• Sep 25 2021 | २०७८, आश्विन ९गते

२०७८, आश्विन ९गते

प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन् - सरकारले दिएको जिम्मेवारी स्वीकार्छु   

श्रावण २० २०७८
  • 868
    SHARES
  • प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन् - सरकारले दिएको जिम्मेवारी स्वीकार्छु   

    काठमाडौँ। कोरोनाका कारण स्थलगत रुपमा जान नसक्दा विद्युत् चुहावट बढ्न गएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । कोरोनाका काराण निषेधाज्ञा, लकडाउनलगायत कारणले उपभोक्ताको घर घरमा जान नसकेको हुक तथा अन्य माध्यमबाट हुने चोरी नियन्त्रण गर्न नसकिएको प्राधिकरणको भनाइ छ । 

    images

    आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशतमा सीमित राख्ने भनिएको चुहावट बढेर १७ प्रतिशतको हाराहारीमा पुगेको छ । एक प्रतिशत चुहावट बढ्दा झण्डै रु ७० करोड बराबरको घाटा हुन जान्छ । दुई प्रतिशत चुहावट बढ्दा रु एक अर्ब ४० करोड बराबरको प्राधिकरणलाई घाटा लागेको छ ।

    प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा झण्डै २७ प्रतिशतको हाराहारीमा रहेको चुहावटलाई घटाएर १४.६ प्रतिशतमा झारिएको थियो । पछिल्लो डेढ वर्षमा कोरोनाका कारण प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणमा ध्यान दिन सकेको छैन । सोही कारण देशव्यापीरूपमा पुनः चुहावट बढ्न गएको देखिन्छ । यस्तै, प्रसारण लाइनमा हुने चुहावट नियन्त्रणमा समेत ध्यान दिन सकेको छैन । त्यसलाई प्राधिकरणले प्राविधिक चुहावट भन्ने गरेको छ ।    
        
    मुलुकको प्रणालीमा थप १५ प्रतिशत बिजुली थप भएको र पुरानै प्रणालीमा बिजुली प्रवाह गर्नुपर्दा प्रसारण लाइनको तार तातेर हुने चुहावटमा वृद्धि भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भन्नुभयो, “प्राविधिक चुहावट नियन्त्रणका लागि नयाँ प्रविधिमा आधारित प्रसारण लाइन बनाउनु पर्दछ । त्यसका लागि आजको भोलि नै काम हुने अवस्था छैन तर पनि चुहावट नियन्त्रण कसरी गर्न सकिन्छ भन्नेबारेमा हामीले ध्यान दिएका छौँ ।”    
     
    अनौपचारिकरूपमा आयोजित पत्रकार भेटघाटमा कार्यकारी निर्देशक शाक्यले कोरोनाका कारण सोचे जति काम हुन नसके पनि आफूहरूले सक्दो प्रयास गरेको जानकारी दिनुभयो । आफूहरूको ध्यान कोरोना कालमा बिजुली उपलब्ध कसरी गराउने भन्नेमा नै केन्द्रित रहेको भन्दै उहाँले भन्नुभयो, “शैक्षिक संस्थाले समेत विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गरेका छन् । अस्पतालमा बत्ती नजाने ग्यारेन्टी गरिएको छ । अक्सिजन उद्योगमा पनि एउटा लाइन जाँदा अर्को लाइनले काम गर्ने गरी व्यवस्थापन गरिएको छ ।”

     उहाँले आर्थिक वर्ष २०७६/७७ मा देशभर प्राधिकरणको प्रणालीमा ४० पटक समस्या आएको भए पनि २०७७/७८ मा त्यसलाई ३४ पटकमा सीमित गरिएको जानकारी दिनुभयो । उपभोक्तामा आएको सचेतता र सामाजिक जागरणका कारण पनि बिजुलीको विषयमा आम मानिस जानकार भएको उहाँको भनाइ छ । वितरण लाइन तथा प्रणालीमा रहेको समस्या समाधानका लागि प्रयत्न गरिएको भए पनि त्यो पुग्दो नभएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।    
        
