• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

प्रियङ्का कार्कीले गर्भवती हुँदाको तस्बिर सार्वजनिक गर्दा उब्जिएको बहस, आफै के भन्छिन् ?

श्रावण ९ २०७८
  • 2.1K
    SHARES
  • प्रियङ्का कार्कीले गर्भवती हुँदाको तस्बिर सार्वजनिक गर्दा उब्जिएको बहस, आफै के भन्छिन् ?

    नायिका प्रियङ्का कार्कीले गर्भवती भएका कारण ठूलो भएको पेट देखाएर खिचेका तस्बिर सार्वजनिक गरेपछि त्यसले सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतमा विभिन्न बहस निम्त्याएको छ।यसअघि पनि उनले आफू गर्भवती भएपछि खिचेका केही तस्बिरहरूले सामाजिक सञ्जालमा तरङ्ग ल्याएका थिए।

    images

    उनको तस्बिरबारे आएको टिप्पणीमाथि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिक्रिया जनाउँदा उत्पन्न बहसपछि उनकी छोरी मानुषी यमी भट्टराईले पनि आफू गर्भवती हुँदाको तस्बिर सामाजिक ट्विटरमा राखेकी छन्। त्यसमा पनि थुप्रै खालका टिप्पणी आएका छन्।

    priyanka.jpg

    केही समयअघि कलाकार सिर्जना सुब्बाले गर्भावस्थाको तस्बिर सार्वजनिक गरेका बेला पनि विभिन्न टिकाटिप्पणी र बहस भएको थियो।तस्बिर सार्वजनिक गरेका महिलाहरूले आफ्नो गर्भावस्थालाई खुशीयालीको रूपमा मनाउन आफ्नो तस्बिर सार्वजनिक गरेको प्रतिक्रिया दिएका छन्।

    'नितान्त व्यक्तिगत छनोट'
    बेलाबेला सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरू राख्दै आएकी प्रियङ्का कार्की यसलाई 'नितान्त व्यक्तिगत छनोट' भन्छिन्।"कसैले निजी तरिकाले गर्भावस्था मनाउनुहुन्छ भने त्यसलाई सम्मान गर्नुपर्छ र कसैले त्यो खुशीयालीलाई शेअर गर्नुहुन्छ अर्थात् सार्वजनिक गर्नुहुन्छ भने त्यो उहाँको अधिकारको कुरा हो," बीबीसीसँग उनले भनिन्।

    तस्बिर सार्वजनिक गर्दा उत्पन्न नकारात्मक टिप्पणीलाई उनले पितृसत्तात्मक सोचको उपज भन्ठान्छिन्।"महिलालाई नियन्त्रणमा राख्नुपर्छ भन्ने पितृसत्तात्मक सोच समाजमा गढेर बसेका कारण त्यसलाई तोड्न आवश्यक छ," उनी भन्छिन्।

    उनले थपिन, "विदेशीले गर्भावस्थामा 'न्यूड फोटोसुट' गर्दा रमाइलो मान्नेहरू यहीँ छन्। नेपाली कलाकारले अरू बेला लगाएकै जति लुगा लगाएर पेट देखाएर गर्भवती हुँदाको फोटो राख्दा चित्त बुझेन।"

    महिलाले के गर्न हुन्छ र हुन्न भनेर समाजले निर्धारण गरिदिएका कतिपय कुरालाई परिवर्तन गर्दै जानुपर्ने र त्यो सँगै निम्तिएको प्रगतिशील सोचले समाजमा परिवर्तन गर्ने कार्की बताउँछिन्।

    महिलाले राखेको तस्बिरमा नकारात्मक प्रतिक्रिया किन?
    सामाजिक सञ्जालमा जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराईले "एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो?' भनेर प्रश्न गरेकी छन्।

    उनले गर्भावस्थाको पेट देखाएको तस्बिर ट्विटरमा 'मेरो सुन्दर कार्य' भनेर राखेकी छन्।महिनावारी, गर्भवती वा सुत्केरी हुनुलाई समाजले परम्परागत रूपमा अपवित्र मान्दै आएकोले महिलाले आफ्नो शरीरलाई जोडेर उत्सवको रूपमा मनाउन खोज्दा उग्र प्रतिक्रियाहरू आएको उनले बताइन्।

    "मैले समाजको यो पाखण्डी सोचविरुद्ध उभिन साङ्केतिक रूपमा भए पनि तस्बिर शेअर गरेकी हुँ," उनले भनिन्, "महिलाले आफ्नो शरीर देखाउँदा कोबाट नियन्त्रित भएर देखाएको छ भन्ने कुरा यसले उठाएको छ।"

