• Aug 01 2021 | २०७८, श्रावण १७गते

२०७८, श्रावण १७गते

फिल्मको विरोध गर्दै अभिनेता अक्षय कुमारको जलाइयो पुत्ला 

आषाढ ५ २०७८
  • 1.2K
    SHARES
  • फिल्मको विरोध गर्दै अभिनेता अक्षय कुमारको जलाइयो पुत्ला 

    काठमाडौं - भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गए पछि फिल्म हलहरु पनि सञ्चालनमा आउन थालेका छन् । फिल्मका कामहरु पनि हल्का भइरहेकै छन् । यसैबीच बलिउड अभिनेता अक्षयकुमारको आउँदो फिल्म पृथ्वीराज फेरि विवादमा आएको छ । 

    भारतिय मिडियाका अनुसार फिल्मको नामलाई लएर अक्षय विवादमा आएका हुन् । फिल्मको नामको विरोधमा अक्षय कुमारको पुत्ला पनि जलाइएको छ । भारतको चन्डीगढमा अक्षयको पुत्ला जलाइएको हो । 

    ss.PNG

    अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले फिल्मको नाम परिवर्तन गर्नुपर्ने माग गरेका छन् । केही समयदेखि फिल्ममा नाम भएन भन्दै करणी सेनाले आपत्ति जनाउदै आइरहेको छ । 

    फिल्मको नाम परिवर्तन गर्नुपर्ने माग राख्दै आइएको छ । फिल्म मेकर सुरजित सिंह राठौरले राजा पृथ्वीराज चौहानको जीवनमा आधारित यस फिल्ममा पृथ्वीराज मात्र राख्न नहुने भन्दै आपत्ति जनाएका थिए । 

    करणी सेनाका यूवा विंग अध्यक्ष समेत रहेका उनले टाइटलमा पूरा नाम हुनुपर्ने भन्दै पुरा नाम नहुँदा उनको सम्मान नहुने बताएका थिए । 

     


    आषाढ ५, २०७८ शनिवार १३:३१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षय कुमार
  • अर्कोसमाचार

    अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका शिल्पाका पति राजको आज सुनुवाई हुँदै

    श्रावण १२

  • 302
    SHARES
  • अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका शिल्पाका पति राजको आज सुनुवाई हुँदै

    काठमाडौं - पछिल्लो समय अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको निकै चर्चा छ । अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका राजको  जमानतको लागि आज सुनुवाई हुँदैछ । 

    पक्राउ परेपछि अदालतले राजलाई  हिरासतमा राख्न अनुमती दिएको थियो । हिरासतमा रहेका राजको जमानतको लागि आज बम्बई उच्च अदालतमा सुनुवाई हुने भारतिय मिडियामा जनाइएको छ । 

    शिल्पाका पतिको एकपछि अर्को रहस्य खुल्दै, अश्लील भिडियोबाटै दैनिक ६-७ लाख कमाउँने गरेको खुलासा शिल्पाका पतिको एकपछि अर्को रहस्य खुल्दै, अश्लील भिडियोबाटै दैनिक ६-७ लाख कमाउँने गरेको खुलासा

    प्रहरीले राजर रयान थोर्पलाई हिरासतमा राख्ने समय थप गर्न माग गरिरहेको बेला आजको अदालतको सुनुवाईमा सबैको ध्यान गएको छ । राजले आफुलाई अदालत समक्ष धरौटीमा रिहाई गर्न अपिल गरेका थिए । 
     
     


    श्रावण १२, २०७८ मंगलवार १३:१७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिल्पा शेट्टी
  • अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका शिल्पाका पति राजलाई न्यायिक हिरासत पठाइयो

    श्रावण १२

  • 598
    SHARES
  • अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका शिल्पाका पति राजलाई न्यायिक हिरासत पठाइयो

    काठमाडौं - पछिल्लो समय अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको निकै चर्चा छ । अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका राजलाई मंगलबार न्यायिक हिरासत पठाइएको छ । 

