शुक्रबार
२० मङ्सिर
२०७६

आर्यनका फ्यान आमेश, हल कम पाउदा दुख व्यक्त गर्दै सलोनले दिए यस्तो अभिव्यक्ति

शुक्रबार मङ्सिर ६, २०७६/ Friday 11-22-19

अभिनेता आर्यन सिग्देलले चकलेटी हिरोको रुपमा एकछात्र राज जमाएका थिए। रोमान्टिक हिरोको रुपमा आफुलाई स्थापित गरेका आर्यनको पछिल्लो समय क्रेज खस्किएको छ। लगातार चलचित्र फ्लप भैरहेका छन्। यहि भिडमा उनि अभिनित नया चलचित्र 'च च हुई' रिलिज भएको छ। आजबाट रिलिज भएको चलचित्रले मल्टिप्लेक्समा न्यून शोज पाएको छ। बलिउड चलचित्रलाई उच्च शोज दिएर नेपाली चलचित्रलाई मल्टिप्लेक्सले सीमिततामा खुम्च्याएको छ।
आज रिलिज चलचित्रको बिहान बिशेष शोज राखिएको थियो। मिश्रीती प्रतिक्रिया बटुलेको चलचित्रलाई सेलेव्सले पनि आफ्नै हिसावको प्रतिक्रिया दिएका छन्। अमेश भण्डारीले आफु आर्यनको फ्यान रहेको बताउदै चलचित्र राम्रो लागेको बताएका छन्। कमेडी लभस्टोरी चलचित्रको उनले तारिफ गरेका छन्। यहि बिचमा अर्का अभिनेता सलोन बस्नेतले भने केहि भिन्न प्रतिक्रिया दिएका छन्। बिशेष गरि उनले आर्यन सिग्देलको चलचित्रले कम शोज पाउदा दुखि भएका छन्। सलोन भन्छन्,'आर्यन सिग्देल का चलचित्र चलाएर नै कतिपय मल्टिप्लेक्स स्थापित भए। तर आज उनी आर्यनको चलचित्र रिलिज हुदा दिईएको शोजले निकै दुखि बनाएको छ। उनि यो भन्दा बढी शोज डिजर्ब गर्छन् ।'