• Aug 01 2021 | २०७८, श्रावण १७गते

२०७८, श्रावण १७गते

युवा संघले दियो घरमै बसेर लाखौं कमाउने अवसर, बनाउनुहोस् ५ मिनेटको ‘सर्ट फिल्म’

क्यानाडा नेपाल आषाढ ४ २०७८
  • 1.8K
    SHARES
  • युवा संघले दियो घरमै बसेर लाखौं कमाउने अवसर, बनाउनुहोस् ५ मिनेटको ‘सर्ट फिल्म’

    काठमाडौं । नेकपा एमालेका युवा संगठन राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग हुने अपेक्षा आयोजक संस्थाले आयोजना गरेको हो ।

    यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ ।

    कोभिड–१९ को विश्वब्यापी महामारीको रोकथाम तथा नियन्त्रणका सन्दर्भमा राष्ट्रिय युवा संघ नेपालले सुरुवाती चरणदेखि नै आफ्नो स्व्यंसेवी भूमिका प्रभावकारी रुपमा संचालन गरिरहेको भन्दै अध्यक्ष किरण पौडेलले आम युवासरोकार र चासोका बिषयहरु पनि सम्बोधन गर्ने उदेश्यप्रति संगठन क्रियाशील रहेको बताए ।

    ‘प्रोडक्टिभ इन्गेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा जो कोही नेपालीले पनि सहभागिता जनाउन सक्नेछन्’, संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

    उत्कृष्ट तीन फिल्मलाई पुरस्कारको व्यवस्था गरिएको छ ।  जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्ने अध्यक्ष पौडेलले जानकारी दिए । 

    प्रेस विज्ञप्ति

    अहिलेको समयलाई सूचना प्रविधिको युग भनिन्छ अनि यी दुवैको प्रयोग हुने उत्तम माध्यम भनेको सिनेमा । हजारौं शब्दले भन्नुपर्ने कुरालाई सिनेमाले सेकेन्डभरको एक दृश्यले अभिव्यक्त गर्छ । सिनेमाको यही सामथ्र्थलाई सम्मान गर्दै राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्न गइरहेको जानकारी गराउन चाहान्छौँ । प्रतियोगिता NYF SHORT FILM COMPETTION-2078 नाममा सञ्चालन हुनेछ । लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान,प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा जोकोही नेपालीले पनि सहभागिता जनाउन सक्नेछन् ।

    युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्रनिर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोच सहित हुन लागेको यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ ।

    प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्नेछ र सहभागीले असार २५ सम्ममा स्क्रिप्ट हाम्रो ठेगाना ([email protected])मा पठाइसक्नुपर्नेछ । यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ । जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्नेछन् ।

    राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ । आवेदन तथा प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी यहाँहरुले ९८६०००६२२७ मा फोन गरेर पनि लिन सक्नुहुनेछ ।

    कोभिड (१९ को विश्वब्यापी माहामारीको रोकथाम तथा नियन्त्रणका सन्धर्भमा राष्ट्रिय युवा संघ नेपालले सुरुवाती चरणदेखिनै आफ्नो स्व्यंसेवी भूमिका प्रभाबकारी रुपमा संचालन गरिरहेको जानकारी गराउन चाहन्छौ । अहिलेको यस मुख्य दायित्वका आलावा आम युवासरोकार र चासोका बिषयहरु पनि सम्बोधन गर्ने उदेश्य प्रति हाम्रो संगठन कृयाशिल रहिआएको छ ।
    ([email protected])

    किरण पौडेल
    अध्यक्ष
    राष्ट्रिय युवा संघ नेपाल


    आषाढ ४, २०७८ शुक्रवार ११:३५:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय युवा संघ नेपाल

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    चलचित्रको छायांकनको क्रममा बिराज भट्ट घाइते

    श्रावण १२

  • 618
    SHARES
  • चलचित्रको छायांकनको क्रममा बिराज भट्ट घाइते

    काठमाडौं - चर्चित अभिनेता बिराज भट्ट घाइते भएका छन् । चलचित्रको एक्सन स्टन्टको क्रममा बिराज भट्टको बाँया खुट्टामा चोट लागेको छ ।  

