• Sep 25 2021 | २०७८, आश्विन ९गते

२०७८, आश्विन ९गते

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

श्रावण ९ २०७८
  • 610
    SHARES
  • सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

    संयुक्त राष्ट्रसंघ – सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिं साको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित रहेको छ ।संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिनुभएको हो ।उहाँका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा शुरु भएको छ । पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् ।

    images

    यसबाट सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका र महिलाहरु पनि समस्यामा परेको देखिएको छ, भन्दै संयुक्त राष्ट्रसंघले सो हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेको छ ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका सहायक प्रवक्ता फरहान हकले प्रकाशन गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा पछिल्ला हप्ताहरुमा मानिसहरुमाथि भएको हिंसको निन्दा पनि गर्नुभएको छ ।

    संयुक्त राष्ट्रसंघले यस्ता हिंसात्मक गतिविधीहरु तत्कालै रोक्न र त्यहाँ शान्ति सरक्षाको अवस्था कायम गर्न पनि माग गरेको छ । ती हिंसामा परी महिला र बालबालिकाको ज्यान गएको र ती स्थानको पछिल्लो अवस्था निकै नाजुक रहेको भन्दै त्यसप्रति सहायक प्रवक्ताले सबैको ध्यानकर्षण गराउनुभएको हो सिन्ह्वा


    श्रावण ९, २०७८ शनिवार १४:५६:०४ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # सिरिया
  • अर्कोसमाचार

    भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच भेटवार्ता

  • 194
    SHARES
  • भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच भेटवार्ता

    अमेरिका - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गर्नुभएको छ। 

    images

    वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ। प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो। सो अवसरमा दुबै प्रधानमन्त्रीले मुम्बई-अहमदाबाद हाई स्पीड रेल (MAHSR) परियोजनाको शुरुवात् र समयमै यसको कार्यान्वयनका लागि आ-आफ्नो तर्फबाट प्रतिबद्धता जनाउनु भएको छ।

    दुई नेता बीचको बैठक क्वाड को पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो । यो संयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिका बीच चारपक्षीय सहयोगसँग सम्बन्धित छ। विदेश मन्त्रालयका अनुसार उहाँहरू बीच रक्षा उपकरण र प्रविधिको क्षेत्र सहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउने बारे सहमति जुटेको छ।दुई प्रधानमन्त्री बीचको पहिलो भेटवार्ता हार्दिकतापूर्ण रह्यो। सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसकेपछि उहाँहरू बीच तीनपटक टेलिफोन वार्ता भएको छ।

    प्रधानमन्त्री मोदीले भारत-जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरशिपमा पछिल्ला केही बर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री मोदीले कोभिड-१९ महामारीका बीच पनि सफलतापूर्वक टोकियो ओलम्पिकको आयोजना गरेकामा प्रधानमन्त्री सुगा र जापानलाई विशेष बधाइ समेत व्यक्त गर्नु भएको छ। सो अवसरमा दुवै प्रधानमन्त्रीले दुई देश बीचको बढ्दो आर्थिक सम्लग्नताको स्वागत गर्नुभएको छ।

    उहाँहरुले बीच यस बर्षको शुरुमा भारत, जापान र अष्ट्रेलिया बीच आपूर्ति शृङ्खला र लचकता पहल (एससीआरआई) को लचिलो, विविध र विश्वासिलो आपूर्ति संरचनालाई सक्षम पार्न गरिएको प्रयासको स्वागत गर्नु भएको छ। उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले निर्माण र क्षमता विकासका क्षेत्रमा काम गर्नका लागि दुई पक्षीय साझेदारीको संरचना निर्माणको लागि जोड दिनुभएको छ।

    जापनी प्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री मोदीलाई दिनुभएको जानकारी अनुसार यस वर्षको शुरूमा हस्ताक्षर गरिएको निर्दिष्ट कुशल श्रमिक (एसएसडब्ल्यू) सम्झौतालाई सञ्चालन लागि जापानी पक्षले २०२२ को शुरुदेखि भारतमा सीप र भाषा परीक्षण कार्यक्रम सञ्चालन गर्ने छ।दुई प्रधानमन्त्री बीच कोभिड-१९ महामारी र यसलाई सम्बोधन गर्ने प्रयासका बारेमा पनि छलफल केन्द्रित भएको छ । उहाँहरूले डिजिटल टेक्नोलोजीको बढ्दो महत्त्वलाई जोड दिदै यस विषयमा भारत-जापान डिजिटल पार्टनरशिप मा विशेष गरी स्टार्ट-अपमा भएको प्रगति को सकारात्मक मूल्यांकन पनि गर्नुभएको छ।

