• Sep 29 2021 | २०७८, आश्विन १३गते

२०७८, आश्विन १३गते

‘सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’

आषाढ २८ २०७८
  • 1.6K
    SHARES
  • ‘सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा आज गोरू व्याएको बताएका छन् । सोमबार सर्वोच्च अदालतले फेरि प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् । 

    images

    उनले बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिदै सर्वोच्च अदालतमा आज गोरू व्याएको बताएका छन् । 

    अध्यक्ष थापाले सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता देखिएको बताएका छन् । उनले अदालतको फैसलाले देश अस्थिरतामा फस्ने खतरा देखिएको पनि बताएका छन् । 

    उनले भनेका छन् - 'बरिष्ठ राजनितिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटि लिएं- “सर्वोच्च अदालतमा आज गोरू व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा'

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, ईश्वरीप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले सोमबार  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरिदिएको छ । संवैधानिक इजलासले राष्ट्रपतिको सो निर्णयलाई बदर गरेसँगै  प्रतिनिधिसभा पुनर्स्थापित भएको छ ।
     


    आषाढ २८, २०७८ सोमवार १४:१६:०७ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # कमल थापा
  • अर्कोसमाचार

    पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधार - जनार्दन शर्मा

  • 144
    SHARES
  • पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधार - जनार्दन शर्मा

    काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिनुभएको छ ।उहाँले भन्नुभयो“ नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । ”

    images

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी निकट नेपाल दलितमुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन जित्नैपर्ने अवस्थाको अन्त्यका त्यस्तो प्रणाली नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो ।

    नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख समेत रहनुभएका उहाँले भन्नुभयो “पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन” उहाँले भन्नुभयो । नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्नुहुँदै उहाँले थप्नुभयो,“समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्छ ।”

    सरकारले पहिलो पटक गरिब र विपन्नलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्नुहुँदै अर्थमन्त्री शर्माले दीर्घरोगीलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको जानकारीदिनुभयोे ।

    उहाँले दलितको लागि पनि आवास योजना अघि सारिएको बताउनुभयोे । यसअघि सञ्चालित जनता आवास कार्यक्रमले समेत दलित समुदायलाई राम्रोसँग सम्बोधन गर्न नसकेकोले दलित आवास कार्यक्रम ल्याइएको उहाँले स्पष्ट पार्नुभयो ।वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनिकरणलगायतको दिशामा सरकारले प्रतिस्थापन बजेटमार्फत काम सुरुआत गरिसकेको उहाँले जानकारी दिनुभयो ।रासस

     


    आश्विन १२, २०७८ मंगलवार १९:०९:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जनार्दन शर्मा

  • क्यानाडा नेपाल

    गठवन्धन सरकारले पार्टी फुटाउन मात्र अध्यादेश ल्यायो - ओली

  • 180
    SHARES
  • गठवन्धन सरकारले पार्टी फुटाउन मात्र अध्यादेश ल्यायो - ओली

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकारले पार्टी फुटाउन मात्र अध्यादेश ल्याएको बताएका छन् ।  मंगलबार नयाँबानेश्वरको अल्फाबिटामा विभिन्न सञ्चार माध्यमका सम्पादकसँग भएको अन्तरक्रियामा ओलीले सो कुरा बताएका हुन् । 

    images

    पार्टी फुटाउनकै लागि अध्यादेश ल्याएको भन्दै उनले प्रश्न गरे - 'पार्टी फुटाउन ल्याएको अध्यादेश नै हो अग्रगमन ?' यस्तै उनले आफुहरु लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित भएको पनि बताए । 

    ताजा जनादेशमा जाने कुरा कसरी प्रतिगमन भयो ? - ओली ताजा जनादेशमा जाने कुरा कसरी प्रतिगमन भयो ? - ओली

    ताजा जनादेशको आवश्यकता रहेको बताउदै उनले भने - 'ताजा जनादेश आवश्यक छ । हामी कांग्रेससँग पनि मिल्नुपर्दैन । उहाँहरुले नै निर्वाचन गराए पनि हुन्छ । तर ताजा जनादेशमा जानुपर्छ । '

