• Sep 24 2021 | २०७८, आश्विन ८गते

२०७८, आश्विन ८गते

गरीबको पेटमा लात हानेको महानगरले सरकारी जग्गामा  बनाएको अक्सिटेन्टल स्कुलको भवन कहिले भत्काउँछ ?

क्यानाडा नेपाल आषाढ १६ २०७८
  • 986
    SHARES
  • गरीबको पेटमा लात हानेको महानगरले सरकारी जग्गामा  बनाएको अक्सिटेन्टल स्कुलको भवन कहिले भत्काउँछ ?

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको दोस्रो लहर चरम अवस्थामा पुुगेका बेला कोभिड–१९विरुद्धको खोप आयातमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मुलुकका समकक्षीहरुलाई फोनवार्ता र पत्राचारमार्फत सहजीकरण गरिदिन आग्रह गरिन् । जसको पक्ष र विपक्षमा आवाज उठ्यो । राष्ट्रपति भण्डारी क्षेत्राधिकारभन्दा बाहिर गएर खोप आयातमा क्रियाशील भएको आरोप लाग्यो ।

    images

    तर, उनी राष्ट्रको अभिभावक हुन् र मुलुक र जनतालाई कोरोनाबाट बचाउन कानुनले नदिए पनि पहल लिनु अनुचित होइन भन्ने आवाज बुलन्द रुपमा उठ्यो । र यसलाई मानवीयतासँग जोडेर राष्ट्रपति भण्डारीको कार्यलाई स्वीकारियो । अर्थात मुलुक र जनता संकटमा पर्दा कसैलाई हानि नहुने गरी उनीहरुको रक्षाका लागि काम गर्नु नाजायज होइन भन्ने बुझियो ।

    तर, जहाँ राष्ट्रपति भण्डारी बसेकी छन्, जहाँ कार्यकारी प्रधानमन्त्री बस्छन्, सोही महानगरमा कोरोना पीडितलाई खाना खुवाउन बनाएको भान्सामा डोजर चलाइयो, भत्काइयो, पकाउन राखिएको सामान जफत गरियो । 

    कानुनले नदिए पनि अभिभावकत्व ग्रहण गरेर राष्ट्रपति भण्डारी खोप आयातमा सक्रिय भइन् । त्यसरी नै कानुनले सरकारी जग्गा कब्जा गरेर टहरो बनाउन नपाइने गरेको व्यवस्थालाई बेवास्ता गरेर कोरोना पीडितलाई खाना खुवाउन भान्सा बनाइयो, सोही भान्साबाट गरीब, दुःखी, बेसहारा र कोरोना पीडित करिब  तीन सय जनालाई खाना बनाएर खुवाइएको थियो ।

    तर, काठमाडौं महानगरपालिकाले यही असार १४ गते सोमबार उक्त भान्सा भत्काइदियो, भएका रासन पानी, सहयोगका लागि राखिएका लत्ताकपडा, सिरक डस्ना, ग्याँस आदी सबै महानगरले नियन्त्रणमा लियो । 

    अनामनगरस्थित सिंहदरबार पूर्वीगेट अगाडिको खाली सरकारी जग्गामा पहिलो लकडाउन सुरु भएलगत्तै हाम्रो टिम नेपाल नामक संस्थाले टहरा बनाएर कोरोनाबाट प्रभावित भएका तीन सयबढीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो । तर, यही असार १४ गते सोमबार महानगरको अग्रसरतामा प्रहरी लगाएर सो टहरा भत्काइदिँदै भएका सामानहरु नियन्त्रणमा लिएको थियो । उक्त जग्गा खाली राख्ने र त्यहाँ पार्क बनाउने योजनाअनुसार टहरा भत्काएर खाली गरिएको महानगरले बताएको छ । 

    तर, हाम्रो टिम नेपालले लकडाउन सकिएपछि जग्गा खाली गर्ने महानगरको २९ वडासँग गरिएको सहमतिविपरीत आफूहरुले बनाएको टहरा भत्काउने, सामान जफत गर्ने र आफ्ना सदस्यहरुलाई पक्राउ गरेर रिहा गरेको बताएको छ । 

    दैनिक गरीब, असहाय, दुःखी र कोरोना प्रभावित तीन सय जनालाई निःशुल्क खाना खुवाउने कार्यलाई अवरोध गरेको महानगरले हाम्रो टिम नेपाल बसेको स्थानबाट करिब पाँच सय मिटर पर रहेको महानगरको जग्गा कब्जा लिएर बनाएको स्कूलको भवन भत्काउन भने वर्षाैंदेखि सकेको छैन । 

