शुक्रबार
२० मङ्सिर
२०७६

बुढानिलकण्ठ भगवानले सबैको मनोकामना पुरा गर्नुहोस ! २०७६ साल मंसिर ७ गते शनिवारको तपाईको राशिफल हेर्नुहोस्

शुक्रबार मङ्सिर ६, २०७६/ Friday 11-22-19

आज वि।सं। २०७६ साल मंसिर  ७ गते। शनिबार। इश्वी सन् २०१९ नोभेम्बर २३ तारिख । परिधावीनाम्नी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु ।

मार्ग कृष्णपक्ष ( द्वादशी ( तिथि– राति २स्२५ बजेउप्रान्त त्रयोदशी तिथि । हस्त ( नक्षत्र – दिउँसो २:४ बजेउप्रान्त ( चित्रा( नक्षत्र । आनन्दादिमा मृत्यु योग। (चन्द्रमा आज – कन्या राशिमा राति १:१८ बजेउप्रान्त तुला राशिमा)

काठमाडौंमा सूर्योदय बिहान – ६:३२ बजे, सूर्यास्त– साँझ ५:७ बजे । आज वैष्णवहरूको उत्पत्तिका एकादशी व्रत। आजका लागि सबै प्रकारका शुभ कार्य गर्नका लागि उत्तम समय । बिहान( ७:५३ बजेदेखि ( ९:११ बजेसम्म शुभ)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – रोकिएका कामहरू बन्न सक्छन् । सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । पारिवारिक समस्या झेल्ने परिस्थिति सिर्जना हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सन्ततिपक्षका समस्यामा केन्द्रित हुनुपर्ने सङ्केत छ, तिनीहरूको शैक्षिक र बौद्धिक उन्नयनका लागि लगानी बढाउने समय आएको छ । व्यवसायमा मिहिनेत गरेबमोजिम लाभै मिल्नेछ, तर सँगीसाथीले सहयोग गर्न सक्दैनन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने देखिनसक्छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । त्यसैले बढी आशावादी बन्नु हुँदैन । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – लगानीका क्रममा सचेत हुनुपर्छ, यद्यपि दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी गर्दा रामै परिणाम हात पर्नेछ । मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धप्रति कुनै आकर्षण हुँदैैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सोचेको काममा सफलता मिल्दैन, त्यसैले आलस्य त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । लापरबाही गरेमा बन्नै लागेको काममा समेत बाधा पुग्नसक्छ । बन्दव्यापार वा रोजगारीका नयाँ विकल्पका बारेमा चिन्तन हुनसक्छ, तर अहिले नयाँ ठाउँमा लगानी गर्नु मुनासिब छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ ।