• Aug 05 2021 | २०७८, श्रावण २१गते

२०७८, श्रावण २१गते

  'योङ प्लेयर अफ दि टुर्नामेन्ट'को उपाधि स्पेनका पेड्रीलाई

आषाढ २८ २०७८
  • 496
    SHARES
  •   'योङ प्लेयर अफ दि टुर्नामेन्ट'को उपाधि स्पेनका पेड्रीलाई

    काठमाडौं - स्पेनका खेलाडी पेड्री युरोपेली च्याम्पियनसिप २०२० मा उत्कृष्ट युवा खेलाडी बनेका छन् । प्रतियोगिताभर ६ खेल खेलेका पेड्रीले योङ प्लेयर अफ दि टुर्नामेन्टको उपाधि जितेका हुन् । पेड्रीको टिम स्पेन सेमिफाइनलमा इटालीसँग पराजित भएको थियो । 

    ped.PNG
      
    गए राति वेम्बली स्टेडियममा भएको खेलमा इटालीले इंग्ल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो । उक्त खेलमा इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । टिमलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका २२ वर्षीय डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । 

     सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोले पाए गोल्डेन बुट  सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोले पाए गोल्डेन बुट

    गए राति भएको खेलको निर्धारित ९० मिनेटसम्म १-१ गोलको बराबरीमा सकिएपछि खेलमा समय थप गरिएको थियो । उक्त खेलको २ मिनेटमै इंग्ल्यान्डका लुक शले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ६७ औँ मिनेटमा इटालीका लियोनार्दो बुनिचीले गोल गरी टिमलाई बराबरीमा पुर्याए । खेल बराबरीमा सकिएपछि टाइब्रेकरमा इटालीले जित निकाल्यो । इंग्ल्यान्डले लगातार ३ प्रहार गोल गर्न सकेन । 


    आषाढ २८, २०७८ सोमवार १२:१०:१८ बजे : प्रकाशित

    अर्कोसमाचार

    पब्जीमाथि किन प्रतिबन्ध मागियो ? के भन्छन् खेलेरै लाखौँ कमाउनेहरू ? 

    श्रावण १४

  • 776
    SHARES
  • पब्जीमाथि किन प्रतिबन्ध मागियो ? के भन्छन् खेलेरै लाखौँ कमाउनेहरू ? 

    सांसद आशाकुमारी विकले यसै हप्ता पब्जी र फ्रीफायर लगायतका अनलाइन गेमहरू बन्द गर्नुपर्ने सदनमा उठाइन्। नेपालमा विशेषगरी पब्जी खेलमा प्रतिबन्ध लगाइनुपर्ने कुरा उठेको यो पहिलो पटक भने होइन।

    प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी एमालेकी बिकले सरकारले अनलाइन खेलहरू बन्द नगरे अभिभावक न्याय खोज्दै अदालतका ढोकामा पुग्ने दिन आउनसक्ने बताइन्।

    नेकपाले नेतृत्व गरेको सरकारले यसअघि एकपटक पब्जी खेलमा प्रतिबन्ध लगाएको थियो तर सर्वोच्च अदालतको अन्तरिम आदेशले त्यो लागु भएन। केही अभिभावकहरूले यसले बालबालिकामा ''नकारात्मक प्रभाव पारिरहेको'' र दूरगामी ''मानसिक प्रभाव पार्न सक्ने'' बताउँदै प्रतिबन्धको विषय उठाउने गरेका छन्।

    प्रतिनिधिसभामै विषय उठान गरिएको पब्जी खेल के हो ? यो खेल्न अभ्यस्त प्रयोगकर्ताहरू यसको बारेमा के भन्छन्?

