• Sep 25 2021 | २०७८, आश्विन ९गते

२०७८, आश्विन ९गते

डिभोर्सपछि पनि पूर्वपत्निसँग दिनानुदिन देखिन थाले अमिर खान, टेबुल टेनिस खेलेको तस्बिर भाइरल

श्रावण ९ २०७८
  • 1.6K
    SHARES
  • डिभोर्सपछि पनि पूर्वपत्निसँग दिनानुदिन देखिन थाले अमिर खान, टेबुल टेनिस खेलेको तस्बिर भाइरल

    काठमाडौं - केही समयअघि सम्बन्ध विच्छेद गरेका बलिउड अभिनेता अमिर खान पत्नी किरण राव फेरि नजिक हुन थालेका छन् । बिहे भएको १५ वर्षपछि सम्बन्ध विच्छेद गरेका उनीहरु पछिल्लो समय एकसाथ देखिएका छन् ।

    images

    एकअर्कासँग सम्बन्ध तोडेको घोषणा गरेका उनीहरु एकसाथ नाचेको भिडियो पनि सार्वजनिक भएको थियो । हालै फेरि उनीहरु टेबुल टेनिस खेलेको तस्बिर सार्वजनिक भएको छ ।

    taba.jpg

    टेबुल टेनिस प्रतियोगिता फिल्म लाल सिंह चड्ढाका टिमले खेलेका हुन् । उक्त प्रतियोगितामा आमिरदेखि टिमका समै थिए । लगभग एक महिनाअघि अहिर र किरणले आफुहरुले सम्बन्ध तोडेको बारे संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका थिए ।  

    सम्बन्ध तोडेको २० दिन नपुग्दै पत्निसँग नजिकिदै रमाउन थाले आमिर खान सम्बन्ध तोडेको २० दिन नपुग्दै पत्निसँग नजिकिदै रमाउन थाले आमिर खान

    विज्ञप्तिमा डिभोर्स अन्त्य नभई नयाँ जीवनको सुरुआत भएको भन्दै आफ्ना छोरा आजादलाई मिलेर हुर्काउने बताएका थिए । 


    श्रावण ९, २०७८ शनिवार १५:२२:४० बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # अमिर खान
  • अर्कोसमाचार

    तनावमा सोनु सुद, लाग्यो २० करोड कर छलेको आरोप

  • 808
    SHARES
  • तनावमा सोनु सुद, लाग्यो २० करोड कर छलेको आरोप

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् सोनु सुद । कोरोना प्रभावितलाई सहयोग गरेर पछिल्लो समय उनी रियल लाईफका हिरो नै बनेका छन् । दुख परेकाहरुकाहरुलाई सहयोग गरेर भगवान बनेर चौतर्फि चर्चा पाएका सोनु अहिले एक झमेलामा फसेका छन् । 

    images

    उनीमाथि २० करोड कर छली गरेको आरोप लागेको छ । उनको घरमा आयकर विभागले छापा मारेपछि सोनु र उनका सहयोगीविरुद्ध २० करोडभन्दा बढी ट्याक्स छली गरेको आरोप लागेको हो । 

    आयकर विभागले सोनुको घर र होटलसहित ६ स्थानमा छापा मारेको बताइएको छ । लगातार २० घन्टासम्म छापा मारेर आयकर विभागका कर्मचारीहरु सोनुका केही कागजपत्र लिएर गएका थिए । अहिले आईटी विभागले सोनुले कयौं फर्जी संस्था र अवैध लोनको रुपमा निकै पैसा जम्मा गरेको आरोप लगाएको छ । 

    सोनुको ‘सूद च्यारिटी फाउन्डेशन’ ले गएको अप्रिलदेखि अहिलेसम्म १८ करोड ८४ लाख दान पाएको छ । जसमध्ये १ करोड ९ लाख रुपैयाँ विभिन्न कार्यमा खर्च भएको र १७ करोड रुपैयाँ फाउन्डेशनको ‘नन प्रोफिट’ बैंक एकाउन्टमा रहेको बताइएको छ ।
     