    संसद बैठकदेखि सडकसम्मबाट सो जग्गा खाली गर्न दबाब सृजना काठमाडौं महानगरपालिका कानमा तेल हालेर सुतेर बसेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ अनामनगरस्थित सिट नम्बर ११०६–२१ कित्ता नम्बर १० को क्षेत्रफल १ रोपनी एक आना धोबीखोला नदी उकाशको सरकारी जग्गा कब्जागरी निजी विद्यालय ‘अक्सिडेन्टल पब्लिक स्कुल (ओपिएस)’ सञ्चालन भइरहेको छ ।

    मालपोत कार्यालय डिल्लीबजारमा रहेको जग्गाधनी स्रेस्तामा नेपाल सरकारको नाममा रहेको सो उक्त सरकारी जग्गा कब्जा गरेर जनतासँगै हजारौँ शुल्क लिने विद्यालय भत्काउन नसकेको महानगरले गरीबको पेटमा लात हानेसरी हुने गरी हाम्रो टिम नेपालको परोपकार कार्यलाई बन्द गराउन खोजेको छ । 

    तत्कालीन नापी विभागका उपमहानिर्देशक कृष्णराज अधिकारीको संयोजकत्वमा गठिन छानबिन प्रतिवेदनले स्कुलले चर्चेको कित्ता नम्बर ६३ को क्षेत्रफल ६ आना जग्गा र कित्ता नम्बर ६४ को क्षेत्रफल ८ आना धोबीखोला नदी उकाशको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहर गरेपनि अक्सिडेन्टल स्कुलले कब्जा गरेर उपभोग गरिरहेको कित्ता नम्बर १० को क्षेत्रफल १ रोपनी एक आना जग्गा भने नेपाल सरकार कै नाममा रहेको जनाएको छ ।  

    सरकारको नाममा रहेको १७ आना र नदी उकाशको सरकारी जग्गाबाट व्यक्तिको नाममा दर्ता भइसकेको १४ आनागरी ३२ आना अर्थात करिब २ रोपनी जग्गा अहिले अक्सिडेन्टल पब्लिक स्कूलको कम्पाउण्डभित्र पर्छ ।

    यस्ता सरकारी जग्गा कब्जा भएका काठमाडौं प्रशस्त भेटिन्छन् । तर, महानगरले पार्क बनाउने योजनामै परोपकार कार्यमा केही दिनका लागि प्रयोग गरिएको टहरा भत्काउने कार्यको अहिले सर्वत्र विरोध भइरहेको छ । 


    आषाढ १६, २०७८ बुधवार १३:३९:४० बजे : प्रकाशित

    images
    अर्कोसमाचार

    पाँच महिनापछि पशुपतिनाथ मन्दिर खुल्ने, तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने

  • 604
    SHARES
  • पाँच महिनापछि पशुपतिनाथ मन्दिर खुल्ने, तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने

    काठमाडौँ।  पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए  ।

    images

    नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।

    कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका (तीज)को अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने पनि उनले बताए ।

    पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन् । पशुपतिसँगै यी मन्दिर पनि खुला गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए । यसपटक पाँच महिनापछि पशुपतिनाथलगायत यस क्षेत्रका मन्दिर भक्तजनका लागि खुला गर्न लागिएको हो ।

    भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको उनले सुनाए । मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ । भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ । दूरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी गरिएको छ ।

    विसं २०७६ चैतमा कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । दश महिनापछि २०७७ साल पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो । सुरुमा दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिएको थियो । बिहान ६ देखि अपराह्न २ बजेसम्ममात्र मन्दिर भक्तजनका लागि खुला गरिएको थियो ।

    भक्तजनका लागि मन्दिर खुला गरिए पनि विदेशी पर्यटकका लागि भने पशुपति क्षेत्र विसं २०७६ चैतदेखि नै बन्द गरिएको छ । पशुपति क्षेत्रका सबै टिकट काउन्टर पनि त्यसै बेलादेखि बन्द छन् । पर्यटकको टिकटबाट कोषलाई प्राप्त हुने करोडौँ रुपैयाँ उठ्न छाडेको छ ।

     

     


    भाद्र १८, २०७८ शुक्रवार १७:११:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हरितालिका तीज
  • # पशुपतिनाथ मन्दिर