    यसबारे बहस निम्त्याउन आवश्यक भए पनि कुनै पनि विषयसँग जोडिएर आउने बजारीकरण वा वस्तुकरणको भने आफू विपक्षमा रहेको भट्टराईले बताइन्।

    "पल्लो घरले बेबी सावर मनायो मैले पनि देखाउनुपर्छ भन्ने दबाबमा चाहिँ केही पनि हुनहुँदैन," उनले भनिन्।कतिपयले विगतमा सुन्दरी प्रतियोगिताको विरोध गर्नेले अहिले गर्भावस्थाको तस्बिर राखेको भन्दै भट्टराईको आलोचना पनि गरेका छन्।

    भट्टराई भन्छिन्, "सुन्दरी प्रतियोगिता र महिलाले आफ्नो गर्भावस्थाको तस्बिर राख्ने विषय नितान्त फरक हो। यसलाई दाँज्नै मिल्दैन। सुन्दरी प्रतियोगितामा त महिलाको शरीरलाई वस्तुकरण गरिएको हो। उसको सुन्दरताको निर्धारण बजारले गरेको हो।"

    समाजशास्त्रीय दृष्टिकोण
    महिलाको शरीरलाई लिएर गर्भावस्थाबारेमात्रै नभइ बेलाबेला टिप्पणी हुनेगर्छ।यसलाई तीनवटा तरिकाबाट हेर्नुपर्ने समाजशास्त्री मीना उप्रेती बताउँछिन्।उनका अनुसार गर्भावस्थाको कुरा महिलाको ईच्छाआकाङ्क्षासँग जोडिएर आएको छ। तर त्योसँगै यसलाई व्यक्तिगत, पारिवारिक र सामाजिक दृष्टिकोणबाट पनि हेरिन जरुरी रहेको उनी बताउँछिन्।

    “मैले खुशीयाली मनाएको क्षण पारिवारिक कति हो, व्यक्तिगत कति हो र सामाजिक कति हो भनेर हेर्नुपर्छ। अरूलाई त्यसले फरक पार्छ कि पार्दैन हेर्नुपर्छ र त्यो खुशीयाली सामाजिक सञ्जालमा राख्न आवश्यक छ कि छैन भन्ने पनि विचार गर्नुपर्छ,” उनले भनिन्।

    महिलाका शरीरको विषयमात्रै नभइ कुनै पनि विषयमा नकारात्मक टिप्पणी जनाउन उद्यत देखिएको फुर्सदिलो समाजमा यस्तो क्रम बढ्दै गएको उनी बताउँछिन्।

    “तपाईँले हेर्नुभयो भने अराजक वा नकारात्मक टिप्पणी नै धेरै देखिन्छ। यस्ता खालका टिप्पणी जनाउने प्राय उही वर्गका मानिस हुन्छन्,” समाजशास्त्री उप्रेतीले भनिन्।

    “महिलाको स्वतन्त्रताको कुरा हो तर केही न केही रूपमा यसको नियन्त्रण गर्नुपर्छ भन्ने मलाई लाग्छ। सामाजिक सञ्जालका कारण समाज देखावटी हुँदै गएको छ।”

    बहस आवश्यक
    समाजमा अझै पनि नगण्य सङ्ख्यामा मात्रै केही महिला यस्ता विषयमा खुलेर आउने हुँदा उनीहरूले निम्त्याइदिने बहस समाजका लागि आवश्यक रहेको लैङ्गिक र सामाजिक न्यायका विषयमा रुचि राख्ने अध्येता कैलाश राई बताउँछिन्।

    "त्यसरी तस्बिर राख्दा महिलाको यौनिकतालाई नियन्त्रण गर्ने सामाजिक र सांस्कृतिक सोचमाथि प्रहार भएकोले विरोध गर्ने स्वर चर्को हुनु स्वाभाविकै हो जस्तो लाग्छ," उनले भनिन्।महिलाले कुन कुरा लगाउने वा नलगाउने भन्ने महिला स्वयंले भन्दा समाजले निर्धारण गरिदिएका कारण यस्ता विषय बेलाबेला बहसमा आउने उनी बताउँछिन्।

    "महिलाका विषयमा समाजमा धेरै परिवर्तन भयो भन्ने हामी कुरा गर्छौँ तर कुन हदसम्म परिवर्तन भएको छ भन्ने यस्तो बहस उब्जिँदा अनुमान गर्न सजिलो हुन्छ," उनले भनिन्।तर कुनै पनि विषयलाई सामाजिक रूपमा देखावटीको विषय बनाउन नहुने अध्येता राई बताउँछिन्।

    राईले भनिन्, "कति महिला गर्भावस्थामा पोषिलो खानेकुरा खान नपाउने पनि छन्। यसमा पर्ने आर्थिक वा मानसिक बोझबाट जोगिनुपर्छ। गर्भावस्था एक्लै मनाए पनि भयो फेसबुकमा फोटो राख्नैपर्छ वा सामाजिक सञ्जालमा हल्ला पिट्नै पर्छ भन्ने चाहिँ छैन। तर जसलाई शेअर गर्न मन लाग्छ त्यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो।"

    प्रियङ्का कार्कीको तस्बिरमा प्राप्त प्रतिक्रियापछि कैयौँ महिलाले आफू गर्भवती हुँदाका तस्बिर अहिले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। कतिले भने नेपाली संस्कार अनुरूप नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

    तस्बिरमाथि टिका टिप्पणी हुने क्रममा आधुनिक र पुरातन विचार, पितृसत्तात्मक सोच र व्यक्तिगत स्वतन्त्रता तथा बजारीकरणको प्रभाव लगायतका कोणबाट विभिन्न लेखमार्फत् र सामाजिक सञ्जालमा बहस भइरहेको छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    श्रावण ९, २०७८ शनिवार १७:३३:४२ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # प्रियङ्का कार्की
  • अर्कोसमाचार

    एक्सन जनरामा निर्माण भएको फिल्म 'लप्पन छप्पन २' शिवरात्रीमा प्रदर्शनमा आउने

  • 360
    SHARES
  • एक्सन जनरामा निर्माण भएको फिल्म 'लप्पन छप्पन २' शिवरात्रीमा प्रदर्शनमा आउने

    काठमाडौं - फिल्म 'लप्पन छप्पन २' को रिलिज मिति सार्वजनिक भएको छ  । मुकुन्द भट्टको निर्देशनमा तयार भएको फिल्म आगामी महाशिवरात्री अर्थात फागुन १३ गते प्रदर्शनमा आउने भएको छ ।

    images

    सौगात मल्लर अनुपविक्रम शाहीको मुख्य भुमिका रहेको यस फिल्म लामो समयदेखि कोरोनाभाइरसको संक्रमणका कारण प्रदर्शनमा आउन सकेको थिएन । एक्सन जनरामा निर्माण भएको यस फिल्मलाई अब महाशिवरात्रीमा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । 

    फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । 

    खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रको  पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ ।  


    भाद्र २७, २०७८ आइतवार १३:१८:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लप्पन छप्पन–२

  • क्यानाडा नेपाल

    लामोसमयपछि चलचित्रमा फर्किए प्रशान्त तामाङ, सम्पदासँग जोडी बाँध्दै

  • 1.5K
    SHARES
  • लामोसमयपछि चलचित्रमा फर्किए प्रशान्त तामाङ, सम्पदासँग जोडी बाँध्दै

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा गायक प्रशान्त तामाङ अभिनयमा फर्किएका छन् । लामोसमयदेखि चलचित्रबाट टाढा रहेका उनी नयाँ चलचित्र अस्तित्वको लडाइ मार्फत फेरि दर्शकमाझ आउँदैछन् ।
     
    नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका प्रशान्तले शुरुवतामै चर्चा पाएका थिए । ईण्डियन आइडल २००७ का विजयी पनि रहेका प्रशान्तको चलचित्रमा कमब्याकले दर्शक उत्साहित भएका छन् । 

    images

    गोविन्द गौतमको निर्देशनमा बन्ने चलचित्र अस्तित्वको लडाइ मा प्रशान्तको मुख्य भूमिका रहने भएको छ । प्रशान्त बाहेक चलचित्रमा सुनिल थापा, सम्पदा बानियाँको पनि मुख्य भूमिका रहनेछ ।  प्रशान्तले चेपाङ युवकको भूमिका निभाउनेछन् ।  चलचित्रको छयांकन तिहारपछि गरिने भएको छ । 


    भाद्र २७, २०७८ आइतवार १४:३०:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रशान्त तामाङ

  • क्यानाडा नेपाल

    किम कार्दशियन देखिइन् नौलो लुकमा, टाउकोदेखि गोडासम्म छोपिएको पहिरन देखेर फ्यान चकित

  • 602
    SHARES
  • किम कार्दशियन देखिइन् नौलो लुकमा, टाउकोदेखि गोडासम्म छोपिएको पहिरन देखेर फ्यान चकित