    आश्विन ३, २०७८ आइतवार २१:४०:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सोनु सुद

  • क्यानाडा नेपाल

    अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका शिल्पाका पति राज धरौटीमा छुटे

  • 702
    SHARES
  • अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका शिल्पाका पति राज धरौटीमा छुटे

    काठमाडौं - अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा छुटेका छन् । भारतका चर्चित व्यापारीमा गनिएका राज सोमबार ५० हजार धरौटीमा छुटेको भारतिय मिडियामा जनाइएको छ ।

    images

    mm.jpg

    अश्लील भिडियोको छायांकन भारतमा गर्ने र बेलायत पठाउने गरेको खुलासा भइसकेकोपछि यस मुद्दामा राजले चाडै छुट्कारा पाउने सम्भावना कम रहेको थियो । 

    mm.jpg

    तर उनी सोमबार रिहा भएका छन् । उनीसँगै उनका सूचना प्रविधि प्रमुख रियान थोर्पेलाई पनि अदालतले रिहा गरेको बताइएको छ । गत जुलाई १९ मा राज र थोर्पेलाई अश्लील फिल्म बनाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिएको थियो । 
     


    आश्विन ५, २०७८ मंगलवार ११:१९:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिल्पा शेट्टी

  • क्यानाडा नेपाल

    साउथ स्टार विजयले हाले आफ्नै बाबुआमाबिरुद्ध उजुरी, राखे यस्तो माग

  • 974
    SHARES
  • साउथ स्टार विजयले हाले आफ्नै बाबुआमाबिरुद्ध उजुरी, राखे यस्तो माग

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता थलापति विजयले आफ्नै बाबु आमाबिरुद्ध उजुरी दिएका छन् । उनले आफुलाई राजनीतीमा आउन फोर्स नगर्न भन्दै पिता चन्द्रशेखरसहित ११ जनाबिरुद्ध उजुरी दिएको भारतिय मिडियामा जनाइएको छ । 

    images

    चन्द्रशेखरले  विजयको नाममा २०२० सालमा राजनीतिक पार्टी अल इन्डिया थलापति विजय मक्कलको घोषणा गरेका थिए । चन्द्रशेखरले विजयलाई राजनीतीमा आउन आग्रह पनि गरिरहेका थिए । 

    साथै उनले छोरा विजय चाँडै राजनीतिमा आउने दाबी पनि गरिरहेका थिए । तर विजयको भने राजनीतीमा कुनै रुची छैन । उनी राजनीतीमा काम गर्न चाहादैनन् । विजयले आफु राजनीतीमा नआउने बारे जानकारी गराइसकेका छन् । 

    उनले अब आफ्नो फोटो कुनै राजनीतिक दल प्रयोग गरेमा कारबाही गर्ने बताएका छन् । उनले हालेको उजुरीमा ११ जना मानिसहरुलाई भेट्न नदिन र आफ्नो फोटोको दुरुपयोग गर्नेहरुलाई कारबाही गर्न पनि आग्रह गरेका छन् । 


    आश्विन ५, २०७८ मंगलवार १५:०२:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विजय
  • # थलापति विजय

  • क्यानाडा नेपाल

    नागा र सामन्थाको सम्बन्ध झन बिग्रियो, छुट्टाछुट्टै बस्न थाले

  • 922
    SHARES
  • नागा र सामन्थाको सम्बन्ध झन बिग्रियो, छुट्टाछुट्टै बस्न थाले

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी छुट्टाछुट्टै बस्न थालेका छन् । 

    images

    उनीहरुबीचको सम्बन्ध चिसिएपछि नागा र सामन्था अलग(अलग घरमा बस्न थालेको भारतिय मिडियाका बताइएको छ । केही समयअघिदेखि उनीहरुबीचको सम्बन्ध राम्रो नभएको र सम्बन्धविच्छेद गर्न तयारसम्म पुगेको बताइएको छ। 

    उनीहरुबीच परिवारको संख्या बढाउने बिषयमा सहमती नहुँदा छुट्टिन तयार भएका छन्। फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने नागाको चाहाना रहेको र त्यसमा सामन्था सहमती नभएको बताइएको छ । 

