• Sep 24 2021 | २०७८, आश्विन ८गते

२०७८, आश्विन ८गते

विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

श्रावण २० २०७८
  • 696
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।

    images

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या २० करोड २ लाख ५९ हजार २ सय ३ पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या ४२ लाख ५८ हजार ६ सय ७९ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वभर १८ करोड ५ लाख २६ हजार ७ सय ४७ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख ३० हजार ४ सय ९७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ६० लाख ४९ हजार १५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ९७ लाख ५६ हजार ५ सय ८६ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख ५८ हजार ५ सय ९७ पुगेको छ भने संक्रमितको संख्या १ करोड ९९ लाख ८६ हजार ७३ पुगेको छ ।

    scsd.PNG


    श्रावण २०, २०७८ बुधवार ०८:५८:११ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अर्कोसमाचार

    भारतमा एकैदिन ३ सय १९ जना कोरोना संक्रमितले ज्यान गुमाए, ३२ हजार निको भए 

  • 258
    SHARES
  • भारतमा एकैदिन ३ सय १९ जना कोरोना संक्रमितले ज्यान गुमाए, ३२ हजार निको भए 

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ । 

    images

    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय १९ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ४६ हजार ३ सय ९९ पुगेको छ ।  

    पछिल्लो २४ घण्टामा ३१ हजार ४ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ३५ लाख ९३ हजार ४ सय ९२ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय ४९ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म ३ करोड २८ लाख ४० हजार ७ सय २४ कोरोना संक्रमित निको भइसकेका छन् ।
     
     
     


    आश्विन ८, २०७८ शुक्रवार ०८:१८:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    विश्वभर एकैदिन ५ लाख १२ हजार कोरोना संक्रमित थपिए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

  • 248
    SHARES
  • विश्वभर एकैदिन ५ लाख १२ हजार कोरोना संक्रमित थपिए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख १२ हजार ८ सय २२ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २३ करोड १३ लाख ५६ हजार २ सय २८ पुगेको छ ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ६ सय १९ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ लाख ४१ हजार ६ सय २५ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ८६ हजार ९ सय ८८ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २० करोड ८० लाख २७ हजार ९ सय ७५ कोरोना संक्रमित निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ७ लाख २ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ३५ लाख ३२ हजार ४ सय ९१ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ३० लाख ३३ हजार ५ सय २५ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख ९३ हजार १८ पुगेको छ भने संक्रमितको संख्या २ करोड १३ लाख ८ हजार १ सय ७८ पुगेको छ ।

    dd.PNG

     


    आश्विन ८, २०७८ शुक्रवार ०९:१६:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    भारतीय मूलकी अमेरिकी उपराष्ट्रपतिलाई भेटेपछि मोदीले भने– तपाईलाई स्वागत गर्न सम्पूर्ण भारतीय आतुर छन्

  • 438
    SHARES
  • भारतीय मूलकी अमेरिकी उपराष्ट्रपतिलाई भेटेपछि मोदीले भने– तपाईलाई स्वागत गर्न सम्पूर्ण भारतीय आतुर छन्

    नयाँ दिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँग भेटवार्ता गरेका छन् । भारतीय मूलकी उपराष्ट्रपति कमलालाई मोदीले ह्वाईटहाउसमा भेट गरेका हुन् । कमला अमेरिकाको उच्च ओहोदामा पुग्ने पहिलो भारतीय मूलकी व्यक्ति हुन् ।

    images

    भारतीय मूलकी छोरी अमेरिकाको उच्च ओहदामा पुगेको भन्दै मोदीले उपराष्ट्रपति कमलालाई बधाई दिएका थिए । उनले उपराष्ट्रपतिलाई भारत भ्रमणको निम्तोसमेत दिएका थिए । ‘तपाईलाई स्वागत गर्न भारत आतुर छ,’ मोदीले भने ।

    उपराष्ट्रपति कमला क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने बाबु जमैकामा जन्मेका थिए । हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी कमला डेमोक्रयाटिक पार्टीबाट अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो अश्वेत महिला हुन् ।

    गत नोभेम्वरमा कमला उपराष्ट्रपतिमा विजयी भएपछि उनको पुख्यौली गाउँ ठूलासेन्द्रापुराममा खुसियाली मनाइँएको थियो ।तीनदिने अमेरिका भ्रमणका क्रममा मोदी बुधबार न्युयोर्क पुगेका थिए । उनले आजै साँझ अमेरिकी राष्ट्रपति जोन बाइडेनलाई भेट्ने कार्यक्रम छ । एजेन्सी 


