• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढे, एकैदिन ६ सय १५ जनामा संक्रमण, कहाँका कति ?

श्रावण ९ २०७८
  • 1.0K
    SHARES
  • काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढे, एकैदिन ६ सय १५ जनामा संक्रमण, कहाँका कति ?

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । शनिबार काठमाडौं उपत्यकामा थप ६ सय १५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
     
    काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका ४ सय २१ जना, ललितपुरका १ सय ८ जना र भक्तपुरका ८६ जना रहेका छन् ।  

    images

    यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा ३१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कूल संक्रमितको संख्या ६ लाख ७९  हजार १७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ५४ हजार २ सय ४३ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा २१ सय ९७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ६ लाख ४१ हजार ५ सय ६५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १६ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ९५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    श्रावण ९, २०७८ शनिवार १७:१७:२९ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अर्कोसमाचार

    नेपालमा एकैदिन १५ सय ११ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 278
    SHARES
  • नेपालमा एकैदिन १५ सय ११ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १५ सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १५ हजार १ सय ७९ वटा परीक्षण गर्दा १५ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ७ लाख ८१ हजार ९ सय ८९ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ८८ हजार १ सय ८७ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १६ सय ८९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित २५ हजार ७ सय ७२ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ११ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    भाद्र ३१, २०७८ बिहिवार १८:१२:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    चीनबाट थप ४४ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै

  • 216
    SHARES
  • चीनबाट थप ४४ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै

    काठमाडौं । चीनबाट कोरोनाभाइरस (कोभिड १९)विरुद्धको खोप भेरोसेल नेपाल आउँदैछ । सरकारले खरिद गरेको ४४ लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप चीनबाट आउन लागेको हो । 

    images

    खोप लिन बिहिबार नेपाल वायुसेवा निगमको विमान बेइजिङ उडेको थियो । यो खोप आएलगत्तै तुरुन्तै निश्चित उमेर समूहलाई  लगाउन सुरु गरिनेछ ।

    हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेकोले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिनेछ। हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको बतायएको छ । 


    आश्विन १, २०७८ शुक्रवार ०७:१४:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भेरोसेल खोप

  • क्यानाडा नेपाल

    चीनबाट थप ४४ लाख कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

  • 202
    SHARES
  • चीनबाट थप ४४ लाख कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

    काठमाडौं । चीनबाट थप ४४ लाख कोरोनाभाइरस (कोभिड १९)विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । शुक्रबार नेपाल एयरलाइन्सको जहाजमार्फत सरकारले खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । 

    images

    खोप लिन निगमको जहाज बिहिबार बेइजिङ उडेको थियो । यो खोप अब निश्चित उमेर समूहलाई लगाउन सुरु गरिने भएको छ । 

    हालसम्म ५० वर्ष उमेर समूहलाई कभर गरिसकेकोले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ त्यस अनुसार खोप लगाउन सुरु गरिने जनाइएको छ । हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको बताइएको छ । 


    आश्विन १, २०७८ शुक्रवार १४:४९:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा शुक्रबार थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

  • 152
    SHARES
  • नेपालमा शुक्रबार थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    देशभर गरिएको ८ हजार ६ सय ६५ पिसिआर परिक्षणका क्रममा १ हजार ८६ जना र ३ हजार ७ सय २० एन्टीजेन परिक्षणका क्रममा ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाउको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७१ हजार ७ सय ३४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा ११ हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै १ हजार ३ सय ५१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ४६ हजार ५ सय ६६ जना कोरोनासंक्रमणमुक्त भएका छन् । हाल २५ हजार ४ सय ९७ जना आइशोलेशन र २ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।  


    आश्विन १, २०७८ शुक्रवार १६:४९:१९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने

  • 202
    SHARES
  • चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने

    काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो । 

    images

    सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।


    आश्विन १, २०७८ शुक्रवार १७:१०:१० बजे : प्रकाशित


    क्यानाडा नेपाल