• Sep 24 2021 | २०७८, आश्विन ८गते

२०७८, आश्विन ८गते

नेकपा क्रान्तिकारी माओवादीले प्लटिङ कब्जा गरी गाडेको झण्डा प्रहरीले हटायो

श्रावण १६ २०७८
  • 864
    SHARES
  • नेकपा क्रान्तिकारी माओवादीले प्लटिङ कब्जा गरी गाडेको झण्डा प्रहरीले हटायो

    चितवन । नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले माडीको ट्वन्टीवान ग्रुपको प्लटिङ कब्जा गरी गाडेको झण्डा प्रहरीले हटाएको छ । 

    images

    शनिवार बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले  माडी-२, पौहारीस्थित ट्वन्टीवान ग्रुपको प्लटिङको जग्गा कब्जा गर्दै झण्डा र व्यानर गाडेको थियो । 

    पार्टीका केन्द्रीय सदस्य घननाथ सापकोटा विकास र जिल्ला सेक्रेटरी अशोक शर्मासंगै चितवन जिल्लास्तरका नेताकार्यकर्ताहरुको सहभागीतामा प्लटिङको जमीन कब्जा गरीएको थियो । कब्जा गरेको दावी गर्दै झण्डा र ब्यानर गाडेको एक घण्टा नबित्दै प्रहरी पुगेर निकालिदिएको हो । 
     


    श्रावण १६, २०७८ शनिवार १९:२७:१६ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # माडी
  • अर्कोसमाचार

    वामदेव गौतम आफ्नै पार्टीमा रहेको एमालेको दाबी

  • 306
    SHARES
  • वामदेव गौतम आफ्नै पार्टीमा रहेको एमालेको दाबी

    काठमाडौं । नेकपा एमालेबाट विभाजन भएपछि माधवकुमार नेपाल आफ्नो नेकपा एकीकृत समाजवादी पार्टी बलियो बनाउनमा व्यस्त छन् ।

    images

    एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आउँदो चुनावमा आफ्नो पार्टीलाई ठुलो पार्टी बनाउने दाबीसहित कार्यकर्ताहरु बढाउनेतर्फ लागेका छन् । तर एमाले विभाजनपछि यता न उता भएका नेता वामदेव गौतम भने अहिले चुप छन् । केही समयअघि उनले एमाले पार्टीबाट आफुले राजीनामा दिएको घोषणा गरेका थिए ।

    उनले पार्टीबाट राजीनामा दिएपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने चर्चा पनि चलेको थियो । एमाले पार्टीबाट राजीनामा दिए पनि स्वीकृत नभएका कारण उनी अझै एमालेमै रहेको मानिएको छ । उनले भने आफु अहिले कुनै पार्टिमा नरहेको बताउदै आएका छन् । शुक्रबार एमालेका केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन उनलाई निम्तो दिइएको थियो ।

    तर उनी बैठकमा सहभागी भएनन् । गौतमले दिएको राजीनामा स्वीकृत भइनसकेको र निर्वाचन आयोगको अभिलेखमा समेत गौतमको पद कायम रहेका कारण केन्द्रीय कमिटी बैठकमा बोलाइएको बारे एमाले कार्यालय सचिव शेरबहादुर तामाङ बताउछन् । एमालेले विधान महाधिवेशनमा भने गौतम सहभागी हुने अपेक्षा गरेको छ ।

    यता एकीकृत समाजवादीको पदाधिकारी चयनमा गौतमको नाम नपरेपछि गौतमले राजीनामा फिर्ता लिने एमालेले दाबी गर्दै आएको छ ।

    रामकुमारी झाँक्रीका कारण धेरै रुष्ट रामकुमारी झाँक्रीका कारण धेरै रुष्ट


    आश्विन ८, २०७८ शुक्रवार १३:१८:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वामदेव गौतम

  • क्यानाडा नेपाल

    दल विभाजन अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा

  • 186
    SHARES
  • दल विभाजन अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा

    काठमाडौं - राजनीतिक दल विभाजनसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न माग गर्दै दायर गरिएको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित इजलासमा सुनुवाइ सुरु भएको रिटमा निवेदकका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमेश बडालको नेतृत्वमा कानुन व्यवसायीले बहस गर्दैछन् ।

    अधिवक्ता श्रीकान्त बरालले मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

    रिटमा उनले चलिरहेको संसद हतार हतार अन्त्य गरेर दल विभाजन गर्न ल्याइएको अध्यादेश बदर गर्नुपर्ने, एमालेले सांसद पदबाट कारबाही गरिसकेका माधव नेपालसहित १४ जनालाई सनाखत गरेर गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता खारेज गर्नुपर्ने माग गरिएको छ ।

    यता दल विभाजन गर्न ल्याएको अध्यादेशविरुद्ध सत्ता गठबन्धनले प्रतिस्थापन विधेयक ल्याएर निष्क्रिय बनाउने तयारी गरेको छ ।न्युज कारखाना

