शुक्रबार
२० मङ्सिर
२०७६

भारतले सीमा मिचेपछि कलाकारहरु आक्रोशित, विरोधमा अञ्जु पन्तले गाइन् यस्तो गीत (भिडियोसहित)

शुक्रबार मङ्सिर ६, २०७६/ Friday 11-22-19

काठमाडौं ।  भारतले नेपालको सीमा मिचेकाबारेमा कलाकारहरुले पनि आक्रोश व्यक्त गर्दै विरोध जनाएका छन् ।

विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानाडानेपालसँग कुरा गर्दै नेपालको सार्वभौमसत्ता र स्वाभिमान रक्षाका लागि सबैले आ–आफ्नो स्थानबाट आवाज उठाउनु पर्नेमा जोड दिए । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट तथा कलाकार विजय लामाले नेपाल–भारत सीमा विवाद कूटनीतिक तहबाट समाधान गर्नुपर्नेमा जोड दिए । सीमा विवादलाई चाँडै अन्त्य गर्नुपर्नेमा उनको जोड थियो । 

यस्तै भारतले सीमा मिचेकोबारेमा सबैले आ–आफ्नो स्थानबाट आवाज उठाउनु पर्ने बताएका गायक यम बरालले यसबारे आफूले गीत गाएको स्मरण गराए । सोही बेला चर्चित गायिका अञ्जु पन्त र शिव परियारले पनि सीमा विवाद अन्त्य गर्न सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताए । सीमा मिचेको सम्बन्धमा गीत गाएकी अञ्जुले चाँडै यसलाई अन्त्य गर्नुपर्ने बताइन् । गायक शिवले भारतले सीमा मिचेकोप्रति दुःख व्यक्त गरे ।