• Aug 01 2021 | २०७८, श्रावण १७गते

२०७८, श्रावण १७गते

बाढी पीडितको लागि करिश्मा मानन्धरको एक लाख सहयोग

आषाढ ६ २०७८
  • 830
    SHARES
  • बाढी पीडितको लागि करिश्मा मानन्धरको एक लाख सहयोग

    काठमाडौं - बाढी र पहिरोका कारण सिन्धुपाल्चोकका हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्रमा ठुलो क्षति भएको छ । 

    यस्तो अवस्थामा बाढी पीडितको सहयोगको लागि कलाकारहरु पनि जुटेका छन् । अभिनेत्री करिश्मा मानन्धरले पनि सिन्धुपाल्चोकका बाढी पीडितलाई आफुले सहयोग गर्ने घोषणा गरेकी छिन् । 

    200442613_10223727889317956_5119115644458752738_n.jpg

    मेलम्चीको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणका लागि आर्थिक सहायता जुटाउन सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा समिति गठन गरेको छ । बाढी पीडितको सहयोगको लागि समिति गठन भएपछि आइतबार सामाजिक सञ्जालमार्फत मानन्धरले आफुले एक लाख रुपैया सहयोग गर्ने बताएकी छिन् । 
      
    उनले सबै कलाकारहरुको तर्फबाट आआफुले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निधो भएकाले आफुले एक लाख सहगोग गर्ने निधो गरेको बताएकी छिन् । 

    199566688_10223727889997973_505050842580925178_n.jpg

    उनले लेखेकी छिन् - हिजो भएको मिटिङ अनुसार आदरणीय दाइ कृष्ण मल्लको संयोजनमा 10 गते सबै कलाकारहरुको तर्फबाट आ-अफुले सक्ने सहयोग संबंधित निकायलाई हस्तान्तरण गरिने निधो भयेकोले सम्पूर्ण कलाकार साथीहरूलाई यो जानकारी गराए । अहिले कोरोनाको मारामारिको यो अवस्थामा यो नै सुरक्षित उपाय हो । साथै उठेको रकमले कमसेकम वाहाहरुलाइ वर्षा को यो मौसममा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस् । मेरो तर्फबाट रु, 100000 उपलब्ध गराउने जानकारी गराउन चाहान्छु  । यो समस्या भनेको सहभागी मुलक तरिकाबाट मात्रै समाधान हुने समस्या हो ।  सबैले सकेको सहयोग गरौ । 10 गतेको भेनु मल्ल दाइले जानकारी गराउनु हुनेछ् ।


    आषाढ ६, २०७८ आइतवार १४:०७:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करिश्मा मानन्धर
  • अर्कोसमाचार

    चलचित्रको छायांकनको क्रममा बिराज भट्ट घाइते

    श्रावण १२

  • 616
    SHARES
  • चलचित्रको छायांकनको क्रममा बिराज भट्ट घाइते

    काठमाडौं - चर्चित अभिनेता बिराज भट्ट घाइते भएका छन् । चलचित्रको एक्सन स्टन्टको क्रममा बिराज भट्टको बाँया खुट्टामा चोट लागेको छ ।  

    उनलाई भोजपुरी चलचित्र 'आक्रोश' को छायांकनको क्रममा चोट लागेको हो । खुट्टामा चोट लागेर रगत जमेकोले डाक्टरले दुई साता आराम गर्न भनेको बताइएको छ । 

    सन्दिप सिंहले निर्देशन गरिरहेको यस चलचित्रको भारतको लखनउमा छायांकन भइरहेको थियो । बिराज घाइते भएपछि चलचित्रको छायाँकन पनि रोकिएको छ । 

    चलचित्रको छायाँकल अहिलेसम्म ४० प्रतिशत सकिएको छ । यस चलचित्रमा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय रहेको छ ।  

     
     


    श्रावण १२, २०७८ मंगलवार १२:२३:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिराज भट्ट
  • धुर्मुस-सुन्तलीको नयाँ फिल्म  ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक (भिडियो)

    श्रावण १३

  • 568
    SHARES
  • धुर्मुस-सुन्तलीको नयाँ फिल्म  ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक (भिडियो)

    काठमाडौं - फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । हास्यकलाकार सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' को मूख्य भूमिका रहेको यस फिल्मको ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भएको हो । 

    ट्रेलरमा धुर्मुस र सुन्तलीको बैबाहिक जीवनमा आउने उचाव-चढाव देखाइएको छ । धुर्मुस-सुन्तलीकै लेखन र निर्देशन रहेको यस फिल्ममा धुर्मुस र सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय रहेको छ । 

    फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मुभी’ मा रिलिज हुनेछ । यसअघि धुर्मुस-सुन्तली को फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शन भएको थियो । यस फिल्मले दर्शकको निकै माया पाएको थियो । 

     
     


    श्रावण १३, २०७८ बुधवार १८:३५:४८ बजे : प्रकाशित

    १ वर्ष पनि टिकेन मिया खलिफाको वैवाहिक जीवन

    श्रावण १४

  • 1.1K
    SHARES
  • १ वर्ष पनि टिकेन मिया खलिफाको वैवाहिक जीवन

    काठमाडौं - लेबनानी मूलकी अमेरिकन पोर्न स्टार मिया खलिफा विभिन्न कारणले चर्चामा आइरहने गर्छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी मिया का धेरै फ्यानहरु छन् ।  

