• Aug 04 2021 | २०७८, श्रावण २०गते

२०७८, श्रावण २०गते

चिनजान र पहुँचको आधारमा कोरोना खोप बाँडिएको हो ?

आषाढ ३ २०७८
  • 546
    SHARES
  • चिनजान र पहुँचको आधारमा कोरोना खोप बाँडिएको हो ?

    प्राथमिकता मिचेर पहुँचका आधारमा कोभिड खोप लगाइए महामारीको अवस्था सम्हाल्न नसकिने चेतावनी दिँदै स्वास्थ्य मन्त्रालयले त्यस्ता घटनाको अनुसन्धान भइरहेको बताएको छ।

    मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले खोप वितरणमा हुन सक्ने अनियमितता रोक्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन समितिको भएको बताउँदै समितिले दोषीलाई कारबाही गर्न सक्ने बताए।

    यसअघि सोमवार राष्ट्रिय मानवअधिकार आयोगले कतिपय केन्द्रमा खोप वितरणमा विवाद भएको, दिनभर बस्दा पनि ज्येष्ठ नागरिकले खोप नपाएको र लक्षितभन्दा अन्य वर्गले खोप पाइरहेको भन्दै त्यसलाई रोक्न मन्त्रालयलाई पत्राचार गरेको थियो।

    हालसम्म नेपालमा ४२ लाखभन्दा बढी मात्रा खोप भित्रिएको र त्यो लगभग वितरण गरिएको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप कार्यक्रमका प्रमुखले बताएका छन्।

    खोप वितरणमा कस्तो अनियमितता?
    राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अनुगमनको आधारमा मन्त्रालयलाई पत्राचार गरेको बताएको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले भने, “हाम्रो अनुगमनमा खोप वितरणमा राजनीतिक प्रभावले असर पारिरहेको देखिन्छ।"

    "त्यसबाहेक ठूलाबडा र समाजमा प्रभाव भएकाहरूले चिनजानको आधारमा खोप लगाएको भन्ने कुरा कतिपय ठाउँबाट आइरहेको छ। तर धेरै चाहिँ राजनीतिक पहुँच नै देखिन्छ।”

    पोखरेलले थपे, “हामीहरूले जो लक्षित वर्ग भनिएको छ उनीहरूलाई खोप लगाऊ र राजनीतिक पहुँचका आधारमा लगाउने काम बन्द गर भनेर पत्रमा लेखेका छौँ।”

    खोप वितरण गर्दा कैयौँ ठाउँमा प्राथमिकता मिच्ने प्रयास भएका र राजनीतिक हस्तक्षेप गरिएका सहितका कारणले खोप अभियान नै अवरुद्ध बन्न पुगेका खबरहरू आइरहेका छन्।

    त्यस्तैमध्ये एउटा घटनामा स्थितिलाई नियन्त्रणमा लिन राजधानीमा प्रहरी खटाउनु परेको विवरण आएका थिए। त्यसबाहेक संसद् भवन परिसरमा सांसदहरूलाई लक्षित खोप दिने अभियानमा ‘आफन्त र अरू मानिसहरू’ प्रवेश गराइएपछि स्थगित गरिएको थियो।

    ‘व्यापक स्तरमा गुनासो’
    स्वास्थ्य मन्त्रालयले खोपसम्बन्धी नीति बनाउने र खोपको व्यवस्थापन गर्ने काम केन्द्र सरकारले गरिरहेको बताउँदै प्रदेश सरकार हुँदै खोपहरू जिल्लामार्फत स्थानीय तहहरूसम्म पुग्ने बताए।

    खोप अभियानको कार्यान्वयन स्थानीय तहहरूले गरिरहेको उल्लेख गर्दै उनले त्यस क्रममा केही चुनौतीहरू देखिएको बताए।

    प्रवक्ता डा. पौडेल भन्छन्, “अन्य उमेर समूहले केहीले पहुँचका भरमा खोप लगाए भन्ने व्यापक गुनासो छ। प्राथमिकता वा नियमविरुद्ध गएपछि सम्हाल्न नसकिने हुन्छ।"

    "त्यही भएर कतिपय स्थानमा अप्ठेरो परेको छ। खोप दिने कार्यकर्तालाई सुरक्षा दिने काम चुनौतीपूर्ण भएको छ। यो दुखद हो।”