    त्यसै गरी दुई नेता बीच विभिन्न उदीयमान प्रविधिमा थप सहयोग बढाउने बारे विचार आदान-प्रदान भएको छ। जलवायु परिवर्तनका मुद्दाहरू, हरित ऊर्जा संक्रमण र भारतको राष्ट्रिय हाइड्रोजन ऊर्जा मिशनसँग जापानी सहयोगको सम्भावनाका विषयमा पनि छलफल भएको छ।दुई नेताले भारत-जापान एक्ट इस्ट फोरम अन्तर्गत भारतको उत्तर पूर्वी क्षेत्रमा द्विपक्षीय विकास परियोजनाहरूमा भएको प्रगतिलाई स्वागत गर्दै, यस्तो सहयोगलाई अझ बढाउने सम्भावनाहरूको समेत उल्लेख गर्नुभएको छ। एएनआई 


    आश्विन ८, २०७८ शुक्रवार १३:५८:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # योशिहिदे सुगा

  • क्यानाडा नेपाल

    अफगानिस्तानमा कठोर सजायहरू फेरि शुरू हुने - तालिबान अधिकारी 

  • 316
    SHARES
  • अफगानिस्तानमा कठोर सजायहरू फेरि शुरू हुने - तालिबान अधिकारी 

    तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका छन्। हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय "सुरक्षाका लागि आवश्यक" भएको समाचारसंस्था एपीलाई बताएका हुन्।

    images

    तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनले बताए। सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेका थिए।

    आलोचना
    यद्यपि विगतमा सार्वजनिक स्थलहरूमा दिने गरिएका मृत्युदण्डको आलोचना भएको कुरा तुराबीले खारेज गरे। उनले भने, "हाम्रो कानून कस्तो हुनुपर्छ भन्नेबारे अरूले भन्नु पर्दैन।"

    गत अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आएका छन्। तर देशभरि मानव अधिकार उल्लङ्घन भएका भनिएका थुप्रै घटनाहरू बाहिर आएका छन्।

    हेरातमा प्रतिष्ठित महिलाहरू, घरबाहिर हिँडडुल गर्न पाउने स्वतन्त्रता पक्षधर र पोशाकसम्बन्धी नियम पालना गर्न अस्वीकार गर्ने महिलाहरूको खोजी गर्दै तालिबान लडाकुहरू हिँडेको पाइएको अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीवार जनाएको थियो।

    काबुलमाथि तालिबानले नियन्त्रण कायम गर्नुभन्दा केही दिनअगाडि बाल्खमा तालिबानका एक न्यायाधीश हाजी बदरुद्दीनले इस्लामिक कानूनको कठोर व्याख्यालाई आफूले समर्थन गर्ने बीबीसी संवाददाता सेकन्दर कर्मानीलाई बताएका थिए।

    विगतका कामका कारण संयुक्त राष्ट्रसङ्घले आर्थिक प्रतिबन्ध लगाएका व्यक्तिहरूको सूचीमा रहेका तुराबीले सार्वजनिक स्थलमा सजायहरू दिने वा नदिने विषयमा मन्त्रिपरिषद्‌मा छलफल भइरहेको र त्यसबारे नीति बनाइने बताए।

    सन् १९९० को दशकमा काबुलका खेलकुद रङ्गशालाहरूमा अथवा इदगाहमा मृत्युदण्डका सजाय दिने गरिन्थ्यो। त्यस बेला तुराबी न्यायमन्त्रीका साथै सदाचार विस्तार तथा दुराचार नियन्त्रण मामिला प्रमुख थिए।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    आश्विन ८, २०७८ शुक्रवार १९:५३:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • क्यानाडा नेपाल

    नयाँ दिल्लीमा वकिलको भेषमा छिरेका हमलाकारीले अदालतभित्रै गोली चलाए, ३ जनाको मृत्यु