     


    आश्विन ८, २०७८ शुक्रवार १४:०८:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    प्रचण्डसँग चुनावमा भिड्न बादल तयार  

  • 432
    SHARES
  • प्रचण्डसँग चुनावमा भिड्न बादल तयार  

    काठमाडौं - नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले आफु नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग चुनावमा भिड्न तयार रहेको बताउका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले सो कुरा बताएका हुन् । 

    images

    माओवादी केन्द्र छाडेर एमालेमा गएका बादलले चितवनका कार्यकर्ताहरु आफुतिर  भएको बताउदै आउँदो चुनावमा प्रचण्डसँग भिड्न तयार रहेको बताएका हुन् । उनले पार्टीले निर्णय गरेमा आगामी चुनावमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्ने बताए । 

    उनले भने - ' यस विषयमा पार्टीले कुनै निर्णय गरेको छैन । यदि आगामी दिनमा पार्टीले निर्णय गर्यो भने प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ । प्रचण्डसँग चितवनमा निर्वाचन लड्न तयार पनि छु'  माओवादीभित्रको अन्तरविरोध बारे स्वयं प्रचण्डले नै व्यक्त गरेको बताउदै बादलले सबै उनको पछाडि नलागेको प्रष्ट बुझिएको बताए । 

    उनले भने - 'माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।'यस्तै उनले अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवादविरुद्ध लागेको पनि बताए । 

     


    आश्विन ८, २०७८ शुक्रवार १४:३३:०१ बजे : प्रकाशित

    प्रधानन्यायाधीशले सहमति उल्लंघन गरेपछि कानुन व्यवसायी रुष्ट, बेन्च बहिष्कार

  • 214
    SHARES
  • प्रधानन्यायाधीशले सहमति उल्लंघन गरेपछि कानुन व्यवसायी रुष्ट, बेन्च बहिष्कार

    काठमाडौं - संवैधानिक निकायमा नियुक्तिसम्बन्धी मुद्दा हेर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विवादमा आज सुनुवाइ हुन सकेन । विवादको निरुपण गर्न सर्वोच्च अदालतले बारसँग मागेको एमिकस क्युरी उपस्थित नभएपछि मुद्दाको सुनुवाइ प्रभावित बनेको हो ।

    images

    न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा अधिवक्ता डा.गणेश रेग्मीले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको अनिवार्यता औल्याउँदै दायर गरेको रिट पेसीमा चढेको थियो ।

    'सर्वोच्च र नेपाल बारलाई एमिकस क्युरी मनोनयनका लागि चिठ्ठी गएको थियो । एमिकस क्युरी बहस गर्न नि आउनुभएन । नाम पनि पठाउनुभएन । त्यही भएर आज सुनुवाइ हुन सकेन,' सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, 'एमिकस नामावली प्राप्त भएपछि गम्भीर प्रकृतिको मुद्दा भएकाले अविलम्ब पेसी चढाउने आदेश भएको छ ।'

    प्रधानन्यायाधीशले सहमति उल्लंघन गरेको गुनासो
    कानुन व्यवसायीले भने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सहमति उल्लंघन गरेकाले उपस्थित नभएको प्रतिक्रिया दिएका छन् । २८ भदौमा प्रधानन्यायाधीश जबराले इजलास विवादबारे बेन्च-बार समन्वय समिति बैठक राखेर यो विवाद संवैधानिक इजलासबाट टुंग्याउने सहमति जनाएका थिए । बुधबार वा शुक्रबार इजलास गठन गरेर निरुपण गर्ने सहमति बैठकमा बनेको थियो ।

    तर आज शुक्रबार संवैधानिक इजलास बस्ने दिन न्यायाधीशद्वय ढुंगाना र शर्माको संयुक्त इजलासमा सुनुवाइ राखेपछि छनोट गरिएका एमिकस क्युरी उपस्थित भएनन् । बार-बेन्च बैठकमा सहमति भएबमोजिम सर्वोच्च अदालत बार एसाेसिएसनले अध्यक्ष पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई पठाउने निर्णय गर्‍यो । नेपाल बार एसाेसिएसनका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई पठाउने तय भएको थियो ।

    मुद्दा संवैधानिक इजलासमा नराखेको भन्दै एमिकस क्युरीले संयुक्त इजलासमा राखिएको सुनुवाइ बहिष्कार गरे । 'हामीले नपठाएकै हो । संवैधानिक इजलासमा राख्ने सहमति गरेर संयुक्तमा राखियो । यसमा हाम्रो असन्तुष्टि हो,' एक कानुन व्यवसायीले भने ।

    अड्कियो सुनुवाइ
    अघिल्लो सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरेका ५२ जनाको नियुक्तिविरुद्ध गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विवादले मुल मुद्दाको सुनुवाइ अघि बढ्न सकेको छैन ।