  • क्यानाडा नेपाल

    म्याद गुज्रिएको सामान फेला पारेपछि युनिलिभरमा छापा, कारबाही प्रक्रिया शुरु

    म्याद गुज्रिएको सामान फेला पारेपछि युनिलिभरमा छापा, कारबाही प्रक्रिया शुरु

    काठमाडौँ।  हेटौँडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरि आजबाट थप कारबाही प्रक्रिया सुरु गरेको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा उक्त कम्पनीमा म्याद गुज्रिएको चिया फेला पारेपछि स्थानीय प्रशासनले युनिलिभरको चिया प्लान्ट सिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।

    images

    उनले भने, “विशेष सूचनाका आधारमा भएको अनुगमनमा विवरण स्पष्ट नभएका तथा म्याद गुज्रिएका चियापत्ती फेला पारेर हामीले नमूना सङ्कलन गरेका छौँ र कम्पनीको चिया प्रशोधन केन्द्रमा सिलबन्दी गरेका छौँ ।” उनका अनुसार उक्त कम्पनीमा म्याद गुज्रेका तथा विवरण स्पष्ट नभएका करिब ३० किलोग्रामका ९२० बोरा चिया फेला परेको थियो । फेला परेको चियाको नमूना सङ्कलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको उनले बताए ।

    उक्त चियालाई पुनः म्याद थपेर नयाँ प्याकेट बनाउने प्रयोजनका लागि राखिएको विशेष सूचना पछि अनुगमन गरिएको उनले जानकारी दिए । भारतबाट आयात गरिएको म्याद गुज्रिएको चियापत्ती ‘रेड लेबल’ नामक चियाको ब्राण्डमा बिक्रीका लागि बजार पठाउने गरेको फेला पारिएसँगै अनुगमन भएको हो ।

    प्राप्त विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्तावादी सङ्घ संस्थासहितको संयुक्त अनुगमन टोलीले उद्योग परिसरमा रहेको चियापत्ती प्लाण्टमा अनुगमन गरेको बताइएको छ । यसअघि सो टोलीले भारतीय ब्राण्डको नाममा गैरकानुनीरुपमा अगरबत्ती उत्पादन गर्ने एक व्यवसायीलाई पनि कारबाही गरेको थियो ।


    भाद्र १८, २०७८ शुक्रवार १७:३०:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युनिलिभर
  • # बहुर्राष्ट्रिय कम्पनी युनिलिभर

  • नेपाल टेलिभिजन अनलाइन

    राष्ट्रियसभाद्वारा लोकसेवा आयोग विधेयक बहुमतले पारित 

  • 248
    SHARES
  • राष्ट्रियसभाद्वारा लोकसेवा आयोग विधेयक बहुमतले पारित 

    काठमाडौँ। राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । 

    images

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    सार्वजनिक सेवालाई सक्षम, गुणस्तरीय र पारदर्शी बनाउने उद्देश्यले नयाँ ऐन ल्याइएको हो । ऐन प्रमाणीकरण भएको ३१ दिनपछि लागू हुनेछ ।  राष्ट्रियसभाको आजको दोस्रो बैठकमा पनि एमालेका सांसदको अवरोध कायमै रहेको थियो । 

    बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरुले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद कोमल वलीलाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

    सांसद वलीले सभामुखले सांसद पदको दुरुपयोग गरेको आरोप लगाउँदै अहिलेकै अवस्थामा सदनको काम कारवाही अघि बढ्न नसक्ने बताए । सभाध्यक्ष तिमल्सिनाले प्रतिनिधिसभामा उठेका विषयलाई लिएर राष्ट्रियसभामा अवरोध गर्नु उचित नभएको बताउँदै सदनको औचित्य र गरिमालाई कायम राख्न सांसदलाई आग्रह गरे ।


    भाद्र २८, २०७८ सोमवार १६:०९:४४ बजे : प्रकाशित

    अध्ययन भएको तीन वर्ष बित्दा समेत निर्माण प्रक्रियाका लागि अघि बढेन काठमाडौँ–रक्सौल रेलमार्ग

  • 368
    SHARES
  • अध्ययन भएको तीन वर्ष बित्दा समेत निर्माण प्रक्रियाका लागि अघि बढेन काठमाडौँ–रक्सौल रेलमार्ग

    काठमाडौँ। काठमाडौँ रक्सौल रेलमार्गको प्रारम्भिक अध्ययन भएको तीन वर्ष बिते पनि निर्माणका लागि प्रक्रिया अघि बढ्न सकेको छैन । सङ्घीय राजधानीलाई भारतको विहार राज्यको रक्सौलसँग जोड्ने गरी रेलमार्ग निर्माण गर्ने योजना बनाएर अध्ययन भए पनि दुई देशबीचमा सम्झौता हुन बाँकी हुँदा थप अध्ययन भएर निर्माणमा जान नसकेको हो ।

    images

    सरकार र भारत सरकारबीच सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरेपछि मात्रै प्रक्रिया अघि बढ्ने रेल विभागका महानिर्देशक दिपक भट्टराइले बताए । सो सम्बन्धी पत्र तयार पनि भइसकेको छ ।

    उनले भने, “समय मिलाएर दुई देशका बीचमा हस्ताक्षर गर्न मात्रै बाँकी छ ।” भारतीय पक्षले सन् २०१८ मा प्रारम्भिक (प्रिलिमनरी इञ्जिनियरिङ एण्ड ट्राफिक सर्वे) अध्ययन सकाएको महानिर्देशक भट्टराइले बताए ।

    पहिलो चरणको काम भए पनि अझै महत्वपूर्ण काम बाँकी रहेको उनले बताए । अब हुने विस्तृत अध्ययनमा ‘फाइनल लोकेसन सर्वेक्षण’ हुनेछ । उनले भने, “त्यसका लागि पहिले दुई देशका बीचमा समझदारीपत्रमा हस्ताक्षर हुनुपर्छ ।” झण्डै दुई महिनादेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेतृत्व नभएकाले पनि तत्काल केही गर्न सकिने अवस्था नभएको विभागले जनाएको छ ।

    सो रेलमार्गको लम्बाइ झण्डै १३५ किमी हुने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ । रेलमार्ग निर्माणमा कति लगानी लाग्ने भनी यकिन नभएको महानिर्देशक भट्टराइले बताए । विस्तृत अध्ययन हुँदा नै पहिले त्यसमा लाग्ने लगानी यकिन हुने र त्यसकै आधारमा कहाँबाट व्यवस्थापन गर्ने भन्ने छलफल हुने उनले बताए ।

    लगानीका विषयमा कसले कति र कसरी गर्ने भन्ने स्पष्ट भइसकेको छैन । लगानी यकिन आएपछि त्यसकै आधारमा भारत सरकारलाई भन्ने कि अरु दातृ निकायलाई भन्ने भन्ने कुरा अघि बढ्नेछ । उनले भने, “अहिले अन्तिम अध्ययन गरेपछि प्रतिवेदनले जे जे भन्छ त्यसका आधारमा अघि बढिनेछ ।”

    रेलमार्ग निर्माण गर्दा ब्रोड गेजमा गर्ने उल्लेख छ । भारत सरकारले निर्माण गरिरहेका दुई देश जोड्ने अरु रेलमार्ग पनि ब्रोड गेजमा नै निर्माण भएको थियो ।
    दुई देश जोड्ने सो रेलमार्ग निर्माण भएर रेल सञ्चालनमा आएपछि भारतबाट आयात हुने सामान सीमासम्म ल्याउन र त्यहाँबाट सङ्घीय राजधानीसम्म लाग्ने लागत कम हुने अपेक्षा गरिएको छ ।

    भारतबाट आयात हुने सामानको ठूलो हिस्सा वीरगञ्जबाट आउने र त्यो सामानमध्ये काठमाडौँमा आइपुग्ने धेरै भएकाले पनि लागत कम हुनेछ । आयातका लागि कम लागत हुँदा त्यसले सामानको समेत मूल्य पनि घट्न जाने अपेक्षा गरिएको छ ।

    सरकारले आफ्नै लगानीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अघि बढाइरहेको छ भने छिमेकी देशसँग जोडिने गरी रेलमार्गको कतै अध्ययन र कतै निर्माण अघि बढाइएको छ । सन् २०१२ मा भारत सरकारसँग दुई देशको सीमा जिल्ला जोड्ने गरी पाँच ठाउँमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।

    भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेल निर्माण गर्ने भनिए पनि एउटा यो र अर्को बथनाहादेखि विराटनगरको रेलमार्गमा मात्रै निर्माण भइरहेको छ । बथनाहादेखि विराटनगरमा १८ किमीमध्ये १० किमी निर्माण भइसकेको छ । अरु तीन स्थानमा भने सुरु नै हुन सकेको छैन ।

    नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जय नगरदेखि जनकपुरसम्म रेलसेवा थियो । त्यो बन्द भएको लामो समयपछि त्योभन्दा नयाँ प्रविधिको रेलमार्ग निर्माण गरिएको छ ।

    जयनगर–कुर्था रेल सञ्चालनकै लागि सरकारले गत वर्ष असोज २ मा दुई सेट रेल खरिद गरेको थियो । रेल सञ्चालनका लागि जनशक्ति, कार्यालयलगायत तयारी भएको थियो । सो खण्डमा पनि सेवा शुरु भइसकेको छैन । कुर्थाबाट जय नगरसम्मको रेलमार्गको निर्माण झण्डै दुई वर्ष पहिले नै सकिएको थियो । 


    भाद्र २८, २०७८ सोमवार १६:५७:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौं–रक्सौल रेलमार्ग

  • क्यानाडा नेपाल

    करिष्मा मानन्धरले ओलीलाई फोन गरेको देखिएपछि किन डिलिट गरिन् फोटो ?

  • 1.4K
    SHARES
  • करिष्मा मानन्धरले ओलीलाई फोन गरेको देखिएपछि किन डिलिट गरिन् फोटो ?

    काठमाडौं । नायिका करिश्मा  मानन्धरलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर 'प्लस टु'को परिक्षा कस्तो भइरहेको छ भनेर सोधेको खबरले सामाजिक संजाल तात्तिएको छ ।

    images

    नायिका मानन्धरले एउटा स्ट्याटस लेख्दै भनिन्, "फोन आउदा मेरो मोबाइल स्क्रिनमा K.P Sharma Oli भन्ने आयो म छक्क परे !! मजाक हो कि भन्ने पनि लग्यो  तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !! आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन येत्रो ठुलो मान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा ।"

    करिश्मा मानन्धरले केपी ओलीले आफूलाई फोन गरेर शुभकामना दिएकोमा खुशी व्यक्त गरिन् । तर उनको यो स्ट्याटस विवादमा समेत तानिएको छ । करिश्मा मानन्धरले सुरुवातमा उक्त स्ट्याटससंगै फोनको स्क्रिनशट समेत राखेकी थिइन् जसका कारण उनी विवादमा परेकी हुन् ।

    करिश्मा मानन्धरले पोष्ट गरेको फोटोमा केपी शर्मा ओलीलाई आफुले फोन गरेको देखिन्छ । आउटगोइंग (outgoing) को साईन देखिएको प्रष्ट देखिएपछि करिश्मा मानन्धरले उक्त फोटो भने डिलिट गरेकी छिन । फोटो डिलिट गरेपनि आफूलाई किन त्यसरी फोन गएको भनेर देखायो भन्ने थाहा नभएको बताएकी छिन् ।

    krshm.jpeg

    केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेकी करिश्माले फोटोमा आफूले फोन गरेको देखिएपछि किन हतार हतार स्क्रिनशट डिलिट गरिन भन्ने प्रश्न उब्जिएको छ । अहिले उनको स्ट्याटसहरुमा यही प्रश्न तेर्साउदै कमेन्टहरु गरिएको छ । 

    यदी फोनले गलत देखायो भन्ने करिश्माको तर्क सही छ भने करिश्माले किन उक्त फोटो डिलिट गरिन् भन्ने प्रश्न समेत तेर्सिएको छ । के करिश्माले झुट बोलेकी हुन् वा साच्चै फोनले गलत देखायो ? यी प्रश्नसंगै करिश्मा एमाले पार्टी प्रवेश गर्दैछिन भन्ने समेत चर्चा चलेको छ सामाजिक संजालमा । 


    आश्विन २, २०७८ शनिवार २२:३२:०६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दशैं नजिकियाे, हलमा फिल्म कहिले ?

  • 208
    SHARES
  • दशैं नजिकियाे, हलमा फिल्म कहिले ?

