• Aug 05 2021 | २०७८, श्रावण २१गते

२०७८, श्रावण २१गते

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

आषाढ ६ २०७८
  • 1.9K
    SHARES
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारदेखि घट्दै आएको सुनको मूल्य आज पनि तोलामा ८ सय रुपैयाले घटेको हो ।  

    शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ९० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 
     


    आषाढ ६, २०७८ आइतवार ११:३५:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • अर्कोसमाचार

    नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब २३ करोड पुग्यो  

    श्रावण १९

  • 308
    SHARES
  • नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब २३ करोड पुग्यो  

    काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो ।

     यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ । यो पनि हालसम्मकै उच्च बिन्दु हो । आजको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ४२ अर्ब २३ करोड २७ लाख ६१ हजार ८०० बराबर पुगेको छ । 

    कूल २२३ कम्पनीको दुई करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर रु ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ मूल्य बराबरको कारोबार भयो । नेप्सेका अनुसार पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । यस्तै, जीवन विकास लघुवित्त ९.९९ र युनियन लाइफ इन्स्योरेन्सको शेयर ९.९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । घलेम्दी हाइड्रोपावर लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए ।   यसैगरी, युनिलिभर नेपाल ३.७९, नबिल ब्यालेन्स फण्ड २.३३, एनआइबिएल प्रगति फण्ड २.०४, ग्रीन डेभलपमेन्ट बैंक १.९७ र समृद्धि फाइनान्सका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए ।

    कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४६ करोड ८२ लाख १७ हजार बराबरको कारोबार भयो । यस्तै, ङादी ग्रुप अफ पावर रु ४३ करोड ३२ लाख ४२ हजार, फस्ट माइक्रो फाइनान्स रु ३३ करोड ८६ लाख ६७ हजार ९८३, स्वाभिमान लघुवित्त रु ३० करोड चार लाख ४८ हजार २३४ र निर्धन उत्थान लघुवित्तको रु २९ करोड ६६ लाख ४४ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।रासस


    श्रावण १९, २०७८ मंगलवार १८:२७:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से
  • आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्

    श्रावण २०

  • 328
    SHARES
  • आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्

    काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ १६ पैसा तोकिएको छ ।  

    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २३ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैयाँ ७९ पैसा तोकिएको छ। 

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९१ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ १५ पैसा रहेको छ । 

    एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ७ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

    एक युरोको खरिददर १ सय ४० रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ६९ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७७ पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३८ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ९८ पैसा तोकिएको छ।  

     


    श्रावण २०, २०७८ बुधवार ०९:२७:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    श्रावण २०

  • 632
    SHARES
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको हो । 

    मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य घटेर तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ८५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 
     


    श्रावण २०, २०७८ बुधवार ११:३१:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • नेप्सेमा आज पनि नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब   

    श्रावण २०

  • 244
    SHARES
  • नेप्सेमा आज पनि नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब   

    काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुगेको छ ।    
        
    यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ बिन्दुले बढेर ५७८.२३ मा पुगेको छ । कूल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर रु १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ४.२९, विकास बैंक ६५.८५, जलविद्युत् १९४.०७, वित्त ४५.०५, उत्पादन २७.८४ र लगानी ०.३४ बिन्दुले बढेको छ ।    
        
    यस्तै, व्यापार ६०, होटल तथा पर्यटन ७.७७, निर्जीवन बीमा ८२.९८, अन्य २१.०१, लघुवित्त १२६.३३, जीवन बीमा २.७५ र सामूहिक लगानी कोष ०.१२ बिन्दुले घटेको छ । अधिकांश लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आकर्षित भएका छन् । जलविद्युत् कम्पनीले संस्थापक शेयर धमाधम बिक्री गरेका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरमा चाप परेको छ । 

    सोही आधारमा आज अपि पावर कम्पनी, खानीखोल हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर कालिका पावर, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रोपावर यूनियन लाइफ इन्स्योरेन्स जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले उकालो लाग्दा सकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अप पावर ५.३८, लक्ष्मी इक्विटी फण्ड ४.७५, पोखरा फाइनान्स ४.५१, विजय लघुवित्त ४.३५ र नेरुडे लघुवित्तका लगानीकर्ताले ४.३२ प्रतिशतले गुमाए ।    
        
    कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७९ करोड ५० लाख १९ हजार ३८८ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ५६ करोड ७२ लाख ३३ हजार ८०२, सानिमा माई हाइड्रोपावर रु ५० करोड ३४ लाख ७१ हजार ३०५, अरुण काबेली पावर रु ४१ करोड ५५ लाख ३५ हजार ६९८ र छिमेक लघुवित्त रु ४० करोड ८९ लाख तीन हजार ९८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । आजको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार ८९४ बराबर पुगेको छ ।रासस


    श्रावण २०, २०७८ बुधवार १८:४९:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से
  • ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो यी ७ स्थानमा नयाँ शाखा

    श्रावण २०

  • 340
    SHARES
  • ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो यी ७ स्थानमा नयाँ शाखा

    काठमाडौं - ग्लोबल आइएमई बैंकले ७ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न यस बैंकले बुधबार काठमाडौं उपत्यकाका विभिन्न  ७ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 
     
    बैंकले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डभित्र रहेर ७ नयाँ शाखाको उद्घाटन गरेको हो । बैंकले काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यस्तै ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यस्तै भक्तपुर जिल्ला ठिमी नगरपालिकाको गठ्ठाघरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

    बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ । यससँगै बैंकको शाखाँ संख्या १८०, २५७ शाखा रहित बैंकिङ्ग सेवा र  २ सय ४८ वटा एटीएम रहेको छ। 
      


    श्रावण २०, २०७८ बुधवार १९:११:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक
  • प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन् - सरकारले दिएको जिम्मेवारी स्वीकार्छु   

    श्रावण २०

  • 240
    SHARES
  • प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन् - सरकारले दिएको जिम्मेवारी स्वीकार्छु   

    काठमाडौँ। कोरोनाका कारण स्थलगत रुपमा जान नसक्दा विद्युत् चुहावट बढ्न गएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । कोरोनाका काराण निषेधाज्ञा, लकडाउनलगायत कारणले उपभोक्ताको घर घरमा जान नसकेको हुक तथा अन्य माध्यमबाट हुने चोरी नियन्त्रण गर्न नसकिएको प्राधिकरणको भनाइ छ । 

    आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशतमा सीमित राख्ने भनिएको चुहावट बढेर १७ प्रतिशतको हाराहारीमा पुगेको छ । एक प्रतिशत चुहावट बढ्दा झण्डै रु ७० करोड बराबरको घाटा हुन जान्छ । दुई प्रतिशत चुहावट बढ्दा रु एक अर्ब ४० करोड बराबरको प्राधिकरणलाई घाटा लागेको छ ।

    प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा झण्डै २७ प्रतिशतको हाराहारीमा रहेको चुहावटलाई घटाएर १४.६ प्रतिशतमा झारिएको थियो । पछिल्लो डेढ वर्षमा कोरोनाका कारण प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणमा ध्यान दिन सकेको छैन । सोही कारण देशव्यापीरूपमा पुनः चुहावट बढ्न गएको देखिन्छ । यस्तै, प्रसारण लाइनमा हुने चुहावट नियन्त्रणमा समेत ध्यान दिन सकेको छैन । त्यसलाई प्राधिकरणले प्राविधिक चुहावट भन्ने गरेको छ ।    
        
    मुलुकको प्रणालीमा थप १५ प्रतिशत बिजुली थप भएको र पुरानै प्रणालीमा बिजुली प्रवाह गर्नुपर्दा प्रसारण लाइनको तार तातेर हुने चुहावटमा वृद्धि भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भन्नुभयो, “प्राविधिक चुहावट नियन्त्रणका लागि नयाँ प्रविधिमा आधारित प्रसारण लाइन बनाउनु पर्दछ । त्यसका लागि आजको भोलि नै काम हुने अवस्था छैन तर पनि चुहावट नियन्त्रण कसरी गर्न सकिन्छ भन्नेबारेमा हामीले ध्यान दिएका छौँ ।”    
     