    'सामान्य अनलाइन खेल'
    सक्रिय रूपमा पब्जी खेल्नेहरूका अनुसार इन्टरनेटमा विभिन्न स्थानमा रहेका मानिसहरू एउटै खेलमा सहभागी हुनसक्ने थुप्रै खेलहरूमध्ये यो एक खेल हो। पछिल्लो समय नेपालमा व्यक्तिगत रूपमा मात्रै नभएर व्यावसायिक रूपमा पनि पब्जी खेल्ने गरिएको छ।

    सुरुमा पब्जी समूह रहेका पनि हाल कम्पनीकै रूपमा स्थापित भएका छन्। तिनैमध्ये एक डीआरएस गेमिङका व्यवस्थापन प्रमुख सङ्गीन भट्टराईका अनुसार पब्जी खेलमा एउटा टोलीमा चार जनासम्म खेलाडीहरूले खेल्न पाउँछन्। थप दुई जना सम्मलाई अतिरिक्त खेलाडीका रूपमा राख्न सकिन्छ।

    चर्चित हुनुको कारण के हो?
    अनलाइन खेलहरू धेरै भए पनि मोबाइल प्लेटफर्मबाटै सहजै खेल्न सकिने हुँदा पब्जी अन्य खेलका तुलनामा बढी रुचाइएको हुनसक्ने भट्टराई ठान्छन्।"मोबाइल गेम हो। सबैसँग कम्प्युटरको पहुँच हुँदैन। मोबाइलबाट जहाँ बसेर, जसरी पनि खेल्न सकिन्छ," उनले भने।

    पब्जी खेलमा सहभागी टोलीमध्ये अन्तिमसम्म रहनेले खेल जित्ने हुन्छ। खेलमा अन्तिमसम्म रहन खेलाडीहरूले विभिन्न रणनीति प्रयोग गर्छन्। एउटा खेलको एउटा म्यापमा एक सय जनासम्म खेल्न सक्छन्। प्रत्येक समूहको लक्ष्य विपक्षीलाई मारेर सकेसम्म लामो समय टिक्ने हो।

    खेलको बीचमा अनलाइनबाटै एक अर्कासँग कुरा पनि गर्न मिल्छ।सामाजिक सञ्जालजस्तै एक अर्कासँग जोडिएर कुराकानी गर्दै आआफ्नै स्थानमा बसेर खेल्न सकिने हुँदा पनि यो खेल चर्चित भएको हुनसक्ने बताइन्छ।

    ''…यो पनि एउटा पाटो हो खेल चर्चित हुनुको। प्रत्यक्ष कुराकानी गर्न मिल्छ,'' भट्टराईले भने।कुनै पनि व्यक्तिले मनोरञ्जनका लागि "धेरै मूल्य नपर्ने सामान्य मोबाइल फोनबाट समेत खेल्न सक्ने" उनको भनाइ छ।

    प्रतिस्पर्धात्मक खेलका लागि भने "राम्रो उपकरणको आवश्यकता पर्ने" भट्टराई बताउँछन्।पब्जी एपल र एन्ड्रोइड दुवैमा उपलब्ध छ। कम्प्युटरका लागि भने छुट्टै सफ्टवेयर प्रयोग गर्नुपर्ने हुन्छ। यसलाई प्लेस्टेसनमा पनि खेल्न सकिन्छ।

    व्यावसायिक रूपमा कसरी खेल्न सकिन्छ?
    विश्वका विभिन्न देशहरूमा खेलिने अनलाइन खेलको विस्तार पछिल्ला वर्षहरूमा नेपालमा पनि भइरहेको छ।अझ कोरोनाभाइरस महामारीका कारण शैक्षिक संस्थाहरू बन्द भएको अवस्थामा त यसको विस्तार झन् तीव्र भएको यस्ता कम्पनीमा आबद्ध युवाहरू बताउँछन्।

    व्यावसायिक रूपमा पब्जी खेल्नका लागि खेल्दै जाँदा विकसित हुने क्षमता आवश्यक पर्छ।समूहगत रूपमा खेल्नुपर्ने हुँदा एक अर्कासँग कुराकानी देखि एक अर्कालाई सहयोग गर्ने कुरा महत्त्वपूर्ण हुने भट्टराई बताउँछन्।

    दर्ता भएको चार महिनामा डीआरएसले ४४ हजार अमेरिकी डलर आर्जन गरेको कम्पनीले जनाएको छ। त्यस्तै हालसालै भएको एउटा परोपकारी प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफलाई '५४,५०० डलर दिएको' उनले दाबी गरे।