    उनलाई भोजपुरी चलचित्र 'आक्रोश' को छायांकनको क्रममा चोट लागेको हो । खुट्टामा चोट लागेर रगत जमेकोले डाक्टरले दुई साता आराम गर्न भनेको बताइएको छ । 

    सन्दिप सिंहले निर्देशन गरिरहेको यस चलचित्रको भारतको लखनउमा छायांकन भइरहेको थियो । बिराज घाइते भएपछि चलचित्रको छायाँकन पनि रोकिएको छ । 

    चलचित्रको छायाँकल अहिलेसम्म ४० प्रतिशत सकिएको छ । यस चलचित्रमा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय रहेको छ ।  

     
     


    श्रावण १२, २०७८ मंगलवार १२:२३:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिराज भट्ट
  • धुर्मुस-सुन्तलीको नयाँ फिल्म  ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक (भिडियो)

    श्रावण १३

  • 568
    SHARES
  • धुर्मुस-सुन्तलीको नयाँ फिल्म  ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक (भिडियो)

    काठमाडौं - फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । हास्यकलाकार सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' को मूख्य भूमिका रहेको यस फिल्मको ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भएको हो । 

    ट्रेलरमा धुर्मुस र सुन्तलीको बैबाहिक जीवनमा आउने उचाव-चढाव देखाइएको छ । धुर्मुस-सुन्तलीकै लेखन र निर्देशन रहेको यस फिल्ममा धुर्मुस र सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय रहेको छ । 

    फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मुभी’ मा रिलिज हुनेछ । यसअघि धुर्मुस-सुन्तली को फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शन भएको थियो । यस फिल्मले दर्शकको निकै माया पाएको थियो । 

     
     


    श्रावण १३, २०७८ बुधवार १८:३५:४८ बजे : प्रकाशित

    १ वर्ष पनि टिकेन मिया खलिफाको वैवाहिक जीवन

    श्रावण १४

  • 1.1K
    SHARES
  • १ वर्ष पनि टिकेन मिया खलिफाको वैवाहिक जीवन

    काठमाडौं - लेबनानी मूलकी अमेरिकन पोर्न स्टार मिया खलिफा विभिन्न कारणले चर्चामा आइरहने गर्छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी मिया का धेरै फ्यानहरु छन् ।  

    अक्टोबर २०१४ मा अश्लील चलचित्रमा अभिनय गरेपछि चर्चामा आएकी खलिफाको विवाह पनि लामो समय टिक्न सकेन । उनको विवाह भएको १ बर्षमै सम्बन्धविच्छेद भयो । उनले हालै पति रोकर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गरेकी हुन् । 

    miya khal.jpg

    २०१९ मा इंगेजमेन्ट गरेका उनीहरुले हालै आफुहरुको सम्बन्ध बिग्रिएको घोषणा गरे । खलिफाले पनि सामाजिक सञ्जालमार्फत आफुहरुको सम्बन्धविच्छेद भएको जानकारी गराएकी छिन् । 

    उनले आफुहरुले सम्बन्धलाई सफल बनाउन सक्दो प्रयास गरेको भए पनि सफल हुन नसकेको बताएकी छिन् । उनले लेखेकी छिन् - 'हामी आत्मविश्वासका साथ भन्न सक्छौं कि हामीले हाम्रो विवाहलाई सफल बनाउन सक्दो प्रयास गर्यौं । एक वर्षको प्रयासपछि हामीले आफ्नो बाटो अलग बनाउँदैछौं । हामीले एक अर्कालाई माया र इज्जत गर्नेछौं । हामी यो च्याप्टरलाई कुनै पछुतोबिना बन्द गर्दैछौं ।'

    ad.PNG


    श्रावण १४, २०७८ बिहिवार १४:२९:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मिया खलिफा
  • नेपाली अभिनेत्री उरुषा पाण्डेले पाइन् भारतमा ‘लेजेण्ड दादासाहेक फाल्के अवार्ड’ 

    श्रावण १४

  • 634
    SHARES
  • नेपाली अभिनेत्री उरुषा पाण्डेले पाइन् भारतमा ‘लेजेण्ड दादासाहेक फाल्के अवार्ड’ 

