• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

देउवा सरकारको भविष्य माधव नेपालको हातमा 

क्यानाडा नेपाल आषाढ २८ २०७८
  • 1.8K
    SHARES
  • images
    images
    देउवा सरकारको भविष्य माधव नेपालको हातमा 

    काठमाडौं । सर्वाेच्च अदालतको परमादेशसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकको बागडोर सम्हाल्ने भएका छन् । सोमबार सर्वाेच्च अदालतले दुई दिनभित्रमा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । 

    images

    अदालतको सो आदेशसँगै अब राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भएको छ । आज र भोलिमा राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् । 

    तर, देउवा सरकार र मुलुकको राजनीतिक भविष्य अब एमाले नेता माधवकुमार नेपालको हातमा रहेको देखिन्छ । नेपाल समूहको समर्थनमा देउवा प्रधानमन्त्री बन्न सफल भएका हुन् । अब नेपाल समूहको सहयोग नपाए देउवा सरकारले विश्वासको मत पाउन सक्दैन । 

    संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले सोही आधारको उपधारा ६ अनुसार एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । यस कारण २६८ सदस्यीय रहेको प्रतिनिधि सभामा देउवा सरकारले विश्वासको मत पाउन १३५ मत आवश्यक पर्छ ।

    तर, ६३ सांसद रहेको कांग्रेसका दुई जना निलम्बनमा परेकाले ६१ जना मात्रै मत विभाजनमा भाग लिन पाउँछन् । अब बहुमत पु¥याउन देउवा सरकारलाई अन्य दलका ७४ सांसदको समर्थन आवश्यक पर्छ ।

    माओवादी केन्द्रको ४५ सांसद रहेको छ । उसले समर्थन गर्दा अब २९ सांसदको समर्थन देउवालाई आवश्यक पर्छ । राष्ट्रिय जनमोर्चाको एक र जसपाको उपेन्द्र यादव समूहले समर्थन गर्दा पनि बहुमत पुग्ने देखिँदैन ।

    यस कारण अहिले नियुक्तिका लागि सहयोग गरेको जस्तै नेपाल समूहले समर्थन नगरेमा देउवाले विश्वासको मत पाउन सक्दैनन् । यस अवस्थामा मुलुकलाई निर्वाचनमा लैजानु पर्ने हुन्छ । नेपाल समूहका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाएका थिए । 

     


    आषाढ २८, २०७८ सोमवार १६:१४:४६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # देउवा सरकार

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    अनाहकमा नेपाली नागरिकको जीवन नगुमोस् - गृहमन्त्री खाण

  • 212
    SHARES
  • अनाहकमा नेपाली नागरिकको जीवन नगुमोस् - गृहमन्त्री खाण

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले सरकारको पहिलो दायित्व संविधान, विधिको पालना र रक्षा गर्नु भएको बताएका छन् । सोमबार गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रूपन्देही पुगेका गृहमन्त्री खाणले सो कुरा बताएका हुन् । 

    images

    उनले अनाहकमा कसैको जीवन गुम्ने अवस्था नबनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । उनले जिल्लाका सुरक्षा प्रमुखहरूलाई सुरक्षालाई पहिलो प्राथमिकता दिन र एउटा पनि नेपाली नागरिकको जीवन अनाहकमा नजाओस् भनि निर्देशन दिएका हुन् । 

    उनले भने -  ‘यात्रामा कहिले सजिलो, कहिले गाह्रो हुन्छ, उकाली ओरालीे पनि आउँछन्’, गृहमन्त्री खाणले भने, ‘राजनीतिक जीवनमा पनि मोडहरू आउने हुँदा विचलित बन्नुहुँदैन ।’

    गृहमन्त्री खाणले रूपन्देहीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार भएको पनि बताए ।  


    कार्तिक १, २०७८ सोमवार १९:०२:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण

  • क्यानाडा नेपाल

    केपी ओली आगामी निर्वाचनमा झापाबाटै हार्छन् - मेटमणि चौधरी  

  • 212
    SHARES
  • केपी ओली आगामी निर्वाचनमा झापाबाटै हार्छन् - मेटमणि चौधरी  

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले देशभर आफ्नो पार्टीले नेकपा एमाले हराउने दाबी गरेका छन् । 

    images

    सोमबार नेकपा (एस) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै चौधरीले सो कुरा बताएका हुन् । उनले केपी ओली आगामी निर्वाचनमा झापाबाट पनि नजित्ने बताए । 

    ओली पार्टी र प्रवृत्तिका विरुद्ध नेकपा (एस) स्थापना भएको बताउदै उनले देशभर नेकपा एमाले हराउने बताए । ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन र पार्टी समाप्त हुने स्थिति आएकाले नयाँ पार्टी स्थापना गर्नुको विकल्प नभएको उनले बताउ । 

    उनले केपी ओलीसहितका एमाले नेता जनतासँग भोट माग्न गाउँ आउने कुनै नैतिक आधार नभएकाले केपीको झापादेखि गोकर्ण र प्रदीपका गुल्मीका निर्वाचन क्षेत्रसमेत समाजवादीमय हुने दाबी गरे । 


    कार्तिक १, २०७८ सोमवार २०:००:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान - विमलेन्द्र निधि

  • 176
    SHARES
  • पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान - विमलेन्द्र निधि

    जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको बताएका छन् । गृहजिल्ला धनुषामा रहेका उपसभापति निधीले सोमबार आयोजित पत्रकारहरूसँगको कुराकानीमा सो कुरा बताएका हुन् । 

    images

    उनले भने - 'कांग्रेस जहिले पनि मधेशकै भाेटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ । मधेशको सहयोगबिना का‌ंग्रेस कहिलै पनि निर्वाचनमा राम्रो गर्न सकेनन् । त्यसकारण कांग्रेसलाई मधेशको सहयोग आवश्यक छ । पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझिरहेका छन् । तर, अब मधेशले के चाहेको छ ? मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शिर्ष नेताहरूको हातमा छ ।'

    उनले पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरे । उनले मधेशका जिल्लाहरूको भ्रमणमा जाँदा नेता तथा कार्यकर्ताहरूले आफूले सभापतिमा उम्मेदवारी दिएकोमा खुसी भएको पनि बताए । 

    पार्टीलाई मधेश र देशमा मजगुत बनाउन आफूले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावी गरे  ।  


    कार्तिक १, २०७८ सोमवार २१:१३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विमलेन्द्र निधि

  • क्यानाडा नेपाल

    गृहमन्त्री खाँणद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

  • 176
    SHARES
  • गृहमन्त्री खाँणद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेट गरेका छन् । सोमबार गृहमन्त्रीले वैद्यलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा नै पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । 

    images

    सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे ।

    वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए । 


    कार्तिक २, २०७८ मंगलवार ११:५८:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण

  • क्यानाडा नेपाल

    बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

  • 152
    SHARES
  • बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । मंगलबार सरकारी निवास बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई यस्तो निर्देशन दिएका हुन् । 

    images

    प्रधानमन्त्री देउवाले वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाँणलाई आफुले निर्देशन दिएको बारे सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् । 

    उनले लेखेका छन् - 'सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु।'

    दुई दिनअघिदेखि देशका विभिन्न स्थानमा लगातार पानी परिरहेको छ । लगातारको पानीले देशका विभिन्न स्थानमा बाढी तथा पहिरो आएर क्षति पुर्याएको छ । 
     


    कार्तिक २, २०७८ मंगलवार १३:११:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • क्यानाडा नेपाल

    प्रतिनिधिसभाको बैठक दुई दिनपछि सर्‍यो

  • 158
    SHARES
  • प्रतिनिधिसभाको बैठक दुई दिनपछि सर्‍यो

    काठमाडौं - प्रतिनिधिसभाको बैठक दुई दिनपछि सरेको छ । यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

    images

    संघीय संसद्का महासचिव डा.भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी दिएका हुन् ।

    ‘२०७८ कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले २०७८ कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


    कार्तिक २, २०७८ मंगलवार १५:२१:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक

  • क्यानाडा नेपाल