• Aug 01 2021 | २०७८, श्रावण १७गते

२०७८, श्रावण १७गते

लोप भएको भनिएको यो अनौठो माछा, जुन १०० वर्ष बाँच्न सक्छ

आषाढ ५ २०७८
  • 984
    SHARES
  • लोप भएको भनिएको यो अनौठो माछा, जुन १०० वर्ष बाँच्न सक्छ

    एउटा प्रजातिको माछा आश्चर्यजनक रूपमा लामो समय अर्थात् एक शताब्दीसम्मै बाँच्न सक्ने एउटा नयाँ अध्ययनले सङ्केत गरेको छ। कुनै बेला लोप भइसकेको ठानिएको उक्त माछालाई 'लिभिङ फसिल' 'अर्थात् सजीव जीवावशेष' मानिन्छ।

    सीलक्यान्थ भनिने उक्त माछाको आयु पहिला २० वर्षजति हुने ठानिएको थियो। तर नयाँ आकलनअनुसार शार्कजस्तै उक्त जलचर १०० वर्षजति बाँच्ने देखिएको छ।

    उक्त माछाको आयु निर्धारण गर्न फ्रान्सेली अध्ययनकर्ताहरूले सङ्ग्रहालयमा सङ्गृहीत कत्लाको अध्ययन गरेका थिए।उक्त माछाले आफ्नो जीवनको मध्यकालको अन्तिमतिर मात्र प्रजनन गर्छ। अनि गर्भधारण गर्ने समय पाँच वर्षसम्म हुन सक्छ।

    बिस्तारै हुर्किने र थोरै सन्तान जन्माउने माछाहरू जलवायु परिवर्तन तथा धेरै माछा मार्ने प्रवृत्तिका कारण लोप हुने खतरामा परेका छन्।फ्रान्सको यूनिभर्सिटी अफ मोङ्पोल्येका डा. ब्रुनो अर्नान्ड सीलक्यान्थको जीवनबारे थाहा पाउँदा संरक्षणका लागि बलियो उपाय अवलम्बन गर्न सकिने बताउँछन्।

    "संरक्षणका लागि एउटा निकै महत्त्वपूर्ण ढाँचा भनेको यो प्रजातिका माछाको सङ्ख्या थाहा पाउन सक्नु हो," उनले बीबीसी न्यूजलाई भने। "यो नयाँ जानकारीले त्यसमा हाम्रो पहुँच बढाउनेछ।"

    हराउने र भेटिने क्रम
    सन् १९३८ मा दक्षिण अफ्रिकामा माछा समाउने क्रममा जालमा नपर्दासम्म सीलक्यान्थ लोप भइसकेको ठानिएको थियो।लगत्तै उक्त माछाका दुईवटा समूह अफ्रिकाको पूर्वी तटमा र अर्को इन्डोनेशियाको सुलावेसीमा फेला परे।

    महादेशहरूको उथलपुथल र डाइनसोरलाई लोप गराउने क्षुद्रग्रहको ठक्कर सहन गर्दै सीलक्थान्थका पूर्वजको उत्पत्ति ४२ करोड वर्षअघि भएको थियो।

    अफ्रिकी समूहलाई अतिसङ्कटापन्न मानिन्छ। उक्त समूहमा केही सय माछा मात्र जीवित भएको ठानिन्छ। समुद्र काप्चामा बस्ने यी माछा १.८ मिटरसम्म बढ्न र ९० किलोभन्दा बढी तौलका हुन सक्छन्।

    'सुस्त जीवनवृत्त'
    "सीलक्यान्थहरू सबैभन्दा सुस्त नभए पनि समुद्री माछामध्ये सुस्त जीवनवृत्त भएका माछा हुन्। यिनको समुद्री गहिराइमा हुने शार्क र रफीहरूसँग नजिकको सम्बन्ध हुन्छ," फ्रान्सको नोर्थ सी मत्स्य अनुसन्धान एकाइका केलिग महे भन्छन्।

    "त्यसैले हाम्रा नतिजाले यसबाट आशाभन्दा पनि यिनको अनौठो जीवनवृत्तले यी अझ खतरामा भएको देखाउँछ।" अबका अध्ययनमा वैज्ञानिकहरूले यिनको वृद्धिदरसँग तापमानको सम्बन्ध हेर्न खोजिरहेका छन्।

    त्यसबाट जलवायु परिवर्तनको तिनमा कस्तो असर पर्न सक्छ भन्ने थाहा दिनेछ। उक्त अध्ययन 'करन्ट बायोलजी जर्नल'मा प्रकाशित भएको हो।


    आषाढ ५, २०७८ शनिवार १५:३०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो माछा
  • अर्कोसमाचार

