• Aug 05 2021 | २०७८, श्रावण २१गते

२०७८, श्रावण २१गते

राष्ट्रिय धान दिवस,  रोपाइँ गर्नेदेखि हिलो छ्यापाछ्याप गरेर मनाइयो (फोटो/भिडिओ)

बिकाश बखुन्छेँ आषाढ १५ २०७८
  • 2.4K
    SHARES
  • राष्ट्रिय धान दिवस,  रोपाइँ गर्नेदेखि हिलो छ्यापाछ्याप गरेर मनाइयो (फोटो/भिडिओ)

    काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा मंगलबार विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर मनाइएको छ ।

    किसानको समस्या समाधानमा सम्बन्धित् निकाय निकायको ध्यानाकर्षण गराउने कार्यसमेत भएको छ । सरकारी तथा गैरसरकारी संघ संस्थाहरु किसानमाझ पुुगेर धान रोपेर धान दिवस मनाएका छन् । 

    सोही क्रममा राष्ट्रिय युवा संघ नेपालले पनि भक्तपुरमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाएको छ । नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा युवा संघले धान दिवस मनाएको हो ।

    6.jpg

    मुलुकभर भित्र कारखाना नबनेसम्म मल आयात गरेर मल अभावको समस्या समाधान गर्न सरकार लागि परेको उनले जानकारी दिए । 

    2.jpg

    कृषिमा आधुनिकरण, कृषि उपजको बजारको सहजता र उचित मूल्यको व्यवस्था गर्न सरकार गम्भीर भएर अघि बढेको जानकारी दिएका पूर्वमन्त्री ज्ञवालीले सरकारी अधिकारी तथा नेताहरु नीति निर्माणमात्रै नभएर किसानमाझ आएर कर्म पनि गर्नुपर्नेमा जोड दिए । 

    5.jpg

    युवा संघले आयोजना गरेको सो कार्यक्रममा कलाकार, खेलाडीसहितको उपस्थिति थियो । गायक गायिकाहरुले गीत गाएर माहौललाई तताएका थिए भने सहभागीहरु एकअर्कालाई हिलो छ्यापाछ्या गर्दै धान रोपेर रमाइलो गरेका थिए । 

    15.jpg

    17.jpg

    14.jpg

    16.jpg

    7.jpg

    10.jpg9.jpg

    18.jpg

    20.jpg

    23.jpg

    22.jpg

    89.jpg

    24.jpg

    फोटो/भिडिओ : बिकाश बखुन्छेँ


    आषाढ १५, २०७८ मंगलवार १८:५२:४८ बजे : प्रकाशित

    अर्कोसमाचार

    धनी देशले कोभिड खोप दान नगरे खेर जान सक्ने यूनिसेफको चेतावनी 

    बीबीसी

    जेठ २५

  • 824
    SHARES
  • धनी देशले कोभिड खोप दान नगरे खेर जान सक्ने यूनिसेफको चेतावनी 

    काठमाडौँ।  आर्थिक रूपमा समृद्ध राष्ट्रहरूले तुलनात्मक रूपमा विपन्न राष्ट्रहरूमा एकै पटक ठूलो मात्रा बाँकी रहेका खोप पठाए लाखौँ मात्रा खोप खेर जानसक्ने संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ)ले चेतावनी दिएको छ।

    आर्थिक रूपमा कमजोर राष्ट्रहरूसँग एकै पटक ती खोप प्रयोगमा ल्याउनका लागि श्रोतको अभाव रहेका कारण क्रमिक रूपमा खोप उपलब्ध गराइनुपर्ने यूनिसेफले जनाएको छ। यूके सहित अन्य केही मुलुकहरूले आफूसँग मौज्दात रहेको बाँकी खोप दिने वाचा गरेका छन्। तर उनीहरूलाई अलि अगावै खोप दिन आग्रह गरिएको छ। बीली आएलीस र डेभिड बेकम जस्ता प्रख्यात व्यक्तित्वहरूले यूनिसेफको आग्रहमा समर्थन जनाएका छन्।

