• Sep 24 2021 | २०७८, आश्विन ८गते

२०७८, आश्विन ८गते

अक्षय र वाणीको फिल्म 'बेल बटम' को ट्रेलर सार्वजनिक

श्रावण १९ २०७८
  • 2.9K
    SHARES
  • अक्षय र वाणीको फिल्म 'बेल बटम' को ट्रेलर सार्वजनिक

    काठमाडौं - बलिउड अभिनेता अक्षयकुमारको फिल्म 'बेल बटम' को ट्रेलर सार्वजनिक भएको छ । रञ्‍जित तिवारीले निर्देशन गरेको फिल्म 'बेल बटम' को ट्रेलर मंगलबार सार्वजनिक भएको हो । 
     
    यस फिल्ममा अक्षयसँगै वाणी कपुरको मूख्य अभिनय रहेको छ ।  यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । 

    images


    श्रावण १९, २०७८ मंगलवार २०:३५:१२ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # बेल बटम
  • अर्कोसमाचार

    तनावमा सोनु सुद, लाग्यो २० करोड कर छलेको आरोप

  • 738
    SHARES
  • तनावमा सोनु सुद, लाग्यो २० करोड कर छलेको आरोप

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् सोनु सुद । कोरोना प्रभावितलाई सहयोग गरेर पछिल्लो समय उनी रियल लाईफका हिरो नै बनेका छन् । दुख परेकाहरुकाहरुलाई सहयोग गरेर भगवान बनेर चौतर्फि चर्चा पाएका सोनु अहिले एक झमेलामा फसेका छन् । 

    images

    उनीमाथि २० करोड कर छली गरेको आरोप लागेको छ । उनको घरमा आयकर विभागले छापा मारेपछि सोनु र उनका सहयोगीविरुद्ध २० करोडभन्दा बढी ट्याक्स छली गरेको आरोप लागेको हो । 

    आयकर विभागले सोनुको घर र होटलसहित ६ स्थानमा छापा मारेको बताइएको छ । लगातार २० घन्टासम्म छापा मारेर आयकर विभागका कर्मचारीहरु सोनुका केही कागजपत्र लिएर गएका थिए । अहिले आईटी विभागले सोनुले कयौं फर्जी संस्था र अवैध लोनको रुपमा निकै पैसा जम्मा गरेको आरोप लगाएको छ । 

    सोनुको ‘सूद च्यारिटी फाउन्डेशन’ ले गएको अप्रिलदेखि अहिलेसम्म १८ करोड ८४ लाख दान पाएको छ । जसमध्ये १ करोड ९ लाख रुपैयाँ विभिन्न कार्यमा खर्च भएको र १७ करोड रुपैयाँ फाउन्डेशनको ‘नन प्रोफिट’ बैंक एकाउन्टमा रहेको बताइएको छ ।
     


    आश्विन ३, २०७८ आइतवार २१:४०:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सोनु सुद

  • क्यानाडा नेपाल

    अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका शिल्पाका पति राज धरौटीमा छुटे

  • 598
    SHARES
  • अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका शिल्पाका पति राज धरौटीमा छुटे

    काठमाडौं - अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा छुटेका छन् । भारतका चर्चित व्यापारीमा गनिएका राज सोमबार ५० हजार धरौटीमा छुटेको भारतिय मिडियामा जनाइएको छ ।

    images

    mm.jpg

    अश्लील भिडियोको छायांकन भारतमा गर्ने र बेलायत पठाउने गरेको खुलासा भइसकेकोपछि यस मुद्दामा राजले चाडै छुट्कारा पाउने सम्भावना कम रहेको थियो । 

    mm.jpg

    तर उनी सोमबार रिहा भएका छन् । उनीसँगै उनका सूचना प्रविधि प्रमुख रियान थोर्पेलाई पनि अदालतले रिहा गरेको बताइएको छ । गत जुलाई १९ मा राज र थोर्पेलाई अश्लील फिल्म बनाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिएको थियो । 
     


    आश्विन ५, २०७८ मंगलवार ११:१९:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिल्पा शेट्टी

  • क्यानाडा नेपाल

    साउथ स्टार विजयले हाले आफ्नै बाबुआमाबिरुद्ध उजुरी, राखे यस्तो माग

  • 948
    SHARES
  • साउथ स्टार विजयले हाले आफ्नै बाबुआमाबिरुद्ध उजुरी, राखे यस्तो माग

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता थलापति विजयले आफ्नै बाबु आमाबिरुद्ध उजुरी दिएका छन् । उनले आफुलाई राजनीतीमा आउन फोर्स नगर्न भन्दै पिता चन्द्रशेखरसहित ११ जनाबिरुद्ध उजुरी दिएको भारतिय मिडियामा जनाइएको छ । 

    images

    चन्द्रशेखरले  विजयको नाममा २०२० सालमा राजनीतिक पार्टी अल इन्डिया थलापति विजय मक्कलको घोषणा गरेका थिए । चन्द्रशेखरले विजयलाई राजनीतीमा आउन आग्रह पनि गरिरहेका थिए । 

    साथै उनले छोरा विजय चाँडै राजनीतिमा आउने दाबी पनि गरिरहेका थिए । तर विजयको भने राजनीतीमा कुनै रुची छैन । उनी राजनीतीमा काम गर्न चाहादैनन् । विजयले आफु राजनीतीमा नआउने बारे जानकारी गराइसकेका छन् । 