    अक्किनेनी नागार्जुनका छोरा समेत रहेका नागाले सन् २०१७ मा अभिनेत्री सामन्थासँग विवाह गरेका थिए । विवाह गरेको केही समयपछि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर बाहिर आएको थियो । सम्बन्ध विग्रिएपछि अहिले दुवै एउटै घरमा बस्न छोडेको बताइएको छ । 

    सामन्था आफ्नो करियर अगाडि बढाउन हाइदरबादको घर छोडेर मुम्बई गएको बताइएको छ । यस्तै नागा भने अहिले बुबाआमासँग बस्न थालेका छन् । 


    आश्विन ५, २०७८ मंगलवार २१:४६:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नागा चैतन्य
  • # सामन्था

  • क्यानाडा नेपाल

    कोरोना महामारीले थलिएको बलिउड उकासिदै, अक्षयको फिल्म 'बेल बटम' ले बिदेशमा मात्र कमायो २० करोड

  • 480
    SHARES
  • कोरोना महामारीले थलिएको बलिउड उकासिदै, अक्षयको फिल्म 'बेल बटम' ले बिदेशमा मात्र कमायो २० करोड

    काठमाडौं - पछिल्लो समय अभिनेता अक्षयकुमारको फिल्म 'बेल बटम' को निकै चर्चा छ । गत १९ अगस्टमा रिलिज भएको यस फिल्मले शुरुवातमा राम्रो कमाई गर्न नसकेपनि पछिल्लो समय भने धमाकेदार कमाई गरेको छ । 

    images

    रञ्‍जित तिवारीले निर्देशनमा बनेको यस फिल्मले विदेशमा मात्र हालसम्म २० करोड बढी कमाई गरिसकेको भारतिय मिडियामा बताइएको छ । 

    यस फिल्मको कमाई हेर्दा कोरोनाको महामारीले थलिएको बलिउड अब उकासिने देखिएको छ । चार दिने विकेन्डमा १३ करोड २५ लाख कमाएको फिल्मले प्रदर्शनको एक महिनामा बक्सअफिस बाट मात्रै ३० करोड कमाएको छ । यस फिल्मले स्वदेशमा मात्र ३० करोड कमाएको छ ।

    यस फिल्ममा अक्षयसँगै वाणी कपुरको मूख्य अभिनय रहेको छ । यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । 


    आश्विन ७, २०७८ बिहिवार १२:२८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षय कुमार

  • क्यानाडा नेपाल

    छोरा यशवर्धनलाई बलिउडमा डेब्यु गराउँदै गोविन्दा 

  • 674
    SHARES
  • छोरा यशवर्धनलाई बलिउडमा डेब्यु गराउँदै गोविन्दा 

    काठमाडौं - अभिनेता गोविन्दाले आफ्ना छोरालाई पनि बलिउडमा प्रबेश गराउने भएका छन् । लामो समयदेखि छोरा यशवर्धनलाई बलिउडमा डेब्यु गराउने तयारी गरेपनि कोरोनाका कारण ढिलाई भएको थियो । 

    images

    तर अब भने छोरालाई यसै वर्ष लञ्च गर्ने गरी तयारी भइरहेको सुनीता आहूजाले बताएकी छिन् । यसअघि छोरी टीना अहुजाले फिल्म ‘सेकेन्ड ह्यान्ड हज्बेन्ड’ बाट बलिउडमा प्रबेश गरेकी थिइन् । 

    सुनीताले यशवर्धनको बलिउड डेब्यू लकडाउनका कारण ढिलाइ भएको र अब डेब्युको अन्तिम कुराकानी भइरहेको बताइन् । फिल्मको लागि यशवर्धनलाई कोरियोग्राफर गणेश आचार्यले डान्स सिकाइरहेका छन् । फिल्मकै लागि यशवर्धन जिम पनि धाइरहेका छन् । 


     


    आश्विन ८, २०७८ शुक्रवार २०:४३:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गोविन्दा

  • क्यानाडा नेपाल

    images
    images
    images
    ताजा खबर