शुक्रबार
२० मङ्सिर
२०७६

विप्लवका छोरा प्रकाशको यी युवतीसँग कस्तो निकटता ?

मंगलबार मङ्सिर ३, २०७६/ Tuesday 11-19-19

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव सरकारद्वारा प्रतिबन्धित पार्टी नेकपाका महासचिव हुन् । उनका छोरा प्रकाश चन्द चितवन मेडिकल कलेजमा अध्ययनरत छन् । तर, पछिल्लो समय उनी सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल कलेजविरुद्ध आन्दोलन गर्दै आएका छन् । बढी शुल्क लिने कलेजविरुद्ध भएका आन्दोलनको नेतृत्वसमेत लिँदै आएका प्रकाश चितवनदेखि विभिन्न शहर हुँदै काठमाडौंसम्म आइपुगेर सरकारद्वारा निर्धारण गरिएको शुल्क लिन दबाब दिँदै आएका छन् । 

सरकारले तोकेको भन्दा कलेजले एमबीबीएसमा १२ लाख र नर्सिङमा चार लाख रूपैयाँ बढी असुल्ने गरेको आन्दोलनरत विद्यार्थीको गुनासो छ ।  चितवन मेडिकल कलेजले एमबीबीएसका लागि थप ६ लाख र नर्सिङमा थप १ लाख रुपैयाँ लिने गरेको उनीहरुको दाबी छ । सुरुमा चितवन मेडिकल कलेजविरुद्ध आन्दोलनमा उत्रिएका उनीहरु अहिले बढी शुल्क लिने मुलुकभरका मेडिकल कलेजविरुद्ध आवाज बुलुन्द गरिरहेका छन् । यो आन्दोलनमा प्रकाशको नाम जति चम्किएको छ, त्यत्ति नै मान्यता थापाको पनि । उनी पनि चितवन मेडिकल कजेलमै अध्ययनरत छिन् । 

भरतपुर महानगरपालिका–९, शरदपुर घर भएकी मान्यता चितवन मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षकी विद्यार्थी हुन् उनी पनि प्रकाशसँगै सँगै बढी शुल्क लिने मेडिकल कलेजविरुद्धको आन्दोलनमा होमिएकी छन् । कलेजको ज्यादतीविरुद्ध आवाज उठाउन अरु विद्यार्थीलाईसमेत प्रोत्साहन गर्ने मान्यता चिकित्सा शिक्षा संघर्ष समितिकी एक जिम्मेवार सदस्यको रुपमा रहेकी छन् । यही समितिको नामबाट प्रकाश र मान्यता मेडिकल कलेजको ज्यादतीविरुद्ध संघर्षमा लागिरहेका छन्, उनीहरुलाई साथ दिइरहेका छन् अरु विद्यार्थीहरुले ।

समिति संयोजकमा प्रकाश रहेका छन् । उनको नेतृत्वमा आन्दोलन भइरहेकाले मेडिकल कलेजहरु पनि दबाबमा परेका छन् । मेडिकल कलेजको ज्यादतीविरुद्ध संघर्ष गर्दागर्दै उनीहरुबीच व्यक्तिगत सम्बन्धमा पनि निकटता बढेको साथीहरुबीच कुरा हुन थालेको छ । प्रकाशले सुरुवात गरेको आन्दोलनमा काँध थापेर अघि बढेकी हुन् मान्यताले । उनीहरुबीच बढेको निकटताबारे प्रकाश र मान्यताले केही बताएका छैनन् ।