    उनीहरूले जी७ भनेर चिनिने विश्वका महत्त्वपूर्ण सात अर्थतन्त्रहरूलाई हस्ताक्षर सहितको पत्र पठाएका छन् जसमा यूके सहितका राष्ट्रहरूलाई उनीहरूसँग रहेको २० प्रतिशत खोप अगस्ट महिनासम्ममा दिइसक्न आग्रह गरिएको छ।

    ''सबैतिर यो महामारी नरोकिएसम्म कहीँ पनि रोकिँदैन,'' बेकमले भने। पत्रमा हस्ताक्षर गर्ने अन्य ख्यातिप्राप्त व्यक्तित्वहरूमा यान्डी मरी, एलीभीया कोलमन, युएन मगग्रेग, लिएम पेन, प्रियङ्का चोपडा जोनस, ओल्यान्डो ब्लुम, केटी प्यारी, जेमा च्यान, उपी गोल्डबर्ग, क्लोडिया सीफर र क्रिस होए छन्।

    यूनिसेफमा खोप सम्बन्धी विषयको नेतृत्व गरिरहेकी लीली कप्रानीले बीबीसी न्यूजनाइटसँग कुरा गर्दै राष्ट्रहरूले विश्वका अन्य मुलुक सँगसँगै आफ्ना देशवाशिहरूलाई खोप दिनुपर्ने बताइन्।

    ''कुनै न कुनै विन्दुमा हामीले १८ वर्ष भन्दा मुनिका मानिसहरूलाई खोप दिनुपर्ने हुन्छ। यसमा कुनै दुबिधा छैन,'' उनले भनिन्। ''तर यस बेलाको प्राथमिकता विश्वभरका कमजोर तथा प्राथमिकतामा राखिएका मानिसहरूले खोप पाउन भन्ने हुनुपर्छ।''

    ''त्यस कारण हामीले यूके र अन्य जी७ राष्ट्रहरूलाई आफ्नो देशमा खोप कार्यक्रम जारी राख्दै निम्न आय भएका देशहरूलाई दान गर्न भनिरहेका छौँ।'' तर गत हप्ता ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककले यूकेको प्राथमिकतामा अन्य देशहरूमा खोप पठाउने भन्दा पनि आफ्नो देशका बालबालिकाहरूलाई उपलब्ध गराउने रहेको बताएका थिए।

    अन्य देशहरू भन्दा फरक यूकेले कोभ्याक्सलाई खोपको कति मात्रा दिने छ भन्ने योजना खुलाएको छैन। यूकेले आफूसँग रहेको अतिरिक्त मात्रा उपलब्ध गराउने मात्रै भनेको छ। ख्याति कमाएका व्यक्तित्वहरूले यूनिसेफले आर्थिक रूपमा विपन्न राष्ट्रहरूमा खोप दिइरहेको तर ऊसँग आवश्यकता भन्दा १९ करोड मात्रा कम रहेको आफ्नो पत्रमा उल्लेख गरेका छन्।

    यूकेले विभिन्न खोपको ४० करोड मात्रा मगाइसकेको छ। उसले आफ्नो जनसङ्ख्याको ठूलो हिस्सालाई खोप उपलब्ध गराइसकेको छ। तर केही देशहरूले भने हालसम्म पनि खोपको पहिलो ढुवानीको प्रतीक्षा गरिरहेका छन्। धेरै गरिब राष्ट्रहरू कोभ्याक्सबाट प्राप्त हुने खोपमा भर परिरहेका छन्। केही राष्ट्रहरूले यो वर्षको अन्त्य सम्ममा खोप दिने वाचा गरेका छन् तर विश्व स्वास्थ्य सङ्गठनले उनीहरूलाई आफूसँग रहेको खोप तत्काल बाँड्न सुरु गर्न भनेको छ।


    जेठ २५, २०७८ मंगलवार १८:३४:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # यूनिसेफ
  • # कोभिड खोप

