• Aug 01 2021 | २०७८, श्रावण १७गते

२०७८, श्रावण १७गते

सभापति शेरवहादुर देउवाद्वारा दु:ख व्यक्त

आषाढ ६ २०७८
  • 444
    SHARES
  • सभापति शेरवहादुर देउवाद्वारा दु:ख व्यक्त

    काठमाडौँ -पूर्वसञ्चार राज्यमन्त्री तथा सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर बिष्टको निधनप्रति सभापति शेरवहादुर देउवाले दु:ख व्यक्त गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत विष्टको निधनको खवरले निकै दु:खी भएको बताएका छन् । उनले विष्टको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन् । 

    उनले लेखेका छन् - 'पूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्टको निधनको खवरले निकै दुखी भएको छु। तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।'

    taptabahadur.jpg

    बिष्टको आइतबार बिहान कोरोनाभाइरसको संक्रमणबाट निधन भएको हो । एक महिनाअघि कोरोना संक्रमण पुष्टि भएका उनको ६० वर्षको उमेरमा मेडिसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

    विष्टले २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति भएर काम गरेका थिए । उनी पूर्व सञ्चार राज्यमन्त्री समेत भएका थिए ।

     


    आषाढ ६, २०७८ आइतवार १२:२१:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरवहादुर देउवा
  • अर्कोसमाचार

    माधवकुमार नेपाल किनारा लाग्दै

  • 444
    SHARES
  • माधवकुमार नेपाल किनारा लाग्दै

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अब आफ्नै पार्टीबाट औपचारिक रुपमा किनारा लाग्न थालेका छन् । लामो समयको आन्तरिक विवाद समाधानका अनेकौँ प्रयास असफल भएपछि नेता नेपाललाई अब नपर्खने मनस्थितिमा संस्थापन केपी शर्मा ओली पक्ष देखिएको छ । 

    सहमतिका लागि गरिएका हरेक प्रस्तावप्रति विमति जनाएका नेता नेपाल एमालेमै रहन नचाहेको स्वयं उनीपक्षीय नेताहरुले अनुभव गर्न थालेका छन् । 

    आफैंले बनाएको कार्यदलबीच गत असार २७ गते भएको १० बुँदे सहमतिप्रति नेता नेपालले असन्तुष्टि जनाए । तर, सो सहमतिलाई एमालेको बैठकले अनुमोदन गरेको छ । दोस्रो अध्यक्षमा सहमति गर्न संस्थापन पक्ष राजी भए पनि अन्ततः फेरि नेपाल पक्षले असहमति जनाएको छ । 

    सुरुवातमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान लिएको नेपाल समूह अहिले पार्टीलाई सोही अवस्था पु¥याउँदा फेरि माग थप्दै विवाद लम्ब्याइरहेको ओली समूहको बुझाइ छ । 

    विघटित कार्यदलका सदस्यको आग्रहमा शनिबार स्थगित स्थायी कमिटीको आज आइतबार बस्ने बैठकले महत्वपूर्ण निर्णय गरेर अघि बढ्नुपर्ने तर्क नेताहरुले गर्न थालेका छन् । 

    आफ्नै पार्टीविरुद्ध मतदान र गतिविधि गरेर हिँड्न समूहलाई पर्खेर पार्टीका अरु गतिविधिलाई प्रभाव पार्न नहुने पक्षमा संस्थापन पक्ष पुगेको छ । नेता नेपालले व्यवहार र राजनीतिक आचारणका कारण उनका समूहका नेताहरु ओली समूहमा फर्कन थालेका छन् । 

    नर्वाैं महाधिवेशनमा अध्यक्षबाट पराजित नेता नेपालले अहिले अध्यक्ष ओलीसरह अधिकार खोजेर पार्टी एकतालाई भाँड्न खोजेको एमालेका नेताहरुको आरोप छ । अब नेता नेपाललाई नपर्खने र उनको समूहका आउने नेताहरुलाई स्वागत गरेर पार्टीलाई गतिशील बनाउने पक्षमा अध्यक्ष ओली पनि पुगेका छन् । 

    यदी संस्थापन पक्षले नेपाल समूहलाई नपर्खने र पार्टीलाई गतिशील बनाउने हो भने माधवकुमार पक्षीय नेताहरु संस्थापनमा जानेछन् भने नेता नेपाल एमालेबाटै किनारा लाग्न सक्ने नेताहरुले बताउन थालेका छन् ।