    काठमाडौं - हलिउडकी चर्चित अभिनेत्री हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम पछिल्लो समय नौलो कपडाका कारण चर्चामा छिन् । पछिल्लो समय उनी टाउकोदेखि गोडासम्म लेदरको कपडा लगाएर चर्चामा आएकी छिन् । 

    images

    kimm.jpg

    उनले लगाएको टाउकोदेखि गोडासम्मको कपडा देखेर फ्यानहरु पनि चकित परेका छन् । उनले लगाएको कपडा धेरैको लागि नौलो हो । टाउकोदेखि गोडासम्म लेदरबाट बनेका आउटफिट लगाएर हिडिरहेकी उनमा सबैको ध्यान गयो । नौलो पहिरनमा न्युयोर्क पुगेकी उनलाई धेरैले चिनेनन् पनि । 

    kim.jpg

    तस्बिरमा उनले स्ट्रेच कोट, लामो बुट, अनुहार छोप्ने कालो लेदर र पन्जा लगाएकी छिन् । यसअघि तस्बिरका कारण ट्रोलको शिकार बनिरहने किम अहिले चर्चामा आएकी छिन् । अहिले उनको यो तस्बिर सामाजिक सञ्नजालमा भाइरल बनेको छ । हरेक तस्बिर फ्यानहरुले निकै रुचाएका हुन्छन् ।


    भाद्र २८, २०७८ सोमवार १२:३७:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # किम कार्दशियन

  • क्यानाडा नेपाल

    ‘एक्लै बस्दा’ गीतका बज्राचार्यको ६४ वर्षको उमेरमा निधन

  • 1.2K
    SHARES
  • ‘एक्लै बस्दा’ गीतका बज्राचार्यको ६४ वर्षको उमेरमा निधन

    काठमाडौं ‘- एक्लै बस्दा’ गीतका रचनाकार देव बज्राचार्यको निधन भएको छ । उनको सोमबार बिहान ६४ वर्षको उमेरमा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

    images

    श्वासप्रश्वास, प्रोस्टेट लगायतको समस्या रहेका उनको बयोधा अस्पतालमा उपचारका क्रममा निभन भएको हो । उनका ‘एक्लै बस्दा सधैं मलाई’, ‘प्रिय तिम्रो मुहारमा’, ‘उदास मेरो जीवन’ लगायतका गीत चर्चामा छन् । 

    संगीतकार न्ह्यू बज्राचार्यका काका रहेका उनको एक्लै बस्दा गीत निकै चर्चामा छ । उनको श्रीमती, एक छोरा र तीन छोरी छन् । 
     


    भाद्र २८, २०७८ सोमवार १३:२६:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन

  • क्यानाडा नेपाल

    'कैले होला भेट' भन्दै आन्छु र अस्मिता (भिडियो)

  • 156
    SHARES
  • 'कैले होला भेट' भन्दै आन्छु र अस्मिता (भिडियो)

    काठमाडौं - नब गायक आन्छु बिक्रमको सुमधुर आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार गायक बिक्रम र गायिका अस्मिता अधिकारिको आवाजमा 'कैले होला भेट' बोलको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । 

    images

    गीतमा सि.एल शर्माको शब्द र संगित रहेको छ । सार्वजनिक भिडियोमा आन्छु र अस्मिता नै देखिएका छन् । 

    काठमाडौँमा सुटिङ्ग गरिएको भिडियोलाई सन्जित के. घिसिङले खिचेका हुन् भने सनम मगरले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई आन्छु बिक्रम नामको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 


     


    आश्विन १, २०७८ शुक्रवार १९:०८:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आन्छु बिक्रम

  • क्यानाडा नेपाल

    सविन र छुल्ठिमको फिल्म 'धन्दागिरी' को ट्रेलर सार्वजनिक, दशैंमा रिलिज हुँने

  • 342
    SHARES
  • सविन र छुल्ठिमको फिल्म 'धन्दागिरी' को ट्रेलर सार्वजनिक, दशैंमा रिलिज हुँने

    काठमाडौं - अभिनेता सविन श्रेष्ठको नयाँ फिल्म 'धन्दागिरी' को ट्रेलर सार्वजनिक भएको छ । नरेन्द्र भट्टराईको कथा र निर्देशन रहेको यस फिल्मको ट्रेलर शुक्रबार युट्युबमा सार्वजनिक भएको हो ।  

    images

    फिल्ममा अभिनेता सविन, अभिनेत्री छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, स्व। दीपक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म यस वर्षको दशैंमा रिलिज गरिने भएको छ । 

    निर्माण टिमले फूलपातीको अघिल्लो दिनलाई प्रदर्शन मिति घोषणा गरेको छ । फिल्ममा दिनेश खड्का एसोसियट निर्माता र कुमार प्रसाद ओझा कार्यकारी निर्माता रहेका छन् ।


    आश्विन १, २०७८ शुक्रवार २०:०७:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सविन श्रेष्ठ

  • क्यानाडा नेपाल