  • 2.4K
    SHARES
  • नयाँ दिल्लीमा वकिलको भेषमा छिरेका हमलाकारीले अदालतभित्रै गोली चलाए, ३ जनाको मृत्यु

    काठमाडौं - भारतको नयाँ दिल्लीमा गोली हानाहान भएको छ । नयाँ दिल्लीको रोहिणी जिल्ला अदालतमा गोली हानाहान हुँदा ३ जनाको ज्यान गएको भारतिय मिडियामा जनाइएको छ । 

    images

    वकिलको भेषमा आएका दुई जनाले अदालतभित्र गएर गोली चलाएका थिए । अदालतमा  गोली हानाहानमा कुख्यात जितेन्द्र उर्फ गोगीको पनि ज्यान गएको छ । 

    उक्त घटनामा दुई जना अन्य हमलाकारीको पनि ज्यान गएको हो । अदालतभित्र सुनुवाइका लागि तयारी भइरहँदा दुई व्यक्तिले जितेन्द्र मानमाथि गोली चलाएका थिए । 
     


    आश्विन ८, २०७८ शुक्रवार २०:१६:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नयाँ दिल्ली

  • क्यानाडा नेपाल

    विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४७ लाख ५१ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

  • 190
    SHARES
  • विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४७ लाख ५१ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।

    images

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या २३ करोड १८ लाख ९२ हजार ७ सय ४८ पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या ४७ लाख ५१ हजार २ हजार ३३ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वभर २० करोड ८४ लाख ८६ हजार ८ सय ३६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ७ लाख ५ हजार २ सय ९३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ३६ लाख ६९ हजार ६ सय ९६ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ३१ लाख १७ हजार ४ सय १२ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख ९३ हजार ६ सय ९८ पुगेको छ भने संक्रमितको संख्या २ करोड १३ लाख २७ हजार ६ सय १६ पुगेको छ ।

    Capture.PNG


    आश्विन ९, २०७८ शनिवार ०८:१२:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    सबै सरकारी अधिकारीलाई दिइएको आममाफीको सम्मान गर्न आफ्ना लडाकूलाई तालिबानको आग्रह

  • 182
    SHARES
  • सबै सरकारी अधिकारीलाई दिइएको आममाफीको सम्मान गर्न आफ्ना लडाकूलाई तालिबानको आग्रह

    काबुल, अफगानिस्तान - तालिबानले बिहीबार आफ्ना लडाकूहरूलाई अफगानिस्तानका सबै सरकारी अधिकारीहरूलाई दिइएको आम माफीको सम्मान गर्न र इस्लामिक इमिरेटको नयाँ सरकारको बदनाम नगर्न आग्रह गरेको छ । अफगानिस्तानको अन्तरिम सरकारका रक्षा मन्त्री मुल्लाह मोहम्मद याकोबले आफ्ना लडाकूहरूलाई सामान्य आममाफीको घोषणा गरिएको र कसैले पनि स्वेच्छाचारी कार्यद्वारा इस्लामिक इमिरेट अफ अफगानिस्तान (आईइए) को गर्नु नहुँने बताउनुभएको ‘द खामा प्रेस न्युज एजेन्सी’ले उल्लेख गरेको छ ।

    images

    रक्षा मन्त्रीले आम माफीलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न र जनतालाई दुव्र्यबहार नगर्न आग्रह गर्नुभएको हो । याकोबले जारी गरेको वक्तव्यमा विभिन्न प्रान्तहरूमा केही तालिवान सदस्यहरूले प्रतिशोध लिएको देखिएको र अघिल्लो सरकारका लागि काम गरेका व्यक्तिहरूको हत्या गरेको उल्लेख गरिएको छ । विपक्षी, कर्मचारी प्रशासन तथा अफगान नागरिकमाथि कारबाही गर्ने नीति अफगानिस्तानको नरहेको द खामा प्रेस न्युज एजेन्सीले जनाएको छ ।

    तालिबान लडाकूहरूलाई लक्षित गरिएको सम्बोधनमा उहाँले भन्नुभयो, “मानिसहरूसँग राम्रो व्यवहार गर्नुहोस् । आफ्नो मनोमानी कार्यद्वारा अफगानिस्तानको बदनाम नगर्नुहोस् । अनावश्यक फोटो र भिडियोहरू लिन बन्द गर्नुहोस् र आवश्यक नभएसम्म सरकारी कार्यालयमा प्रवेश नगर्नुहोस् ।

