शुक्रबार
२० मङ्सिर
२०७६

तीन सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

शुक्रबार मङ्सिर ६, २०७६/ Friday 11-22-19

काठमाडौं । दुई दिनदेखि सुनको मूल्य ओरालो लाग्ने क्रम सुरु भएको छ । बिहीबार एक सयले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला तीन सयले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।