    यस्तै ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)का बारेमा आफुले तत्काल बोल्नुको कुनै अर्थ नभएको बताए । उनले एमसीसी विषयमा गठवन्धन सरकारका दुई नाइकेले जवाफ दिनुपर्ने पनि बताए । 
     


    आश्विन १२, २०७८ मंगलवार १९:२९:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडा नेपाल

    एमालेको १० बुँदे सहमति कार्यान्वयनमा ल्याउन भीम रावल अग्रसर

  • 160
    SHARES
  • एमालेको १० बुँदे सहमति कार्यान्वयनमा ल्याउन भीम रावल अग्रसर

    काठमाडौं । नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठकले सहमति कार्यान्यमा देखिएका समास्यालाई समाधान गर्ने बिषयमा छलफल गरेको छ  । 

    images

    एमाले पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको बैठकमा १० बुँदे सहमतिको केहि बुँदा कार्यान्वयन भइसकेको र सहमतिका अन्य बुँदाको कार्यान्वयन गर्ने बिषयमा छलफल भएको कार्यदल संयोजक भीम रावलले जानकारी दिएका छन् ।

    त्यस्तै बैठकमा बिधान महाधिवेशनमा हुने प्रतिनिधित्वका बिषयमा देखिएका समस्याहरुलाई समाधानका लागि छलफल भएको उनले बताए । बिधान महाधिवेशनमा प्रतिनिधित्वका लागि उपयुक्त बिधि र संरचनागत समाधानका बिभिन्न उपायहरुमाथि छलफल भएको रावलले बताए ।

    कार्यदलमा महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहने भएका छन् ।


    आश्विन १२, २०७८ मंगलवार १९:५२:२६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको लेखराज भट्टको दाबी   

  • 176
    SHARES
  • सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको लेखराज भट्टको दाबी   

    काठमाडौं - नेकपा एमालेका नेता लेखराज भट्टले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज आफू नै भएको दाबी गरेका छन् । 

    images

    मंगलबार थापाथलीमा बसेको १० बुँदे सहमति कार्यान्वयनको लागि गठित कार्यदलको बैठकपछि बोल्दै भट्टले सो कुरा बताएका हुन् । उनले सुदुरपश्चिम प्रदेशमा कुनै विवाद नभएको पनि बताउ । 

    उनले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने जोड दिदै आज यसबारे गम्भीर छलफल भएको बताए । उनले पार्टीको आन्तरिक एकता अझै बलियो बनाउनु पर्ने पनि बताए ।
       


    आश्विन १२, २०७८ मंगलवार २०:३३:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लेखराज भट्ट

  • क्यानाडा नेपाल

    परराष्ट्रमन्त्री खड्काको सपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

  • 220
    SHARES
  • परराष्ट्रमन्त्री खड्काको सपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौं - नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काको सपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिटमा भोलि पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

    images

    सपथ सम्बन्धी कानुन नै नभएकाले खड्काको सपथ गैरसंवैधानिक भन्दै अधिवक्ता विशाल न्यौपानेले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई विपक्षी बनाएर मंगलबार रिट दायर गरेका हुन् ।

    रिटमा संविधानको धारा ८० अन्तर्गत मन्त्रीले संघीय कानुन बमोजिम पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था रहेको र यसको ६ असोजमा मन्त्री खड्काले राष्ट्रपती विद्यादेवी भण्डारीसमक्ष शपथ लिएको उल्लेख छ ।

    'संवैधानिक प्रावधानबमोजिम धारा ८० भनिएता पनि उल्लेखित धारा अनुसार 'संघीय कानुन बमोजिम' हुनुपर्नेमा कुनै पनि कानुनी व्यवस्था नगरी अथवा कानुनी स्रोतको अभावमा पद तथा गोपनियताको सपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक सपथ बदर गरी सपथ सम्बन्धी कानुन निर्माण गरी सोही बमोजिम सपथ ग्रहणका लागि यो निवेदन लिई उपस्थित भएको छु,' रिटमा भनिएको छ ।