    हाल नेपाली खेलाडीहरू दक्षिण एशियामा बढी खेल्ने गरेको बताइन्छ।त्यसबाहेक चीन लगायतका अन्य विभिन्न राष्ट्रहरूले पनि प्रतिस्पर्धामा सहभागी हुनका लागि आमन्त्रण आउने गरेको उनीहरू बताउँछन्।

    पाँच जना खेलाडीहरू आफूसँग रहेको बताउने डीआरएसले उनीहरूलाई मासिक रूपमा ४० देखि ५० हजार तलब दिने भट्टराई बताउँछन्।"यो एक जना सामान्य नेपालीको आर्जनभन्दा धेरै हो," उनले भने।

    नेपालमा हाइलाइट्स गेमिङ, डेराइ गाइज, एलिमेन्ट्रिक्स र ट्रेन्ड टु किल जस्ता समूहहरू अनलाइन गेमिङमा सक्रिय छन्।

    किन लाग्छ यो खेलको बानी?
    पब्जी लगायतका अनलाइन खेलहरूमा बालबालिका तथा किशोरकिशोरीहरू आकर्षित हुनुको एउटा कारण खेलको निर्माण प्रक्रिया पनि रहेको बाल मनोचिकित्सक डा. जया रेग्मी बताउँछिन्।

    "अनलाइन गेममा तत्काल रिवार्ड हुन्छ। छिटोछिटो नयाँ चीजहरू र लेभलहरू आइराखेपछि खेलिरहन मन लाग्ने हुन्छ। यसले एक किसिमको उत्साह दिन्छ," उनले भनिन्। तर समय मिलाएर र बुझेर खेलेमा अनलाइन खेलले हानि मात्रै नगर्ने उनको भनाइ छ।

    त्यसबाहेक अभिभावकहरूको व्यस्त जीवनशैलीसँगै सन्तानसँग बिताउने समयमा कमी, आफ्ना उमेर समूहका साथीहरूको कमी र घर बाहिर निस्किएर खेल्ने अवस्थामा सीमितता रहेका कारण अनलाइन गेममा आकर्षण बढिरहेको चिकित्सकहरू बताउँछन्।

    प्रतिनिधिसभा बैठकमा विकले कोरोनाभाइरस कहरले थलिएको देशको बालबालिका तथा किशोरकिशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सृजना भएको बताएकी थिइन्।

    पब्जी र फ्रीफायरजस्तो खेलको लतमा फसेको उनीहरूमा देखिएको डराउने, झस्कने र जिद्दीपनको बानीले अभिभावकमा तनावका कारण निम्तिने रोगहरूको दृश्य भयाभय रहेको उनले टिप्पणी गरेकी थिइन्।

    तर यस विषयमा अभिभावकहरू चिन्तित भए पनि विश्वव्यापी तथ्याङ्कले फरक परिदृश्य देखाउने रेग्मी बताउँछिन्।

    "खेलेर नै हानि हुन्छ भन्ने यकिन तथ्याङ्क छैन। कुनै पनि बानी व्यवहार चाहिनेभन्दा बढी भयो भने त्यसको प्रभाव हुन्छ। उदाहरणका लागि चाहिनेभन्दा बढी सुतेर अरू कुरामा प्रभाव पर्‍यो भने त्यो समस्या भयो," उनले थपिन।

    डीआरएसमा आबद्ध प्राय खेलाडीहरू २० देखि २५ वर्ष सम्मका रहेको भट्टराई बताउँछन्। ती सबै पुरुष हुन्।उनीहरूले दैनिक छदेखि आठ घण्टासम्म खेल्ने गर्छन्।

    खेलको 'लत' लाग्ने भनेर प्रचार गरिएको विषयमा भट्टराई असहमत छन्। बढी समय अनलाइन गेममा बिताउनुमा उनी खेलको भन्दा बढी अरूनै विषय कारक रहेको ठान्छन्।

    "पाँच वर्षका बच्चालाई हातमा मोबाइल फोन थमाउने" अभिभावकहरूको यसमा उत्तिकै दोष रहेको उनको भनाइ छ।