    संवैधानिक नियुक्तिविरुद्धको रिटमा नाै महिनापछि भदौबाट सुनुवाइ सुरु भएको थियो । तर निवेदकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सदस्य रहेको र नियुक्ति निर्णयमा सहभागी भएकाले स्वार्थ बाझिने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा मुद्दाबाट अलग हुनुपर्ने माग गरे ।

    निवेदकको मागअनुसार जबराले मुद्दाको सुनुवाइबाट आफूलाई अलग गरे । तर संविधानले प्रधानन्यायाधीशविना संवैधानिक इजलास परिकल्पना नगरेको भन्दै अधिवक्ता रेग्मीले रिट दायर गरे । रेग्मीको रिटमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले प्रधानन्यायाधीश रहने/नरहने टुंगो नलागेसम्म सुनुवाइ अगाडि नबढाउन आदेश दिएको थियो ।

    न्यायाधीश फुयाँलको एकल इजलासको आदेशपछि कानुन व्यवसायीहरूले असन्तुष्टि जनाएपछि प्रधानन्यायाधीश जबराले बेन्च र बार बैठक बोलाएर नियुक्ति मुद्दाको इजलासमा प्रधानन्यायाधीश रहने/नरहने टुंगो संवैधानिक इजलासबाटै लगाउने सहमति बनेको थियो । बार-बेन्चको सहमतिअनुसार न्यायाधीश फुयाँलले हेरेको मुद्दा संवैधानिक इजलासमा स्थानान्तरण हुनुपर्थ्यो । तर संयुक्त इजलासमा जाँदा फेरि सुनुवाइ प्रभावित बन्न पुगेको छ ।

    अघिल्लो सरकारले संवैधानिक परिषद् अध्यादेश ल्याएर गरेका नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका छन् । अर्यालले फुयाँलको इजलासको आदेशले आफ्नो मुद्दा लड्न पाउने अधिकार हनन भएको जिकिर गर्दै सुनुवाइ सञ्चालन गर्न माग गर्दै पुरक निवेदनसमेत दिएका छन् ।

    अर्यालको अर्को निवेदन
    निवेदक अर्यालले प्रधानन्यायाधीश रहने/नरहने विवादको सुनुवाइमा आफूलाई पनि सहभागी गराउन निवेदन दिएका छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य भन्ने अधिवक्ता रेग्मीको रिटमाथिको सुनुवाइमा आफूलाई सहभागी गराउनुपर्ने अर्यालको माग छ । आफू पनि यो मुद्दासँग जोडिएले सुनुवाइमा सहभागी हुन पाउनुपर्ने जिकिर उनले निवेदनमा गरेका छन् ।न्युज कारखाना


    आश्विन ८, २०७८ शुक्रवार १४:४६:५६ बजे : प्रकाशित

    प्रधानमन्त्री बनेपछि पहिलो पटक विदेश भ्रमणमा जाँदै देउवा 

  • 348
    SHARES
  • प्रधानमन्त्री बनेपछि पहिलो पटक विदेश भ्रमणमा जाँदै देउवा 

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड जाने भएका छन् । उनी स्कटल्याण्डमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जान लागेका हुन् । 

    images

    उक्त सम्मेलन स्कटल्याण्डको ग्लास्गो सहरमा हुँदैछ । सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डमा हुँदैछ । नोभेम्बर १ र २ मा हुने ग्लोबल लिडर समिटमा देउवा सहभागी हुने  
    वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले जानकारी दिए । उक्त समिटमा विश्वभरका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुनेछन् । 

    कोपमा सहभागीको लागि बेलायती कूटनीतिज्ञ तथा कोप २६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले प्रधानमन्त्री देउवासँग छलफल गरेको बताइएको छ । मन्त्रिपरिषदको निर्णयपछि देउवा स्कटल्याण्ड जानेछन् । प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । 

      


    आश्विन ८, २०७८ शुक्रवार १५:०७:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेर बहादुर देउवा

  • क्यानाडा नेपाल

    नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! - गगन थापा

  • 108
    SHARES
  • नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! - गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अब पार्टी पुनर्निर्माण गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता थापाले सो कुरा बताएका हुन् । 

    images

    उनले अब कहिलेसम्म यस्तो बेहालमा पार्टी चलाइरहने भन्दै अब बदल्नुपर्ने बताएका छन् । पार्टीको अधिवेशनको मिति सर्ने कुरा उठेको बिषयलाई लिएर थापाले नेतृत्वमा बस्नेले कहिल्यै विधिमा चल्नुनपर्ने, बेथितिको जिम्मा लिनैनपर्ने जस्तो अवस्था अब अन्त्य हुनुपर्ने बताएका छन् । 

    उजले लेखेका छन् - 'कति सजिलै सर्छ अधिवेशनको मिति! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने?सोचौं। #कांग्रेसपुनर्निर्माण'
     


    आश्विन ८, २०७८ शुक्रवार १९:२६:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • क्यानाडा नेपाल