    भारतिय मिडियाका अनुसार राजलाई बम्बे उच्च अदालतले  थप १४ दिन न्यायिक हिरासतमा राख्ने निर्णय गरेको हो । राजमाथि अश्लील फिल्म निर्माण, बिक्री तथा प्रदर्शन गरेको आरोप छ । 

    राजलाई प्रहरीले जुलाई २० सोमबार पक्राउ गरेको थियो । राज र रयान थोर्पको हिरासतको अन्तिम म्याद २७ जुलाईसम्म रहेकोमा प्रहरीले समय थप गर्न माग गरिरहेको थियो । 

    राजले आफुलाई अदालत समक्ष धरौटीमा रिहाई गर्न अपिल गरेका थिए । तर अनुसन्धान टिमले राजको ‘हटस्ट्स’ एपबारे थप जानकारी गुगलसँग मागेकोले थप न्यायिक हिरासत पठाइएको बताइएको छ । 


    श्रावण १२, २०७८ मंगलवार १९:५१:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिल्पा
  • फिल्म 'दबंग' को तेस्रो भाग बन्ने, अरबाजले सलमानको साथ नछाड्ने   

    श्रावण १३

  • 556
    SHARES
  • फिल्म 'दबंग' को तेस्रो भाग बन्ने, अरबाजले सलमानको साथ नछाड्ने   

    काठमाडौं - बलिउडका चर्चित अभिनेता सलमान खानको फिल्म ‘दबंग’ को तेस्रो भाग पनि बन्ने भएको छ । 

    फिल्म दबंग दर्शकले रुचाएपछि सलमान एकपछि अर्को सिरिजको तयारीमा छन् । फिल्म 'दबंग २' र 'दबंग ३' ले पनि बक्सअफिसमा निकै राम्रो व्यापार गरेको थियो । 

    तीनै फिल्म बक्सअफिसमा सफल भएपछि निर्देशक अरबाज खान अर्को सिरिजको तयारीमा लागेका हुन् । हालै एक वेवसाइटसँगको कुराकानीमा उनले ‘दबंग ४’ को काम छिट्टै सुरु हुने बताए । 

    उनले भने ‘कहिले काहिँ हामी दुवैसँग अलग-अलग आइडिया हुन्छ र हामी दुवै एकअर्काको विचारलाई कति समेट्न सक्छौं भनेर छलफल गर्छौं अनि निष्कर्ष निकाल्छौं । त्यसपछि राइटरलाई लेख्न समय दिन्छौं । ‘दबंग ४’ अहिले यही प्रक्रियामा छ ।’ दबंगमा सलमान र अभिनेत्री सोनाक्षी सिन्हाको जोडी निकै रुचाइएको छ ।  


    श्रावण १३, २०७८ बुधवार १३:५५:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दबंग
  • # सलमान खान
  • फिल्म 'पठान' मा अहिलेसम्मकै धमाकेदार एक्सनमा देखिँदै दीपिका

    श्रावण १३

  • 424
    SHARES
  • फिल्म 'पठान' मा अहिलेसम्मकै धमाकेदार एक्सनमा देखिँदै दीपिका

    काठमाडौं - लामो समयदेखि फिल्ममा नदेखिएका अभिनेता शाहरुख खान अब  फिल्म 'पठान' मा देखिदैछन् । फिल्म जिरो फ्लप भएपछि कुनै फिल्ममा काम नगरेका शाहरुख अब धमाकेदार अभिनय सहित आउँदैछन् । 

    सिद्धार्थ आनन्दले निर्देशन गरेको यस फिल्ममा दिपिका पादुकोणको एन्ट्रीले पनि धेरै दर्शक उत्साहित भएका छन् । अहिले सुटिङमै रहेको यस फिल्ममा दीपिकाको बढी चर्चा छ । 

    दीपिकाले फिल्ममा अहिले एक्सनका सिक्वेलको सुटिङ गरिरहेकी छिन् ।मुम्बईमा सुटिङ भइरहेको यस फिल्ममा दीपिकाको अहिलेसम्मकै नदेखिएको एक्सन सिन देखिने बताइएको छ ।

    देशभक्ति र एक्सन हुने यस फिल्ममा शाहरुख र जोनको टक्कर हुने बताइएको छ । यशराज फिल्मस्को ब्यानरमा बन्न लागेको यस फिल्म दमदार हुने बताइएको छ । 


    श्रावण १३, २०७८ बुधवार १४:५२:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दीपिका पादुकोण
  • शोबाट करोडौको अफर आउँदा पनि किन होस्ट छाड्न लागे आदित्य नारायणले ?