    "२० हजारको फोनदेखि आइफोनसम्म उपलब्ध गराउने त अभिभावनहरू नै हुन् नि। मेरो छोराले खेलिरह्यो भनेर विषय उठान गर्नुभन्दा खेलले समाजमा पारिरहेको प्रभाव हेर्नुपर्‍यो।"

    "मानिसले यसबाट कमाएर जीवन कहाँबाट कहाँ पुर्‍याउन सक्छ हेर्नुपर्‍यो," भट्टराईले भने। "नकारात्मक कुरा मात्रै नहेरेर सकारात्मक पनि हेर्‍यो भने राम्रो होला। सबै मान्छे डाक्टर वा इन्जिनियर त बन्न सक्दैनन् नि," उनले थपे।

    राम्रोसँग नियमन गरेर अघि बढाइएको अवस्थामा अनलाइन गेमिङ आफैमा एक किसिमको व्यवसाय या पेसा जसरी फस्टाउने उनी ठान्छन्। "चुरोट रक्सी खाएर तपाईँको घरमा झगडा पर्छ भने कारखाना बन्द गर्ने त होइन नि," उनले भने।

    सदनमा आफूले विषय उठान गर्नुको कारण पनि यस विषयमा व्यापक विमर्श होस भन्ने रहेको विकले बताइन्। आफ्नै घरमा समेत पब्जी लगायतका खेलबाट समस्या सृजना भएको बताउने उनी संसद्मा विषय उठान गरेपछि धेरै स्थानबाट सकारात्मक प्रतिक्रिया उत्पन्न भएको बताउँछिन्।

    "केही व्यक्तिहरूको आमदानीको स्रोत भयो होला त्यो। तर भर्खरैका बालबालिका र किशोरकिशोरीलाई त प्रभाव पार्छ," बीबीसीसँग उनले भनिन्।

    "कोठा भित्र बस्ने, रातभरि नसुत्ने, चिच्याउने, कराउने, जितेन भने आक्रोशमा अर्का मान्छे पिट्ने र मानसिक रूपमा विक्षिप्त हुने कारण यस्ता खेलहरूमा नियमन गर्न जरुरी छ।"समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    श्रावण १४, २०७८ बिहिवार २०:३२:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पब्जी
  • सानदार जित निकाल्दै ब्राजिल सेमिफाइनलमा प्रबेश  

    श्रावण १७

  • 310
    SHARES
  • सानदार जित निकाल्दै ब्राजिल सेमिफाइनलमा प्रबेश   

    काठमाडौँ - शनिवार टोकियो ओलम्पिक अन्तर्गत भएको खेलमा ब्राजिलले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले इजिप्टलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा ब्राजिलको लागि माथिएस कुन्हाले गरेको गोल नै निर्णायक बन्यो । 

    उनले खेलको ३७औँ मिनेटमा रिचार्लिसनको पासमा गोल गरेका हुन् । जितसँगै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ ।अब ब्राजिल सेमिफाइनलमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । 


    श्रावण १७, २०७८ आइतवार ०९:२८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टोकियो ओलम्पिक
  • आर्सनलमाथि चेल्सीको सानदार जित 

    श्रावण १८

  • 204
    SHARES
  • आर्सनलमाथि चेल्सीको सानदार जित 

    काठमाडौँ - आइतबार प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा चेल्सीले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा चेल्सीले आर्सनललाई २(१ गोलले पराजित गरेको हो । उक्त खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेज र टामी अब्राहमले एक एक गोल गरे । त्यस्तै आर्सनलको तर्फबाट ग्रानिट झाकाले गोल गरे । 

    उक्त खेलको २७औं मिनेटमा चेल्सीका हाभर्टजको गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ६९औं मिनेटमा झाकाले गोल गरी बराबरीमा पुर्याए । त्यसपछि खेलको ७२औं मिनेटमा चेल्सीका अब्राहमले गोल गरे । 
     


    श्रावण १८, २०७८ सोमवार ०९:०३:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मैत्रीपूर्ण खेल
  • अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गर्दै यसो भने पारस खड्काले  

