• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

युएई सरकारले हटायो नेपालसहित छ देशका यात्रुमाथिको प्रतिबन्ध 

श्रावण २० २०७८
  • 664
    SHARES
  • युएई सरकारले हटायो नेपालसहित छ देशका यात्रुमाथिको प्रतिबन्ध 

    नयाँ दिल्ली - संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो । यात्रा प्रतिबन्ध हटाइएका छ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन् । 

    images

    यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ , “यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन् ।” तर उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ ।

    मुलुकमा कार्यरत चिकित्सक, नर्स, खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन । संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीको कारण यहाँ भएर केही महिनादेखि यात्रा गर्न अस्थायीरूपमा रोक लगाइएको थियो ।एएनआई


    श्रावण २०, २०७८ बुधवार ०९:१४:३१ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # युएई
  • अर्कोसमाचार

    अफगानिस्तानमा तालिबान कब्जापछि विवादास्पद अफगानिस्तान–पाकिस्तान सीमा ग्रेटगेम हटस्पट बन्दै

  • 146
    SHARES
  • अफगानिस्तानमा तालिबान कब्जापछि विवादास्पद अफगानिस्तान–पाकिस्तान सीमा ग्रेटगेम हटस्पट बन्दै

    काबुल। अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि विवादास्पद अफगानिस्तान र पाकिस्तान सीमामा फेरि द्वन्द्व सुरु भएको छ। पाकिस्तानको तालिबानसँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि पाकिस्तानका अधिकांश नेताहरुले आपत्ति जनाउँदै आएको छ। 

    images

    पाकिस्तानसँग तालिबानको घनिष्ठ सम्बन्धको बावजूद, जहाँ यसका अधिकांश नेता अगस्त १५ भन्दा पहिले बसिरहेका थिए, तर पनि तालिबान समूहका नेताहरु अफगानहरु डुरान्ड लाइनसँग सहमत नभएको बताएको छ।

    विशेषज्ञहरुका अनुसार तालिबानको बयान तथाकथित महान् खेलको निरन्तरताको संकेत हो, जसले यस क्षेत्रको भूराजनीतिलाई परिभाषित थप जटिल परिस्थितिमा पुर्याएको छ। बेलायतबाट मुक्त भएको भारतमा आक्रमण गर्नबाट रोक्नका लागि डुरान्ड लाइन बनाइएको थियो। 

    तालिबानले कब्जा गरेपछि यस क्षेत्रमा पाकिस्तानी सेनाहरुसँको झडपको अवस्था बढ्दै गएको छ। अफगान क्षेत्रबाट गोलाबारी गर्ने क्रम बढ्दै गएको छ। पाकिस्तानी सेनाले पनि जवाफी कारबाही गर्दै आएको छ। 

    अफगानिस्तानका तालिबानी सेनाले नयाँ सरकारसमेट गठन गरिसकेको छ। तालिबानको सरकारलाई पाकिस्तानले स्वागत पनि गरेको छ। तर, आफैं सहयोग गरेको आतंकवादी संस्थाले अफगानिस्तानको डुरान्ड लाइनको विवादलाई भने कायमै राखेको देखिन्छ । 


    भाद्र २८, २०७८ सोमवार १९:०६:२६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दक्षिण वजीरिस्तानमा भएको बम विस्फोटमा पाकिस्तानी सैनिकको मृत्यु

  • 126
    SHARES
  • दक्षिण वजीरिस्तानमा भएको बम विस्फोटमा पाकिस्तानी सैनिकको मृत्यु

    वजीरिस्तान। एक दक्षिण पाकिस्तान वजीरिस्तानमा बम विस्फोट हुँदा एक सैनिक मारिएका छन्।  सोमवार राति उक्त विस्फोट भएको हो। 

    images

    अन्तर सेवा जनसम्पर्कले दिएको जानकारी अनुसार आतंकवादी समूहले प्रहार गरेको बम विस्फोटपछि ती सैनिकको मृत्यु भएको हो। त्यसैगरी सेनाको जवाफी कारबाहीका क्रममा भाग्न खोजका केही आतंककारी पनि मारिएको जनाइएको छ। 