    श्रावण १७, २०७८ आइतवार ११:३४:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • क्यानाडा नेपाल

    माओवादीले भने –माधव नेपाल समूहका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

  • 182
    SHARES
  • माओवादीले भने –माधव नेपाल समूहका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेको नेपाल समूहका कारण मौजुदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएको छ । 
    पार्टीको स्थायी कमिटीको बैठकपछि माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको खनाल–नेपाल समूहका कारण  मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका हुन् । 

    मन्त्रिपरिषद् विस्तारका लागि केही समय कुर्न नेपाल समूहले भनेको जानकारी दिँदै उनले गठबन्धनमा आवद्ध जसपाको आधिकारिकता विवादका कारण केही ढिलाइ भएको बताए । 

    तर, मन्त्रिपरिषद् विस्तार गर्न केही समय कुर्न भनेको नेपाल समूहले सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन भने सरकारमा सहभागी हुँदा दल त्यागको कारबाहीमा पर्ने भएकाले सो समूह अलमलमा परेको छ । 

    तर, कुनै अमूक दललाई सरकारमा सहभागी गराउने बाहनामा मुलुक सञ्चालनमा असर पार्न नहुने आवाज उठिरहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा ध्यान दिएका छैनन् । 

    तर, गठबन्धन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुनेमा निष्कर्षमा पुगेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनकाअनुसार अब एकदुई दिनमै मन्त्रिपरिषद् विस्तार हुनेछ । 

     


    श्रावण १७, २०७८ आइतवार १४:१३:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् विस्तार

  • क्यानाडा नेपाल

    ओलीको बैठकमा वामदेव गौतम सहभागी

  • 346
    SHARES
  • ओलीको बैठकमा वामदेव गौतम सहभागी

    काठमाडौं । नेकपा एमालेको जारी स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका छन् । ओली र माधवकुमार नेपाल समूहमा एमाले विभाजित भएको छ ।

    विवाद समाधान नभएको भन्दै अध्यक्ष ओलीले बोलाएको बैठकमा नेपाल समूहका नेताहरु सहभागी भएका छैनन् ।

    तर, नेपाल समूहलाई पार्टी फुटाए आफू सहभागी हुने बताएका उपाध्यक्ष गौतम भने ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । यसअघिका बैठकमा उनी अनुपस्थित थिए । 


    श्रावण १७, २०७८ आइतवार १६:५०:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • क्यानाडा नेपाल

    माधव नेपाल समूह सरकारमा नजाने, प्रचण्डले भने– अब मन्त्रिपरिषद्लाई पूर्णता दिऊँ  

  • 234
    SHARES
  • माधव नेपाल समूह सरकारमा नजाने, प्रचण्डले भने– अब मन्त्रिपरिषद्लाई पूर्णता दिऊँ  

    काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले अब मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएको छ । 

    पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएकाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएका हुन् । 

    नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना अहिलेका लागि टरेकाले अब मन्त्रिपरिषद् विस्तार गरेर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिएका हुन् । 

    व्यक्तिगत रुपमा नेपाल समूह सरकारमा सहभागी हुने अवस्था रहने र संस्थागत रुपमा पनि अहिले वातावरण नबनेकाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिन विलम्ब गर्न नहुने बताउँदै प्रचण्डले एमालेको एकता नै आफूहरुले पनि चाहेको बताए । 

    पछिल्लो समय पटक पटक माधवकुमार नेपाललाई भेटेर छलफल गर्दै आएका प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना नरहेको बैठकलाई जानकारी गराएका हुन् । 

    त्यस्तै माओवादीले सरकारमा सहभागी हुने नेताहरूको नामबारे सोमबार बस्ने बैठक टुङ्गो लगाउने भएको छ ।


    श्रावण १७, २०७८ आइतवार १७:३३:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    एमालेको स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने, डाकियो केन्द्रीय कमिटी बैठक 

  • 164
    SHARES
  • एमालेको स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने, डाकियो केन्द्रीय कमिटी बैठक 

    काठमाडौं । नेकपा एमालेले आउँदो असोज ९ गतेभित्र स्थानीय तहको अधिवेशन सक्न निर्देशन दिएको छ ।

    आइतबार बसेको स्थायी कमिटी बैठकले आउँदो असोज ९ गतेभित्र अधिवेशन सक्न मुलुकभरका सबै पालिकाहरुलाई निर्देशन दिएको हो । 

    बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महासचिव ईश्वर पोखरेलले दिएको जानकारीअनुसार आइतबारको बैठकले असोज ९ सम्म पालिकास्तरको अधिवेशन सक्ने निर्णय भएको हो । 

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले यही साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको उनले जानकारी दिए । 


    श्रावण १७, २०७८ आइतवार १८:०८:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले
  • # अधिवेशन

  • क्यानाडा नेपाल

    प्रचण्डको नियति : पहिले बालुवाटार धाउँथे अहिले कोटेश्वर 

  • 264
    SHARES
  • प्रचण्डको नियति : पहिले बालुवाटार धाउँथे अहिले कोटेश्वर 

    काठमाडौं । दोस्रो जनआन्दोलनसँगै शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि मुलुकको राजनीति डेढ दशकदेखि घुमिरहेको छ । उनी सत्तामा रहँदा हुन् वा सरकार बाहिर रहँदा किन नहोस्, राजनीतिक निर्णायक विन्दुमा रहँदै आएका छन् । 

    मुलुकको राजनीतिको उत्तरचढापमा उनको भूमिका र सक्रियताले प्रचण्डलाई सधैं चर्चामा ल्याइरह्यो । अस्थिर, भावुक र स्पष्ट वक्ताको रुपमा परिचय बनाएका प्रचण्डको प्रवृत्ति दलहरुलाई धोका दिने रहेको टिप्पणी पनि हुने गरेको छ । 

    पछिल्लो केही वर्षयता मुलुकको राजनीतिकको केन्द्रविन्दुमा प्रचण्ड देखिँदै आएका छन् । एमाले र माओवादी केन्द्रलाई एकता नेकपा गठन गरे। जसलाई स्वीकारेर जनताले २०७४ सालमा भएको निर्वाचनमार्फत उनीहरुलाई दुई तिहाइ नजिक बहुमत पनि दिए । 

    तर, तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको टकरावका कारण आन्तरिक विवाद सुरु भयो । नेकपामा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भयो । 

    पार्टीको विवाद समाधान गर्ने बाहनामा दैनिकजसो खुमलटारबाट प्रचण्डको यात्रा बालुवाटारसम्म हुन्थ्यो । ओलीलाई भेट्न भन्दै प्रचण्ड दैनिकजसो बालुवाटार धाउँथे । तर, नेकपा खारेज भयो, एमाले र माओवादी केन्द्र ब्यूँतियो । यसपछि प्रचण्डको बालुवाटार धाउने काम पनि बन्द भयो । 

    तर, एमाले आन्तरिक विवादमा फसिरहेको छ । एमाले ओली र नेपाल समूहमा विभाजित भएको छ । नेपाल समूह प्रचण्डसँग नजिक छ । प्रचण्डकै डिजाइनअनुसार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल परिचालित भएको ओली समूहको आरोप छ । ओलीलाई सत्ताच्यूत गर्न प्रचण्ड र नेता नेपालले कांग्रेसलाई साथ दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । 

    कांग्रेस, माओवादी, जसपा, एमालेको नेपाल समूह, राष्ट्रिय जनमोर्चा आवद्ध गठबन्धनको अहिलेको सरकारमा नेपाल समूहलाई सहभागी गराउन प्रचण्ड सक्रिय रहँदै आएका छन् । 

    प्रचण्ड कोटेश्वरको तारेख

    देउवा सरकारमा नेपाल समूहलाई सहभागी गराउन प्रचण्ड दैनिकरुपमा माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर धाउने गरेका छन् । आजै आइतबार पनि प्रचण्ड कोटेश्वर पुगेका थिए ।

    पहिले नेकपाको आन्तरिक विवाद समाधान गर्न भन्दै प्रचण्ड ओलीलाई भेट्न बालुवाटार धाउने गरेका थिए । अहिले यसलाई बिर्साउने गरी प्रचण्ड कोटेश्वर धाउन थालेका छन् । 

    पछिल्लो केही हप्ताको मात्रै हेर्ने हो भने पनि प्रचण्ड केही दिन बिराएर कोटेश्वर पुगेका छन् । गत असार २२, २६ र साउन २, १२, १४, १७ गते उनी माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेको यो प्रतिनिधि गतेहरु मात्रै हुन् । 


    श्रावण १७, २०७८ आइतवार १९:३३:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • क्यानाडा नेपाल