    तालिबान समूहका संस्थापक नेताका छोरासमेत रहेका याकोबले थप्नुभयो, “तालिबानका केही कमान्डरहरूले अफगान भूमिको विरोधमा रहेका आफ्नो दर्जा विस्तार गर्न गलत मानिसहरूलाई भर्ती गरेका भन्ने रिपोर्ट आएको छ यदि आरोप सही ठहरिएमा दोषीहरूलाई सजाय दिइनेछ । केही तालिवान लडाकूहरू रातिसम्म अघिल्लो सरकारका अधिकारीका घरमा पसेर उनीहरुको हत्या र अपहरण गर्दै आएका बिषयलाई सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।एएनआई 


    आश्विन ९, २०७८ शनिवार १९:५०:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • क्यानाडा नेपाल

    चिनियाँ राष्ट्रपतिले नयाँ अवधारणा प्रस्ताव गरे लगत्तै चिनियाँ राजदूतले नेपाललाई किन निम्तो गरिन् ? नेपाली विज्ञ के भन्छन्?

    आश्विन ९

  • 990
    SHARES
  • चिनियाँ राष्ट्रपतिले नयाँ अवधारणा प्रस्ताव गरे लगत्तै चिनियाँ राजदूतले नेपाललाई किन निम्तो गरिन् ? नेपाली विज्ञ के भन्छन्?

    कोरोनाभाइरसको महामारीका कारण खुम्चिएको विश्व अर्थ व्यवस्था र आर्थिक विकासलाई पुनरुत्थान गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै साता अघि सारेको 'विश्वव्यापी विकासको अवधारणा' मा नेपाल सहभागी हुने अपेक्षा एक जना वरिष्ठ चिनियाँ कूटनीतिज्ञले राखेकी छन्।

    images

    संयुक्त राष्ट्रसङ्घको महासभामा भिडिओ सन्देशबाट मन्तव्य राख्दै चिनियाँ राष्ट्रपति सीले कोभिड-१९ ले पुर्‍याएको गम्भीर आघातसँग जुझिरहनु परेकाले विश्वव्यापी विकासलाई गति प्रदान गर्न सबैले सन्तुलित, समन्वयकारी र समावेशी वृद्धिको आधार निर्माण गर्नुपर्ने बताएका थिए।

    उनले प्रस्ताव गरेको 'ग्लोबल डेभलप्मेन्ट इनिसिएटिभ'मा ६ वटा मुख्य प्राथमिकता तोकिएका छन्।

    आफ्ना राष्ट्रपतिको नयाँ प्रस्ताव नेपालका लागि पनि सान्दर्भिक भएको धारणा राख्दै काठमाण्डूस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई उक्त विकास अवधारणामा स्वागत गरिने बताएकी छन्।

    अमेरिकी सुरक्षा रणनीति इन्डो प्यासिफिक र उसको विकास सहयता कार्यक्रम मिलेनिअम च्यालेन्ज कर्पोरेसनले निम्त्याएको चर्को धुव्रीकरणमाझ चिनियाँ प्रस्तावबारे काठमाण्डूले राख्ने धारणा प्रस्ट भइसकेको छैन।

    चिनियाँ राष्ट्रपतिको प्रस्तावमा के भनिएको छ?
    राष्ट्रपति सीको प्रस्तावमा विकासलाई वृहत् नीति एजेन्डामा प्राथमिकतामा राख्ने, प्रमुख अर्थतन्त्रहरूबीच समन्वय गर्ने र नीतिगत निरन्तरता दिँदै राष्ट्रसङ्घले सन् २०३० सम्मका लागि निर्धारण गरेका दिगो विकासका मुद्दाहरूको कार्यान्वयनलाई गति दिनुपर्ने भनिएको छ।

    मानवको जनजीविकाको सुरक्षा र सुधारमा जोड दिँदै उनको प्रस्तावमा विकासको लाभ सबै मानिसहरूसम्म पुग्नुपर्ने उल्लेख गरिएको छ।

