• Sep 25 2021 | २०७८, आश्विन ९गते

२०७८, आश्विन ९गते

नेप्सेमा आज पनि नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब   

श्रावण २० २०७८
  • 688
    SHARES
  • नेप्सेमा आज पनि नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब   

    काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुगेको छ ।    
        
    यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ बिन्दुले बढेर ५७८.२३ मा पुगेको छ । कूल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर रु १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ४.२९, विकास बैंक ६५.८५, जलविद्युत् १९४.०७, वित्त ४५.०५, उत्पादन २७.८४ र लगानी ०.३४ बिन्दुले बढेको छ ।    
        
    यस्तै, व्यापार ६०, होटल तथा पर्यटन ७.७७, निर्जीवन बीमा ८२.९८, अन्य २१.०१, लघुवित्त १२६.३३, जीवन बीमा २.७५ र सामूहिक लगानी कोष ०.१२ बिन्दुले घटेको छ । अधिकांश लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आकर्षित भएका छन् । जलविद्युत् कम्पनीले संस्थापक शेयर धमाधम बिक्री गरेका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरमा चाप परेको छ । 

    images

    सोही आधारमा आज अपि पावर कम्पनी, खानीखोल हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर कालिका पावर, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रोपावर यूनियन लाइफ इन्स्योरेन्स जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले उकालो लाग्दा सकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अप पावर ५.३८, लक्ष्मी इक्विटी फण्ड ४.७५, पोखरा फाइनान्स ४.५१, विजय लघुवित्त ४.३५ र नेरुडे लघुवित्तका लगानीकर्ताले ४.३२ प्रतिशतले गुमाए ।    
        
    कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७९ करोड ५० लाख १९ हजार ३८८ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ५६ करोड ७२ लाख ३३ हजार ८०२, सानिमा माई हाइड्रोपावर रु ५० करोड ३४ लाख ७१ हजार ३०५, अरुण काबेली पावर रु ४१ करोड ५५ लाख ३५ हजार ६९८ र छिमेक लघुवित्त रु ४० करोड ८९ लाख तीन हजार ९८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । आजको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार ८९४ बराबर पुगेको छ ।रासस


    श्रावण २०, २०७८ बुधवार १८:४९:१३ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • अर्कोसमाचार

    ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

  • 168
    SHARES
  • ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । 

    images

    बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । 

    यसअघि नेराबैंकले गत भदौ १७ गते सात दिन अवधिको रु २० अर्ब, २४ गते १४ दिनको रु ३० अर्ब र भदौ ३१ गते रु २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमितरुपमा एसएलएफ सुविधा लिने गरेका छन् । 

    राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा बुधबारसम्म रु चार खर्ब नौ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन् । बैंक वित्तीय संस्थाले बुधबार मात्र १२ पटकमा रु २७ अर्ब २४ करोड एसएलएफमार्फत उठाएको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।


    आश्विन ७, २०७८ बिहिवार १५:३३:५८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कारोबार रकम बढेसँगै नेप्सेमा सामान्य सुधार

  • 188
    SHARES
  • कारोबार रकम बढेसँगै नेप्सेमा सामान्य सुधार

    काठमाण्डौँ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार झिनो अङ्कले बढेको छ। शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २ दशमलव ७० अङ्कले बढेर दुई हजार ८१९ दशमलव ६५ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ९३ अङ्कले बढेर ५३०दशमलव ०२ मा उक्लिएको छ।

    images

    कूल २२८ कम्पनीको एक करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरिद बिक्री भए। बिहिबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब १५ करोड सात लाख ९० हजारको हाराहारीमा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर भने ओरालो लागेको छ।

    नेप्सेका अनुसार बैंकिङ ४७दशमलव ३७ र वित्त ८ दशमलव २ अङ्कले उकालो लागे। केही वाणिज्य बैंकले आव २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको शेयर मूल्यमा सुधार देखिएको हो। व्यापार ४५ दशमलव ०७, होटल तथा पर्यटन ९७ दशमलव २७, विकास बैंक ८० दशमलव ४४, जलविद्युत् ७१ दशमलव ८, निर्जीवन बीमा ९२ दशमलव ०४, उत्पादन ८० दशमलव ४, अन्य २१ दशमलव ६१, लघुवित्त ४६ दशमलव ७९, जीवन बीमा ५१ दशमलव ०८, सामूहिक लगानी कोष ० दशमलव ०६ र लगानी २ दशमलव १६ बिन्दुले ओरालो लागेको छ।

    कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भयो। नेपाल बैंक २७ करोड १० लाख ७७ हजार १४३, माछापुच्छ्रे बैंक २३ करोड ८६ लाख ८८ हजार ६०३, नेशनल हाइड्रोपावर २१ करोड ९६ लाख ५० हजार ५०५ र युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख २३ हजार २७७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

    नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। प्राइम लाइफ इन्स्योरेन्स ६ दशमलव १३, नेपाल बैंक ५ दशमलव ५१, नेपाल बंगलादेश बैंक ५ दशमलव ३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४ दशमलव ०२ प्रतिशतले कमाएका छन्। 

    हिमालयन पावर पार्टनर ५ दशमलव ०९, यूनियन हाइड्रोपावर ५ दशमलव ०५, शिव श्री हाइड्रोपावर ४ दशमलव ६७, अरुण भ्याली हाइड्रोपावर ४ दशमलव ३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४दशमलव १४ प्रतिशतले गुमाए।रासस


    आश्विन ७, २०७८ बिहिवार १९:१५:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    न्यादी हाइड्रोपावरले २२ करोडको आइपीओ निस्कासन गर्ने

  • 286
    SHARES
  • न्यादी हाइड्रोपावरले २२ करोडको आइपीओ निस्कासन गर्ने

    काठमाडौं - न्यादी हाइड्रोपावरले यही १५ असोजदेखि सर्वसाधारणका लागि साढे २२ करोड बराबरको आइपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निस्कासन गर्ने भएको हो ।

    images

    कम्पनीले कुल निस्कासन गर्ने सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । उक्त आइपीओमा सर्वसाधारणले १९ असाेजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

    सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा केयर रेटिङ्ग नेपालले ‘कियर एनपी आइआर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।न्युज कारखाना


    आश्विन ८, २०७८ शुक्रवार ११:०२:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # न्यादी हाइड्रोपावर

  • क्यानाडा नेपाल

    फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

  • 692
    SHARES
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं - शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ५ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा ६ सय रुपैयाले घटेको हो । यसअघि बुधबार तोलामा ९ सय रुपैयाले सुनको मूल्य बढेको थियो । 
     
    बिहिबार प्रतितोला ८९ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
     
    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको ११ सय ६० रुपैयामा कारोबार भइरहेको छ । 
     

    images


    आश्विन ८, २०७८ शुक्रवार ११:१६:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    दुई महिनामा दुई खर्ब ७० अर्ब व्यापार घाटा 

  • 204
    SHARES
  • दुई महिनामा दुई खर्ब ७० अर्ब व्यापार घाटा 

    काठमाडौँ - भन्सार विभागले चालु आवको दुई महिनामा दुई खर्ब ७० अर्ब ४७ करोड बराबरको व्यापार घाटा भएको जनाएको छ।

    images

    गत वर्षको सोही अवधिमा नेपालले रु एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो। गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ७० दशमलव ७५ प्रतिशतले व्यापार घाटा बेहोरेको हो।

    यस्तै पछिल्लो दुई महिनामा नेपालले तीन अर्ब ५८ अर्ब ५५ करोड बराबरको वैदेशिक व्यापार गरेको छ। गत वर्ष सोही अवधिमा नेपालले एक खर्ब ९९ अर्ब २८ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो। 

    गत वर्षको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा ७९ दशमलव ९२ प्रतिशतले वैदेशिक व्यापार बढेको छ।रासस 


    आश्विन ८, २०७८ शुक्रवार १९:३६:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # व्यापार घाटा

  • क्यानाडा नेपाल

    बढ्यो सार्वजनिक सवारी साधनको भाडा, कहाँको कति ?

  • 276
    SHARES
  • बढ्यो सार्वजनिक सवारी साधनको भाडा, कहाँको कति ?

    काठमाडौँ - सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।

    images

    हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्र्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार आजदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

    त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले रु एक हजार ६९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँ काकडभिट्टा जानका लागि रु एक हजार ४७० भाडा लाग्ने भएको छ ।

    विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ ।रासस


    आश्विन ९, २०७८ शनिवार १९:४४:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सवारी साधनको भाडा

  • क्यानाडा नेपाल

    images
    images
    images
    ताजा खबर