    सैनिक जनसम्पर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सुरक्षा बलहरुद्वारा उक्त क्षेत्र सफाया क्रममा आतंकवादी समूहले बम विस्फोट गराएका हुन्। उक्त विस्फोटमा वजीरिस्तानको असमान मञ्जा क्षेत्रमा विस्फोट भएको हो। विस्फोटका क्रममा सेपोइ वाजिद उल्लाह नाम गरेको सेनाको मृत्यु भएको छ । 

    प्रेस विज्ञप्तिमा भनिएको छ, आईईडी राख्ने आतंकवादीहरुलाई समात्नका लागि आफ्नै सेनाले तुरुन्तै क्षेत्र घेराबन्दी गरेको थियो। गोली हानाहानको क्रममा भाग्न खोज्ने एक आतंकवादी मारिएका छन्। 

    अफगानिस्तानको सीमा नजिकै आदिवासी जिल्लाहरुमा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि बढ्न थालेका छन्। यस महिनाको शुरुमा, दक्षिण र उत्तर वजीरिस्तान आदिवासी जिल्लाहरुमा सुरक्षा बलहरुमा आतंकवादीहरुले गरेको आक्रमणमा दुई पाकिस्तानी सैनिकहरु मारिएका थिए र नौ जना घाइते भएका थिए।

    अफगानिस्तानसँग दुई हजार ६०० किलोमिटर लामो सीमाना छ । उक्त सीमा क्षेत्रमा पछिल्लो समय हिंसात्मक गतिविधिहरु बढ्दै गइरहेका छन्।


    भाद्र २७, २०७८ आइतवार १९:१०:३० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    अफगानिस्तानको राजधानीमा पाकिस्तानविरुद्ध नाराबाजी

  • 130
    SHARES
  • अफगानिस्तानको राजधानीमा पाकिस्तानविरुद्ध नाराबाजी

    काबुल। अफगानिस्तानको राजधानी काबुलमा बुधबार पाकिस्तानविरुद्ध नाराबाजी गरिएका छन्। आतंवादी संगठन तालिबानलगायतका समूहलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आएको पाकिस्तानकै काराण मुलुकमा तालिबानले सत्ता कब्जा गरेको भन्दै राजधानी काबुमाल पाकिस्तानविरुद्ध नाराबाजी गरिएको हो। 

    images

    राजधानी काबुलमा भएको पाकिस्तानविरुद्धको आन्दोलमा करिब एक हजारभन्दा बढी मानिसहरुको सहभागीता रहेको थियो। उनीहरुले पाकिस्तनमा रहेको नियन्त्रणमा रहेको सरकार आवश्यक नभएको भन्दै नाराबाजीसहित आन्दोलन गरेका हुन्। 

    तालिबानले मंगलबार इस्लामिक इमिरेट्स नाम दिएर नयाँ सरकार घोषणा गरेको हो। तालिबानले उक्त सरकारलाई कामचलाउ सरकारको नाम दिएको छ। सरकारको प्रमुख संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएका व्यक्ति छन् भने गृह मन्त्रालयको जिम्मेवारी अमेरिकाले आतंककारीको सूचीमा राखेको र एफबीआईको मोस्ट वान्टेड सूचीमा रहेको व्यक्ति रहेका छन्। 

    अफगान सरकारविरुद्ध लड्नका लागि तालिबानलाई पाकिस्तानले सैन्य र लडाकू सहयोग गरेको थियो। यता अमेरिकाले पाकिस्तानलाई आतंकवादविरुद्ध लड्नका लागि आर्थिक सहयोग गरिरहेको भए पनि पाकिस्तानले भने आतंवादी संगठनलाई नै पालनपोषण गरिरहेको पाइएको हो। 

    पाकिस्तानको दोहोरो चरित्रको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ। तर, पाकिस्तनले भने तालिबान सरकार गठनलाई उपलब्धीको रुपमा ब्याख्या गरेको छ । तालिबान सरकार गठनलाई चीनले पनि स्वागत गरेको छ। तर, अमेरिकाले भने काम हेरेर मूल्यांकन गर्ने प्रतिक्रिया दिएको छ।