    श्रावण १३

  • 1.8K
    SHARES
  • शोबाट करोडौको अफर आउँदा पनि किन होस्ट छाड्न लागे आदित्य नारायणले ?

    काठमाडौं - बलिउड अभिनेता तथा गायक आदित्य नारायण झाले सन् २०२२ देखी टेलिभिजन शो को होस्ट छाड्ने भएका छन् । 

    इण्डियन आइडलको होस्ट गरिरहेका आदित्यले सिजन १२ को होस्ट पनि गरिरहेका छन् । अब भने उनी होस्ट छाड्ने सुरमा छन् । भारतिय मिडियाका अनुसार उनले हालै शो छाड्ने घोषणा गरेका हुन् ।  

    sap.jpg

    भारतीय मिडिया बलिउड लाइफसंगको कुराकानीको क्रममा उनले भने – 'मलाई लाग्यो कि यो घोषणाको सहि समय हो किनकी म संग पहिला नै ४ वटा प्रोजेक्ट लाइनमा छ । यसकारण म शो मेकर्सलाई यो जानकारी दिन चाहान्थे कि यो अफर स्वीकार गर्न सक्दिन । मलाई यो अस्वीकार गर्न पनि एकदमै दुःख लागेको छ कि पहिला भन्दा धेरै पैसा मिलेको थियो ।'

    उनले आफु १८ बर्षको हुँदा सारेगमपमा होस्ट गर्दा प्रति एपिसोड ७ हजार ५ सय रुपैया कमाएको बताए । उनले त्यति बेला उक्त रकम ठुलो लागेको र अहिले करोडको अफर आउँदा आफुले अस्वीकार गर्दा दुःख लागेको बताएका छन् ।  

    sap.jpg


    श्रावण १३, २०७८ बुधवार २०:०४:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आदित्य नारायण
  • 'केजीएफ च्याप्टर-२'  को नयाँ लुक्स सार्वजनिक, संजय अधीराको क्यारेक्टरमा

    श्रावण १४

  • 234
    SHARES
  • 'केजीएफ च्याप्टर-२'  को नयाँ लुक्स सार्वजनिक, संजय अधीराको क्यारेक्टरमा

    काठमाडौं । पछिल्लो समय फिल्म केजीएफ च्याप्टर-२ को चर्चा निकै छ । साउथ फिल्मका अभिनेता यश र बलिउड अभिनेता संजय दत्तको मूख्य भूमिका रहेको यस फिल्मको ट्रेलर पनि धेरैले रुचाए । अहिले धेरै दर्शक प्रशान्त निलले निर्देशन गरेको यस फिल्मको प्रतिक्षामा छन् । 

    हालै यस फिल्मको नयाँ लुक्स सार्वजनिक भएको छ ।  संजय दत्तको अवसर पारेर एक्सेल इन्टरटेन्मेन्टले केजीएफ च्याप्टर २ को लुक्स सार्वजनिक गरेको हो । उक्त पोष्टरमा संजय फरक अवतारमा देखिएका छन् । 

    फिल्ममा संजय अधीराको क्यारेक्टरमा छन् । फिल्ममा यस र संजयसहित रविनाको मूख्य भुमिका रहेको छ । फिल्ममा यशले शासकको रुपमा भुमिका निर्वाह गरेका छन् ।  

    kgf.png


    श्रावण १४, २०७८ बिहिवार २१:५७:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केजीएफ च्याप्टर-२