शुक्रबार
२० मङ्सिर
२०७६

सन्तोष र मीनाको ‘लप्पन छप्पन’मा नायक दिलिप र नायिका नीताको भूमिका

शुक्रबार मङ्सिर ६, २०७६/ Friday 11-22-19

काठमाडौं । गायक सन्तोष अधिकारी र गायिका मीना निरौलाले नयाँ म्युजिक भिडियो आफ्ना दर्शक र स्रोतामाझ ल्याएका छन् । उनीहरुको स्वर रहेको ‘लप्पन छप्पन’ बोलको गीतमा वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्द सृजना र लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ । उक्त गीतको म्युजिक भिडियोलाई हेम प्रभासले निर्देशन गरेका छन् । जसमा नायक दिलिप रायमाझी र नायिका नीता ढुंगानाको सुन्दर  अभिनय रहेको छ । बाल कलाकारमा सफलता श्रेष्ठ र शिशिर पौडेलको पनि अभिनय रहेको छ ।