    भाद्र २६, २०७८ शनिवार १९:१३:२७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    श्रीनगरमा संगीत कन्सर्टका माध्यमबाट पोलिथिन प्रतिबन्धबारे जागरुकता, युवाहरुको प्रतिभालाई बढावा

  • 130
    SHARES
  • श्रीनगरमा संगीत कन्सर्टका माध्यमबाट पोलिथिन प्रतिबन्धबारे जागरुकता, युवाहरुको प्रतिभालाई बढावा

    श्रीनगर । जम्मु काश्मीरको श्रीनगरमा संगीत कन्सर्टका माध्यमबाट पोलिथिन प्रतिबन्धबारे जागरुकता अपाइएको छ । पोलिथिन मुक्त श्रीनगर बनाउनका लागि जागरूकता फैलाउने पहल अन्तर्गत बैटल अफ ब्यान्ड नामक एक सांगीतिक कन्सर्ट आयोजना गरिएको थियो ।

    images

    कार्यक्रम श्रीनगर नगर निगमद्वारा एक गैर सरकारी संगठन व्हाइट ग्लोबको सहयोगमा शेर ए काश्मीर पार्कमा आयोजित गरिएको थियो । कार्यक्रमको विषय पोलिथिन मुक्त श्रीनगरको लागी एक सांगीतिक कार्यक्रम राखिएको थियो ।

    कार्यक्रममा जम्मु काश्मीरका उपराज्यपाल मनोज सिन्हा र श्रीनगर जिल्ला प्रशासनका गणमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    सिन्हाले भने, यो कार्यक्रम आजादीका अमृत महोत्सवको एक हिस्सा हो र यस प्रकारका कार्यक्रमहरुको माध्यमबाट हामी पोलिथिन प्रतिबन्धको बारेमा जागरूकता पैदा गर्न चाहन्छौं र युवाहरुको प्रतिभालाई बढावा दिन चाहन्छौं । श्रीनगर र यस पहलको सफलता स्थानीय जनताको आफू र आफ्नो वरपर सफा राख्ने प्रयासमा निर्भर गर्दछ ।

    एएनआईसँग कुरा गर्दै कार्यक्रमका सह आयोजक शेख सबाले भने, "हामी सरकारसँग मिलेर यो कार्यक्रम आयोजना गर्दैछौं र प्रकृतिमा पोलिथिनको हानिकारक प्रभावको बारेमा जागरूकता बढाउन चाहन्छौं र उपत्यकाको संगीत उद्योगको रूपमा प्रचार गर्न चाहन्छौं । युवाहरुलाई आफ्नो प्रतिभा र सीप प्रदर्शन गर्न एउटा प्लेटफर्म दिनका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।"

    काश्मीर उपत्यकाका स्थानीय ब्याण्ड, संगीतकार र लोक गायकहरुले कन्सर्टमा भाग लिए । लोकबाट बलिउड गीतहरु, गायकहरु विभिन्न विधाहरुको गीतहरु प्रस्तुत गरे ।

    कन्सर्टमा सहभागीहरु आफ्नो प्रदर्शनसँग दर्शकहरुलाई मोहित र पोलिथिनको हानिकारक प्रभावको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका छन् । 

    एक प्रसिद्ध गायिका विभा सराफले भनिन्, "यो उपत्यकाको संगीत उद्योगलाई बढावा दिनको लागि एक राम्रो पहल हो र यस प्रकारको घटनाहरु दुबै प्रतिभा र समाजमा जागरूकताको पोषण गर्न सक्छन् किनकि उनीहरु युवाहरुलाई आफ्नो कौशल सिक्न र बढाउन मद्दत गर्न सक्छन् । पर्यावरणको बारेमा अधिक सचेतता अपनाउँदै पोलिथिन उपयोग गर्नु हुँदैन ।"


    भाद्र २२, २०७८ मंगलवार १९:१८:२५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    फिजिक्स शिक्षकको प्रेममा पागल थिइन् ऐश्वर्या 