  • बीबीसी

    के नेपाल सरकारले 'कोरोनिल किट'माथि प्रतिबन्ध लगाएको हो 

    बीबीसी

    जेठ २६

  • 808
    SHARES
  • के नेपाल सरकारले 'कोरोनिल किट'माथि प्रतिबन्ध लगाएको हो 

    काठमाडौँ। भारतीय योगगुरु तथा व्यापारी रामदेवको कम्पनी पतञ्जली योगपीठले बनाएको कोरोनिल किटलाई लिएर नेपालमा केही दिनयता चर्चापरिचर्चा भइरहेको छ। सो कम्पनीले प्रदान गरेको कोरोनिल किट गत साता तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सहयोगस्वरूप लिएपछि त्यसबारे बहस सुरु भएको हो।

    विश्व स्वास्थ्य सङ्गठनले मान्यता नदिएको र नेपालकै नियामक निकायले स्वीकृति दिन बाँकी रहेको औषधि लिएको भन्दै सरकारी कदमको धेरैले आलोचना गरिरहेका छन्। त्यसबारे मन्त्रालयको तर्फबाट अहिलेसम्म औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरिएको छैन।

    नेपालमा किन चर्चा ?

    पतञ्जली योगपीठको तर्फबाट सङ्घीय राजधानी काठमाण्डूमा गत बिहीवार तत्कालीन मन्त्री त्रिपाठीलाई कोरोनिल किट भएका ५० वटा कार्टुन हस्तान्तरण गरिएको थियो। सहयोग स्वरूप प्राप्त ती आयुर्वेदिक औषधिलाई मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग पठायो।

    विभागका सूचना अधिकारी डा. मुनकर्ण थापाले बताएअनुसार त्यसमा कोरोनिल ट्याब्लेट, स्वासारी ट्याब्लेट र नाकमा हाल्ने तेल गरी १,५००-१,६०० थान औषधि छन्। ती औषधिलाई प्रयोगका लागि भने कतै वितरण नगरिएको उनले बताए।

    के नेपालले प्रतिबन्ध लगाएको हो ?

    नेपालमा कुनै पनि औषधि विक्री-वितरण गर्नुअघि सम्बन्धित निर्माण कम्पनी अथवा आयातकर्ताले औषधि व्यवस्था विभागमा दर्ता गराई अनुमति लिनुपर्ने व्यवस्था छ। विभागका सूचना अधिकारी सन्तोष केसीले बताएअनुसार पतञ्जलीको कोरोनिल किट हालसम्म दर्ता भएको छैन।

    "कोरोनिल किटबाहेक पतञ्जलीका अरू केही उत्पादन दर्ताका लागि हालै हामीकहाँ आवेदन परेको छ। केही अपुग कागजात हामीले माग गरेका छौँ, अनुमति चाहिँ दिइसकेका छैनौँ," केसीले बीबीसीसँग बुधवार भने।

    ती औषधि उत्पादनका लागि सम्बन्धित देशको नियामक निकायले अनुमति दिइनुका आधार लगायतका पक्ष आफूहरूले हेर्न चाहेको उनले बताए। कोरोनिल किटले नेपालमा अनुमति पाउँछ वा पाउँदैन भन्ने जिज्ञासामा केसीले भने, "त्यसले अनुमति पाउँछ अथवा पाउँदैन भन्नेबारे अहिले नै केही भन्न सकिन्न।"

    विभागका प्रक्रियाहरू पूरा भई नसकेकाले आफूहरूले अहिले कोरोनिल किटको वितरण रोकेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग सूचना अधिकारी थापाले बताए।

    "कोभिड खोपहरूको हकमा औषधि व्यवस्था विभागको अनुमति चाहिए जस्तै यसमा पनि स्वीकृति चाहिने भएकोले तत्कालका लागि हामीले वितरणमा रोक लगाएका हौँ। प्रतिबन्ध अथवा अरू त्यस्तो केही होइन," थापाले स्पष्ट पारे। यद्यपि कोरोनिल किटको प्रयोगले कोभिड-१९ निको हुने अथवा नलाग्ने रूपमा नबुझ्न उनले आग्रह गरे।

    स्वास्थ्य मन्त्रालय के भन्छ ?