    काठमाडौं । सरकारले फिल्म हल सञ्चालन गर्न अनुमति दिएको तीन साता बितिसक्दा पनि अहिलेसम्म हलमा कुनै फिल्म प्रदर्शन हुनसकेको छैन । कोरोना भाइरसको प्रकोपका कारण दोस्रो पटक १६ वैशाखदेखि जारी निषेधाज्ञा भदौ दोस्रो सातासम्म आइपुग्दा धेरै हदसम्म खुला भइसकेको थियो । तर, कुनै निर्माता पनि फिल्म प्रदर्शन गर्न तम्सिएनन् । 

    images

    पहिलो पटक ११ चैत ०७६ जारी लकडाउन ०७७ को भदौमा अन्य क्षेत्र खुकुलो गरिएको भए पनि सरकारले फिल्म हल सञ्चालनको अनुमति भने दिएको थिएन । त्यतिबेला भने फिल्मकर्मी तथा सम्बन्धित संघसंस्थाले हल खोल्न सरकारलाई दबाब दिएका थिए । 

    हल सञ्चालन अनुमति दिन सरकारले आलटाल गरिरहेको बेलामा अभिनेता शिव श्रेष्ठले आफूले निर्माण गरेको फिल्म ‘यस्तो एउटा प्रेमकहानी’ १ माघदेखि प्रदर्शन गर्ने घोषणा गरे । सरकारले हल खोल्न नदिए पनि आफूहरूले एकतर्फी रूपमा भए पनि हल खोलेर ‘यस्तो एउटा प्रेमकहानी’ चलाउने घोषणा हल सञ्चालकले गरे ।

    अन्ततः सरकारले पुस अन्तिममा ५० प्रतिशत दर्शक राखेर हल सञ्चालन गर्न पाउने व्यवस्था गर्यो । कतिपयले सरकारको सो निर्णयको स्वागतसमेत गरे । अन्ततः १ माघ ०७७ मा ‘यस्तो एउटा प्रेमकहानी’ प्रदर्शन गरियो । तर, हलमा दर्शकको उपस्थिति भने निकै न्यून हुन पुग्यो । १ माघपछिका सातामा ‘यस्तो एउटा प्रेमकहानी’ पछि तत्कालै अरु नेपाली फिल्म प्रदर्शनमा आएनन् । केही अंग्रेजी र हिन्दी फिल्म भने प्रदर्शन भए । 

    २१ फागुनमा अर्काे नेपाली फिल्म हलमा प्रदर्शन भयो । फिल्म थियो–‘गोर्खे’ । सो फिल्मले पनि हलमा दर्शक तान्न सकेन । ‘गोर्खे’ को व्यावसायिकता ‘यस्तो एउटा प्रेमकहानी’ भन्दा पनि नाजुक हुन पुग्यो । 

    नयाँ वर्ष र दशै, तिहारमा नेपाली फिल्म प्रदर्शनका लागि निकै प्रतिस्पर्धा हुने गरेको छ । ती ‘डेट’ मा ठूलो ब्यानरका मानिने फिल्महरू पनि जुध्ने गरेका छन् । तर, अपशोच, हल खुले पनि ०७८ को नयाँ वर्ष खान ती ठूला भनी÷मानिएका ब्यानरका कुनै फिल्म पनि प्रदर्शनमा आएनन् ।

    बरु, निर्देशक एभरेस्ट सूर्य बोहराले लकडाउनकै विषयमा निर्माण गरेको ‘श्री’ र राजबहादुर सानेले ०७१ मा निर्देशन गरेको, तर हलमा आउन नपाएको ‘गुड फ्रेन्ड’ नामक फिल्म २७ चैतमा प्रदर्शनमा आए । ‘श्री’ ले दर्शकको राम्रै प्रतिक्रिया पायो । तर, ‘गुड फ्रेन्ड’ भने कतिपय हलमा एक शोमै उत्रियो । 

    यद्यपि, नयाँ वर्ष ०७८ को अवसर पारेर २७ चैतमा दीपक ओली निर्देशित ‘कृष्ण–लीला’, मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन–२’ र कैलाश राई निर्देशित ‘मनसँग मन’ प्रदर्शनमा आउने घोषणा गरिएको थियो । ती फिल्मले गीत तथा टिजर र प्रोमोसमेत सार्वजनिक गरेका थिए । तर, तीनवटै फिल्म प्रदर्शन गरिएन ।

    ‘एकातिर हलमा ५० प्रतिशत मात्र दर्शक राख्नुपर्ने रे, अर्काेतिर कोरोनाको संक्रमण झन् बढ्दै गयो । फेरि लकडाउन हुन सक्ने संकेत पाएपछि रिलिजको एक साताअघि मात्रै स्थगित गरेका हौ,’ ‘कृष्ण–लीला’का कार्यकारी निर्माता रतन श्रेष्ठले न्युज कारखानासँग भने, ‘हामी त फिल्म प्रदर्शन गर्न तयार नै थियौ । तर, कोरोना भाइरसका कारण परिस्थिति गम्भीर हुँदै गएकाले अन्तिम समयमा ‘ब्याक’ हुनुपरेको हो ।’ 

