• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

सम्झौताको चार महिना बित्दा पनि किन छुटेनन् विप्लवका कार्यकर्ता ?

श्रावण २ २०७८
  • 828
    SHARES
  • images
    images
    सम्झौताको चार महिना बित्दा पनि किन छुटेनन् विप्लवका कार्यकर्ता ?

    सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको चार महिना बितिसक्दा पनि 'आफ्ना कैयौँ कार्यकर्ता अझै रिहा हुन नसकेको' उक्त समूहका नेताहरूले बताएका छन्।

    images

    केपी ओली नेतृत्वको सरकारकै पालामा गत फागुन २० गते भएको तीन बुँदे सहमतिमा उक्त पार्टीका कार्यकर्ता रिहाइ गर्ने विषय पनि समावेश थियो। ओली सत्तामा रहँदा "कानुनी जटिलता"का कारण सम्झौता अनुसार कार्यकर्ता रिहाइ गर्न नसकिएको बताइएको चन्द समूहका नेताहरूको भनाइ छ।

    गृह मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म उक्त दलका कार्यकर्ता रिहाइबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

    सहमतिमा के छ?
    सहमतिको बुँदा नम्बर-३ मा भनिएको छ, "नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ।"

    सोही सहमति अनुसार बिनासर्त आफ्ना कार्यकर्ता रिहा हुनुपर्ने चन्द समूहका नेताहरूको भनाइ छ। तर सरकारले त्यसमा सहयोग नगरेको उनीहरू बताउँछन्।

    ओली सत्तामा हुँदा कार्यकर्ता रिहाइ गर्न नसकिने कारणबारे सरकारी अधिकारीहरूले "कानुनी अड्चन देखाएको" चन्द समूहबाट वार्ता टोलीका सदस्य समेत रहेका नेता उदयबहादुर चलाउनेले बताए।

    उनका अनुसार चन्द समूहका अधिकांश कार्यकर्ताहरूले अहिले पुर्पक्षका लागि थुनामा रहेका छन्।"धेरे साथीहरूलाई हातहतियार खरखजाना, ज्यान मुद्दा र अभद्र व्यवहारलगायतका मुद्दा लगाइएका छन्," उनले भने। चलाउनेका अनुसार अहिले देशैभरि एक सयभन्दा बढी समूहका कार्यकर्ता थुनामा रहेका छन्।

    कार्यकर्ता छुटाउन दौडधुप
    नयाँ सरकार गठन भएलगत्तै चन्द समूहका नेताहरू नयाँ सरकारलाई समर्थन गरेका दलका नेताहरूसँग भेटघाटमा व्यस्त छन्।

    त्यस क्रममा बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका उनीहरूले बिहीवार एमाले नेता माधवकुमार नेपाल र शुक्रवार जसपाका नेता बाबुराम भट्टराईलाई भेटेका थिए।

    महासचिव चन्दकै नेतृत्वमा गएको टोलीले आफ्ना पूर्व सहयात्रीहरू प्रचण्ड र भट्टराईसहित नेता नेपाललाई "सहमति अनुसार कार्यकर्ता छुटाइदिन" आग्रह गरेको भेटमा सहभागी नेताले बताए।

    ती भेटहरूमा सहभागी नेता धर्मेन्द्र बास्तोलाले भने, "केपी ओली सरकारले हामी सहमत भएकामध्ये पार्टीका गतिविधिमाथि लगाइएको प्रतिबन्ध हटायो। तर अन्य कुरा पूरा गरेको छैन।"

    "त्यसैले हामीले अन्य सहमति पूरा गर्न पहल गरिदिन नेताहरूलाई आग्रह गरेका छौँ।" उनका अनुसार प्रचण्ड र भट्टराई दुवैले तीन बुँदे सहमति अनुसार अघि बढ्न सरकारलाई आग्रह गर्ने आश्वासन दिएका छन्।

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पनि उनले चन्दलाई "पहिलेको सरकारले गरेको सहमतिलाई यो सरकारले पनि कार्यान्वयनमा लाने" आश्वासन दिएको बताए। बास्तोलाले कार्यकर्ता रिहाइबारे कुराकानी गर्न "आफूहरूले भेट्नका लागि प्रधानमान्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसँग पनि समय मागेको" बताए।

    सरकारी अधिकारी के भन्छन्?
    गृह मन्त्रालयका अधिकारीका अनुसार चन्द समूहका नेता/कार्यकर्तालाई छाड्नेबारे सरकारले कुनै निर्णय गरेको मन्त्रालयलाई जानकारी छैन।मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने, "यो विषयमा हामीलाई केही पनि जानकारी छैन।"

    उनले मन्त्रालयलाई त्यसबारे केही पनि जानकारी नभएकाले थप विवरण दिन नसक्ने बताए। सुरक्षा निकायका अधिकारीका भनाइमा पनि सरकारले उनीहरूलाई यस विषयमा कुनै निर्देशन दिएको छैन।

    कस्ता कानुनी समस्या?
    जानकारहरूका भनाइमा चन्द समूहका धेरै कार्यकर्तालाई विस्फोटन र हातहतियार खरखजानासम्बन्धी मुद्दाहरू लगाइएका छन्।त्यस्तो अवस्थामा उनीहरूलाई सहजै छाड्न सकिँदैन। ओली सरकारले सोही कारण देखाएर ढिलाइ गरेको बताइन्छ।