    आश्विन ८, २०७८ शुक्रवार ०९:४१:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नरेन्द्र मोदी
  • # कमला ह्यारिस

  • क्यानाडा नेपाल

    भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच भेटवार्ता

  • 144
    SHARES
  • भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच भेटवार्ता

    अमेरिका - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गर्नुभएको छ। 

    images

    वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ। प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो। सो अवसरमा दुबै प्रधानमन्त्रीले मुम्बई-अहमदाबाद हाई स्पीड रेल (MAHSR) परियोजनाको शुरुवात् र समयमै यसको कार्यान्वयनका लागि आ-आफ्नो तर्फबाट प्रतिबद्धता जनाउनु भएको छ।

    दुई नेता बीचको बैठक क्वाड को पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो । यो संयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिका बीच चारपक्षीय सहयोगसँग सम्बन्धित छ। विदेश मन्त्रालयका अनुसार उहाँहरू बीच रक्षा उपकरण र प्रविधिको क्षेत्र सहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउने बारे सहमति जुटेको छ।दुई प्रधानमन्त्री बीचको पहिलो भेटवार्ता हार्दिकतापूर्ण रह्यो। सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसकेपछि उहाँहरू बीच तीनपटक टेलिफोन वार्ता भएको छ।

    प्रधानमन्त्री मोदीले भारत-जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरशिपमा पछिल्ला केही बर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री मोदीले कोभिड-१९ महामारीका बीच पनि सफलतापूर्वक टोकियो ओलम्पिकको आयोजना गरेकामा प्रधानमन्त्री सुगा र जापानलाई विशेष बधाइ समेत व्यक्त गर्नु भएको छ। सो अवसरमा दुवै प्रधानमन्त्रीले दुई देश बीचको बढ्दो आर्थिक सम्लग्नताको स्वागत गर्नुभएको छ।

    उहाँहरुले बीच यस बर्षको शुरुमा भारत, जापान र अष्ट्रेलिया बीच आपूर्ति शृङ्खला र लचकता पहल (एससीआरआई) को लचिलो, विविध र विश्वासिलो आपूर्ति संरचनालाई सक्षम पार्न गरिएको प्रयासको स्वागत गर्नु भएको छ। उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले निर्माण र क्षमता विकासका क्षेत्रमा काम गर्नका लागि दुई पक्षीय साझेदारीको संरचना निर्माणको लागि जोड दिनुभएको छ।

    जापनी प्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री मोदीलाई दिनुभएको जानकारी अनुसार यस वर्षको शुरूमा हस्ताक्षर गरिएको निर्दिष्ट कुशल श्रमिक (एसएसडब्ल्यू) सम्झौतालाई सञ्चालन लागि जापानी पक्षले २०२२ को शुरुदेखि भारतमा सीप र भाषा परीक्षण कार्यक्रम सञ्चालन गर्ने छ।दुई प्रधानमन्त्री बीच कोभिड-१९ महामारी र यसलाई सम्बोधन गर्ने प्रयासका बारेमा पनि छलफल केन्द्रित भएको छ । उहाँहरूले डिजिटल टेक्नोलोजीको बढ्दो महत्त्वलाई जोड दिदै यस विषयमा भारत-जापान डिजिटल पार्टनरशिप मा विशेष गरी स्टार्ट-अपमा भएको प्रगति को सकारात्मक मूल्यांकन पनि गर्नुभएको छ।

    त्यसै गरी दुई नेता बीच विभिन्न उदीयमान प्रविधिमा थप सहयोग बढाउने बारे विचार आदान-प्रदान भएको छ। जलवायु परिवर्तनका मुद्दाहरू, हरित ऊर्जा संक्रमण र भारतको राष्ट्रिय हाइड्रोजन ऊर्जा मिशनसँग जापानी सहयोगको सम्भावनाका विषयमा पनि छलफल भएको छ।दुई नेताले भारत-जापान एक्ट इस्ट फोरम अन्तर्गत भारतको उत्तर पूर्वी क्षेत्रमा द्विपक्षीय विकास परियोजनाहरूमा भएको प्रगतिलाई स्वागत गर्दै, यस्तो सहयोगलाई अझ बढाउने सम्भावनाहरूको समेत उल्लेख गर्नुभएको छ। एएनआई 


