• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

स्थगित भएका लोकसेवा आयोगका सबै तहका परीक्षा साउन १५ गतेबाट हुने (तालिकासहित)

आषाढ १५ २०७८
  • 1.1K
    SHARES
  • images
    images
    स्थगित भएका लोकसेवा आयोगका सबै तहका परीक्षा साउन १५ गतेबाट हुने (तालिकासहित)

    काठमाडौं - कोरोना महामारीका कारण रोकिएका लोकसेवा आयोगका परिक्षा सञ्चालनमा आउने भएका छन् । 

    images

    आयोगले मंगलबार एक सूचना जारी गर्दै सबै तहका परीक्षा आउँदो साउन १५ गतेबाट सञ्चालनमा आउने बारे जानकारी गराएको छ । यस्तै आयोगले आउँदो साउन १५ गतेबाट सञ्चालन हुने परिक्षाको तालिका पनि सार्वजनिक गरेको छ ।

    सार्वजनिक तालिकाअनुसार साउन १५ गते प्रथम अप्राविधिक सहसचिव वा सोसरह पदको न्याय,कानुन,परराष्ट्रलगायतको परीक्षा हुनेछ । थप जानकारीको लाति तलको तालिका हेर्नुहोस्


     


    आषाढ १५, २०७८ मंगलवार २०:४९:०९ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # लोकसेवा आयोग
  • अर्कोसमाचार

    चितवन–पर्सा कम्प्लेक्सबाट बाघ गणना सुरु हुँदै, वनमन्त्रीले आज उद्घाटन गर्ने 

  • 154
    SHARES
  • चितवन–पर्सा कम्प्लेक्सबाट बाघ गणना सुरु हुँदै, वनमन्त्रीले आज उद्घाटन गर्ने 

    चितवन - आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।

    images

    चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरु तीन कम्प्लेक्सटमा छुट्याइएको छ । 

    वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट आज साढे १० बजे राष्ट्रिय बाघ गणनाको उद्घाटन गर्दै छन् । रुखमा क्यामरा जडान गरेर मन्त्रीले उद्घाटन गर्ने छन् । बाघ गणनाका लागि देशभर छ सय क्यामरा प्रयोग गरिने छ ।

    बाघ गणना उद्घाटनका लागि वनमन्त्री यादवसहित राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागका डा. रामचन्द्र कँडेललगायतको टिम शनिबार नै चितवन आइपुगेको थियो । क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिने कँडेलले बताएका छन् । 

    नेपालमा चितवनलगायत बर्दिया, बाँके, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सन् २०१८ को गणना अनुसार नेपालमा २३५ बाघ छन् । 

    सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा छन् । त्यसपपछि बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । नेपालमा सन् २०१३ मा १९८  बाघ भेटिएको थियो । 

    बाघ गणना गर्न चितवन–पर्सा कम्प्लेक्समा मात्रै सुरुवाती चरणमा प्राविधिक र कर्मचारी गरी करिब सय जना खटिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गणना गर्दा आवश्यकता अनुसार मोटरसाइकल, गाडी र हात्तीको प्रयोग हुने उनले बताए ।

    ‘क्यामरामा बाघको फोटो कैद गरिने भएकाले गणना गर्दा प्राय मोटरसाइकल र गाडी नै प्रयोग हुन्छ, खोला तर्नुपर्ने ठाउँमा चाँहि हात्ती पनि प्रयोग हुन्छ’, उनले भने, ‘चितवन–पर्सा कम्प्लेक्समा करिब दुई महिनामा गणना गरेर सकिन्छ ।’

    बाघ गणनामा करिब तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बाघ गणनाका लागि विभिन्न संघसंस्थाहरुले पनि सहयोग गर्ने छन् ।

    फागुन मसान्तसम्म देशभरको बाघ गणना सकेर आगामी १३ साउनमा विश्व बाघ दिवसको अवसर पारेर नतिजा सार्वजनिक गर्ने विभागको योजना छ । कुलप्रसाद काफ्ले

