• Oct 17 2021 | २०७८, आश्विन ३१गते

२०७८, आश्विन ३१गते

सम्बन्ध तोडेको २० दिन नपुग्दै पत्निसँग नजिकिदै रमाउन थाले आमिर खान

श्रावण २ २०७८
  • 15.3K
    SHARES
  • images
    images
    सम्बन्ध तोडेको २० दिन नपुग्दै पत्निसँग नजिकिदै रमाउन थाले आमिर खान

    काठमाडौं - केही समयअघि सम्बन्ध विच्छेद गरेका बलिउड अभिनेता अमिर खान पत्नी किरण रावसँग झन नजिक हुन थालेका छन् । 

    images

    allu arjun son.PNG

    २० दिनअघि एकअर्कासँग सम्बन्ध तोडेको घोषणा गरेका अमिर र किरण एकसाथ देखिन थालेका छन् । उनीहरुले बिहे भएको १५ वर्षपछि आफुहरुले सम्बन्ध तोडेको बारे संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका थिए । 

    विवाह गरेको १५ वर्षपछि पत्नी किरणसँगको सम्बन्ध तोडे आमिर खानले, दुवैले भने - 'डिभोर्स अन्त्य हैन नयाँ जीवनको सुरुआत हो' विवाह गरेको १५ वर्षपछि पत्नी किरणसँगको सम्बन्ध तोडे आमिर खानले, दुवैले भने - 'डिभोर्स अन्त्य हैन नयाँ जीवनको सुरुआत हो'

    विज्ञप्तिमा डिभोर्स अन्त्य नभई नयाँ जीवनको सुरुआत भएको भन्दै आफ्ना छोरा आजादलाई मिलेर हुर्काउने बताएका थिए । तर उनीहरु अहिले भारतको लद्दाखमा एकसाथ छन् । 

    allu arjun son.PNG

    फिल्म ‘लाल सिंह चढ्ढा’ छायांकनमा रहेका अमिरसँग पत्नि किरण पनि देखिएकी छिन् । हालै बाहिरिएको आमिर र किरणको एउटा भिडियोमा दुबैले पारम्परिक पहिरनमा डान्स गरेका छन् । अहिले उनीहरु प्रेमी–मि– प्रेमिका जस्तै रमाएर समय बिताइरहेका छन् । 

     
     
     
     
     
    View this post on Instagram
     
     
     
     
     
     
     
     
     
     
     

    A post shared by Aamir Khan (@amirkhanactor_)

      


    श्रावण २, २०७८ शनिवार १४:१६:०१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # आमिर खान
  • अर्कोसमाचार

    'डान्स दिवाने'को तेस्रो सिजनको विजेता बने पियूष गुर्बे 

  • 824
    SHARES
  • 'डान्स दिवाने'को तेस्रो सिजनको विजेता बने पियूष गुर्बे 

    काठमाडौं - डान्सिङ रियालिटी शो 'डान्स दिवाने'को तेस्रो सिजनको विजेता पियूष गुर्बेले बनेका छन् । कलर्स टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको शोमा उनीसहित छ जना फाइनलमा पुगेका थिए ।

    images

    पियुसका पार्टनर बनेका रूपेश बाघमरे पनि खुसी छन् । सोहेल खान-विशाल सोनकर, गुञ्जन सिन्हा-सागर बोरा, अमनकुमार राज-योगेश शर्मा, सोमान्स डंगवाल-आकाश थापा, पीयूष गुर्बेले-रूपेश सोनी र सूचना चोर्ज-वैष्णवी पाटिल अन्तिम छमा पुगेका थिए । पियूष शोमार्फत नै आफ्नो लोकप्रियता कायम गर्ने प्रतियोगीमा पर्छन् ।

    शोमा आउने हरेक गेस्टसँग उनले डान्स गर्ने गरेका थिए । उनलाई 'दिलीप कुमार'झैँ देखिएको प्रतिक्रिया सेलिब्रेटी गेस्टले दिने गरेका थिए । 