    चन्द समूहका कार्यकर्ताको मुद्दा हेरेका अधिवक्ता एकराज भण्डारी भन्छन्, "हातहतियार र विस्फोटनसम्बन्धी मुद्दा अहिले जुन अवस्थामा छन्, त्यस अवस्थामा फिर्ता लिन सहज छैन।"

    "त्यसका लागि (मुद्दा फिर्ता लिन) कानुन नै संशोधन गर्नुपर्छ।" नेता बास्तोला पनि ओलीसँग भएका छलफलहरूमा उनले "त्यस्तै कानुनी र प्राविधिक कुराहरू" देखाएको बताउँछन्।

    यद्यपि ओलीले अध्यादेशबाट कानुन संशोधन गरेर कार्यकर्ताहरू छाडिदिने आश्वासन भने दिने गरेको उनको भनाइ छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    श्रावण २, २०७८ शनिवार १४:४२:४० बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ, कमल थापा अनुपस्थित

  • 146
    SHARES
  • राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ,  कमल थापा  अनुपस्थित

    काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार अध्यक्ष लिङ्देनसहित निर्वाचित पदाधिकारीले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    images

    नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    rpp-6-.jpg-2.jpg

    उनले लिएपछि बाँकी पदाधिकारीले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् । यस्तै नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् । सो शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए । कमल थापा भने अनुपस्थित थिए । 


    मंसिर १९, २०७८ आइतवार १८:१५:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • क्यानाडा नेपाल

    सदनबाट नभए सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु - राजेन्द्र लिङ्देन  

  • 174
    SHARES
  • सदनबाट नभए सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु - राजेन्द्र लिङ्देन  

    काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको बताएका छन् । 

    images

    आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम अध्यक्ष लिङ्देनले सो कुरा गरेका हुन् । 

    उनले सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता जनाए ।  लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताए ।

    उनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताए । उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानुनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको कारण रहेको दाबी गरे । 

    नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टी पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उनको भनाइ छ । यसैको अन्त्यका लागि आफूले राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको  उनले बताए । 


    मंसिर १९, २०७८ आइतवार १८:३८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन

  • क्यानाडा नेपाल

    लोहनीले गरे लिङ्देनको तारिफ - पाको र क्षमताशील नेतृत्व पायौं

  • 166
    SHARES
  • लोहनीले गरे लिङ्देनको तारिफ - पाको र क्षमताशील नेतृत्व पायौं

    काठमाडौं - राप्रपा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको तारिफ गरेका छन् । 

    images

    आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा लोहनीले लिङ्देन पाको नेता भएको बताए । 

    उनले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताए । लिङ्देन निरन्तर पार्टीमा क्रियाशील नेता रहेको भन्दै उनले भने -  ‘उहाँ लगातार ३० वर्ष पार्टीमा काम गर्नु भएको छ । पार्टीले पाको र क्षमताशील नेता पाएको छ ।’ 

    उनले सधै नयाँ नेतृत्वको साथमा रहने बताउदै भने, ‘म नयाँ नेतृत्वको साथमा रहनेछु । पार्टी र जनताको हितमा काम गर्नेछु । यदी पार्टी र जनताविरुद्ध अहित भएमा त्यसको विरुद्धमा पनि उत्रिनेछु ।’ 

     


    मंसिर १९, २०७८ आइतवार १९:४८:१४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने उपेन्द्र यादवको भनाई

  • 108
    SHARES
  • विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने उपेन्द्र यादवको भनाई

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् । 

    images

    आइतबार महोत्तरीको बर्दिवासमा : आयोजित दलित समुदायको वर्तमान अवस्था  समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटनमा यादवले सो कुरा गरेका हुन् । विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव, असमानताको अन्त्य हुनुपर्ने उनको भनाई छ । 

    उनले दलित समुदाय भूमिहीन, आर्थिकरुपमा कमजोर रहेकाले यस्तै अवस्था कायम रहे मुलुक समृद्ध बन्न नसक्ने बताए । 

    वैदेशिक सँस्कृति अपनाइरहेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउदै यादवले यहाँका कला र सँस्कृति जोगाउनु सबैको दायित्व  रहेको बताए । 


    मंसिर १९, २०७८ आइतवार २१:४३:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव

  • क्यानाडा नेपाल

    बागमतीमा बानियाँ जीत नजिक

  • 74
    SHARES
  • बागमतीमा बानियाँ जीत नजिक

    काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश महाधिवेशनअन्तर्गत संस्थापन पक्षीय उम्मेदवार इन्द्र बानियाँ जित नजिक पुगेका छन् ।

    images

    २०२६ मत खसेकोमा १७१० मत गणना सम्पन्न भएको छ । १७१० मत गणना हुँदा बानियाँले ९१९ ​मत ल्याएका छन् । जगदीश्वर नरसिंह केसी भने ७७९ मतका साथ बानियाँलाई पछ्याइरहेका छन् । अब ३१६ मत गणना हुन मात्रै बाँकी छ ।


    मंसिर १९, २०७८ आइतवार २२:०६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश

  • क्यानाडा नेपाल

    कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित  

  • 82
    SHARES
  • कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित  

    काठमाडौं - नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका छन् ।

    images

    २०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको थियो । 

    शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो ।


    मंसिर १९, २०७८ आइतवार २२:१३:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस वाग्मती अधिवेशन

  • क्यानाडा नेपाल