    काठमाडौं - नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे भारतमा  ‘लेजेण्ड दादासाहेक फाल्के अवार्ड’ बाट सम्मानित भएकी छिन् । 

    भारतीय फिल्मका पिताको रुपमा चिनिने दादासाहेब फाल्केको नामबाट दिइने यस अवार्ड भारतकै उत्कृष्ट सम्मान मानिन्छ । 

    usha panday.jpg

    उनलाई दादासाहेक फाल्केका नाती चन्द्रशेखर पुसाल्करले  ‘लेजेण्ड दादासाहेक फाल्के अवार्ड’ बाट सम्मानित गरेका हुन् । आफु लेजेण्ड दादासाहेक फाल्के अवार्डबाट सम्मानित भएको बारे उरुषाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । 

    उरुषाले पछिल्लो केही वर्षदेखि मुम्बईमा बसेर हिन्दी फिल्म, वेब सीरीज, विज्ञापन तथा म्युजिक भिडियोहरुमा अभिनय गरिरहेकी छिन् । 
     


    श्रावण १४, २०७८ बिहिवार २१:१६:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उरुषा पाण्डे
  • दी भ्वाइस अफ नेपालको अन्तिम ४ मा को को छानिए ? को को बाहिरिए  ?

    श्रावण १६

  • 362
    SHARES
  • दी भ्वाइस अफ नेपालको अन्तिम ४ मा को को छानिए ? को को बाहिरिए  ?

    काठमाडौं - चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को शुक्रबार सेमी फाइनल सम्पन्न भएको छ । शुक्रबार हिमालय टेलिभिजनबाट प्रसारण भएको भ्वाइस अफको अन्तिम चारमा  किरण गजमेर, आर्यन तामाङ, तारा श्रीस मगर र ज्वाला राई प्रबेश गरेका छन् । 

    उनीहरु भोटका आधारमा छनोट भएका हुन् । तारा टीम राजुबाट हुन् भने ज्वाला टीम तृष्णाबाट हुन् । यस्तै किरण टीम प्रमोदबाट र आर्यन टीम दीपबाट हुन् । 

    यस्तै भ्वाइस अफबाट ४ जना प्रतियोगी बाहिरिएका छन् । बाहिरिनेमा टीम दीपबाट गोविन पुन, टीम तृष्णाबाट अफ्रिता खड्गी, टीम प्रमोदबाट रवीन गहतराज र टीम राजुबाट सोनाम शेर्पा रहेका छन् । 

     


    श्रावण १६, २०७८ शनिवार ११:००:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दी भ्वाइस अफ नेपाल
  • टिकटकमा डोयट गर्दा मायामा डुबे सुधिर र गीता (भिडियो)

  • 488
    SHARES
  • टिकटकमा डोयट गर्दा मायामा डुबे सुधिर र गीता (भिडियो)

    काठमाडौं। अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

    टिकटकबाट चर्चामा आएका दुई कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगाना भिडियोमा फिचर छन् । टिकटकमा डोयट गर्ने क्रममा नजिक भएको जोडीको प्रेमलाई भिडियोमा उतारिएको छ । भिडियोमा सुधिर र गीताको केमेस्ट्री सुहाएको देखिन्छ ।

    सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अरुण थापा मगरद्वारा निर्मित भिडियोका सह-निर्माता आर्यन कार्की हुन् । अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । यो ब्यानरले निर्माण गरेको चलचित्र ‘गणपति’ प्रदर्शनको पखाईमा रहेको छ ।

    यूट्युबमा रिलिज भएसँगै ‘जाउँन कान्छी जाउँ’ गीतलाई दर्शकले रुचाएका छन् । गायक अनिस अधिकारीले गीतको अडियो अनुसार भिडियो तयार भएकोमा खुसी व्यक्त गरे । भिडियोमा सुधिर र गीतको नृत्यले दर्शकको ध्यान खिच्छ । निर्माण टिमले भिडियोको मेकिङमा विशेष ध्यान दिएको छ ।


    श्रावण १६, २०७८ शनिवार २१:०५:०८ बजे : प्रकाशित


    क्यानाडा नेपाल