    शो विजेता बनेसँगै पियूष-रूपेशले ४० लाख भारु नगद र मारुती सुजुकी एस्प्रेसो कार जितेका छन् । यस सिजनमा १८ डान्स दिवाने चयन भएका थिए । शोमा राघव जुयाल तथा हर्ष लिम्वान्चिया र भारती सिंहले होस्टको भूमिका निर्वाह गरेका थिए ।

    यस्तै, शोमा माधुरी दीक्षित, धर्मेश येलांडे र तुषार कालिया निर्णायकका रूपमा रहेका थिए । तेस्रो सिजन ६६ एपिसोडसम्म प्रसारण भएको छ ।न्युज कारखाना
     


    आश्विन २५, २०७८ सोमवार २०:५८:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डान्स दिवाने

  • क्यानाडा नेपाल

    किन सूर्योदय छुटाउदैनन् अक्षयकुमार ?

  • 638
    SHARES
  • किन सूर्योदय छुटाउदैनन् अक्षयकुमार ?

    काठमाडौं - बलिउड अभिनेता अक्षयकुमार फिटनेसका लागि पनि उत्तिकै चर्चित छन् । किनकि उनको दिनचया अनुशासित छ । उनले याे दिनचर्या र जिन्दगीमा इन्जोय गर्ने गरेको बताएका छन् । ‘मैले कसैको दबाब र करकापमा याे जिन्दगी राेजेकाे हाेइन, यसलाई म इन्जोय गर्छु,’ अक्षयले भनेका छन् ।

    images

    उनले आफू हरेक दिन सूर्योदय देख्ने गरेको बताए । आफ्ना बुवा सैनिक भएकोले पनि यो तालिकाको विकास भएको समेत उनले बताए ।

    ‘म गर्व गर्छु हरेक दिन सूर्योदय हेर्न पाउँछु,’ अक्षयले भने, ‘म बिहानै ४ बजे उठ्छु , किनकि यो मैले नै आफूलाई बनाएको नियम हो ।’ उनको फिटनेसको चर्चा बि-टाउनमा हुने गर्छ । उनी नजिकको सुटिङ सेटसम्म हिँडेरै जाने गर्छन् भने बिहानै दैनिक जिम पुग्छन् ।

    उनले प्राय: छायाँकन ८/९ घण्टामै सक्ने गरेका छन् । 'अक्षयले बिहानै छायाँकन थाल्छन् र बेलुकीसम्म प्याकअप गर्छन्,' उनीसँग धेरै फिल्ममा काम गरिसकेका रितेश देशमुखले भने ।

    उनले हाउसफूल सिरिजसँगै 'हे बेबी'मा अक्षयसँग काम गरेका छन् । अक्षयले पछिल्लो समय लकडाउनमा छायाँकन गरेको फिल्म 'बेल बटम' का लागि मात्र यो नियम ब्रेक गरेका थिए । उनले प्याकेटको खानेकुरा नखाने गरेको बताउने गरेका छन् । 'म प्याकेटको खानेकुरा खादिन भने अल्कोहल पनि लिने गरेको छैन र आफ्नो अनुसासन कायम गर्ने गरेको छु,' अक्षयले एक इभेन्टमा भनेका छन् । ५४ वर्षमा पनि फिट रहनुको कारणबारे उनले इभेन्टमा बताएका थिए ।न्युज कारखाना


    आश्विन २५, २०७८ सोमवार २१:१७:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षयकुमार

  • क्यानाडा नेपाल

    इरफानको भूमिका विक्कीलाई 

  • 292
    SHARES
  • इरफानको भूमिका विक्कीलाई 

    काठमाडौं - सुजित सरकारले बलिउडमा निर्देशकका रुपमा आफ्नो छुटै पहिचान बनाइसकेका छन् । सुजितले विक्की डोनर, मद्रास क्याफे, पिंक, अक्टोबर, पिकु जस्ता फिल्म निर्देशन गरिसकेका छन् । नेशनल अवार्ड विजेता सुजितले यसपटक जलियावाल बागको घटनामा आधारित रहेर फिल्म निर्देशन गरेका छन् । 

    images

    उक्त घटनाको बदला लिने सरदार उद्धम सिंहको जीवनीमा आधारित रहेर उनले ‘सरदार उद्धम’ फिल्म निर्देशन गरेका छन् । सरदार उद्धम सिंहको भूमिकामा सुजितले इरफान खानलाई अफर गरेका थिए । पिकुमा काम गरेपछि इरफानको अभिनयसँग प्रभावित सुजितले उनलाई स्टोरी समेत सुनाएका थिए । यद्यपि, इरफानले यो संसार छाडेर गएपछि उनले विक्की कौशललाई भूमिका दिएका हुन्  । 