    ‘कृष्ण–लीला’, ‘मनसँग मन’ र ‘लप्पन छप्पन–२’ २७ चैतमा नआउने भएपछि हतार हतार सो मितिमा ‘श्री’ र ‘गुडफ्रेन्ड’ प्रदर्शन गरिएको थियो । ‘खासमा ‘श्री’ हलमा प्रदर्शन गर्ने उद्देश्यले निर्माण गरिएकै होइन,’ निर्देशक बोहरा भन्छन्, ‘तर पनि अरु फिल्म नआउने भएकाले हतार हतारमा प्रदर्शन गरिएको थियो । दर्शकको सकारात्मक प्रतिक्रियाले मलाई यस्तै प्रयोगात्मक फिल्म बनाउने प्रेरणा मिलेको छ ।’ 

    करिब ७२ घन्टामा सुटिङ सकाइएको ‘श्री’ तेस्रो सातामा प्रदर्शन हुँदै गर्दा १६ वैशाखदेखि सरकारले दोस्रो चरणको लकडाउन जारी गर्यो । ‘श्री’ राम्रै चल्दैथियो, लकडाउने रोकियो,’ ‘श्री’ का वितरक करण श्रेष्ठ भन्छन्, ‘त्यो फिल्म अहिले फेरि प्रदर्शन गर्ने सोच बनाएको थिएँ । तर, हल नखुलेकाले त्यत्तिकै भयो ।’ 

    पहिलो लकडाउन खुलेपछि फिल्म निर्माता तथा हल सञ्चालकहरू फिल्म प्रदर्शन गर्न आतुर भएका थिए । उनीहरूले अन्य झै फिल्म क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका थिए । लकडाउन खुकुलो हुनेवित्तिकै करिब एक दर्जन फिल्म छायांकन पनि भए । तर, जब दोस्रो पटक लकडाउन भयो र गत भदौ मध्यमा हल खोल्ने अनुमति पनि मिल्यो, तर अहिले फिल्म प्रदर्शन तथा निर्माण गर्न निर्माता, हल सञ्चालक तातेका छैनन् । 

    ‘जबसम्म सरकारले हलमा पूर्णरूपमा दर्शक राख्न दिने व्यवस्था गर्दैन, तबसम्म फिल्म रिलिज गरेर अर्थै छैन,’ वितरक सुनील मानन्धरले न्युज कारखानासँग भने, ‘स्थिति सामान्य भयो भने पनि फिल्म चल्ने माहोल बन्न एक डेढ वर्ष नै लाग्न सक्छ ।’ 

    कसले गर्ला फिल्म रिलिज ?

    कोरोनाअघि विशेष गरी नयाँ वर्ष, दशैं, तिहार, माघे संक्रान्ति र शिवरात्रीको छेकोमा आफ्नो फिल्म प्रदर्शन गर्न निर्माताहरू लालायित हुन्थे । एकै साता चारवटासम्म नयाँ नेपाली फिल्म भिड्ने गर्दथे । तर, कोरोनाका कारण अहिले स्थिति निकै फरक छ । अहिले ५० प्रतिशत दर्शक राखेर हल चलाउन पाउने अनुमति पाए पनि यो दशैं तथा तिहारमा समेत ठूलो ब्यानर तथा लगानीका मानिने कुनै फिल्म पनि प्रदर्शनमा नआउने भएका छन् । 

    ‘एक त सरकारले अझैसम्म पनि उपत्यकाबाहिर हल सञ्चालन गर्न अनुमति दिएको छैन । त्यसमाथि उपत्यकामा पनि ५० प्रतिशत दर्शक राखेर चलाउनुपर्ने रे, यस्तोमा करोडौ लगानीका फिल्म प्रदर्शन गर्ने मूर्खता कसले गर्छ ?,’ निर्माता सन्तोष सेनको भनाइ छ, ‘राज्यबाट न कुनै सहुलियत, सुविधा छ, न कुनै नीति नै । यस्तोमा रिस्क लिन सकिन्नँ ।’