    उनले अब आफ्नो फोटो कुनै राजनीतिक दल प्रयोग गरेमा कारबाही गर्ने बताएका छन् । उनले हालेको उजुरीमा ११ जना मानिसहरुलाई भेट्न नदिन र आफ्नो फोटोको दुरुपयोग गर्नेहरुलाई कारबाही गर्न पनि आग्रह गरेका छन् । 


    आश्विन ५, २०७८ मंगलवार १५:०२:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विजय
  • # थलापति विजय

  • क्यानाडा नेपाल

    नागा र सामन्थाको सम्बन्ध झन बिग्रियो, छुट्टाछुट्टै बस्न थाले

  • 754
    SHARES
  • नागा र सामन्थाको सम्बन्ध झन बिग्रियो, छुट्टाछुट्टै बस्न थाले

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी छुट्टाछुट्टै बस्न थालेका छन् । 

    images

    उनीहरुबीचको सम्बन्ध चिसिएपछि नागा र सामन्था अलग(अलग घरमा बस्न थालेको भारतिय मिडियाका बताइएको छ । केही समयअघिदेखि उनीहरुबीचको सम्बन्ध राम्रो नभएको र सम्बन्धविच्छेद गर्न तयारसम्म पुगेको बताइएको छ। 

    उनीहरुबीच परिवारको संख्या बढाउने बिषयमा सहमती नहुँदा छुट्टिन तयार भएका छन्। फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने नागाको चाहाना रहेको र त्यसमा सामन्था सहमती नभएको बताइएको छ । 

    अक्किनेनी नागार्जुनका छोरा समेत रहेका नागाले सन् २०१७ मा अभिनेत्री सामन्थासँग विवाह गरेका थिए । विवाह गरेको केही समयपछि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर बाहिर आएको थियो । सम्बन्ध विग्रिएपछि अहिले दुवै एउटै घरमा बस्न छोडेको बताइएको छ । 

    सामन्था आफ्नो करियर अगाडि बढाउन हाइदरबादको घर छोडेर मुम्बई गएको बताइएको छ । यस्तै नागा भने अहिले बुबाआमासँग बस्न थालेका छन् । 


    आश्विन ५, २०७८ मंगलवार २१:४६:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नागा चैतन्य
  • # सामन्था

  • क्यानाडा नेपाल

    कोरोना महामारीले थलिएको बलिउड उकासिदै, अक्षयको फिल्म 'बेल बटम' ले बिदेशमा मात्र कमायो २० करोड

  • 420
    SHARES
  • कोरोना महामारीले थलिएको बलिउड उकासिदै, अक्षयको फिल्म 'बेल बटम' ले बिदेशमा मात्र कमायो २० करोड

    काठमाडौं - पछिल्लो समय अभिनेता अक्षयकुमारको फिल्म 'बेल बटम' को निकै चर्चा छ । गत १९ अगस्टमा रिलिज भएको यस फिल्मले शुरुवातमा राम्रो कमाई गर्न नसकेपनि पछिल्लो समय भने धमाकेदार कमाई गरेको छ । 

    images

    रञ्‍जित तिवारीले निर्देशनमा बनेको यस फिल्मले विदेशमा मात्र हालसम्म २० करोड बढी कमाई गरिसकेको भारतिय मिडियामा बताइएको छ । 

    यस फिल्मको कमाई हेर्दा कोरोनाको महामारीले थलिएको बलिउड अब उकासिने देखिएको छ । चार दिने विकेन्डमा १३ करोड २५ लाख कमाएको फिल्मले प्रदर्शनको एक महिनामा बक्सअफिस बाट मात्रै ३० करोड कमाएको छ । यस फिल्मले स्वदेशमा मात्र ३० करोड कमाएको छ ।

    यस फिल्ममा अक्षयसँगै वाणी कपुरको मूख्य अभिनय रहेको छ । यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । 


    आश्विन ७, २०७८ बिहिवार १२:२८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षय कुमार

  • क्यानाडा नेपाल

    छोरा यशवर्धनलाई बलिउडमा डेब्यु गराउँदै गोविन्दा 

  • 72
    SHARES
  • छोरा यशवर्धनलाई बलिउडमा डेब्यु गराउँदै गोविन्दा 

    काठमाडौं - अभिनेता गोविन्दाले आफ्ना छोरालाई पनि बलिउडमा प्रबेश गराउने भएका छन् । लामो समयदेखि छोरा यशवर्धनलाई बलिउडमा डेब्यु गराउने तयारी गरेपनि कोरोनाका कारण ढिलाई भएको थियो । 

    images

    तर अब भने छोरालाई यसै वर्ष लञ्च गर्ने गरी तयारी भइरहेको सुनीता आहूजाले बताएकी छिन् । यसअघि छोरी टीना अहुजाले फिल्म ‘सेकेन्ड ह्यान्ड हज्बेन्ड’ बाट बलिउडमा प्रबेश गरेकी थिइन् । 

    सुनीताले यशवर्धनको बलिउड डेब्यू लकडाउनका कारण ढिलाइ भएको र अब डेब्युको अन्तिम कुराकानी भइरहेको बताइन् । फिल्मको लागि यशवर्धनलाई कोरियोग्राफर गणेश आचार्यले डान्स सिकाइरहेका छन् । फिल्मकै लागि यशवर्धन जिम पनि धाइरहेका छन् । 


     


    आश्विन ८, २०७८ शुक्रवार २०:४३:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गोविन्दा

  • क्यानाडा नेपाल