शुक्रबार
२० मङ्सिर
२०७६

राप्रपा अध्यक्ष कमल थापा अमेरिकामा के गर्दैछन् ?

शुक्रबार मङ्सिर ६, २०७६/ Friday 11-22-19

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा एक सातादेखि अमेरिका भ्रमणमा रहेका छन् । गत कात्तिक २७ गते अमेरिका गएका अध्यक्ष थापा हाल त्यहाँको विभिन्न शहरमा आयोजना गरिएको विविध कार्यक्रममा सहभागी हुँदैछन् । एक सातापछि डिसेम्बर १ मा हुने पार्टीको प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन समारोहको उदघाटन र सम्बोधन गर्ने अध्यक्ष थापा अमेरिकामा रहेर पार्टीको संगठनमा सक्रिय नेपालीहरुको संस्था प्रवासी नेपाली एकता समाजको बाल्टिमोरमा तेस्रो अधिवेशनमा सहभागी हुनेछन् । 

यसैगरी अध्यक्ष थापा डिसेम्बर २ मा टेक्सासको ड्यालसमा आयोजना गरिएको नेपाली समुदायलाई सम्बोधन र अन्तरक्रियामा सहभागी हुनेछन् । अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागीता जनाउँदै महत्त्वपूर्ण सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष कमल थापाले सम्मेलनमा पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्ने  र सो कार्यक्रममा पार्टीका सहायक महामन्त्री एवं प्रवास संघका प्रमुख प्रेमकुमार श्रेष्ठ र प्रवासी नेपाली एकता समाज अमेरिकाका अध्यक्ष लोकनाथ तिवारीले सहभागीता जनाउने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।