    वितरक तथा निर्माता रोहित कट्टेल चलचित्र विकास बोर्ड र हल सञ्चालकले निश्चित रकमको ग्यारेन्टी गर्ने हो भने आफू आफ्नो फिल्म ‘कृष्ण–लीला’ प्रदर्शन गर्न तयार रहेको बताउँछन् । ‘यसबारेमा दोस्रो लकडाउनभन्दा अघि नै मैले हल सञ्चालक तथा बोर्डसँग छलफल गरेको थिएँ । तर कतैबाट पनि सकारात्मक कुरा आएन,’ उनी भन्छन्, ‘यस्तो परिस्थितिमा फिल्म रिलिज गर्न गाह्रो छ ।’

    दशैंमा ‘धन्दागिरी’ र ‘डाँडाको वरपीपल’
    वितरक कट्टेलले यो दशैमा आफ्नो कम्पनी आरआर फिल्मले ‘धन्दागिरी’ नामक फिल्म प्रदर्शन गर्न लागेको जानकारी दिए । ‘दशैंमा अरु बेलामा बढी भिडभाड हुन्छ । हलमा मान्छे जान सक्छन्, त्यसकारण २५ असोजमा ‘धन्दागिरी’ लगाउँदै छौ,’ उनी भन्छन्, ‘त्यस्तो ठूलो आशा नराखी, फिल्म चल्ने माहोल बनोस् भनेर रिलिज गर्न लागेका हौं ।’ 

    त्यसो त दशैंमै शोभित बस्नेत निर्देशित नयाँ फिल्म ‘डाँडाको वरपीपल’ पनि प्रदर्शनको तयारीमा रहेको छ । बुढासुब्बा डिजिटलले निर्माण गरेको यो फिल्म खासमा बुढासुब्बाकै युट्युब च्यानल तथा बिएम एचडी टिभीका लागि निर्माण गरिएको हो । ओटिटी प्लेटफर्म र टिभीमा मात्र प्रदर्शन गर्न निर्माण गरिएको भए पनि अब भने यो फिल्म दशैंको अवसरमा २६ असोजमा खुलेका हलमा समेत प्रदर्शन गरिने छ ।

    ‘डाँडाको वरपीपल’ काठमाडौ र मोफसलका सबै हलमा प्रदर्शन हुन्छ,’ निर्देशक बस्नेत भन्छन्, ‘दशंैअगाडि मोफसलका हल पनि सञ्चालनमा आउने भएकाले सबैतिर फिल्म चलाउने सम्झौता भएको छ ।’ 

    त्यसो त निर्देशक बस्नेतले गत वर्षको दशैंअघि पनि बुढा सुब्बा डिजिटलकै लगानीमा ‘लक्ष्मीपूजा’ नामक फिल्म निर्देशन गरेका थिए । त्यतिबेला पनि हल खुलेमा हलमा समेत लगाउने तयारी थियो । तर, हल खुलेन । ‘लक्ष्मीपूजा’ टिभी र ओटिटीमार्फत दर्शकमाझ पुग्यो । 

    प्रदर्शन मिति तोक्ने सकस

    कोरोनाअघि, छक्का पन्जा–४, अशोक शर्माको अल्लारे–२, रेनेशा वान्तवा राईको आइएम २१, झरना थापाको ए मेरो हजुर–४, छविराज ओझाको नयाँ फिल्मलगायतले ०७७ को दशैमा प्रदर्शन हुने घोषणा गरेका थिए । तर कोरोनाका कारण सबै बन्द भयो । अब भने जनजीवन सामान्य हुँदै जाँदा ठूला भनिने फिल्मले प्रदर्शन मिति तोक्दै गइरहेका छन् । 

    पहिला, अघिल्लो वर्षको २७ चैतमा प्रदर्शन हुने तयारीमा रहेको ‘लप्पन छप्पन–२’ ले अगामी १३ फागुन अर्थात् शिवरात्रीको छेकोमा प्रदर्शन हुने घोषणा गरेको छ । त्यसैगरी, झरना थापाको ए मेरो हजुर–४ ले केही दिनअघि मात्रै प्रदर्शन मिति घोषणा गर्यो । 

    अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको सो फिल्म नयाँ वर्ष ०७९ को अवसरमा २८ चैतमा प्रदर्शन हुनेछ । अन्य फिल्महरूले प्रदर्शन मिति तय गर्न क्यालेन्डर पल्टाइरहेको भए तापनि स्थिति कस्तो होला भन्ने त्रासले मिति घोषणा गर्न सकिरहेका छैनन् । 


    आश्विन ४, २०७८ सोमवार १६:५२:०१ बजे : प्रकाशित


    क्यानाडा नेपाल