    उनले थपे, “सरकारले एउटा उमेर समूहलाई खोप दिने निर्णय गरिसकेपछि सबैले त्यसलाई पालना गरेर जानु र अनुशासनपूर्वक आफ्नो पालो कुर्नु नै सबै भन्दा राम्रो उपाय हो।"

    "केही विभिन्न स्थानका उजुरी, गुनासा र अनियमितताका विषयमा हाम्रो विशेष गरी परिवार कल्याण महाशाखाको खोप शाखाले तथ्याङ्क सङ्कलन, अनुसन्धान र अभिमुखीकरणको काम गरिरहेको छ।”

    उनले त्यस्तो अनुसन्धानमा कुनै निकाय वा अधिकारी दोषी पाइए कारबाही गरिने बताए। डा. पौडेलले सङ्क्रामक रोग सम्बन्धी ऐन २०२० र हालै ल्याइएको स्वास्थ्य सङ्कटकालसम्बन्धी अध्यादेशका आधारमा पनि प्रमुख जिल्ला अधिकारीले दोषीमाथि कारबाही चलाउन सकिने बताए।

    उनले भने, “पदको दुरुपयोग गरिएको प्रमाण भयो भने स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने, ग्रेड र बढुवा रोक्ने हुनसक्छ। राजनीतिक तहबाट त्यस्तो भएको छ भने हामी उहाँहरूलाई जिम्मेवार बनिदिन हामी अनुरोध गर्न सक्छौँ।”

    परिवार कल्याण महाशाखाले हालसम्म २५ लाख जनाले पहिलो र सात लाखभन्दा बढीले दोस्रो मात्रा खोप लगाएको जनाएको छ। त्यसमध्ये कति खोप जोखिमपूर्ण पेसामा रहेका समूह वा प्राथमिकताका आधारमा निर्धारण गरिएको उमेर समूह मिचेर लगाइयो भन्ने स्पष्ट छैन।

    प्रमुख जिल्ला अधिकारी के भन्छन्?
    तर मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ८० प्रतिशत खोपको मात्रा प्राथमिकता क्रमकै आधारमा एवं २० प्रतिशत खोप पहुँच र चिनजानका आधारमा वितरण भएको हुनसक्ने बताए।

    उनले भने, “चिनजान र प्रभावले पहुँचमा रहेका वर्गले खोप पाएको हामीले पनि अनुगमनमा देख्यौँ।" "कोही जबरजस्ती, कोही विभिन्न बहानामा जाने र कोही झुट्टा विवरण लिएर जाने हुँदो रहेछ। बीस प्रतिशत जति यस्तो भएपनि ८० प्रतिशत लक्षित वर्गमै पुगेको छ।"

    "पहिलो चरणमा लगाएर बाँकी रहेका केही कोभिशील्ड खोपहरू त्यस्तो ठूलो सङ्ख्यामा नभएपनि दुरुपयोग चाहिँ गरियो भन्ने हामीले पनि थाहा पाएका हौँ।” मोरङको विराटनगर महानगरपालिकाको एउटा चलचित्र हलमा राजनीतिक प्रभावका आधारमा कोभिशील्ड खोप वितरण बाँडिएको विवरण केही साता पहिला आएका थिए।

    त्यो वास्तविक घटना भएको उल्लेख गर्दै निरौलाले लगभग १५० मात्रा खोप त्यसरी प्रयोग गरिएको जानकारी पाएको बताए।उनले थपे, “हामीले पनि तोकिएकै वर्गलाई दिइनुपर्छ र क्रमशः खोप लगाउँदै जानुपर्छ भनिरहेका छौँ।"

    "तर कहिलेकाहीँ हाम्रो क्षमताभन्दा बाहिर भएपछि यस्तो घटना हुन्छ। खोप लगाइदिनुपर्‍यो भनेर निर्देशन दिइएपछि कर्मचारीले नाइँ भन्न नसकेको बुझिन्छ।”यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    आषाढ ३, २०७८ बिहिवार ११:२२:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अर्कोसमाचार

    नेपालमा थप ३३८३ जनाको कोरोना संक्रमण, २४ जनाको मृत्यु

  • 318
    SHARES
  • नेपालमा थप ३३८३ जनाको कोरोना संक्रमण, २४ जनाको मृत्यु

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बेलुका दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १६ हजार ७१८ परीक्षण गर्दा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ जनामा र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना संक्रमणमुक्त हुँदा सोही अवधिमा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । 


    श्रावण १९, २०७८ मंगलवार १७:५७:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    काठमाडौं उपत्यकामा एकैदिन ९ सय ४ जनामा कोरोना संक्रमण, कहाँका कति ?