    रिट निवेदनमा सपथ सम्बन्धी कानुन बनाउन अघिल्लो सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिबाट जारी भई लागु भएको तर संसदबाट पारित हुननसक्दा स्वत: निष्क्रीय भएकाले अहिले सपथ ग्रहणसम्बन्धी कानुन नभएको जिकिर गरिएको छ ।

    'संविधानमै व्यवस्था गरिएको “संघीय कानुन बमोजिम" भन्ने प्रावधान बमोजिमको कुन संघीय कानुन बमोजिम गरिएको हो भन्ने उल्लेखनै नगरी अथवा कानुनको स्रोतको अभावमा र कानुनले परिकल्पना गरेको कनै ढाँचा विना असंवैधानिक तवरले गरिएको पद तथा गोपनियताको सपथ उत्प्रेषणको आदेशबाट बदर गरी पाउँ,' रिटमा माग गरिएको छ ।

    रिटमा संविधानले परिकल्पना गरे बमोजिमसपथ सम्बन्धी संघीय कानुन निर्माण संवैधानिक एवम कानुनी हिसाबले संवैधानिक दायित्व भएको हुनाले शपथ सम्बन्धी कानुन निर्माण गरी मात्र सपथ लिनु तथा दिन विपक्षीका नाममा परमादेशको आदेश पनि माग गरिएको छ ।न्युज कारखाना


    आश्विन १२, २०७८ मंगलवार २१:३१:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. नारायण खड्का

  • क्यानाडा नेपाल

    ओलीलाई सम्पादकहरूको प्रश्न - कांग्रेस-एमाले गठबन्धन बन्न लागेको हो ? 

  • 1.3K
    SHARES
  • ओलीलाई सम्पादकहरूको प्रश्न - कांग्रेस-एमाले गठबन्धन बन्न लागेको हो ? 

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-एमाले गठबन्धन नबन्ने बताएका छन् । मंगलबार सम्पादकहरूसँगको कुराकानीमा ओलीले मध्यावधि निर्वाचनका लागि एमाले कांग्रेससँग मिल्नै नपर्ने बताए ।

    images

    कार्यक्रममा सम्पादकहरूले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले बढाएको संवादको आसय कांग्रेस-एमाले गठबन्धन हुन लागेको हो ? भनेर सोधेका थिए ।

    जबाफमा ओलीले देशमा ताजा जनादेश आवश्यक भएको तर एमाले कांग्रेससँग मिल्नै नपर्ने बताए । ‘गठबन्धन छँदै छ । गठबन्धनले चुनाव गराए भयो । अढाइ महिनासम्म सरकार विस्तार हुँदैन । यसरी देशको अमूल्य समय बर्बाद बनाउनुहुँदैन । ताजा जनादेशमा जानुपर्छ’, उनले भने । 

    अध्यक्ष ओलीले सभामुखको भूमिका गठबन्धनको पक्ष र प्रतिपक्षी पार्टीको पक्षमा देखिएको बताए । निर्वाचन आयोग पनि दबाबमा परेको उनको भनाइ थियो ।

    पार्टी दुइटा पाइलटले नचलेको र असफल भएको भन्दै ओलीले अब चुनावमा बहुमत ल्याएर एकल पाइलटले चलाउने दाबी पनि गरे ।

    उनले आगामी महाधिवेशनबाट एमाले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुने घोषणा गरे । ‘सचेत समुदायले आफ्नो ठाउँमा संघर्ष गर्नुपर्छ । त्यसको प्रबन्धनका लागि अहिलेदेखि वैधानिक व्यवस्था गरेर जान्छौँ’, उनले भने ।न्युज कारखाना


    आश्विन १२, २०७८ मंगलवार २२:१९:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडा नेपाल