  • 422
    SHARES
  • फिजिक्स शिक्षकको प्रेममा पागल थिइन् ऐश्वर्या 

    काठमाडौं - भारतकी चर्चित अभिनेत्री, मोडल तथा पूर्व विश्व सुन्दरी हुन् ऐश्वर्या राय बच्चन। अभिनय जीवनमा प्रवेश गर्नु पूर्व सन् १९९४ मा विश्व सुन्दरीको ताज जितेकी उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।  

    images

    फिल्म क्षेत्रमा रहदा उनको नाम धेरै अभिनेताहरुसँग पनि जोडियो । उनको सुन्दरतामा धेरै अभिनेता फिदा पनि भए । भनिन्छ, कलेज पढ्दादेखि नै उनलाई धेरै केटाहरुले मनपराउने गर्थे । एउटा रोचक कुरा, कलेज पढ्दा उनी एक शिक्षकको प्रेममा पनि परेकी थिइन् । 

    आफूलाई पढाउने शिक्षकको प्रेममा रहदा उनको कलेजभर चर्चा हुने गर्थ्यो । ऐश्वर्याको पछाडी लाग्ने धेरै केटाहरु थिए । तर ऐश्वर्या भने आफूलाई पढाउने फिजिक्स शिक्षकको प्रेममा पागल थिइन् । 

    उनी शिक्षकलाई आफुतर्फ ध्यानमा राख्न अगाडि बेन्चमा बस्थिन् । त्यसपछि फिल्म क्षेत्रमा लाग्दा उनी धेरै अभिनेताको प्रेममा रहेको चर्चा भइरहन्थ्यो । पछि उनले अमिताभ बच्चनका छोरा तथा अभिनेता अभिषेक बच्चनसँग विवाह गरिन् । 

    अहिले उनीहरुको एक छोरी पनि छिन् । विवाहपछि ऐश्वर्या खासै फिल्ममा देखिएकी छैनिन् । अब भने उनी आफ्नै निर्देशनमा फिल्म बनाउने तयारीमा छिन् । निर्देशनमा आफ्नो रुची रहेकाले चाँडै नै यो काम गर्न लागेको उनले बताएकी छिन् ।


    आश्विन १, २०७८ शुक्रवार २०:४२:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ऐश्वर्या राय बच्चन

  • क्यानाडा नेपाल

    काबुल स्ट्राइकमा निर्दोष नागरिक मारिएको पुष्टि, अमेरिकाले माग्यो माफी

  • 262
    SHARES
  • काबुल स्ट्राइकमा निर्दोष नागरिक मारिएको पुष्टि, अमेरिकाले माग्यो माफी

    काबुल - संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको काबुल एयरस्ट्राइकमा निर्दोष नागरिक मारिएको भन्दै क्षमायाचना गरेको छ । अमेरिकी रक्षामन्त्री लायड अस्टिनले अफगानी नागरिकको मृत्युप्रति माफी मागेका हुन् ।

    images

    तालिवानले अफगानिस्तान कब्जामा लिएपछि २६ अगस्टमा भएको आत्मघाती हमलामा १३ अमेरिकी सैनिकसहित दुई सय जना मारिएका थिए । आईएसआईएस-केले जिम्मेवारी लिएको हमलापछि अमेरिकाले जवाफी कारवाहीअन्तर्गत ड्रोन हमला गरेको थियो । 

    हमलामा काबुल हमलाका मास्टरमाइण्ड मारिएको अमेरिकाले दाबी गरेको थियो । तर उक्त एयरस्ट्राइकमा निर्दोष नागरिक मारिए भन्दै चौतर्फी प्रश्न उठेको थियो । यसमा जाँचबुझ गरेको अमेरिकाले गल्ती स्वीकार्दै माफी मागेको हो ।

    अमेरिकी रक्षा मन्त्रालयले जाँचपछि आतंकवादी नभई निर्दोष नागरिक मारिएको पाइएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केन्नथ मेकेंजीले स्ट्राइक एक दु:खद गल्ती भएको बताएका छन् । २९ अगस्टमा अमेरिकी ड्रोन हमलामा ७ बालबालिकासहित १० जना मारिएका थिए ।एजेन्सी


    आश्विन २, २०७८ शनिवार ०८:१४:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • क्यानाडा नेपाल