    अनौपचारिकरूपमा आयोजित पत्रकार भेटघाटमा कार्यकारी निर्देशक शाक्यले कोरोनाका कारण सोचे जति काम हुन नसके पनि आफूहरूले सक्दो प्रयास गरेको जानकारी दिनुभयो । आफूहरूको ध्यान कोरोना कालमा बिजुली उपलब्ध कसरी गराउने भन्नेमा नै केन्द्रित रहेको भन्दै उहाँले भन्नुभयो, “शैक्षिक संस्थाले समेत विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गरेका छन् । अस्पतालमा बत्ती नजाने ग्यारेन्टी गरिएको छ । अक्सिजन उद्योगमा पनि एउटा लाइन जाँदा अर्को लाइनले काम गर्ने गरी व्यवस्थापन गरिएको छ ।”

     उहाँले आर्थिक वर्ष २०७६/७७ मा देशभर प्राधिकरणको प्रणालीमा ४० पटक समस्या आएको भए पनि २०७७/७८ मा त्यसलाई ३४ पटकमा सीमित गरिएको जानकारी दिनुभयो । उपभोक्तामा आएको सचेतता र सामाजिक जागरणका कारण पनि बिजुलीको विषयमा आम मानिस जानकार भएको उहाँको भनाइ छ । वितरण लाइन तथा प्रणालीमा रहेको समस्या समाधानका लागि प्रयत्न गरिएको भए पनि त्यो पुग्दो नभएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।    
        
    यसकारण घट्यो नाफा    
    आव २०७६/७७ मा रु ११ अर्ब नाफा कमाएको प्राधिकरणले आव २०७७/७८ मा भने रु पाँच अर्ब मात्रै नाफा गर्ने अवस्था आएको छ । त्यसका पछाडि विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको महसुल खारेज गरिदिएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । त्यस्तो लाइनबाट बिजुली लिनेबाट प्राधिकरणले रु तीन अर्ब ५० करोड बराबरको आम्दानी गर्ने गरेको थियो । उहाँका अनुसार २०७७ साउनदेखि डेडिकेटेड र ट्रंक लाइनको महसुल खारेज भएको छ ।    
        
     यस्तै, सुक्खायाममा नेपालका नदीमा जलसतह घटेका कारण भारतबाट थप रु चार अर्ब बराबरको थप बिजुली आयात भएको छ । कूल २५ हजार मेगावाट घण्टा बिजुली माग भएको हिउँदको समयमा झण्डै ६० प्रतिशत अर्थात् १५ हजार मेगावाट घण्टा बराबरको बिजुली भारतबाट आयात गर्नुपरेको उहाँको भनाइ छ । थप बिजुली आयात गर्दा प्राधिकरणको नाफामा गिरावट आएको हो । यस्तै, प्रशासनिक तथा सञ्चालन खर्च घटाउँदा रु दुई अर्ब २५ करोड बराबरको रकम बचत गर्न सफल भएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।    
        
    यस्तै, लकडाउन तथा निषेधाज्ञाको समयमा सरकारको निर्णयअनुसार छुट दिइएको समेत उहाँले दाबी गर्नुभयो । त्यसबापत प्राधिकरणले उद्योग तथा प्रतिष्ठानलाई दिइएको रु तीन अर्ब बराबरको छुट सरकारले शोधभर्ना गर्नेमा आफू विश्वस्त रहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । पछिल्लो छ महिनामा आफू र प्राधिकरणका समग्र कर्मचारीले ज्यान जोखिममा राखेर काम गरेको र मेहनतमा कुनै पनि तलमाथि नभएको उल्लेख गर्नुभयो ।    
        
    यस्ता काम भए    
    कार्यकारी निर्देशक शाक्यका अनुसार पछिल्लो छ महिनाको अवधिमा देशकै ठूलो ढल्केबर सवस्टेशन सञ्चालनमा आएको छ । कूल ४०० केभी क्षमताको सवस्टेशन निर्माणमा यसअघिको व्यवस्थापनको ठूलो हात र मेहनत रहेको भन्दै उहाँले आवश्यक व्यवस्थापन एवं प्राविधिक तयारी गरेर सञ्चालनमा आएको बताउनुभयो ।    
        