    यसकारण घट्यो नाफा    
    आव २०७६/७७ मा रु ११ अर्ब नाफा कमाएको प्राधिकरणले आव २०७७/७८ मा भने रु पाँच अर्ब मात्रै नाफा गर्ने अवस्था आएको छ । त्यसका पछाडि विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको महसुल खारेज गरिदिएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । त्यस्तो लाइनबाट बिजुली लिनेबाट प्राधिकरणले रु तीन अर्ब ५० करोड बराबरको आम्दानी गर्ने गरेको थियो । उहाँका अनुसार २०७७ साउनदेखि डेडिकेटेड र ट्रंक लाइनको महसुल खारेज भएको छ ।    
        
     यस्तै, सुक्खायाममा नेपालका नदीमा जलसतह घटेका कारण भारतबाट थप रु चार अर्ब बराबरको थप बिजुली आयात भएको छ । कूल २५ हजार मेगावाट घण्टा बिजुली माग भएको हिउँदको समयमा झण्डै ६० प्रतिशत अर्थात् १५ हजार मेगावाट घण्टा बराबरको बिजुली भारतबाट आयात गर्नुपरेको उहाँको भनाइ छ । थप बिजुली आयात गर्दा प्राधिकरणको नाफामा गिरावट आएको हो । यस्तै, प्रशासनिक तथा सञ्चालन खर्च घटाउँदा रु दुई अर्ब २५ करोड बराबरको रकम बचत गर्न सफल भएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।    
        
    यस्तै, लकडाउन तथा निषेधाज्ञाको समयमा सरकारको निर्णयअनुसार छुट दिइएको समेत उहाँले दाबी गर्नुभयो । त्यसबापत प्राधिकरणले उद्योग तथा प्रतिष्ठानलाई दिइएको रु तीन अर्ब बराबरको छुट सरकारले शोधभर्ना गर्नेमा आफू विश्वस्त रहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । पछिल्लो छ महिनामा आफू र प्राधिकरणका समग्र कर्मचारीले ज्यान जोखिममा राखेर काम गरेको र मेहनतमा कुनै पनि तलमाथि नभएको उल्लेख गर्नुभयो ।    
        
    यस्ता काम भए    
    कार्यकारी निर्देशक शाक्यका अनुसार पछिल्लो छ महिनाको अवधिमा देशकै ठूलो ढल्केबर सवस्टेशन सञ्चालनमा आएको छ । कूल ४०० केभी क्षमताको सवस्टेशन निर्माणमा यसअघिको व्यवस्थापनको ठूलो हात र मेहनत रहेको भन्दै उहाँले आवश्यक व्यवस्थापन एवं प्राविधिक तयारी गरेर सञ्चालनमा आएको बताउनुभयो ।    
        
     यस्तै, कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको चौथो युनिट सञ्चालनमा आएको छ । गत वैशाखमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि पेनस्टक पाइपको डिजाइनमा भएको परिवर्तन तथा अन्य प्राविधिक काम गर्न लामो समय लागेका कारण केही समय पर धकेलिएको हो । कूल ७६ मेगावाट क्षमताका चार वटा युनिटले हाल कूल ३०४ मेगावाट बिजुली उत्पादन गरेको छ । सो काममा समेत आफूले जस लिन नखोजेको भन्दै उहाँले यसअघिको व्यवस्थापनको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “आयोजना अन्तिम चरणमा पुगेर मात्रै पनि हुँदो रहेनछ । अनेकन प्राविधिक समस्या आउँदा रहेछन्, ती समस्या समाधान गरेर सञ्चालनमा ल्याएका छौँ । यो नै महत्वपूर्ण विषय हो भन्ने मेरो ठहर छ”, उहाँले भन्नुभयो ।    
        
    यस्तै, १३२ केभी क्षमताको ढल्केबर–खिम्ती प्रसारण लाइनलाई २२० केभीमा स्तरोन्नति गरिएको छ । खिम्ती–लामोसाँघु प्रसारण लाइनमा लुप मिलाइएका कारण तामाकोशीको बिजुली सहजै काठमाडौँ आउने वातावरण बनेको छ । सामान्य लुपमा परिवर्तन गर्दा मात्रै पनि गुणस्तरीय बिजुली उपभोक्ताले पाएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । “हेर्दा यो विषय सामान्य लाग्न सक्छ तर, देशभर नै बिजुली जाने समस्या समाधानमा यसले सहयोग गरेको छ ।”    
        
