले ४ घर बगायो, थप सात घर उच्च जोखिममा 

    काठमाडौं - गोरखामा अविरल बर्षापछि आएको बाढीले ४ घर बगाएको छ । आइतबार रातिदेखि परेको वर्षापछि नदीमा आएको बाढीले चुमनुव्री गाउँपालिका-२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको हो । 

    बाढी सल्लेरी गाउँमा पसेर घर बगाएको जनाएको छ । नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको प्रहरीले जनाएको छ । 

    विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ । नदीमा आएको बाढीले सल्लेरी गाउँका थप सात घर उच्च जोखिममा परेको छ । 


    आषाढ २, २०७८ बुधवार १९:५३:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढी
  • मेलम्ची खानेपानी आयोजनाका ८ जना कामदार सम्पर्कविहीन

    आषाढ २

  • 252
    SHARES
  • मेलम्ची खानेपानी आयोजनाका ८ जना कामदार सम्पर्कविहीन

    काठमाडौं - अविरल बर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना सम्पर्कविहीन भएका छन् । 

    सम्पर्कविहीन हुनेहरुमा ३ जना चिनियाँ, ३ जना भारतीय र २ जना नेपालीसहित ८ कामदार रहेका छन् । बेपत्ता भएको ८ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

    आयोजनाका अनुसार निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको छ भने उद्धार भएका सबैको अवस्था सामान्य रहेको छ । 

    आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।  


    आषाढ २, २०७८ बुधवार २०:३०:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मेलम्ची खानेपानी
  • कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    आषाढ २

  • 186
    SHARES
  • कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    बझाङ - नेकपा (एमाले)का बझाङ जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । 

    खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारको लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो ।

    पछिल्लो समयमा कोरोना रिपोर्ट नेगेटिभ आएको तिन दिनपछि उनको निधन भएको छ । थप उपचारका लागि काठमाडौँ लाने तयारी भए पनि मौसमले साथ नदिएको परिवारले जनाएको छ । विसं २०७४ को चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवार समेत भएका थिए । 

    उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक अशल अभिभावक गुमाएको रोकाया आफन्त समेत रहेका वडाध्यक्ष भीम रोकायाले बताए । रोकायाका श्रीमती, दुई छोरा र एक छोरी छन् । रोकायाको निधनमा एमाले सुदूरपश्चिमका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।रासस

     
     


    आषाढ २, २०७८ बुधवार २०:४०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • आज देशका यी स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    आषाढ ३

  • 268
    SHARES
  • आज देशका यी स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा पानी परिरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरी मनसुनी वायुको प्रभाव रहेको देखिन्छ । 

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

    त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को  एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

    देशका विभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ। 
     


    आषाढ ३, २०७८ बिहिवार ०७:३५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम
  • काठमाडौं उपत्यकामा अर्को साताबाट स्मार्ट लकडाउन, खाडी मुलुकमा फेरि हवाई उडान गरिने

    आषाढ ३

  • 442
    SHARES
  • काठमाडौं उपत्यकामा अर्को साताबाट स्मार्ट लकडाउन, खाडी मुलुकमा फेरि हवाई उडान गरिने

    काठमाडौं - काठमाडौं उपत्यकामा अर्को सातादेखि स्मार्ट लकडाउन गरिने भएको छ । 

    बुधबार राती प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड व्यवस्थापन निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो । 

    उक्त बैठकले काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुकुलो बनाउने निर्णय गरेको हो । 

    यस्तै बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ ।

    बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणको सबैभन्दा अनिवार्य तत्व खोप नै भएको भन्दै ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताए । 


      


    आषाढ ३, २०७८ बिहिवार ०७:५७:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका
  • सबै मिलेर महामारी र विपद्को न्यूनीकरण गर्ने तर्फ जिम्मेवार बनौं - पूर्वराजा ज्ञानेन्द्र शाह 

    आषाढ ३

  • 104
    SHARES
  • सबै मिलेर महामारी र विपद्को न्यूनीकरण गर्ने तर्फ जिम्मेवार बनौं - पूर्वराजा ज्ञानेन्द्र शाह 

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्मा सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । बिहिबार एक प्रेस नोट जारी गर्दै पूर्वराजा शाहले महामारी र विपद्को समयमा सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन् । 

    उनले नोटमा ग्रामीण र शहरी बस्तीका बासिन्दाको उठिवास भएको खवर सुन्दा दुःख लागेको बताएका छन् । 

    उनले भनेका छन् - 'कोरोनाको महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटानजस्ता प्राकृतिक विपत्ति हामिकहाँ आइपरेको छ ।' 

    उनले थपे - 'हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण र शहरी बस्तीका बासिन्दाहरुको उठिवास भएको दुखद खवर सुन्दा, देख्दा हामिलाई दुखित तुल्याएको छ ।' 

    नोटमा उनले यस बेला उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन्। 

    ra.jpg
     

     


    आषाढ ३, २०७८ बिहिवार ०९:४५:१७ बजे : प्रकाशित

    images
    images
    ताजा खबर