    ‘इरफान मेरो लागि बेस्ट थिए तर उनी अब छैनन्’ सुजितले भने ‘यद्यपि, विक्कीले पनि आफुलाई शसक्त रुपमै अगाडी सारेका छन् ।’ यस्तै , अभिनेता विक्की कौशलले पनि इरफानले गर्ने भूमिका गर्न पाउँदा खुशी व्यक्त गरे । ‘इरफान सरले गर्ने भूमिका त मैले गर्न सकेको छैन यद्यपि, कोशीश भने गरेको छु’ विक्कीले भने । उनले आफु इरफानले निर्वाह गर्ने भूमिकाको फ्यान रहेको बताए । 

    ुउनको अभिनय क्षमताको तारिफ म शब्दमा गर्न सक्दिनु उनले भने ,ुमैले उहाँबाट धेरै सिकेको छुँ ।ुमहात्मा गांधीले रॉलेट एक्ट विरुद्ध देशव्यापी हड़तालको आह्वान गरेका थिए । त्यसको प्रभावस्वरूप मार्च र अप्रिलको शुरुआतमा धेरै स्थानमा प्रदर्शन भए ।  त्यसैको फलस्वरूप  १३ अप्रिल १९१९ मा पन्जाबमा घटना भयो ।  जहाँ १२०० को मृत्यु भएको बताएको छ भने ३६ सय बढी घाइते भएका थिए ।  जनरल डायर नामक अंग्रेजका अफिसरले प्रदर्शन भइरहेको भिडमा गोलि चलाएपछि उक्त घटना घटेको बताइको छ । न्युज कारखाना 


     


    आश्विन २७, २०७८ बुधवार १८:५४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इरफान खान

  • क्यानाडा नेपाल

    नेपाल घुम्न आएका अनुपम र परिणीती सगरमाथा देखेर दंग  

  • 9.4K
    SHARES
  • नेपाल घुम्न आएका अनुपम र परिणीती सगरमाथा देखेर दंग  

    काडमाडौं - दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेगमा भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ । 

    images

    यसैक्रममा मंगलवार ब्रेकमा रहेका कलाकारहरूले नाम्चेमा पुगेर सगरमाथाको दृश्यावलोकन गरेका छन् । फिल्मका कलाकारहरू अनुपम खेर, परिणीती चोपडाले पहिलोपटक सगरमाथा देखेको भन्दै समाजिक सञ्जालमा खुशी साटेका छन् । परिणितीले आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शसभ प्रभात मिस्टर एभरेस्ट । तिमीले आज मलाई नम्रताको पाठ सिकायौं।’

    साथै, सगरमाथा सामु जो कसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् । उनले पहिलोपटक सगरमाथाको अवलोकन गरेको भन्दै खुशी व्यक्त समेत गरेका छन् ।

    बलिउड निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङका लागि  अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकार नेपालमा छन् । फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ ।  उचार्इ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने छ । 


    आश्विन २७, २०७८ बुधवार १८:५८:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनुपम खेर

  • क्यानाडा नेपाल

    विदेशी गर्ल प्रियंका चोपडाका लुकेका यी कुराहरु

  • 182
    SHARES
  • विदेशी गर्ल प्रियंका चोपडाका लुकेका यी कुराहरु

    काठमाडौं - बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान बनाएकी प्रियंकाले डेब्यु भने ’अन्दाज’ मार्फत गरेकी थिइन् । त्यसयता उनले निर्वाह गर्ने भूमिकाले उनलाई ’देशी गर्ल’को ट्याग दिएको हो । 

    images

    उनलाई पछिल्लो समय ‘विदेशी गर्ल’ भन्न थालिएको छ । निक जोनससँग विवाह बन्धनमा बाँधिएपछि उनको बसाइ प्रायः देश बाहिर नै छ । उनी संयुक्त राज्य अमेरिका र बेलायतमा समय बिताइरहेकी छिन् । 