    अक्टोबर २०१४ मा अश्लील चलचित्रमा अभिनय गरेपछि चर्चामा आएकी खलिफाको विवाह पनि लामो समय टिक्न सकेन । उनको विवाह भएको १ बर्षमै सम्बन्धविच्छेद भयो । उनले हालै पति रोकर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गरेकी हुन् । 

    miya khal.jpg

    २०१९ मा इंगेजमेन्ट गरेका उनीहरुले हालै आफुहरुको सम्बन्ध बिग्रिएको घोषणा गरे । खलिफाले पनि सामाजिक सञ्जालमार्फत आफुहरुको सम्बन्धविच्छेद भएको जानकारी गराएकी छिन् । 

    उनले आफुहरुले सम्बन्धलाई सफल बनाउन सक्दो प्रयास गरेको भए पनि सफल हुन नसकेको बताएकी छिन् । उनले लेखेकी छिन् - 'हामी आत्मविश्वासका साथ भन्न सक्छौं कि हामीले हाम्रो विवाहलाई सफल बनाउन सक्दो प्रयास गर्यौं । एक वर्षको प्रयासपछि हामीले आफ्नो बाटो अलग बनाउँदैछौं । हामीले एक अर्कालाई माया र इज्जत गर्नेछौं । हामी यो च्याप्टरलाई कुनै पछुतोबिना बन्द गर्दैछौं ।'

    ad.PNG


    श्रावण १४, २०७८ बिहिवार १४:२९:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मिया खलिफा
  • नेपाली अभिनेत्री उरुषा पाण्डेले पाइन् भारतमा ‘लेजेण्ड दादासाहेक फाल्के अवार्ड’ 

    श्रावण १४

  • 632
    SHARES
  • नेपाली अभिनेत्री उरुषा पाण्डेले पाइन् भारतमा ‘लेजेण्ड दादासाहेक फाल्के अवार्ड’ 

    काठमाडौं - नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे भारतमा  ‘लेजेण्ड दादासाहेक फाल्के अवार्ड’ बाट सम्मानित भएकी छिन् । 

    भारतीय फिल्मका पिताको रुपमा चिनिने दादासाहेब फाल्केको नामबाट दिइने यस अवार्ड भारतकै उत्कृष्ट सम्मान मानिन्छ । 

    usha panday.jpg

    उनलाई दादासाहेक फाल्केका नाती चन्द्रशेखर पुसाल्करले  ‘लेजेण्ड दादासाहेक फाल्के अवार्ड’ बाट सम्मानित गरेका हुन् । आफु लेजेण्ड दादासाहेक फाल्के अवार्डबाट सम्मानित भएको बारे उरुषाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । 

    उरुषाले पछिल्लो केही वर्षदेखि मुम्बईमा बसेर हिन्दी फिल्म, वेब सीरीज, विज्ञापन तथा म्युजिक भिडियोहरुमा अभिनय गरिरहेकी छिन् । 
     


    श्रावण १४, २०७८ बिहिवार २१:१६:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उरुषा पाण्डे
  • दी भ्वाइस अफ नेपालको अन्तिम ४ मा को को छानिए ? को को बाहिरिए  ?

    श्रावण १६

  • 362
    SHARES
  • दी भ्वाइस अफ नेपालको अन्तिम ४ मा को को छानिए ? को को बाहिरिए  ?

    काठमाडौं - चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को शुक्रबार सेमी फाइनल सम्पन्न भएको छ । शुक्रबार हिमालय टेलिभिजनबाट प्रसारण भएको भ्वाइस अफको अन्तिम चारमा  किरण गजमेर, आर्यन तामाङ, तारा श्रीस मगर र ज्वाला राई प्रबेश गरेका छन् । 

    उनीहरु भोटका आधारमा छनोट भएका हुन् । तारा टीम राजुबाट हुन् भने ज्वाला टीम तृष्णाबाट हुन् । यस्तै किरण टीम प्रमोदबाट र आर्यन टीम दीपबाट हुन् । 

    यस्तै भ्वाइस अफबाट ४ जना प्रतियोगी बाहिरिएका छन् । बाहिरिनेमा टीम दीपबाट गोविन पुन, टीम तृष्णाबाट अफ्रिता खड्गी, टीम प्रमोदबाट रवीन गहतराज र टीम राजुबाट सोनाम शेर्पा रहेका छन् । 

     


    श्रावण १६, २०७८ शनिवार ११:००:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दी भ्वाइस अफ नेपाल
  • टिकटकमा डोयट गर्दा मायामा डुबे सुधिर र गीता (भिडियो)

  • 464
    SHARES
  • टिकटकमा डोयट गर्दा मायामा डुबे सुधिर र गीता (भिडियो)

    काठमाडौं। अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

    टिकटकबाट चर्चामा आएका दुई कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगाना भिडियोमा फिचर छन् । टिकटकमा डोयट गर्ने क्रममा नजिक भएको जोडीको प्रेमलाई भिडियोमा उतारिएको छ । भिडियोमा सुधिर र गीताको केमेस्ट्री सुहाएको देखिन्छ ।

    सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अरुण थापा मगरद्वारा निर्मित भिडियोका सह-निर्माता आर्यन कार्की हुन् । अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । यो ब्यानरले निर्माण गरेको चलचित्र ‘गणपति’ प्रदर्शनको पखाईमा रहेको छ ।

    यूट्युबमा रिलिज भएसँगै ‘जाउँन कान्छी जाउँ’ गीतलाई दर्शकले रुचाएका छन् । गायक अनिस अधिकारीले गीतको अडियो अनुसार भिडियो तयार भएकोमा खुसी व्यक्त गरे । भिडियोमा सुधिर र गीतको नृत्यले दर्शकको ध्यान खिच्छ । निर्माण टिमले भिडियोको मेकिङमा विशेष ध्यान दिएको छ ।


    श्रावण १६, २०७८ शनिवार २१:०५:०८ बजे : प्रकाशित


    क्यानाडा नेपाल