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पतञ्जलीबाट प्राप्त कोरोनिल किट 'यथास्थिति'मै रहेको बताए। "त्यो यथास्थितिमै छ। हामीले प्रतिबन्ध लगाउने वा प्रयोग गर्ने निर्णय गर्ने होइन। त्यो त औषधि व्यवस्था विभागले गर्ने हो," उनले थपे।

    आवश्यक परामर्शविनै अनुमति नदिइएको औषधि लिने काम उच्च तहबाट गरिएकोले स्वास्थ्य अधिकारीहरू त्यो कदमबारे खुलेर बोल्न नचाहेको कतिपयले बताउने गरेका छन्।

    पतञ्जलीले के भन्दै आएको छ ?

    बीबीसी रीआलिटी चेकका अनुसार पहिलो पटक सन् २०२० को जून महिनामा कोरोनिल किटले कोभिड-१९ को "निदान गर्ने" भन्दै त्यसको प्रवर्द्धनमा योगगुरु रामदेव देखिएका थिए। तर निदानको रूपमा त्यसले काम गरेको कुनै प्रमाण नदेखिएको भन्दै भारत सरकारले हस्तक्षेप गरेपछि कम्पनीले त्यसको बजारीकरण बन्द गर्नु परेको थियो।

    यद्यपि "इम्यूनिटी बुस्टर" को रूपमा चाहिँ कम्पनीले त्यसलाई विक्री गर्न सक्ने सरकारले भन्यो। गत फेब्रुअरी १९ तारिखमा पतञ्जलीले भारतको केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्द्धनको उपस्थितिमा अर्को कार्यक्रम गर्‍यो जहाँ उसले कोरोनिल किटले कोभिड-१९ बाट जोगाउने र त्यसलाई निको पार्ने आफ्नो दाबी दोहोर्‍यायो।

    तर "अवैज्ञानिक औषधि" को प्रवर्द्धनमा स्वास्थ्यमन्त्री नै सहभागी भएको भन्दै भारतीय चिकित्सकहरूको सबैभन्दा ठूलो सङ्गठन इन्डिअन मेडिकल एसोसिएशनले चर्को आलोचना गरेको थियो।


    जेठ २६, २०७८ बुधवार १७:५३:२४ बजे : प्रकाशित

    खोप लगाएपछि वृद्धले भने, “अब बाँचिन्छ होला नि”

  • 710
    SHARES
  • खोप लगाएपछि वृद्धले भने, “अब बाँचिन्छ होला नि”

    बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका थिए त कोही घर फर्किने तरखरमा देखिन्थे । 

    “खोप लगाइसकेपछि कस्तो लागिरहेको छ रु” भनेर सोध्दा फुङलिङ नगरपालिका–२ का ८० वर्षीय टीकाराम गुरुङको जवाफ थियो, “कस्तो लाग्छ र, अब बाँचिन्छ होला नि, खोप लगाइहालियो, राम्रै त होला ।” यतिकैमा उनीसँगै बसेका ८१ वर्षीय डम्बर गुरुङले भने, “खोप लगाउन पाइयो, मनमा सन्तोक भयो, अब बिरामले भेट्दैन होला ।” 


    फुङलिङ–४ की ८४ वर्षीया सुकरानी लिम्बूले पनि खोप लगाएपछि आफूलाई ढुक्क लागेको बताइन्। “खोप लगाएपछि ढुक्क लागिरहेको छ, अब त बाँचिएला नि त, खोप लाएपछि कोरोना आउँदैन भन्छन्”, उनले भनिन् । यसरी उहाँहरु मात्रै नभई खोप लगाएका सबै वृद्धवृद्धाले ढुक्क लागेको भन्दै सङ्क्रमणले नभेट्ने विश्वास भएको बताए । 