     


    मंसिर १९, २०७८ आइतवार ०८:५६:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाघ गणना

  • क्यानाडा नेपाल

    भारतले गर्‍यो सिमा नाकामा कडाई, खोप नलगाएकालाई प्रवेशमा रोक

  • 130
    SHARES
  • भारतले गर्‍यो सिमा नाकामा कडाई, खोप नलगाएकालाई प्रवेशमा रोक

    काठमाडौं - भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि सिमा नाकामा कडाई गरिएको छ । भारतमा हालसम्म ४ जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ । यो भाइरस देखिएपछि भारत सरकारले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गरेको हो । अहिले भारतले सिमा नाकामा खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको छ । 

    images

    बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले यो नियम लागू गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए । उनले भने - 'भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ ।'

    कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको उनले बताए ।  खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइसकिएको छ । यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने पनि बताइएको छ । 

    नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्नुपर्ने प्रशासनले अनुरोध गरेको छ । 


    मंसिर १९, २०७८ आइतवार १३:१५:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    वनमन्त्रीले क्यामरा ‘अन’ गरेपछि बाघ सर्वेक्षण उद्घाटन, तीन महिनाभित्र सर्वेक्षण सकिने

  • 186
    SHARES
  • वनमन्त्रीले क्यामरा ‘अन’ गरेपछि बाघ सर्वेक्षण उद्घाटन, तीन महिनाभित्र सर्वेक्षण सकिने

    चितवन - वन तथा वातावरणमन्त्री मन्त्री रामसहायप्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा बुट्यानमा जडान गरिएको क्यामरा ‘अन’ गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले देशभर बाघ सर्वेक्षण गरेको हो ।

    images

    आजदेखि देशभर बाघ सर्वेक्षण सुरु भएको हो । वनमन्त्री यादवले चितवन-पर्सा कम्प्लेक्सबाट बाघ सर्वेक्षण सुरु गरेका हुन् । चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ पाइन्छ । बाघ गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र बाघ पाइने निकुञ्जबाहेकका क्षेत्रलाई समेत समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ ।

    चितवन-पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा-लालाझाडी क्षेत्र गरी तीनवटा कम्प्लेक्स छन् । वनमन्त्री यादवले बुट्यानमा जडान गरिएको क्यामरा अन गरेपछि क्यामरामा बाघ कैद हुने विधिको डमी देखाएर सर्वेक्षण सुरु गरिएको हो । सर्वेक्षणका लागि सर्वेक्षकहरू आ-आफ्नो क्याम्पमा गइसकेका छन् । केही सर्वेक्षक भोलिसम्म आफ्नो क्याम्पमा पुगिसक्ने छन् ।

    अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा हुने विश्वास

    नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए ।

    सन् २००९ मा नेपालमा १२१ वटा बाघ रहेको अनुमान गरिएको थियो । प्रतिबद्धताअनुसार सन् २०२२ मा बाघको संख्या २५० पुग्नुपर्ने छ । नेपालमा सन् १०१३ मा १९८ र सन् २०१८ मा २३५ वटा बाघ रहेको अनुमान गरिएको थियो ।

    बाघ सर्वेक्षण उद्घाटन गर्दै वनमन्त्री यादवले नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता सहजै पूरा गर्ने विश्वास व्यक्त गरे । ‘सन् २०१८ मा भन्दा १५ वटा मात्रै बाघ बढाउन सक्यौँ भने पनि हाम्रो प्रतिबद्धता पुरा हुन्छ । विगतको संख्या हेर्दा हामी त्यो प्रतिबद्धता सहजै पुरा गर्न सक्छौँ भन्ने विश्वास छ’, उनले भने ।

    बाघ लोपोन्मुख जातिको जनावरमा सूचीकृत भएको जनावर हो । विश्वमा नेपाललगायत १३ वटा देशमा मात्रै पाटे बाघ पाइन्छ ।