    आश्विन ८, २०७८ शुक्रवार १३:५८:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # योशिहिदे सुगा

  • क्यानाडा नेपाल

    अफगानिस्तानमा कठोर सजायहरू फेरि शुरू हुने - तालिबान अधिकारी 

  • 146
    SHARES
  • अफगानिस्तानमा कठोर सजायहरू फेरि शुरू हुने - तालिबान अधिकारी 

    तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका छन्। हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय "सुरक्षाका लागि आवश्यक" भएको समाचारसंस्था एपीलाई बताएका हुन्।

    images

    तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनले बताए। सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेका थिए।

    आलोचना
    यद्यपि विगतमा सार्वजनिक स्थलहरूमा दिने गरिएका मृत्युदण्डको आलोचना भएको कुरा तुराबीले खारेज गरे। उनले भने, "हाम्रो कानून कस्तो हुनुपर्छ भन्नेबारे अरूले भन्नु पर्दैन।"

    गत अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आएका छन्। तर देशभरि मानव अधिकार उल्लङ्घन भएका भनिएका थुप्रै घटनाहरू बाहिर आएका छन्।

    हेरातमा प्रतिष्ठित महिलाहरू, घरबाहिर हिँडडुल गर्न पाउने स्वतन्त्रता पक्षधर र पोशाकसम्बन्धी नियम पालना गर्न अस्वीकार गर्ने महिलाहरूको खोजी गर्दै तालिबान लडाकुहरू हिँडेको पाइएको अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीवार जनाएको थियो।

    काबुलमाथि तालिबानले नियन्त्रण कायम गर्नुभन्दा केही दिनअगाडि बाल्खमा तालिबानका एक न्यायाधीश हाजी बदरुद्दीनले इस्लामिक कानूनको कठोर व्याख्यालाई आफूले समर्थन गर्ने बीबीसी संवाददाता सेकन्दर कर्मानीलाई बताएका थिए।

    विगतका कामका कारण संयुक्त राष्ट्रसङ्घले आर्थिक प्रतिबन्ध लगाएका व्यक्तिहरूको सूचीमा रहेका तुराबीले सार्वजनिक स्थलमा सजायहरू दिने वा नदिने विषयमा मन्त्रिपरिषद्‌मा छलफल भइरहेको र त्यसबारे नीति बनाइने बताए।

    सन् १९९० को दशकमा काबुलका खेलकुद रङ्गशालाहरूमा अथवा इदगाहमा मृत्युदण्डका सजाय दिने गरिन्थ्यो। त्यस बेला तुराबी न्यायमन्त्रीका साथै सदाचार विस्तार तथा दुराचार नियन्त्रण मामिला प्रमुख थिए।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    आश्विन ८, २०७८ शुक्रवार १९:५३:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • क्यानाडा नेपाल

    नयाँ दिल्लीमा वकिलको भेषमा छिरेका हमलाकारीले अदालतभित्रै गोली चलाए, ३ जनाको मृत्यु

  • 1.3K
    SHARES
  • नयाँ दिल्लीमा वकिलको भेषमा छिरेका हमलाकारीले अदालतभित्रै गोली चलाए, ३ जनाको मृत्यु

    काठमाडौं - भारतको नयाँ दिल्लीमा गोली हानाहान भएको छ । नयाँ दिल्लीको रोहिणी जिल्ला अदालतमा गोली हानाहान हुँदा ३ जनाको ज्यान गएको भारतिय मिडियामा जनाइएको छ । 

    images

    वकिलको भेषमा आएका दुई जनाले अदालतभित्र गएर गोली चलाएका थिए । अदालतमा  गोली हानाहानमा कुख्यात जितेन्द्र उर्फ गोगीको पनि ज्यान गएको छ । 

    उक्त घटनामा दुई जना अन्य हमलाकारीको पनि ज्यान गएको हो । अदालतभित्र सुनुवाइका लागि तयारी भइरहँदा दुई व्यक्तिले जितेन्द्र मानमाथि गोली चलाएका थिए । 
     


    आश्विन ८, २०७८ शुक्रवार २०:१६:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नयाँ दिल्ली

  • क्यानाडा नेपाल