    श्रावण १९

  • 380
    SHARES
  • काठमाडौं उपत्यकामा एकैदिन ९ सय ४ जनामा कोरोना संक्रमण, कहाँका कति ?

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार काठमाडौं उपत्यकामा थप ९ सय ४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
     
    काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका ६ सय १३ जना, ललितपुरका १ सय ७७ जना र भक्तपुरका १ सय १४ जना रहेका छन् ।  

    यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कूल संक्रमितको संख्या ७ लाख २  हजार ९७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ६३ हजार ७ सय १८ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  निको हुने दर ९४ प्रतिशत रहेको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप २४ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय २२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    श्रावण १९, २०७८ मंगलवार १८:१५:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • के हो केभ सिन्ड्रम ?

    श्रावण २०

  • 320
    SHARES
  • के हो केभ सिन्ड्रम ?

    काठमाडौं - विश्वभर कोरोनाभाइरसको संक्रमण फैलदै जाँदा डा. रवीन्द्र पाण्डेले यसबारे विभिन्न जानकारी दिइरहेका छन् । यस्तै बुधबार डा. पाण्डेले केभ सिन्ड्रमबारे जानकारी दिएका छन् । 

    कोरोना महामारीको त्रास, होम आइसोलेसन तथा लकडाउनको कारण विश्वभर नै करोडौं मान्छेलाई घरभित्र बस्ने तथा घरबाहिर जान डराउने अवस्था उत्पन्न भएको थियो / छ । त्यति मात्र हैन, कोरोनाको खोप लगाइसकेका मान्छेहरु पनि घरबाहिर जान, काममा फर्किन, बजार तथा भेटघाटमा जान डराएर घरभित्रै बसेका छन् । यसलाई केभ सिन्ड्रम नामाकरण गरिएको छ ।

    घरबाहिर गएमा अन्य व्यक्तिसंग भेट हुनसक्छ, संक्रमण सर्न सक्छ, संक्रमण सरेमा अस्पतालमा बस्नुपर्छ तथा बाहिर बातावरण असुरक्षित छ भनेर आफ्नो पढाइ, जागिर, ब्यबसाय तथा सामाजिक जीवनमा नफर्किएका मान्छेहरुको ठूलो संख्या बिध्यमान छ ।

    ती व्यक्तिहरु कसैलाई भेट्न, सुरक्षित तरिकाले कतै जान तथा समाजमा घुलमिल हुन सकेका छैनन् । कोरोना भाइरसका नयाँ नयाँ प्रजाति आइरहेको हुँदा आफुले लगाएको खोपको विश्वास नलाग्ने, खोप लगाएका कति व्यक्ति संक्रमित भए ? 

    कति व्यक्ति अस्पताल भर्ना भए, कति व्यक्तिहरुको मृत्यु भयो जस्ता कुरा इन्टरनेटमा सर्च गर्ने, आफन्त तथा साथीसंग फोनमा कुरा गर्दा बाहिर निस्किन खतरा भएको कुरामात्र गर्ने तथा घर नछोड्ने जस्ता बानीको बिकास भएको छ । यसले गर्दा उनीहरु आर्थिक रुपमा असुरक्षा महशुष गर्ने तथा चिन्ता, डर, तनाब, अनिद्रा, मुड स्विंग आदिको सिकार भइरहेका छन् ।

    यो समस्या निवारणको लागि ध्यान, योग तथा व्यायाम गर्ने, सुरक्षित ठाउँमा जाने, भीड नहुने ठाउँमा मर्निंग वा इभिनिंग वाक गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफ्नो पढाइ, काम तथा सामाजिक जीवनमा क्रमशः घुलमिल हुने, मनोपरामर्श लिने लगायतका अभ्यास गर्नु जरुरी छ ।