    विश्वकै महँगो र अनौठो तरकारी, जसको मूल्य किलोकै एक लाख बढी पर्छ

    आषाढ २७

  • 1.5K
    SHARES
  • विश्वकै महँगो र अनौठो तरकारी, जसको मूल्य किलोकै एक लाख बढी पर्छ

    काठमाडौं । हामिले घरमा विभिन्न थरीका तरकारी फलाएका हुन्छौं । बजारमा पनि हामिले कहिल्यै नदेखिएको तरकारी राखेको पनि देख्छौं । बजारमा पाइने हरेक तरकारीको मूल्य सिजन अनुसार फरक फरक हुन्छ । तरकारी कुनै महँगो हुन्छन्, त कुनै सस्तो । 

    कुनै चीज दुर्लभ छ, चने त्यस्तो चीज धेरै महँगो हुन्छ । यस्तै विश्वमा एक अनौठो र महँगो तरकारी पनि छ । जुन यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ ।

    तर संसारमा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै लाख रुपैयाँ बढी पर्दछ । त्यो महँगो तरकारीको नाम हो हप शूट्स  ।

    यो तरकारीको बोटमा लाग्ने फूललाई ‘हप कोन्स भन्ने गरिन्छ । यस तरकारीमा औषधिय गुणहरु हुने हुनाले महँगो भएको बताइएको छ। यो तरकारी जडीबुटीको रुपमा पनि प्रयोग गरिन्छ । यसको सेवनले धेरै रोगहरु लाग्नबाट पनि बच्न सकिन्छ । 

    यो तरकारी किन्दा १ लाख २८ हजार रुपैयाँ बढी पर्ने गर्छ । यो वनस्पतीको खोज उत्तरी जर्मनीमा भएको थियो । त्यसपछि यसको प्रयोग अहिले विस्तारै विश्वमा नै फैलिएको छ ।  

     


    आषाढ २७, २०७८ आइतवार २२:०२:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तरकारी
  • कैदबाट मुक्त भयो गोरिल्ला, जङ्गलमा छाडिएको जोशी वातावरणमा घुलमिल हुन सक्ला ?

    श्रावण ५

  • 502
    SHARES
  • कैदबाट मुक्त भयो गोरिल्ला, जङ्गलमा छाडिएको जोशी वातावरणमा घुलमिल हुन सक्ला ?

    बेलायतको एउटा सफारी पार्कमा रहेको एक गोरिल्लालाई जङ्गल छोडिएको छ । १३ वर्षीय जोशी बेलायतको एउटा सफारी पार्कमा हुर्किएको हो । 

    gurilla.PNG

    यसलाई नयाँ जीवन दिन कङ्गोको निकुञ्जमा छोडिएको हो । गोरिल्लालाई जङ्गलको वातावरणमा घुलमिल हुन सक्ला या नसक्ला त्यो हेर्न बाकीँ नै छ । 

    gor.PNG

    जोशीले आफ्नो नयाँ घर पहिलो पटक देखेको छ । जोशीको तौल एक सय ९० केजी छ । शान्त स्वभावको जोशीलाई कङ्गोको निकुञ्जमा छोडिएको बीबीसीले जनाएको छ । 

    gorill.PNG

     


    श्रावण ५, २०७८ मंगलवार १०:०८:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गोरिल्ला
  • चीनमा धूलोको आँधीले यसरी निल्यो पूरै सहर (भिडियो)

    श्रावण १३

  • 554
    SHARES
  • चीनमा धूलोको आँधीले यसरी निल्यो पूरै सहर (भिडियो)

    पश्चिमोत्तर चीनमा मरुभूमिबाट आएको धूलोयुक्त आँधीले एउटा सहरलाई पूरै ढाक्यो।त्यहाँ धूलोको मुस्लो जमिनभन्दा १०० मिटरमाथि सम्म पुगेको थियो।

    त्यतिबेला खिचिएको भिडिओमा अग्ला भवन र अन्य संरचनालाई धूलोयुक्त आँधीले निलेको जस्तो देखिन्छ। हेर्नुहोस् यो भिडिओ।


    श्रावण १३, २०७८ बुधवार ११:०५:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • थाइल्याण्डमा बाँदरका दुई गुटबीच घण्टौँ भीडन्त, मानिसहरु डराएर गाडीभित्रै लुके (भिडियो)

    श्रावण १३

  • 3.6K
    SHARES
  • थाइल्याण्डमा बाँदरका दुई गुटबीच घण्टौँ भीडन्त, मानिसहरु डराएर गाडीभित्रै लुके (भिडियो)

    काठमाडौं - थाइल्याण्डमा एक दुर्लभ घटना घटेको छ । थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीमा बाँदरका दुई गुटबीच भीडन्त भएको छ । बाँदरबीच १ घण्टासम्म लडाई चलेको थियो । 