     यस्तै, कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको चौथो युनिट सञ्चालनमा आएको छ । गत वैशाखमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि पेनस्टक पाइपको डिजाइनमा भएको परिवर्तन तथा अन्य प्राविधिक काम गर्न लामो समय लागेका कारण केही समय पर धकेलिएको हो । कूल ७६ मेगावाट क्षमताका चार वटा युनिटले हाल कूल ३०४ मेगावाट बिजुली उत्पादन गरेको छ । सो काममा समेत आफूले जस लिन नखोजेको भन्दै उहाँले यसअघिको व्यवस्थापनको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “आयोजना अन्तिम चरणमा पुगेर मात्रै पनि हुँदो रहेनछ । अनेकन प्राविधिक समस्या आउँदा रहेछन्, ती समस्या समाधान गरेर सञ्चालनमा ल्याएका छौँ । यो नै महत्वपूर्ण विषय हो भन्ने मेरो ठहर छ”, उहाँले भन्नुभयो ।    
        
    यस्तै, १३२ केभी क्षमताको ढल्केबर–खिम्ती प्रसारण लाइनलाई २२० केभीमा स्तरोन्नति गरिएको छ । खिम्ती–लामोसाँघु प्रसारण लाइनमा लुप मिलाइएका कारण तामाकोशीको बिजुली सहजै काठमाडौँ आउने वातावरण बनेको छ । सामान्य लुपमा परिवर्तन गर्दा मात्रै पनि गुणस्तरीय बिजुली उपभोक्ताले पाएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । “हेर्दा यो विषय सामान्य लाग्न सक्छ तर, देशभर नै बिजुली जाने समस्या समाधानमा यसले सहयोग गरेको छ ।”    
        
    उहाँले २२० केभी क्षमताको कुश्मा–दाना प्रसारण लाइन र १३२ केभी क्षमताको समुन्द्रटार–त्रिशूली प्रसारण लाइन सञ्चालनमा आएको तथ्याङ्कसमेत सो अवसरमा सुनाउनुभयो । यस्तै, प्राधिकरणले भारतका खुल्ला बजारबाट पहिलोपटक बिजुली आयात गरिएको र निर्यातका लागि समेत आवश्यक तयारी अन्तिम तयारी भएको भएको उहाँको भनाइ छ ।    
        
    सरकारले दिएको जिम्मेवारी स्वीकार छ    
    सरकारले कार्यकारी निर्देशकलाई राजीनामा दिन आग्रह गरेको भन्ने सन्दर्भमा पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “म नेपाल सरकारको कर्मचारी भएकाले आफूलाई दिइने जुनसुकै जिम्मेवारी स्वीकार गर्छु ।” उहाँले आफूलाई सरकारले उचित र क्षमताअनुसारको जिम्मेवारी दिनेसमेत विश्वास व्यक्त गर्नुभयो । “दोष देखाएर होइन, आवश्यकताका आधारमा जिम्मेवारी दिए, म त्यसलाई स्वीकार गर्छु । सरकारको निर्णय शिरोपर छ”, उहाँले भन्नुभयो ।

    आफूलाई सरकारले राजीनामा नमागेको, बरु वैकल्पिक व्यवस्थाका बारेमा सोधिएको बताउनुभयो । “सरकारले खटाएको ठाउँमा काम गर्न मलाई कुनै समस्या छैन । महामारीको समयमा प्राधिकरणमा बसेर काम गरेको छु । सरकारले दिने जिम्मेवारी स्वीकार गर्छु”, उहाँले भन्नुभयो ।    
        
     मङ्गलबार सरकारले कार्यकारी निर्देशक शाक्यको राजीनामा मागेको सूचना सार्वजनिक भएको थियो । सरकारले आफूलाई अन्याय नगर्ने विश्वास व्यक्त गर्दै उहाँले विकल्प दिएर खटाएमा म काम गर्न तयार छु । उहाँले एक्लै गएर स्थापना गरेको इनइए इञ्जिनीयरिङ कम्पनीले हाल ५०० मेगावाटदेखि २००० मेगावाट क्षमताका आयोजनाको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने क्षमता राख्ने जानकारी दिनुभयो ।रासस 


    श्रावण २०, २०७८ बुधवार २०:०७:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विद्युत प्राधिकरण
  • ताजा खबर