    तेस्रो बुँदामा विकासशील देशहरूको विशेष आवश्यकतामा ध्यान दिनुपर्ने भन्दै ऋणको निलम्बन र विकास सहायतामार्फत् विशेष जोखिममा रहेका देशहरूमा रहेका असन्तुलित विकासलाई सम्बोधन गरिनुपर्ने भनिएको छ।

    कोभिडपछिको युगमा विज्ञान र प्रविधिले विकासमा टेवा पुर्‍याउन सक्ने भन्दै अन्वेषणले डोर्‍याउने विकासमा प्रतिबद्ध रहनुपर्ने जोड राष्ट्रपति सीको छ।

    त्यसबाहेक मानव र प्रकृतिबिचको सुमधुर सम्बन्धमा जोड दिएका चिनियाँ राष्ट्रपतिले सबैले विश्वव्यापी वातावरणीय सरोकारहरू र जलवायु परिवर्तनका मुद्दाहरूलाई सक्रियतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन्।

    उनले चीनले विकासशील देशहरूलाई हरित र कम कार्बन उत्सर्जन गर्ने ऊर्जा विकासका लागि सघाउने प्रतिबद्धता जनाउँदै विदेशमा कोइलाबाट चल्ने ऊर्जा भट्टी निर्माण नगर्ने घोषणा गरेका छन्।

    छैटौँ तथा अन्तिम बुँदामा परिणाम दिने गरी कदम चाल्ने भनिएको छ र त्यसमा विकासशील देशहरूलाई कोभिड १९ को प्रतिकार्य र आर्थिक तथा सामाजिक पुनरुत्थान लागि बेइजिङले आगामी ३ वर्षमा ३ अर्ब डलर अन्तर्राष्ट्रिय सहयोग उपलब्ध गराउने जनाएको छ।

    चीनले उक्त प्रस्तावबाट नेपाललाई देखेको फाइदा?
    शुक्रवार आयोजना गरिएको एउटा भिडिओ अन्तरक्रियामा सम्बोधन गर्दै काठमाण्डूस्थित चिनियाँ राजदूत होउ यान्छीले विश्व इतिहासकै संवेदनशील मोडमा रहेका बेला राष्ट्रपति सीको प्रस्तावले विश्वलाई नै फाइदा पुर्‍याउने किसिमको चिनियाँ समाधान प्रस्तुत गरेको बताइन्।

    उनले चीनको महत्त्वाकाङ्क्षी पूर्वाधार विकास सम्बन्धी बेल्ट एन्ड रोड परियोजना अहिले घोषणा गरिएको विश्वव्यापी विकास अवधारणाको प्रमुख वाहक रहेको उल्लेख गरेकी छन्।

    नेपालले सन् २०१७ मा नै उक्त अवधारणामा हस्ताक्षर गरेपनि त्यस अनुसार ठूला परियोजना छनौट र निर्माणका काम अघि नबढेका कैयौँ विज्ञहरूले बताउने गरेका छन्।

    तर राजदूत यान्छीले कोरोनाभाइरसको महामारीकाबीच पनि नेपाल र चीनको सहकार्य अघि बढेको भन्दै स्वास्थ्य, सम्पर्क सञ्जाल, हरित विकास र पर्यावरणलाई दुई देशको साझा भविष्यका रूपमा प्रस्तुत गरेकी थिइन्।

    उनले चीनले नेपाललाई व्यावसायिक रूपमा एक करोड मात्रा खोप उपलब्ध गराएको र ४४ लाख मात्रा खोप अनुदानमा दिने निर्णय गरेको बताइन्।

    महामारीका माझ हिमालय वारपार बहु आयामिक सम्पर्क सञ्जाल अन्तर्गत निर्माणका काम चलिरहेको उल्लेख गर्दै उनले टोखा छहरे सुरुङको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको जनाएकी छन्।

    त्यसबाहेक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सकारात्मक प्रगति गरिरहेको र अरनिको राजमार्गको दीर्घकालीन पुनर्निर्माण सुरु भएको उनको भनाइ छ।

    बेल्ट एन्ड रोड सहकार्यको प्रमुख विशेषता हरित विकास भएको बताउँदै उनले चीन नेपाल सहकार्यको सम्पूर्ण क्षेत्रमा हरित विकासको योजना लागू गरिने उल्लेख गरिन्।