    उहाँले २२० केभी क्षमताको कुश्मा–दाना प्रसारण लाइन र १३२ केभी क्षमताको समुन्द्रटार–त्रिशूली प्रसारण लाइन सञ्चालनमा आएको तथ्याङ्कसमेत सो अवसरमा सुनाउनुभयो । यस्तै, प्राधिकरणले भारतका खुल्ला बजारबाट पहिलोपटक बिजुली आयात गरिएको र निर्यातका लागि समेत आवश्यक तयारी अन्तिम तयारी भएको भएको उहाँको भनाइ छ ।    
        
    सरकारले दिएको जिम्मेवारी स्वीकार छ    
    सरकारले कार्यकारी निर्देशकलाई राजीनामा दिन आग्रह गरेको भन्ने सन्दर्भमा पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “म नेपाल सरकारको कर्मचारी भएकाले आफूलाई दिइने जुनसुकै जिम्मेवारी स्वीकार गर्छु ।” उहाँले आफूलाई सरकारले उचित र क्षमताअनुसारको जिम्मेवारी दिनेसमेत विश्वास व्यक्त गर्नुभयो । “दोष देखाएर होइन, आवश्यकताका आधारमा जिम्मेवारी दिए, म त्यसलाई स्वीकार गर्छु । सरकारको निर्णय शिरोपर छ”, उहाँले भन्नुभयो ।

    आफूलाई सरकारले राजीनामा नमागेको, बरु वैकल्पिक व्यवस्थाका बारेमा सोधिएको बताउनुभयो । “सरकारले खटाएको ठाउँमा काम गर्न मलाई कुनै समस्या छैन । महामारीको समयमा प्राधिकरणमा बसेर काम गरेको छु । सरकारले दिने जिम्मेवारी स्वीकार गर्छु”, उहाँले भन्नुभयो ।    
        
     मङ्गलबार सरकारले कार्यकारी निर्देशक शाक्यको राजीनामा मागेको सूचना सार्वजनिक भएको थियो । सरकारले आफूलाई अन्याय नगर्ने विश्वास व्यक्त गर्दै उहाँले विकल्प दिएर खटाएमा म काम गर्न तयार छु । उहाँले एक्लै गएर स्थापना गरेको इनइए इञ्जिनीयरिङ कम्पनीले हाल ५०० मेगावाटदेखि २००० मेगावाट क्षमताका आयोजनाको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने क्षमता राख्ने जानकारी दिनुभयो ।रासस 


    श्रावण २०, २०७८ बुधवार २०:०७:३१ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # विद्युत प्राधिकरण
  • अर्कोसमाचार

    ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

  • 168
    SHARES
  • ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । 

    images

    बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । 

    यसअघि नेराबैंकले गत भदौ १७ गते सात दिन अवधिको रु २० अर्ब, २४ गते १४ दिनको रु ३० अर्ब र भदौ ३१ गते रु २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमितरुपमा एसएलएफ सुविधा लिने गरेका छन् । 

    राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा बुधबारसम्म रु चार खर्ब नौ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन् । बैंक वित्तीय संस्थाले बुधबार मात्र १२ पटकमा रु २७ अर्ब २४ करोड एसएलएफमार्फत उठाएको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।


    आश्विन ७, २०७८ बिहिवार १५:३३:५८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कारोबार रकम बढेसँगै नेप्सेमा सामान्य सुधार

  • 188
    SHARES
  • कारोबार रकम बढेसँगै नेप्सेमा सामान्य सुधार

    काठमाण्डौँ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार झिनो अङ्कले बढेको छ। शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २ दशमलव ७० अङ्कले बढेर दुई हजार ८१९ दशमलव ६५ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ९३ अङ्कले बढेर ५३०दशमलव ०२ मा उक्लिएको छ।

    images

    कूल २२८ कम्पनीको एक करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरिद बिक्री भए। बिहिबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब १५ करोड सात लाख ९० हजारको हाराहारीमा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर भने ओरालो लागेको छ।

    नेप्सेका अनुसार बैंकिङ ४७दशमलव ३७ र वित्त ८ दशमलव २ अङ्कले उकालो लागे। केही वाणिज्य बैंकले आव २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको शेयर मूल्यमा सुधार देखिएको हो। व्यापार ४५ दशमलव ०७, होटल तथा पर्यटन ९७ दशमलव २७, विकास बैंक ८० दशमलव ४४, जलविद्युत् ७१ दशमलव ८, निर्जीवन बीमा ९२ दशमलव ०४, उत्पादन ८० दशमलव ४, अन्य २१ दशमलव ६१, लघुवित्त ४६ दशमलव ७९, जीवन बीमा ५१ दशमलव ०८, सामूहिक लगानी कोष ० दशमलव ०६ र लगानी २ दशमलव १६ बिन्दुले ओरालो लागेको छ।

    कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भयो। नेपाल बैंक २७ करोड १० लाख ७७ हजार १४३, माछापुच्छ्रे बैंक २३ करोड ८६ लाख ८८ हजार ६०३, नेशनल हाइड्रोपावर २१ करोड ९६ लाख ५० हजार ५०५ र युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख २३ हजार २७७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

    नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। प्राइम लाइफ इन्स्योरेन्स ६ दशमलव १३, नेपाल बैंक ५ दशमलव ५१, नेपाल बंगलादेश बैंक ५ दशमलव ३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४ दशमलव ०२ प्रतिशतले कमाएका छन्। 

    हिमालयन पावर पार्टनर ५ दशमलव ०९, यूनियन हाइड्रोपावर ५ दशमलव ०५, शिव श्री हाइड्रोपावर ४ दशमलव ६७, अरुण भ्याली हाइड्रोपावर ४ दशमलव ३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४दशमलव १४ प्रतिशतले गुमाए।रासस


    आश्विन ७, २०७८ बिहिवार १९:१५:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    न्यादी हाइड्रोपावरले २२ करोडको आइपीओ निस्कासन गर्ने

  • 286
    SHARES
  • न्यादी हाइड्रोपावरले २२ करोडको आइपीओ निस्कासन गर्ने

    काठमाडौं - न्यादी हाइड्रोपावरले यही १५ असोजदेखि सर्वसाधारणका लागि साढे २२ करोड बराबरको आइपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निस्कासन गर्ने भएको हो ।

    images

    कम्पनीले कुल निस्कासन गर्ने सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । उक्त आइपीओमा सर्वसाधारणले १९ असाेजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

    सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा केयर रेटिङ्ग नेपालले ‘कियर एनपी आइआर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।न्युज कारखाना


    आश्विन ८, २०७८ शुक्रवार ११:०२:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # न्यादी हाइड्रोपावर

  • क्यानाडा नेपाल

    फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

  • 692
    SHARES
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं - शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ५ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा ६ सय रुपैयाले घटेको हो । यसअघि बुधबार तोलामा ९ सय रुपैयाले सुनको मूल्य बढेको थियो । 
     
    बिहिबार प्रतितोला ८९ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
     
    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको ११ सय ६० रुपैयामा कारोबार भइरहेको छ । 
     

    images


    आश्विन ८, २०७८ शुक्रवार ११:१६:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    दुई महिनामा दुई खर्ब ७० अर्ब व्यापार घाटा 

  • 208
    SHARES
  • दुई महिनामा दुई खर्ब ७० अर्ब व्यापार घाटा 

    काठमाडौँ - भन्सार विभागले चालु आवको दुई महिनामा दुई खर्ब ७० अर्ब ४७ करोड बराबरको व्यापार घाटा भएको जनाएको छ।

    images

    गत वर्षको सोही अवधिमा नेपालले रु एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो। गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ७० दशमलव ७५ प्रतिशतले व्यापार घाटा बेहोरेको हो।

    यस्तै पछिल्लो दुई महिनामा नेपालले तीन अर्ब ५८ अर्ब ५५ करोड बराबरको वैदेशिक व्यापार गरेको छ। गत वर्ष सोही अवधिमा नेपालले एक खर्ब ९९ अर्ब २८ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो। 

    गत वर्षको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा ७९ दशमलव ९२ प्रतिशतले वैदेशिक व्यापार बढेको छ।रासस 


    आश्विन ८, २०७८ शुक्रवार १९:३६:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # व्यापार घाटा

  • क्यानाडा नेपाल

    बढ्यो सार्वजनिक सवारी साधनको भाडा, कहाँको कति ?

  • 288
    SHARES
  • बढ्यो सार्वजनिक सवारी साधनको भाडा, कहाँको कति ?

    काठमाडौँ - सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।

    images

    हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्र्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार आजदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

    त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले रु एक हजार ६९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँ काकडभिट्टा जानका लागि रु एक हजार ४७० भाडा लाग्ने भएको छ ।

    विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ ।रासस


    आश्विन ९, २०७८ शनिवार १९:४४:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सवारी साधनको भाडा

  • क्यानाडा नेपाल

    images
    images
    images
    ताजा खबर