    महामारी बढिरहेका ठाउँमा तथा पुरा मात्रा खोप नलगाएका व्यक्ति भने आफ्नो अवस्था अनुसार सिर्जनशील काम गरेर घरमा बस्न सकिन्छ । यो प्राकृतिक अवस्था नै हो । यो सिन्ड्रम अमेरिका, युरोप, अष्ट्रेलियादेखि अन्य सबै देशमा बढिरहेको छ । जसले गर्दा आर्थिक असन्तुलन समेत उत्पन्न भएको छ । डा. रवीन्द्र पाण्डे


    श्रावण २०, २०७८ बुधवार ११:१२:५१ बजे : प्रकाशित

    साउन २२ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोप दोस्रो मात्रा लगाइँदै

    श्रावण २०

  • 496
    SHARES
  • साउन २२ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोप दोस्रो मात्रा लगाइँदै

    काठमाडौँ - साउन २२ गते कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाएका व्यक्तिहरूले दोस्रो मात्रा लगाउन पाउने भएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै साउन २२ गतेबाट पहिलो मात्रामा भेरोसेल खोप लगाएका व्यक्तिहरूले दोस्रो डोज लगाउने बारे जानकारी गराएको हो । 

    पहिलो डोज खोप लगाएको २१ दिन पछि दोस्रो डोज लगाउनु पर्ने भएकाले गत असार २९ गतेदेखि सञ्चालन भएको खोप अभियानमा सहभागी भएका ५५ वर्षमाथिका उमेर समूहले दोस्रो मात्रामा खोप लगाउन पाउने मन्त्रालयले सूचनामा जनाएको छ ।  

    ss.jpg


    श्रावण २०, २०७८ बुधवार १३:०२:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • एकैदिनमा ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

  • 808
    SHARES
  • एकैदिनमा ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १६ हजार २९८ परीक्षणमा ४ हजार १०७ जनामा कोेरोना संक्रमण पुष्टि भएको हो । 

    ११ हजार ३५४ को पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ को एन्टीजेन परीगक्षण गर्दा  १ हजार १३२ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । 

    सबैभन्दा धेरै काठमाडौंमा ९०८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसपछि क्रमशः झापामा २९६, कास्कीमा २२६, ललितपुरमा २०६, भक्तपुरमा १६५ र मोरङमा १३२, मकवानपुरमा १०२, सुनसरीमा ९९, चिनवमा ९२, रुपन्देहीमा ६१, नवलपारसी पूर्वमा ५८, तनहुँमा ५५, नुवाकोटमा ५३ र गोरखामा ४९ जना कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोना संक्रमणमुक्त हुँदा सोही अवधिमा ३५ जना संक्रमितले ज्यान गुमाएका मन्त्रालयले जानकारी दिएको छ ।  


    श्रावण २०, २०७८ बुधवार १७:५०:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    स्वास्थ्य मन्त्रालयले भन्यो - मुलुक कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्न थाल्यो

    श्रावण २०

  • 222
    SHARES
  • स्वास्थ्य मन्त्रालयले भन्यो - मुलुक कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्न थाल्यो

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ । बुधबार प्रेस ब्रिफिङमार्फत मन्त्रालयका सह–प्रवक्ता डा।समीर अधिकारीले सो कुरा बताएका हुन् । 

    उनले पछिल्लो समय अस्पतालमा ज्वरो आएर, टाउको दुखेर आउने बिरामी बढेको र भर्ना हुने क्रम पनि बढेको बताए । उनले कोरोनाको दैनिक रुपमा संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको बताए ।

    उनले भने - 'अहिले कोरोनाको दैनिक रुपमा संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको, अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि तुलनात्मक रुपमा बढी देखिएको छ'

    उनले थपे - 'यो हिसाबले मुलुक तेस्रो लहर तिर अगाडि बढ्न थालेको हो की भन्ने संकेत हामीले देखिरहेका छौं र विस्तारै त्यो अवस्था देखिदै गएको पनि छ ।'


    श्रावण २०, २०७८ बुधवार १८:३४:०५ बजे : प्रकाशित

    ताजा खबर