    श्रावण १९

  • 536
    SHARES
  • अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गर्दै यसो भने पारस खड्काले  

    काठमाडौं - पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । मंगलबार पारसले सामाजिक सञ्जालमार्फत आफुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले लेखेका छन् - 'सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु ।'

    उनले आफुले २००२ मा १५ बर्ष हुँदा क्रिकेट यात्रा शुरु गरेको र यो यात्रामा साथ, समर्थन , माया र हौसला दिने प्रशिक्षकहरु, साथी खेलाडीहरु, प्रशंसकहरु प्रति सधैभरी ऋणी रहने बताएका छन् । 

    paras khadka.jpg

    उनले लेखेका छन् - 'अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन् ।' उनले मैदानभित्रका दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा आफुसँग रहने र सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनेमा विश्वास लिएको बताएका छन् । 

    पारसले नेपाललाई २००४, २००६ र २००८ गरी तीनवटा अन्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए। उनी सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए।  

    pp.jpg

     


    श्रावण १९, २०७८ मंगलवार ०८:४९:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पारस खड्का
  • नेपाली क्रिकेटमा ‘एक युगको अन्त्य’, पारस खड्काको कप्तानीमा नेपालले पाएको यी हुन् सफलता

  • 274
    SHARES
  • नेपाली क्रिकेटमा ‘एक युगको अन्त्य’, पारस खड्काको कप्तानीमा नेपालले पाएको यी हुन् सफलता

    काठमाडौं । नेपाली क्रिकेटमा मंगलबार एक युगको अन्त्य भएको छ । मंगलबार बिहान पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणासँगै ‘एक युगको अन्त्य’ भएको प्रतिक्रिया आइरहेका छन् ।

    उनको कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आएको सफलताले उनलाई खेलाडीमात्रै नभएर सेलिब्रेटीको रुपमा आमजनताले लिएका छन् । आफूलाई उत्कृष्ट खेलाडी सावित गर्दै ३४ वर्षको उमेरमै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन् । सन् २००४ मा डेब्यू गरेका पारसले सबैलाई चकित पार्दै सन्न्यासको घोषणा गरेका हुन् ।

    अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गर्दै यसो भने पारस खड्काले   अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गर्दै यसो भने पारस खड्काले  

    pp.jpg

    जस कारण समर्थकहरुले उनलाई सन्न्यास फिर्ता लिन आग्रह गरिरहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसलाई अब घरेलु खेलमा भने देख्न सकिन्छ । 

    सन् २००९ मा नेपाली टोलीको कप्तानी सम्हालेका पारसले आफ्नो कप्तानीमा सन् २०१० को आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि नेपाललाई दिलाउन सफल भएका थिए । यो नै उनको पहिलो आफ्नो कप्तानीमा नेपाललाई दिलाएको उपाधि थियो । 

    पारसकै कप्तानीमा नेपालले सन् २०१२ को डिभिजन–४, सन् २०१३ र २०१४ को डिभिजन–३ प्रतियोगिताको उपाधि पनि जितेको थियो । पारसकै कप्तानीमा नेपालले सन् २०१२ को एसीसी ट्रफीमा यूएईसँगै संयुक्त विजेता बनेको थियो ।

    यसैगरी उनको कप्तानीमा नेपाल सन् २०१४ को टी–ट्वान्टी विश्वकप क्रिकेटमा पुगे पनि त्यसयता नेपालको सिनियर टोलीले विश्वकप क्रिकेट खेल्न सकेको छैन ।

    यसैगरी पारसको कप्तानीमा नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो भने उनकै कप्ताानीमा २०१८ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेर इतिहास रचेको थियो । 

    सन् २०१० देखि २०१८सम्म विभिन्न उपाधि नेपाललाई दिलाएका पारसले सन् २०१९ अक्टोबरमा नेपाली टोलीको कप्तानीबाट राजीनामा दिएका थिए ।