    यति मात्र होइन, उनी बलिउडको फिल्मभन्दा हलिउडका फिल्म तथा सिरिजमा व्यस्त छिन् । उनले पछिल्लो समय बलिउड फिल्म ‘द स्काई इज पिङ्क’ मा अभिनय गरेकी थिइन् । त्यसयता उनले सिरिज तथा हलिउडका टेलिभिजन सिरिजमा मात्र काम गरिरहेकी छिन् ।

    अमेरिकन टेलिभिजन सो ‘क्वान्टिको’बाट चर्चा कमाएकी उनले हलिउड फिल्म ‘बेवाच’मा ड्वेन जोनसनसँग स्क्रिन सेयर गरेर हलिउडमा आफ्नो स्थान पक्का गरेकी थिइन् । 

    ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’लगायतका हलिउड फिल्ममा अभिनय गर्नुका साथै गायक निक जोनससँग बिहे गरेयता हलिउडमा प्रियंकाको छुट्टै चर्चा छ । पछिल्लो समय उनी हलिउडको लोकप्रिय ‘म्याट्रिक्स’को फ्रेन्चाइजमा देखिँदैछिन् । 

    ‘म्याट्रिक्स’को चौथो श्रृङ्खलामा उनले अभिनय गर्ने खबर आएसँगै उनलाई ’विदेशी गर्ल’ भन्न थलिएको छ । ‘म्याट्रिक्स’ श्रृंखलाका अन्य फिल्मजस्तै यसमा पनि एक्सन स्टारकेनु रिब्स मूख्य भूमिकामा हुनेछन् । लाना वाच्वस्कीले निर्देशन गर्ने फिल्मको लोकप्रियता भारतमा पनि उत्तिकै छ ।न्युज कारखाना
     
     


    आश्विन ३१, २०७८ आइतवार ०८:३९:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रियंका चोपडा

  • क्यानाडा नेपाल

    २० वर्षपछि फिल्म ‘गदर’ को सिक्वेल बन्दै

  • 248
    SHARES
  • २० वर्षपछि फिल्म ‘गदर’ को सिक्वेल बन्दै

    काठमाडौं - सनी देओलको सफल फिल्म मध्येको एक हो ‘गदर ः एक प्रेम कथा’ । यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय ग¥यो । 

    images

    १५ जुन २००१ मा रिलिज भएको फिल्मको लागत १७ करोड थियो भने धेरै राम्रो व्यापार गरेको थियो । यसलाई ’ब्लकबष्टर’ फिल्मको लिस्टमा राखिन्छ । 

    अनिल शर्माको निर्देशनमा तयार भएको फिल्ममा भारतीय युवा र पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो । फिल्म प्रदर्शन भएको २० वर्षपछि यसको सिक्वेल बन्ने घोषणा गरिएको छ । केही समयदेखि नै सिक्वेल बन्ने चर्चा भए पनि घोषणा भने भएको थिएन । 

    फिल्ममा सनीसँगै अमिषा पटेलको पनि अभिनय रहनेछ भने सिक्वेललाई पनि अनिल शर्माले नै निर्देशन गर्नेछन् । यसपटक थपिएका छन्, उत्कर्ष शर्मा । उनी निर्देशक अनिलका छोरा हुन् । फिल्मको कथा पहिलो भागसँगै जोडिएर अगाडि बढ्ने बताइएको छ ।

    फिल्ममा सनी र अमिषासँगै नयाँ पुस्ताको लभ स्टोरीलाई देखाइनेछ । सिक्वेलमा भित्रिएका उत्कर्ष सनी र अमिषाको छोराको भूमिकामा देखिनेछन् । फिल्म सन् २०२२ मा प्रदर्शनमा आउनेछ । न्युज कारखाना 


    आश्विन ३१, २०७८ आइतवार ०९:२०:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गदर

  • क्यानाडा नेपाल