    करिब एक हजार क्यामरा प्रयोग

    बाघ सर्वेक्षणका लागि करिब एक हजारवटा स्वचालित मेसिन प्रयोग गरिने छ । चितवन-पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सयवटा क्यामरा प्रयोग हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । ‘एक ठाउँमा एक जोडी क्यामरा राखिने हो । कम्तीमा १५ दिनसम्म क्यामरालाई एक ठाउँमा राखिन्छ’, उनले भने, ‘एक ठाउँमा सर्वेक्षण  सकेपछि त्यही क्यामरा अन्यत्र पनि प्रयोग हुने भएकाले क्यामरा अपुग हुँदैन । मिलाएर प्रयोग गर्छाैँ ।’

    सर्वेक्षण गर्दा चितवन-पर्सा कम्प्लेक्सलाई तीनवटा, बाँके बर्दियालाई चारवटा र शुक्लाफाँटा-लालझाडीलाई एउटा ब्लक विभाजन गरिएको छ । ब्लकहरूलाई पनि दुई किमी लम्बाइ र दुई किमी चौडाइ भएका ग्रीडहरूमा विभाजन गरिएको छ । तीन कम्प्लेक्समा क्रमश: ८९५, ८१४ र २६० वटा ग्रीड छन् ।

    चितवन–पर्सा कम्प्लेक्सको पहिलो, दोस्रो र तेस्रो ब्लकमा क्रमश २८७, ३१०, २९८ वटा ग्रीड रहेका छन् । प्रत्येक ग्रीड भित्रमा बाघले प्रयोग गर्ने बाटो र क्षेत्रहरु हेरी एक जोडी स्वचालित क्यामराहरु जडान गरिने छ । सर्वेक्षणका क्रममा चितवन-पर्सा कम्प्लेक्समा सात, बाँके बर्दियामा र शुक्लाफाँटा-लालझाडी कम्प्लेक्समा तीन-तीनवटाका दरले हात्तीह परिचालित हुने छन् ।

    बाघ सर्वेक्षण गर्न चितवन-पर्सा कम्प्लेक्समा मात्रै १०६ जना प्राविधिक खटिएका छन् । उनीहरूलाई १७ र १८ मंसिरमा प्रयोगात्मक अभ्यास सिकाइसकिएको छ । बाघ सर्वेक्षण सम्पन्न गर्न तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सर्वेक्षणमा डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् । 

    बाघ सर्वेक्षणमा क्यामरा ट्रयाप, सन्टो कपास, रेञ्ज फाइन्डर, जिपिएस, रेकर्ड फर्मलगायतका सामग्री प्रयोग गरी क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्वे विधि अपनाएर बाघ सर्वेक्षण गरिँदै छ । तीन महिनाभित्र बाघ सर्वेक्षणको काम सकिने अनुमान गरिएको छ । सर्वेक्षणबाट प्राप्त नतिजा आगामी विश्व बाघ दिवस (२९ जुलाई)को दिनमा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागको योजना छ । कुलप्रसाद काफ्ले


    मंसिर १९, २०७८ आइतवार १५:०८:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चितवन राष्ट्रिय निकुञ्ज

  • क्यानाडा नेपाल

    ३३ किलो सुन प्रकरणमा मुछिएका फरार प्रतिवादी अग्रवाल पक्राउ

  • 164
    SHARES
  • ३३ किलो सुन प्रकरणमा मुछिएका फरार प्रतिवादी अग्रवाल पक्राउ

    काठमाडौं । ३३ किलो सुन प्रकरणमा मुछिएका फरार प्रतिवादी कृष्णगोपाल अग्रवाल पक्राउ परेको छ । अग्रवाललाई आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

    images

    झापा साविक शिवगंज गाबिस–१ ठेगाना भएका ५० वर्षीय अग्रवाललाई पक्राउ गर्नका लागि इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएको थियो । 

    सोही नोटिस अनुसार सुनको अवैध चोरीपैठारी र निकासी, अपहरण लगायतमा संलग्न फरार रहेका प्रतिवादी अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अग्रवाललाई अहिले महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको जनाइएको छ । 


    मंसिर १९, २०७८ आइतवार १९:११:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # ३३ किलो सुन प्रकरण

  • क्यानाडा नेपाल

    तीन दिन सार्वजनिक बिदा 

  • 898
    SHARES
  • तीन दिन सार्वजनिक बिदा 

    जनकपुरधाम - प्रदेश २ सरकारले रामजानकी  विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेको छ । संघीय सरकारले दिने सार्वजनिक बिदा बाहेक प्रदेश सरकारले दिने अतिरिक्त सार्वजनिक बिदाअन्तर्गत बुधवार सार्वजनिक बिदा दिइएको हो । 

    images

    त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    महोत्सवमा हुने भिडभाडलाई मध्यनजर गर्दै नगरभित्र रहेका सम्पूर्ण सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरूलाई २१ देखि २३ मंसिरसम्म बन्द गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
     
    यसैबीच, महोत्सव अन्तर्गत आइतबार तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ । पौराणिक कालमा भगवान् राम र सीताको विवाह पूर्व भागवानले सर्त अनुसार  पर्शुरामले मिथिलाका राजा जनकलाई दिएको धनुष भाँच्ने गरिन्छ । त्यसलाई धनुष यज्ञ भनिन्छ । 

    जानकी मन्दिरकै परिसरमा आइतबार राति धनुष यज्ञ बनाइएको छ । विवाहपञ्चमीको पहिलो दिन शुक्रबार नगरदर्शन र दोस्रो दिन शनिबार फूलबारी लीला सम्पन्न भइसकेको छ ।


    मंसिर १९, २०७८ आइतवार १९:१९:१० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सर्वोच्चका न्यायाधीश डेढ महिनापछि पूर्णरुपमा काममा फर्किए

  • 158
    SHARES
  • सर्वोच्चका न्यायाधीश डेढ महिनापछि पूर्णरुपमा काममा फर्किए

    काठमाडौँ – सर्वोच्च अदालतमा झन्डै डेढ महिनापछि न्यायाधिशरु इजलासमा बसी पूर्णरुपमा मुद्दाको सुनुवाइ गरी काममा फर्किनुभएको छ । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आज १० इजलास गठन गरिएको थियो । त्यसमा आठ संयुक्त र दुई एकल इजलास गरी ३३६ थान मुद्दा सुनुवाइ लागि तोकिएको थियो ।

    images

    न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि १३ मुद्दा तोकिएको थियो । पूर्णरुपमा सुनुवाइ भएर सबैमा आदेश भएको छ । न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको इजलासमा ३८ मुद्दा सुनुवाइका लागि तोकिएको थियो । त्यसमा नौ मुद्दामा फैसला र एक मुद्दामा आदेश भएको छ । अन्य इजलासमा पनि त्यस्तै प्रभावकारी सुनुवाइ भएको देखिएको छ । आज २३ मुद्दामा फैसला र ४० मुद्दामा फैसला भएको छ ।

    सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ भएको छ । उक्त प्रक्रियाबाट पेसी तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ सङ्क्रमण र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको र कायममुकायम प्रधानन्यायाधीश नतोकिएको विवादका कारण बुधबार र बिहीबार प्रभावकारी रुपमा सुनुवाइ हुन सकेको थिएन । शुक्रबार पनि मुद्दामा राम्रो सुनुवाइ भएको थियो ।

    सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफ, सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्र्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । बन्दी र निवेदनका मुद्दाबाहेक अरू मुद्दामा सुनुवाइ हुन सकेको थिएन । यही मङ्सिर १५ गतेदेखि न्यायाधीशहरु र नेपाल बार एसोसिएनका मागअनुसार गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ गर्ने काम प्रारम्भ भएको छ । आजदेखि न्यायाधीशहरु पूर्ण रुपमा काममा फर्कनुभएको छ ।रासस


    मंसिर १९, २०७८ आइतवार २०:००:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत

  • क्यानाडा नेपाल