    अघिल्लो साल नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ मापन गरेको सन्दर्भ प्रस्तुत गर्दै चिनियाँ राजदूतले पृथ्वीको 'तेस्रो ध्रुव' को संरक्षण गर्ने साझा जिम्मेवारी दुवै देशको भएको बताइन्।

    केही समय पहिले तिब्बतको भ्रमण गर्दा चिनियाँ राष्ट्रपति सीले उक्त क्षेत्रको पर्यावरण रक्षामा जोड दिएको उल्लेख गर्दै दुवै देशको संयुक्त प्रयासले हिमालय क्षेत्रको पर्यावरणीय वातावरण थप सुधार हुने र त्यसले दुवै देशलाई लाभ पुर्‍याउने राजदूत यान्छीको तर्क छ।

    नेपालसँग सहअस्तित्व र पञ्चशीलको सिद्धान्तका आधारमा सम्बन्ध थप अघि बढाउन चाहेको उनले बताइन्।

    उनी भन्छिन्, "चीन नेपाललाई विश्वव्यापी विकास अवधारणामा सहभागी हुनका लागि स्वागत गर्छ र विकास रणनीति, उच्चस्तरको लक्ष्य पुरा गर्ने सहकार्य, मानव केन्द्रित र दिगो विकास र बेल्ट एन्ड रोड सहकार्यमा गहिरो साझेदारी निर्माण गरेर विकासको प्रतिफल बाँड्ने हिसाबमा नेपालसँग काम गर्न इच्छुक रहेको छ।"

    नेपाली विज्ञ के भन्छन्?
    काठमाण्डूस्थित एउटा संस्था नेपाल इन्स्टिच्यूट फर इन्टनरन्याशनल कोअपरेशन एन्ड इन्गेजमेन्टका अनुसन्धान निर्देशक प्रमोद जैसवाल चिनियाँ प्रस्ताव नेपाल मात्रै नभइ धेरैवटा देशलाई लक्षित गरेर आएकाले त्यसको प्रभाव यहाँ मात्रै नपर्ने ठान्छन्।

    उनले भने, "हामीले बेल्ट एन्ड रोडमा हस्ताक्षर गर्‍यौ त्यो कति सफल रह्यो रहेन हामी सबैले देखिरहेकै छौँ। अहिले यो पनि एउटा उद्देश्यले आएको छ। कति परियोजना गर्छन् र कस्तो खालको प्रतिस्पर्धा देखिन्छ त्यो हेर्नै बाँकी छ।"

    कैयौँ ठाउँहरूमा बेल्ट एन्ड रोड परियोजनामार्फत चीनले गरेका लगानीलाई ऋणको पासोका रूपमा टिप्पणी गर्ने गरिएको छ भने कतिपयले कोरोनाभाइरस देखा पर्नुमा पनि चीनमाथि औँला ठड्याइरहेका छन्। तर चीनले आफूमाथि लगाइने गरिएका ती आरोपहरू अस्वीकार गर्ने गरेको छ।

    जैसवाल थप्छन्, "विवादहरू कम गर्नलाई र अहिले जस्तो चर्चा छ त्यसलाई मत्थर पार्न नयाँ अवधारणा ल्याइएको हुनसक्छ। चीनले भाइरस ल्यायो भन्ने आरोपहरूलाई बिर्साउनका लागि पनि स्वास्थ्यलाई एकदमै प्राथमिकता दिन्छ जस्तो मलाई लाग्छ। त्यसबाहेक शिक्षालाई पनि प्राथमिकता दिन्छन् होला।"

    चीनले हालसम्म उसको बेल्ट एन्ड रोड परियोजनामा १४० वटा देशले हस्ताक्षर गरिसकेको बताउने गरेको छ।चीन र उक्त परियोजनामा आबद्ध देशहरूबीचको व्यापार ९.२ ट्रिलियन डलर भन्दा बढी रहेको भनिएको छ।

    चिनियाँ कम्पनीहरूले बीआरआईमा सामेल देशहरूमा गरेको लगानी १ खर्ब ३० अर्ब डलर भन्दा बढी पुगेको चिनियाँ सरकारले बताउने गरेको छ।

    *चिनियाँ राजदूतले टोखा छहरे सुरुङको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    आश्विन ९, २०७८ शनिवार २०:३६:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सी जिनपिङ
  • images
    images
    images
    ताजा खबर