• Jan 24 2022 | २०७८, माघ १०गते

२०७८, माघ १०गते

खोप सम्बन्धि जिज्ञासा : खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ? दीर्घरोगीले खोप लगाउने कि नलगाउने ? 

आषाढ ३१ २०७८
  • 3.8K
    SHARES
  • images
    images
    खोप सम्बन्धि जिज्ञासा : खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ? दीर्घरोगीले खोप लगाउने कि नलगाउने ? 

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको छ । नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएपछि यसको रोकथाम तथा नियन्त्रणको लागि दशका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस्तै चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप पनि देशभर लगाइदैछ । 

    images

    यसैबीच डा. रवीन्द्र पाण्डेले खोप सम्बन्धि विभिन्न जिज्ञासाबारे बताएका छन् । उनले चीनको भेरोसिल र जोन्सनको खोपमध्ये कुन लगाउने ?  पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा कुन लगाउने ? लगायतका विभिन्न प्रश्नको उत्तर दिएका छन् । 

    १. कुन खोप लगाउने ?
    - कोरोना भाइरसविरुद्ध स्वीकृति प्राप्त तथा सरकारले तोके बमोजिम जुन खोप लगाएपनि काम गर्छ । हामीकहाँ छनोटको अवसर सिमित भएको हुँदा जुन उपलब्ध छ, त्यहि लगाउनु राम्रो हुन्छ ।

    २. पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा कुन लगाउने ?
    - पहिलो मात्रा जुन खोप लगायो, दोस्रोमात्रा त्यहि खोप लगाउनु राम्रो हुन्छ । कोभिशिल्ड एस्ट्रेजेनेकाको उत्पादन हो । जापानले नेपाललाई प्रदान गर्ने १६ लाख खोप पनि एस्ट्रेजेनेकाको खोप हो । तसर्थ केहि दिन पर्खेर जापानले दिने खोप लगाउनु राम्रो हुन्छ । एस्ट्रेजेनेकाको पहिलो मात्रा लगाएका व्यक्तिले दोस्रो मात्रा मोडेर्ना वा फाइजरको खोप लगाउँदा फाइदा हुने जनाइएको छ । हामीकहाँ मोडेर्ना र फाइजरको खोप उपलब्ध छैन । तसर्थ चीनको भेरोसिल वा अमेरिकी जोन्सन एण्ड जोन्सनसंग मिक्सम्याच नगर्नु राम्रो हुन्छ ।

    biplabatmadhavnepalniwas.jpg
     
    ३. दीर्घरोगीले खोप लगाउने कि नलगाउने ?
    - कोभिडबाट दीर्घबिरामीलाई बढी जोखिम हुने भएकोले दीर्घबिरामीले खोप लगाउनु सुरक्षित हुन्छ । आफ्नो रोग तथा औषधिको बारे आफ्नो चिकित्सक वा खोप केन्द्रमा सल्लाह गरेर लगाउनु थप सुरक्षित हुन्छ ।
      
    ४. चीनको भेरोसिल र जोन्सनको खोपमध्ये कुन लगाउने ?
    - सरकारले तोके बमोजिमका उमेर र समुहले तोके बमोजिमको खोप लगाउने।
     
    ५. अमेरिकामा जोन्सनको खोप किन कम लगाइएको छ ?
    - अमेरिका लगायत बिकसित देशमा खोप छनोटका धेरै बिकल्प छन् । तसर्थ उनीहरुले आफ्नो छनोट अनुसार फाइजर, मोडेर्ना, जोन्सन, एस्ट्राजेनेकाको खोप लगाएका छन् । हामीकहाँ त्यो सुबिधा छैन । त्यस्तै जोन्सनको खोप लगाउँदा अमेरिकामा दशौँ लाखमा ६ जनालाई रगत जम्ने समस्या देखिएकोले फाइजर र मोडेर्नामा बढी आकर्षण छ ।
     
    ६. नेपालमा उपलब्ध खोप कसले लगाउन मिल्दैन ?
    - १८ बर्षमुनिका युवा / बालबालिकाले ।
    - कोभिड खोप वा खोपका घटकको एलर्जी भएका व्यक्तिले।
    - ज्वरो आएका व्यक्तिले ।
    - कोभिड लागेका ( निको नभएका ) व्यक्तिले ।
    - रगत जम्ने समस्या भएका व्यक्तिले ।
     
    ७. कसले साबधानीपूर्वक लगाउनु पर्दछ ?
    - गर्भवती तथा ६ महिनाभन्दा कम उमेर भएका शिशुका आमाले ( फाइदाभन्दा जोखिम बढी भएमा सम्बन्धित चिकित्सकको निगरानीमा लगाउन मिल्छ )।
     