    ताप्लेजुङमा बुधबार वृद्धवृद्धासहित २८६ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल पहिलो खोप लगाएका छन् । वृद्धवृद्धा, सुरक्षाकर्मी, पहिलो चरणमा छुटेका सञ्चारकर्मीलगायतले खोप लगाएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिए । आज पनि जिल्ला अस्पतालको खोप केन्द्रबाट खोप लगाइने उनको भनाइ छ । 

    खरेलका अनुसार आइतबार फुङलिङ नगरपालिकाअन्र्तगतका दोखु, फुरुम्बू, हाङ्देवा र फावाखोलामा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रम छ । यो पटक ताप्लेजुङमा एक हजार ८५१ जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । 

    चीनसँगको सीमा जोडिएका क्षेत्रका बासिन्दालाई समेत भेरोसेल खोप लगाउने भनिए पनि तत्कालका लागि त्यहाँका सबैलाई नपुग्ने देखिएको जनाइएको छ । 

    खोपको मात्रा नपुग्ने भएपछि कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयमा थप मात्रा माग गर्ने निर्णय गरेको बताइएको छ । यहाँ १४ हजार २०४ ले पहिलो कोभिडसिल्डको खोप लगाएका छन् । पहिलो र दोस्रो दुवै मात्रा लगाउने ९७८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस


    जेठ २७, २०७८ बिहिवार १६:५३:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    पूर्वमन्त्री प्रभु साह सहभागी कार्यक्रममा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार  

  • 1.2K
    SHARES
  • पूर्वमन्त्री प्रभु साह सहभागी कार्यक्रममा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार  

    रौतहट । रौतहटमा पूर्वमन्त्री प्रभु साह सहभागी भएको कार्यक्रममा झडप भएको छ । बिहीबार मौलापुर नगरपालिकाको पाँचौँ नगरसभा भइरहँदा  प्रभु साह पक्ष र विपक्षी दलका कार्यकर्ताबीच झडप भएको हो ।

    झडपको स्थितिलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । माओवादी त्यागेर एमालेमा प्रवेश गरेका साहकी श्रीमती रिनाकुमारी साह मौलापुर नगरपालिकाकी मेयर हुन् ।  

    नगरपालिकामा अनियमितता भएको भन्दै विपक्षी दलका नेताहरुले विरोध प्रदर्शन गरेपछि दोहोरो झडप भएको हो । 

    नगर सभामा बजेट पेश गर्ने क्रममा विपक्षी दलहरुको विरोध भएपछि झडप भएको हो । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । 


    आषाढ १०, २०७८ बिहिवार १३:५३:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रभु साह
  • # झडप

  • क्यानाडा नेपाल

    राष्ट्रिय धान दिवस,  रोपाइँ गर्नेदेखि हिलो छ्यापाछ्याप गरेर मनाइयो (फोटो/भिडिओ)

  • 2.4K
    SHARES
  • राष्ट्रिय धान दिवस,  रोपाइँ गर्नेदेखि हिलो छ्यापाछ्याप गरेर मनाइयो (फोटो/भिडिओ)

    काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा मंगलबार विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर मनाइएको छ ।

    किसानको समस्या समाधानमा सम्बन्धित् निकाय निकायको ध्यानाकर्षण गराउने कार्यसमेत भएको छ । सरकारी तथा गैरसरकारी संघ संस्थाहरु किसानमाझ पुुगेर धान रोपेर धान दिवस मनाएका छन् । 

    सोही क्रममा राष्ट्रिय युवा संघ नेपालले पनि भक्तपुरमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाएको छ । नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा युवा संघले धान दिवस मनाएको हो ।

    6.jpg

    मुलुकभर भित्र कारखाना नबनेसम्म मल आयात गरेर मल अभावको समस्या समाधान गर्न सरकार लागि परेको उनले जानकारी दिए । 

    2.jpg

    कृषिमा आधुनिकरण, कृषि उपजको बजारको सहजता र उचित मूल्यको व्यवस्था गर्न सरकार गम्भीर भएर अघि बढेको जानकारी दिएका पूर्वमन्त्री ज्ञवालीले सरकारी अधिकारी तथा नेताहरु नीति निर्माणमात्रै नभएर किसानमाझ आएर कर्म पनि गर्नुपर्नेमा जोड दिए । 

    5.jpg

    युवा संघले आयोजना गरेको सो कार्यक्रममा कलाकार, खेलाडीसहितको उपस्थिति थियो । गायक गायिकाहरुले गीत गाएर माहौललाई तताएका थिए भने सहभागीहरु एकअर्कालाई हिलो छ्यापाछ्या गर्दै धान रोपेर रमाइलो गरेका थिए । 

    15.jpg

    17.jpg

    14.jpg

    16.jpg

    7.jpg

    10.jpg9.jpg

    18.jpg

    20.jpg

    23.jpg

    22.jpg

    89.jpg

    24.jpg

    फोटो/भिडिओ : बिकाश बखुन्छेँ


    आषाढ १५, २०७८ मंगलवार १८:५२:४८ बजे : प्रकाशित

    गरीबको पेटमा लात हानेको महानगरले सरकारी जग्गामा  बनाएको अक्सिटेन्टल स्कुलको भवन कहिले भत्काउँछ ?

  • 710
    SHARES
  • गरीबको पेटमा लात हानेको महानगरले सरकारी जग्गामा  बनाएको अक्सिटेन्टल स्कुलको भवन कहिले भत्काउँछ ?

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको दोस्रो लहर चरम अवस्थामा पुुगेका बेला कोभिड–१९विरुद्धको खोप आयातमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मुलुकका समकक्षीहरुलाई फोनवार्ता र पत्राचारमार्फत सहजीकरण गरिदिन आग्रह गरिन् । जसको पक्ष र विपक्षमा आवाज उठ्यो । राष्ट्रपति भण्डारी क्षेत्राधिकारभन्दा बाहिर गएर खोप आयातमा क्रियाशील भएको आरोप लाग्यो ।

    तर, उनी राष्ट्रको अभिभावक हुन् र मुलुक र जनतालाई कोरोनाबाट बचाउन कानुनले नदिए पनि पहल लिनु अनुचित होइन भन्ने आवाज बुलन्द रुपमा उठ्यो । र यसलाई मानवीयतासँग जोडेर राष्ट्रपति भण्डारीको कार्यलाई स्वीकारियो । अर्थात मुलुक र जनता संकटमा पर्दा कसैलाई हानि नहुने गरी उनीहरुको रक्षाका लागि काम गर्नु नाजायज होइन भन्ने बुझियो ।

    तर, जहाँ राष्ट्रपति भण्डारी बसेकी छन्, जहाँ कार्यकारी प्रधानमन्त्री बस्छन्, सोही महानगरमा कोरोना पीडितलाई खाना खुवाउन बनाएको भान्सामा डोजर चलाइयो, भत्काइयो, पकाउन राखिएको सामान जफत गरियो । 

    कानुनले नदिए पनि अभिभावकत्व ग्रहण गरेर राष्ट्रपति भण्डारी खोप आयातमा सक्रिय भइन् । त्यसरी नै कानुनले सरकारी जग्गा कब्जा गरेर टहरो बनाउन नपाइने गरेको व्यवस्थालाई बेवास्ता गरेर कोरोना पीडितलाई खाना खुवाउन भान्सा बनाइयो, सोही भान्साबाट गरीब, दुःखी, बेसहारा र कोरोना पीडित करिब  तीन सय जनालाई खाना बनाएर खुवाइएको थियो ।

    तर, काठमाडौं महानगरपालिकाले यही असार १४ गते सोमबार उक्त भान्सा भत्काइदियो, भएका रासन पानी, सहयोगका लागि राखिएका लत्ताकपडा, सिरक डस्ना, ग्याँस आदी सबै महानगरले नियन्त्रणमा लियो । 

    अनामनगरस्थित सिंहदरबार पूर्वीगेट अगाडिको खाली सरकारी जग्गामा पहिलो लकडाउन सुरु भएलगत्तै हाम्रो टिम नेपाल नामक संस्थाले टहरा बनाएर कोरोनाबाट प्रभावित भएका तीन सयबढीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो । तर, यही असार १४ गते सोमबार महानगरको अग्रसरतामा प्रहरी लगाएर सो टहरा भत्काइदिँदै भएका सामानहरु नियन्त्रणमा लिएको थियो । उक्त जग्गा खाली राख्ने र त्यहाँ पार्क बनाउने योजनाअनुसार टहरा भत्काएर खाली गरिएको महानगरले बताएको छ । 

    तर, हाम्रो टिम नेपालले लकडाउन सकिएपछि जग्गा खाली गर्ने महानगरको २९ वडासँग गरिएको सहमतिविपरीत आफूहरुले बनाएको टहरा भत्काउने, सामान जफत गर्ने र आफ्ना सदस्यहरुलाई पक्राउ गरेर रिहा गरेको बताएको छ । 

    दैनिक गरीब, असहाय, दुःखी र कोरोना प्रभावित तीन सय जनालाई निःशुल्क खाना खुवाउने कार्यलाई अवरोध गरेको महानगरले हाम्रो टिम नेपाल बसेको स्थानबाट करिब पाँच सय मिटर पर रहेको महानगरको जग्गा कब्जा लिएर बनाएको स्कूलको भवन भत्काउन भने वर्षाैंदेखि सकेको छैन । 

    संसद बैठकदेखि सडकसम्मबाट सो जग्गा खाली गर्न दबाब सृजना काठमाडौं महानगरपालिका कानमा तेल हालेर सुतेर बसेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ अनामनगरस्थित सिट नम्बर ११०६–२१ कित्ता नम्बर १० को क्षेत्रफल १ रोपनी एक आना धोबीखोला नदी उकाशको सरकारी जग्गा कब्जागरी निजी विद्यालय ‘अक्सिडेन्टल पब्लिक स्कुल (ओपिएस)’ सञ्चालन भइरहेको छ ।

    मालपोत कार्यालय डिल्लीबजारमा रहेको जग्गाधनी स्रेस्तामा नेपाल सरकारको नाममा रहेको सो उक्त सरकारी जग्गा कब्जा गरेर जनतासँगै हजारौँ शुल्क लिने विद्यालय भत्काउन नसकेको महानगरले गरीबको पेटमा लात हानेसरी हुने गरी हाम्रो टिम नेपालको परोपकार कार्यलाई बन्द गराउन खोजेको छ । 

    तत्कालीन नापी विभागका उपमहानिर्देशक कृष्णराज अधिकारीको संयोजकत्वमा गठिन छानबिन प्रतिवेदनले स्कुलले चर्चेको कित्ता नम्बर ६३ को क्षेत्रफल ६ आना जग्गा र कित्ता नम्बर ६४ को क्षेत्रफल ८ आना धोबीखोला नदी उकाशको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहर गरेपनि अक्सिडेन्टल स्कुलले कब्जा गरेर उपभोग गरिरहेको कित्ता नम्बर १० को क्षेत्रफल १ रोपनी एक आना जग्गा भने नेपाल सरकार कै नाममा रहेको जनाएको छ ।  

    सरकारको नाममा रहेको १७ आना र नदी उकाशको सरकारी जग्गाबाट व्यक्तिको नाममा दर्ता भइसकेको १४ आनागरी ३२ आना अर्थात करिब २ रोपनी जग्गा अहिले अक्सिडेन्टल पब्लिक स्कूलको कम्पाउण्डभित्र पर्छ ।

    यस्ता सरकारी जग्गा कब्जा भएका काठमाडौं प्रशस्त भेटिन्छन् । तर, महानगरले पार्क बनाउने योजनामै परोपकार कार्यमा केही दिनका लागि प्रयोग गरिएको टहरा भत्काउने कार्यको अहिले सर्वत्र विरोध भइरहेको छ । 


    आषाढ १६, २०७८ बुधवार १३:३९:४० बजे : प्रकाशित

    ताजा खबर