• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

महन्थ ठाकुरले दायर गरेको सुनवाइ जारी, सर्वाेच्चले जोगाइदेला उनको राजनीति ?

क्यानाडा नेपाल श्रावण १५ २०७८
  • 1.0K
    SHARES
  • images
    images
    महन्थ ठाकुरले दायर गरेको सुनवाइ जारी, सर्वाेच्चले जोगाइदेला उनको राजनीति ?

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धमा दायर रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ । निर्वाचन आयोगले यही साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिइसकेको छ । 

    images

    तर, यसअघि नै महन्थ ठाकुरले दायर गरेको रिटमाथि सर्वाेच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । 

    आयोगले ‘हेड काउन्ट’बाट आधिकारिकता सम्बन्धी विवाद टुंग्याउने तयारी गरेपछि यसलाई रोक्न माग गर्दै गर्दै महन्थले सर्वाेच्चमा रिट निवेदन दिएका थिए ।

    यदी सर्वाेच्च अदालतले महन्थ पक्षमा फैसला गरेमा उनको राजनीतिक भविष्य के होला भन्ने आम चासो छ । जसपाको आधिकारिकता पाएसँगै यादव समूहले महन्थ समूहमाथि कारबाही गरिसकेको छ । 

    note suprime.PNG


    श्रावण १५, २०७८ शुक्रवार १२:२६:१५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # महन्थ ठाकुर

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    अनाहकमा नेपाली नागरिकको जीवन नगुमोस् - गृहमन्त्री खाण

  • 212
    SHARES
  • अनाहकमा नेपाली नागरिकको जीवन नगुमोस् - गृहमन्त्री खाण

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले सरकारको पहिलो दायित्व संविधान, विधिको पालना र रक्षा गर्नु भएको बताएका छन् । सोमबार गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रूपन्देही पुगेका गृहमन्त्री खाणले सो कुरा बताएका हुन् । 

    images

    उनले अनाहकमा कसैको जीवन गुम्ने अवस्था नबनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । उनले जिल्लाका सुरक्षा प्रमुखहरूलाई सुरक्षालाई पहिलो प्राथमिकता दिन र एउटा पनि नेपाली नागरिकको जीवन अनाहकमा नजाओस् भनि निर्देशन दिएका हुन् । 

    उनले भने -  ‘यात्रामा कहिले सजिलो, कहिले गाह्रो हुन्छ, उकाली ओरालीे पनि आउँछन्’, गृहमन्त्री खाणले भने, ‘राजनीतिक जीवनमा पनि मोडहरू आउने हुँदा विचलित बन्नुहुँदैन ।’

    गृहमन्त्री खाणले रूपन्देहीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार भएको पनि बताए ।  


    कार्तिक १, २०७८ सोमवार १९:०२:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण

  • क्यानाडा नेपाल

    केपी ओली आगामी निर्वाचनमा झापाबाटै हार्छन् - मेटमणि चौधरी  

  • 212
    SHARES
  • केपी ओली आगामी निर्वाचनमा झापाबाटै हार्छन् - मेटमणि चौधरी  

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले देशभर आफ्नो पार्टीले नेकपा एमाले हराउने दाबी गरेका छन् । 

    images

    सोमबार नेकपा (एस) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै चौधरीले सो कुरा बताएका हुन् । उनले केपी ओली आगामी निर्वाचनमा झापाबाट पनि नजित्ने बताए । 

    ओली पार्टी र प्रवृत्तिका विरुद्ध नेकपा (एस) स्थापना भएको बताउदै उनले देशभर नेकपा एमाले हराउने बताए । ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन र पार्टी समाप्त हुने स्थिति आएकाले नयाँ पार्टी स्थापना गर्नुको विकल्प नभएको उनले बताउ । 

    उनले केपी ओलीसहितका एमाले नेता जनतासँग भोट माग्न गाउँ आउने कुनै नैतिक आधार नभएकाले केपीको झापादेखि गोकर्ण र प्रदीपका गुल्मीका निर्वाचन क्षेत्रसमेत समाजवादीमय हुने दाबी गरे । 


    कार्तिक १, २०७८ सोमवार २०:००:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान - विमलेन्द्र निधि

  • 176
    SHARES
  • पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान - विमलेन्द्र निधि

    जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको बताएका छन् । गृहजिल्ला धनुषामा रहेका उपसभापति निधीले सोमबार आयोजित पत्रकारहरूसँगको कुराकानीमा सो कुरा बताएका हुन् । 

    images

    उनले भने - 'कांग्रेस जहिले पनि मधेशकै भाेटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ । मधेशको सहयोगबिना का‌ंग्रेस कहिलै पनि निर्वाचनमा राम्रो गर्न सकेनन् । त्यसकारण कांग्रेसलाई मधेशको सहयोग आवश्यक छ । पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझिरहेका छन् । तर, अब मधेशले के चाहेको छ ? मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शिर्ष नेताहरूको हातमा छ ।'

    उनले पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरे । उनले मधेशका जिल्लाहरूको भ्रमणमा जाँदा नेता तथा कार्यकर्ताहरूले आफूले सभापतिमा उम्मेदवारी दिएकोमा खुसी भएको पनि बताए । 

    पार्टीलाई मधेश र देशमा मजगुत बनाउन आफूले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावी गरे  ।  


    कार्तिक १, २०७८ सोमवार २१:१३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विमलेन्द्र निधि

  • क्यानाडा नेपाल

    गृहमन्त्री खाँणद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

  • 176
    SHARES
  • गृहमन्त्री खाँणद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेट गरेका छन् । सोमबार गृहमन्त्रीले वैद्यलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा नै पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । 

    images

    सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे ।

    वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए । 


    कार्तिक २, २०७८ मंगलवार ११:५८:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण

  • क्यानाडा नेपाल

    बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

  • 152
    SHARES
  • बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । मंगलबार सरकारी निवास बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई यस्तो निर्देशन दिएका हुन् । 

    images

    प्रधानमन्त्री देउवाले वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाँणलाई आफुले निर्देशन दिएको बारे सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् । 

    उनले लेखेका छन् - 'सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु।'

    दुई दिनअघिदेखि देशका विभिन्न स्थानमा लगातार पानी परिरहेको छ । लगातारको पानीले देशका विभिन्न स्थानमा बाढी तथा पहिरो आएर क्षति पुर्याएको छ । 
     


    कार्तिक २, २०७८ मंगलवार १३:११:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • क्यानाडा नेपाल

    प्रतिनिधिसभाको बैठक दुई दिनपछि सर्‍यो

  • 158
    SHARES
  • प्रतिनिधिसभाको बैठक दुई दिनपछि सर्‍यो

    काठमाडौं - प्रतिनिधिसभाको बैठक दुई दिनपछि सरेको छ । यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

    images

    संघीय संसद्का महासचिव डा.भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी दिएका हुन् ।

    ‘२०७८ कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले २०७८ कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


    कार्तिक २, २०७८ मंगलवार १५:२१:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक

  • क्यानाडा नेपाल