    त्यसपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् । पारसले सन् २००९ मा नेपालको कप्तानी सम्हालेका थिए । सन् २००९देखि २०१९ सम्म कप्तानी सम्हालेका पारस सबैभन्दा लामो कप्तानी सम्हाले खेलाडीको रुपमा समेत दर्ज भएका छन् । 
    पारसको कप्तानीमा नेपालले २७ वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दा ११ वटामा जित हासिल गरेको छ । यसैगरी पारसको नेतृत्वमा नेपालले ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा तीनवटामा जित हासिल गरेको छ भने तीन खेलमा हार व्यहोरेको छ । 

    नेपालका लागि एकदिवसीय क्रिकेट र टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने एक्ला खेलाडीको परिचय बनाएका पारसले एकदिवसीयमा १० खेलमा एक शतक र एक अर्धशतकसहित ३१५ रन बनाए । 

    त्यस्तै, उनले टी–ट्वान्टीमा ३३ खेलमा एक शतक र चार अर्धशतकसहित ७९९ रन जोडेर आफ्नो नाममा स्कोर राख्न सफल भए ।
    खेलमा मात्रै होइन व्यवस्थापकीय क्षमतामा पनि अब्बल देखिएका पारसले क्रिकेटको उत्थानका लागि सरकारलाई दबाबसमेत सृजना गरेका थिए । कप्तानको भूमिका रहँदा पारसले नेपालको क्रिकेटको स्तर उकास्न सरोकारवालाहरुलाई बारम्बार झक्झकाउने कार्य गरिरहे ।

    खेलाडीलाई उपलब्ध गराउने पारिश्रमिक, सुविधाको जानकारी गराउनेदेखि क्रिकेट क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपको पनि विरोध गरिरहे । जस कारण अहिलेसम्म पनि पारस नेपालीको मन मनमा बस्न सफल भएका हुन् ।

    नेपाललाई क्रिकेट मार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल पारसले मंगलबार अन्तर्राष्ट्रिय खेलबाट गरेको सन्न्यासले आमनेपालीदेखि क्रिकेट क्षेत्रका सरोकारवाला निकायका अधिकारीहरु पनि आश्चर्यमा परेका छन् । 

    fb paras.PNG

    सामाजिक सञ्जालमार्फत पारसले गरेको सन्न्यासको घोषणा फिर्ता लिन र फिर्ता गराउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले माग गरिरहेका छन् । 

     


    श्रावण १९, २०७८ मंगलवार १४:२०:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पारस खड्का

  • क्यानाडा नेपाल

    पत्रकार सम्मेलन गरेर पारस खड्काले भने– अवसर पाए राजनीतिमा आउँछु

  • 180
    SHARES
  • पत्रकार सम्मेलन गरेर पारस खड्काले भने– अवसर पाए राजनीतिमा आउँछु

    काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफू राजनीतिमा आउन सक्ने बताएका छन् । 

    अन्तर्राष्ट्रिय क्रिकेटबाट सामाजिक सञ्जालबाट सन्यास लिएको घोषणा गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर उनले क्रिकेट व्यवस्थापनमा सफल भएमा आफू राजनीतिमा आउन सक्ने बताएका हुन् । 

    आफ्नो पहिलो आफ्नो प्राथमिकता क्रिकेटको क्षेत्र नै रहने बताएका उनले राम्रो अवसर आएमा राजनीतिमा पनि लाग्ने जानकारी दिए । 

    नेपाली क्रिकेटमा ‘एक युगको अन्त्य’, पारस खड्काको कप्तानीमा नेपालले पाएको यी हुन् सफलता नेपाली क्रिकेटमा ‘एक युगको अन्त्य’, पारस खड्काको कप्तानीमा नेपालले पाएको यी हुन् सफलता

    सबैलाई आश्चर्यचकित पार्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले क्रिकेट एकेडेमी खोलेर मुलुकभर पु¥याउने योजना रहेको जानकारी दिए । 

    उनको राजीनामा नेपाल क्रिकेट संघको नेतृत्वले चाहनासँग जोडेर हेरेका बेला पारसले अब आफ्ना करियर सुरु भएको र यो चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए । 


    श्रावण २०, २०७८ बुधवार १५:४९:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पारस खड्का

  • क्यानाडा नेपाल

    ताजा खबर