    लोपबुरीको फ्रा कान मन्दिरको छेउको सडकमा बाँदरहरुबीच लडाँई चलेपछि हेर्ने मानिसहरुको घुइचो रहेको थियो । बाँदरका दुई गुटबीच लडाई चलेको देख्दा मानिसहरु चकित पर्दै हेरिरहेका थिए । 

    दुई गुटका बाँदरबीच लडाई चल्दा सडकमा गाडीको जाम भएको थियो । बाँदरहरु चर्को गरी कराइ रहेका थिए । १ सय भन्दा बढीको संख्यामा रहेका बाँदरहरुबीच भीडन्त हुँदा त्यहाँ रहेका मानिसहरु पनि डराएका थिए । मानिसहरु डराएर कारभित्र नै बसेका थिए ।  

     


    श्रावण १३, २०७८ बुधवार १२:१९:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाँदर
  • इनार खन्ने क्रममा श्रीलंकामा भेटियो संसारकै सबैभन्दा ठूलो नीलमणि,  मूल्य कति पर्ला ?

    श्रावण १६

  • 1.7K
    SHARES
  • इनार खन्ने क्रममा श्रीलंकामा भेटियो संसारकै सबैभन्दा ठूलो नीलमणि,  मूल्य कति पर्ला ?

    काठमाडौं - श्रीलंकामा अनौठो नीलमणि फेला परेको छ । श्रीलंकाको रत्नपुरा क्षेत्रमा फेला परेको उक्त नीलमणि विश्वकै सबैधन्दा ठुलो रहेको बताइएको छ । ५१० किलोग्रामको उक्त नीलमणि इनार खनिरहेका मजदुरले फेला पारेका हुन् । 

    इनार खनिरहेको मान्छेहरुले अनौठा ढुंगा भेटेपछि साउलाई खबर गरेका थिए । गामागे नाम गरेका व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए। ती व्यापारीलाई अनौठा ढुंगाको बारेमा भेटएको थाहाँ भएपछि जाँच्न अधिकारीहरूलाई खबर गरेका थिए । 

    नीलमणि ४० करोड वर्ष पहिलेको हुनसक्ने अनुमान लगाइएको बीबीसीमा जनाइएको छ । अनौठा ढुंगा बारे गामागेलाई सोध्ला उनले केही बताउन चाहेनन् । गामागेको परिवारले तीन पुस्तादेखि रत्न व्यापार गर्दै आइरहेको छ । 

    विज्ञहरूका अनुसार उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर ९११ अर्ब ८८ करोड रुपैयाँ० रहेको बीबीसीमा जनाइएको छ ।  बनेको हुनसक्ने बताइएको छ ।


    श्रावण १६, २०७८ शनिवार १३:२३:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नीलमणि
  • तस्करले ल्याएका दुई चिम्पान्जी नेपालमै हुर्किए 

    श्रावण १६

  • 666
    SHARES
  • तस्करले ल्याएका दुई चिम्पान्जी नेपालमै हुर्किए 

    सदर चिडियाखानामा राखिएका चिम्पू र चम्पा नामका चिम्पान्जीलाई नाइजिरिया फिर्ता पठाउन आवश्यक प्रमाण नपुगेको संरक्षण अधिकारीले बताएका छन्। सन् २०१८ मा नाइजिरियाबाट टर्की हुँदै तस्करले ती चिम्पान्जीलाई नेपाल ल्याएका थिए।

    तर आवश्यक प्रमाण नपुगेकोले नयाँ खोर बनाएर जावलाखेलस्थित चिडियाखाना मै प्रदर्शनीमा राख्ने योजना बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

    फेला पर्दा साढे तीन केजीको चिम्पू र चार किलोकी चम्पा अहिले क्रमश: १७ र १९ किलोका भएका छन्। पहिला निकै बिरामी पर्ने उनीहरू अहिले स्वस्थ छन्।

    उद्‌धार गरिएका वन्यजन्तुलाई सम्बन्धित मुलुकमै फिर्ता गरिनुपर्ने भए पनि प्रमाणका कारण नेपालमै राखिने भएपछि उनीहरूको रेखदेख गर्दै आएका रामकाजी पहरीले निकै खुसी व्यक्त गरे।

    गुफा, हाँगाबिँगा, पानीसहितको वातानुकूलित खोर बनाउन निर्धारित समयमा आवश्यक बजेट निकासा भएमा झन्डै एक वर्षभित्र ती चिम्पान्जी प्रदर्शनमा राखिने छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।


     


    श्रावण १६, २०७८ शनिवार १५:०२:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिम्पान्जी