    ८. खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ?
    - सकभर खाना तथा पानी खाएर, भौतिक दुरी कायम गरेर खोप लगाउने । खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्ने । कुनै समस्या भए तुरुन्त अस्पताल जाने । ज्वरो आउने, शरीर दुख्ने, जाडो हुने लगायतका लक्षण केहि दिनमा ठिक हुन्छन् ।
     
    ९. खोप सबैले नपाउने अवस्थामा के गर्ने ?
    - खोपको उपलब्धतासंगै सरकारले उमेर समुह निर्धारण गर्दछ । तसर्थ आफ्नो पालोमा मात्र लगाउने ।
     
    १०. बालबालिकाले कहिले लगाउने ?
    - बालबालिकामा खोपको ट्र्याल बिभिन्न देशमा भइरहेको छ । केहि महिनामा धेरै खोपले बालबालिकाको लागि खोप बिकास गर्नेछन । त्यो बेलासम्म खोप लगाएका / नलगाएका / बालबालिका सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने ।


    आषाढ ३१, २०७८ बिहिवार ११:१०:११ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि

    नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि

    काठमाडौं - नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो । 

    images

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । 

    ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमितमध्ये ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो,’ उनले भने, यसले संक्रमितमध्ये ८८ प्रतिशत ओमिक्रोन रहेको देखायो ।’ 

    ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चारवटामा भने डेल्टा भेरियन्ट रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । 
     


    माघ ९, २०७८ आइतवार १८:०६:०९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि टेकुमा खोप कार्यक्रम स्थगित  

    ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि टेकुमा खोप कार्यक्रम स्थगित  

    काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाभाइरसविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ । 

    images

    आइतबार अस्पतालले एक सूचना जारी गर्दै खोप कार्यक्रम स्थगित गरिएको जानकारी गराएको हो । अस्पतालले सुचनामा अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएकोले खोप कार्यक्रम स्थगित गरिएको बताएको छ । 

    अस्पतालले सात दिनसम्मका लागि खोप कार्यक्रम स्थित गरिएको सूचनामा जानकारी गराएको छ । 

    teku.jpg

     


    माघ ९, २०७८ आइतवार १९:३३:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    डब्लूएचओले भन्यो - ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ

  • 382
    SHARES
  • डब्लूएचओले भन्यो - ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ

    एजेन्सी - कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् ।

    images

    ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।  

    सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने । 

    अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ । 


    माघ १०, २०७८ सोमवार ०८:४३:१३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नेपालमा एकैदिन १० हजार ३ सय कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

  • 294
    SHARES
  • नेपालमा एकैदिन १० हजार ३ सय कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार २०१ जनाको परिक्षण गर्दा मुलुकभर थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
     
    यससँगै कूल संक्रमितको संख्या ९ लाख १८ हजार ४ सय ४८ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) १ लाख १५ हजार १ सय ७८ पुगेको छ।  
     
    साथै पछिल्लो २४ घण्टामा २५ सय ४० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख २४ हजार २ सय ३९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ८२ हजार ५ सय ५० जना रहेका छन्।
     
    यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images


    माघ १०, २०७८ सोमवार १८:०१:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाक - विश्व स्वास्थ्य संगठन

  • 138
    SHARES
  • ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाक - विश्व स्वास्थ्य संगठन

    एजेन्सी - विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु गलत भएको बताएको छ । संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौं भनेर सोच्नु खतरनाक भएको बताएको छ । 

    images

    डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए । कोरोना महामारी कसरी समाप्त हुन्छ र यसको प्रसार कसरी समाप्त हुन्छ भन्नेबारे उनले केही खुलाएनन् । 

    उनले ओमिक्रोन अन्तिम नभएको भन्दै यसपछि कोरोनाको नयाँ भेरियन्ट आउन सक्ने बताए । उनले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई परिवर्तन गर्नका लागि त्यस्तो परिस्थितिलाई परिवर्तन गर्न आवश्यक रहेको जसका कारण महामारी फैलिएको बताए ।

     


    माघ १०, २०७८ सोमवार १८:४६:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    टेकु अस्पतालमा भोलिदेखि पुन: खोप अभियान सञ्चालन  

  • 100
    SHARES
  • टेकु अस्पतालमा भोलिदेखि पुन: खोप अभियान सञ्चालन  

    काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारदेखि खोप अभियान फेरि सञ्चालन हुने भएको छ । मंगलबारदेखि पुन: खोप अभियान सञ्चालनमा आउने बारे अस्पतालले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । 

    images

    अस्पतालले जारी गरेको विज्ञप्तिमा काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ । 

    पछिल्लो समय नयाँ भेरियन्ट ओमिक्रोनसहितका कोरोना संक्रमित बढ्न थालेपछि खोप लगाउनेहरुको भीड अस्पतालमा बढ्न थालेको छ ।

    t.jpg

    अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि खोप अभियान रोकिएको थियो। 
     


    माघ १०, २०७८ सोमवार २०:४१:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर