• Aug 05 2021 | २०७८, श्रावण २१गते

२०७८, श्रावण २१गते

इन्दिराको पछि लागेका दिलीप बने 'जिम्माल बा को छोरो' (भिडियो)

क्यानाडा नेपाल श्रावण ७ २०७८
  • 1.1K
    SHARES
  • इन्दिराको पछि लागेका दिलीप बने 'जिम्माल बा को छोरो' (भिडियो)

    काठमाडौं । गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत 'जिम्माल बा को छोरो'को भिडियो रिलीज भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत रहेको छ ।

    भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ । सुब्रत आचार्य निर्देशित भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । बुद्द थापाको छायांकन, प्रमोद भण्डारीले कोरियोग्राफी गरेको यस भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ ।

    'नेपालमा जिम्माल बाको छोरी नाममा धेरै गीत बनेका छन् तर छोरोको लागि बनेको देखिएन । मैले छोराहरुको आकर्षणलाई पनि मध्यनजर गरि यो गीत लेखेको हुँ', गीतकार सापकोटाले बताए, 'यो गीतमा माया प्रेम अभिन्न अंग भएतापनि अहिलेको समाज, देश परिवेश अनुरुप व्यक्त भएका गीतको कमि नहोस् भन्ने हेतुले यो बिषय समावेश गरेको छु' । 

    गीतको मर्म अनुसारको भिडियोमा उतार्ने कोशिस गरेको निर्देशक आचार्यले बताए ।


    श्रावण ७, २०७८ बिहिवार ११:३६:२८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    अर्कोसमाचार

    टिकटकमा डोयट गर्दा मायामा डुबे सुधिर र गीता (भिडियो)

  • 838
    SHARES
  • टिकटकमा डोयट गर्दा मायामा डुबे सुधिर र गीता (भिडियो)

    काठमाडौं। अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

    टिकटकबाट चर्चामा आएका दुई कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगाना भिडियोमा फिचर छन् । टिकटकमा डोयट गर्ने क्रममा नजिक भएको जोडीको प्रेमलाई भिडियोमा उतारिएको छ । भिडियोमा सुधिर र गीताको केमेस्ट्री सुहाएको देखिन्छ ।

    सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अरुण थापा मगरद्वारा निर्मित भिडियोका सह-निर्माता आर्यन कार्की हुन् । अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । यो ब्यानरले निर्माण गरेको चलचित्र ‘गणपति’ प्रदर्शनको पखाईमा रहेको छ ।

    यूट्युबमा रिलिज भएसँगै ‘जाउँन कान्छी जाउँ’ गीतलाई दर्शकले रुचाएका छन् । गायक अनिस अधिकारीले गीतको अडियो अनुसार भिडियो तयार भएकोमा खुसी व्यक्त गरे । भिडियोमा सुधिर र गीतको नृत्यले दर्शकको ध्यान खिच्छ । निर्माण टिमले भिडियोको मेकिङमा विशेष ध्यान दिएको छ ।


    श्रावण १६, २०७८ शनिवार २१:०५:०८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मुकुन  र नाजिरको फिल्म ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

    श्रावण १८

  • 324
    SHARES
  • मुकुन  र नाजिरको फिल्म ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

    काठमाडौं - फिल्म ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ । अभिनेता मुकुन भुषाल र नाजिर हुसेनको मूख्य अभिनय रहेको यस फिल्मको फस्टलुक पोष्टर पनि सार्वजनिक भएको छ । 

    पोष्टरमा  मुकुन भुषाल, नाजिर हुसेन, पवित्रा आचार्य, रबिन्द्र झा लगायतका कलाकार देखिएका छन् । कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको यस फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । 

    यस फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्न लागिएपछि दर्शक निकै उत्साहित भएका छन् । यस फिल्म अब साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउनेछ । 

    love sarkal.jpg


    श्रावण १८, २०७८ सोमवार १३:३९:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नाजिर हुसेन
  • किरण केसीले पाउने भए वासुदेव लुइँटेल पुरस्कार  

    श्रावण १८

  • 272
    SHARES
  • किरण केसीले पाउने भए वासुदेव लुइँटेल पुरस्कार  

    काठमाडौं - चर्चित हास्य कलाकार किरण केसीले वासुदेव लुइँटेल पुरस्कार पाउने भएका छन् । 

    कलाकार केसीलाई वासुदेव–विद्यादेव लुइँटेल गुठीले वासुदेव लुइँटेल पुरस्कार २०७७ प्रदान गर्ने भएको हो । तितो सत्य बाट राता मकैको नामले चिनिएका केसीलाई कदर पत्रसहित १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार दिइने बताइएको छ । 

    पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको अवसर पारेर हाँस्यव्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत कलाकारबाट छनोट गरी पुरस्कार दिदै आइरहेको छ । यो पुरस्कार आगामी भदौ महिनामा प्रदान गरिने बताइएको छ । 


    श्रावण १८, २०७८ सोमवार १४:११:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # किरण केसी
  • आमा बनिन् नायिका गरिमा पन्त, बधाईको ओइरो

    श्रावण १९

  • 856
    SHARES
  • आमा बनिन् नायिका गरिमा पन्त, बधाईको ओइरो

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री गरिमा पन्त आमा बनेकी छिन् । लामो समयदेखि बेल्जियम बस्दै आइरहेकी गरिमाले आफु आमा बनेको बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । 

    231032203_10226748741643673_1144389685216305425_n.jpg

    उनले मंगलबार छोरीसँगको तस्बिर शेयर गर्दै छोरीको आगमनले खुसी लागेको बताएकी छिन् । उनले तस्बिर शेयर गर्दै लेखेकी छिन् - 'तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमिलाई यो सुन्दर धर्तीमा स्वागत ।'

    garim.jpg

    आमा बनेपछि उनलाई बधाईको ओइरो लागेको छ । उनलाई धेरैले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । 
     
    फिल्म झोला बाट चर्चामा आएकी गरिमाले यसै फिल्मबाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी छन् । बेल्जियममा उनले गरी सुमी नामको एक रेस्टुराँ खोलेकी छिन् । उनले बेल्जियमका हरि थपलियासँग विवाह गरेपछि उतै रमाउन थालेकी हुन् ।

    gg.jpg


    श्रावण १९, २०७८ मंगलवार १९:०५:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गरिमा पन्त
  • कलाकार मुकुन्द थापा नेपाल क्यान्सर अस्पताल भर्ना   

    श्रावण २०

  • 600
    SHARES
  • कलाकार मुकुन्द थापा नेपाल क्यान्सर अस्पताल भर्ना   

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका हुन् ।

    चलचित्रमा भिलेनको भूमिकाबाट चर्चामा आएका मुकुन्दको घाँटीमा समस्या देखिएको बताइएको छ । 

    घाँटी भित्र गिर्खा पलाएकोले उनको आज थाईराईड ग्लाईनको अप्रेसन हुने बताइएको छ । मंगलबार कलाकार मुकुन्दको स्वास्थ्य अवस्था बुझ्न कलाकार संघका उपाध्यक्ष मोहन निरौला अस्पताल पुगेका थिए ।  


    श्रावण २०, २०७८ बुधवार ०७:४०:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मुकुन्द थापा
  • दुर्गेश थापाले भने– मेरो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइयो 

  • 586
    SHARES
  • दुर्गेश थापाले भने– मेरो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइयो 

    काठमाडौं । गायक दुर्गेश थापाले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको बताएका छन् । 

    हालै सार्वजनिक गरिएको उनको गीत ‘ख्यास्स पुतली’को विषयलाई लिएर लोकदोहोरी प्रतिष्ठानले दुर्गेश थापामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसको जवाफ दिँदै बुधबार उनले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको प्रतिक्रिया दिएका हुन् । 

    सामाजिक सञ्जाल फेसबुकमा मंगलबार उनले लेखेका छन् :

    समयसँगै हरेक पल नयाँ पलहरुको जन्म हुन्छ, ती नयाँ पलहरूलाई उपलब्धि मुलक बनाई जीवनको सार्थकता बुझ्न प्रयास गरिररहेको हर मानवमा एउटा मात्र लक्ष्य हुन्छ, जीवन कलात्मक बाँचौँ, खुशी संगालेर बाँचाँै आफ्नाहरूको मायामा पुल्कित भएर प्रेमिल जीवन बाँचौँ, तर मानव नै मानवको रक्षक भक्षक दुबै रहेछ, म चाहन्छु मेरो कारणले कसैको बाँचन पाउने अधिकार नखोसियोस् आज मेरो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइरहँदा प्रत्यक्ष दोहोरीका सुन्नै नसकिने छाडा गीतहरूलाई स्वतन्त्र छोडिएको छ । मेरो गीत न लोक न दोहोरी, तै पनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लिल परिभाषा गरेर प्रतिष्ठानले अर्को शब्दकोश निर्माण गरेको छ । जुन दुखद् छ, परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न सकिन ।  प्रतिष्ठानका सभ्य र संस्कारिक ४१००० सदस्य हरूको जीवन हजार बर्षको होस् शुभकामना ।

    पुनश्चः हिजो बद्री पंगेनीले PN campus/beauti number1/ससुरालिमा हिजो प्रजापति पराजुलीले लाल साडी मे हिन्दी भाषामा गाएका छन् । कोमल वलीको पोईला जान पामदेखि कुमार बस्नेतका छोरी भन्दा आमा तरुनी, सबै प्रतिष्ठान संस्थापक सल्लाहकार र निवर्तमान अध्यक्ष हुन् ।  यस्ता धेरै उदाहरण छन् जो आफैमा बिरोधाभाष छन्। 

    fb durgesh.PNG


    श्रावण २०, २०७८ बुधवार १६:५७:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्गेश थापा

  • क्यानाडा नेपाल

    ताजा खबर